text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
कोरोनाबाट बाँकेमा थप दुई जनाको ज्यान गयो | Online Khoj Khabar कोरोनाबाट बाँकेमा थप दुई जनाको ज्यान गयो २६ पुष २०७७, आईतवार १०:२५ कोरोना भाइरस संक्रमणबाट बाँकेका दुई अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा एकजना र कोहलपुरस्थित मेडिकल कलेजमा एकजनागरी दुईजनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो । मृतक दुवै जना महिला हुन् । उनीहरु दुवै जिल्ला बाहिरका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी लिवाङ ४ रोल्पाकी ४२ वर्षीया महिलाको आज विहान साढे तीन बजे मृत्यु भएको हो । उनी शनिवारमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना पुष्टि पनि शनिवारमात्रै भएको थियो । यस्तै भेरी अस्पतालमा बबई ६ दाङकी ८० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । उनको १० गते नेपालगन्ज मेडिकल कलेजमा भाइरस संक्रमण पुष्टि भएको थियो । ९ गते उनको नमुना संकलन गरिएको थियो । कोरोना पुष्टि भएलगत्तै उनलाई १० गते राती भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनको आज विहान साढे बजे उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी वलीले बतानुभयो । तीन घण्टाको फरकमा दुई महिलाको मृत्यु भए सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ८२ जना संक्रमितको मृत्यु भएको छ ।
2021/04/18 14:19:47
https://onlinekhojkhabar.com/archives/25655
mC4
तत्कालीन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायदेखि विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, अमरेशकुमार सिंह, फमुल्लाह मन्सुर, प्रदीप गिरीसम्मलाई कांग्रेसले चुनावमा प्रत्यासी बनाएर उतार्‍यो तर जसले भारतीय नाकावन्दीलाई अन्यायपूर्ण, अमानवीय भनेर विरोध जनाए, तिनलाई कांग्रेसले दण्ड दियो, चुनाव लड्ने अनुमति दिएन । कांग्रेसको भारतभक्तिको लीला अपरम्पार छ । केही भारतले नाकाबन्दी अझै कसिलो पार्नु पर्ने विचारको पैरवी गर्ने र त्यसका कांग्रेसको नेतृत्वलाई सहमत गराउने काममा सक्रिय रहेका नेताहरुलाई यतिबेला चुनावमा उठाएको मात्र होइन, भारतीय शक्ति र सामलसहित चुनाव जिताउने वातवारणसमेत सिर्जना हुनथालेका छन् । यतिमात्र होइन, २२ वर्षदेखि राजनीतिबाट टाढा रहेका तर नाकाबन्दीको प्रखर ब्यवस्थापक मानिएका दमननाथ ढुंगानालाई सक्रिय राजनीतिमा नभए पनि सहजै जित्ने क्षेत्र खोजी गरी भारतीय पक्षकै दवावमा भक्तपुर २ मा उम्मेदवार बनाइएको छ । योभन्दा ठूलो भारतभक्तिको नमूना के होला कांग्रेसको ? लाजैमर्नु पार्‍यो कांग्रेसले भन्छन् कांग्रेसका कार्यकर्ताहरु नै । देउवाको यो चाला पनि अचम्मकै देखियो यसपाली । अर्को अचम्म के पनि देखियो भने नाकाबन्दीको औपचारिक रुपमै विरोध गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव दर्ता गराएका चार जना सदस्यहरुलाई उम्मेदवार हुनबाट वञ्चित भएका छन् । कांग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र बद्रि पाण्डेलाई सभापतिको आदेश नै नलिई नाकावन्दीको विरोध गरेको भनेर चुनावबाट बन्चित गरियो । खबरअनुसार गुरुङ, घिमिरे, पाण्डे र परियारले ०७२ चैत २१ गते कांग्रेस कार्यसमितिको बैठकमा भारतीय नाकाबन्दीबारे कांग्रेस बोल्नु पर्ने र भारत तथा ईयुले नेपालको संविधान विरुद्ध गरेको वक्तब्यको विरोध गर्नु पर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए । यो प्रस्तावले सभापति देउवालाई अप्ठेरोमा पारेको निष्कर्ष निकाल्दै चुनावी प्रत्यासी खोज्ने टिमले यिनलाई वाइपास गरिदिएको हो । २०७२ सालको भारतीय नाकावन्दीका बेलामा भारतले नेपालको संविधान विरुद्ध युरोपियन युनियनसँग मिलेर वक्तब्य निकालेको थियो । त्यतिबेला ओली सरकार थियो, जसको सरकार भए पनि नाकावन्दीले बालबृद्धले खानैपर्ने औषधिमा समेत बन्दी गरेर भारतले गर्नुसम्मको अन्याय गरेको थियो ।
2019/04/19 12:23:30
http://nepaltoday.com.np/home/views_detail?id=2761
mC4
एमालेका ३ कर्णाली प्रदेशसभा सदस्य फेरी निलम्बित — Breaking News, Headlines & Multimedia एमालेका ३ कर्णाली प्रदेशसभा सदस्य फेरी निलम्बित कोरपाटी संवाददाताआषाढ १२, २०७८ सुर्खेत नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो। यसअघि पनि फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कार्यमा संलग्न रहेपछि उनीहरु पदमुक्त भएका थिए । तर सर्वोच्चको अदालतले उनीहरुको पद जानबाट रोकिएको थियो । त्यसपछि उनीहरुले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेपछि निलम्बनको निर्णय भएको हो। असार ११ गते बसेको एमाले कर्णाली संसदीय दलको बैठकको निर्णयअनुसार तीन प्रदेशसभा सदस्यलाई एक महिनाका लागि निलम्बन गर्न सिफारिस भएअनुसार प्रदेशसभा सचिवालयले निलम्बन गरिएको सूचना शुक्रबार प्रकाशित गरेको छ।
2021/11/28 08:47:52
https://corepati.com/archives/8819
mC4
सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सक्रियता – News Of Global सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सक्रियता काठमाण्डौ । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरे । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताउनुभयो । उहाँले सार्वजनिकस्थलमा चुरोट र सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कारवाही गरिने बताउनुभयो ।"कारवाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब हामी कडाइका साथ अनुगमन पनि गर्छौं", कार्कीले भन्नुभयो, "अब जता पायो त्यतै जहाँ पायो त्यहीँं धुमपान गर्दा कारवाही भोग्नुपर्छ ।" सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुव्र्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो ।
2021/04/13 21:53:01
https://www.newsofglobal.com/details/4008.html
mC4
NewsofTokhaसार्वजनिक यातायातमा अब मास्क अनिवार्य, भाडा बढ्न सक्ने - News Of Tokha २७ जेष्ठ २०७७, मंगलवार १८:०२ | सुबिन्द्र श्रेष्ठ काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वय‌ं यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । व्यवसायी र उपभोक्ता दुवै मारमा नपर्नेगरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी छ । तर कहिलेबाट कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका पनि छलफलमै छ। अनलाइन खबरमा खबर छ ।
2021/01/26 20:57:32
https://newsoftokha.com/2020/06/09/%E0%A4%B8%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%9C%E0%A4%A8%E0%A4%BF%E0%A4%95-%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-%E0%A4%AE/
mC4
विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया • Image Khabar Image Khabar विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया १८ फाल्गुन २०७७, मंगलवार २०:१३ काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । उनीहरूले सरकार र विद्रोही पक्ष दुवैलाई प्रचारवाजी र जनताको भावनासँग खेल्ने काम नगर्न आग्रह गरे । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले वार्तालाई प्रचारबाजी र शक्ति संचयको माध्यम बनाउन नहुने बताउनुभयो । नेकपाको दाहाल–नेपाल समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभइ अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको 'प्रपञ्ज'को संज्ञा दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको उहाँको टिप्पणी थियो । ओली र नेपालबिच वार्ता सकियो (तस्विरहरु) संसद पुनःस्थापना हुँदा पनि राजनीतिले सही बाटो लिन सकेन अक्कल कुँवरकाठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापनाको फैसला गर्‍यो । रिलायबल इन्स्योरेन्सद्वारा कञ्चनपुरकी परुदेविलाई ४ करोड रुपैयाँको बीमा रकम हस्तान्तरण काठमाडौं, बैशाख ८ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रकै ठूलो दाबी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुरका बेदकोट निवासी हरि प्रसाद पन्तका हकवाला सरकारले ६५ अर्ब बढी भुक्तानी दिएन : निर्माण व्यवसायी काठमाडौं, बैशाख ८ । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार
2021/04/21 15:08:19
https://www.imagekhabar.com/news/211447/
mC4
चलचित्र 'गीत गजल'को छायाँकन सकियो – Namaste Filmy आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा 'गीत गजल'को ३५ दिनमा छायाँकन सकिएको छ । निर्देशक नितिन चंन्दका अनुसार सिनेमाको एक गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण सुटिङ सकिएको छ । 'गीत गजल'लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।
2021/04/13 07:01:45
https://namastefilmy.com/archives/26274
mC4
कर्णालीको विज्ञ समूह के गर्दै छ ? – Dullu Khabar कर्णालीको विज्ञ समूह के गर्दै छ ? २८ माघ २०७७, बुधबार १३:१० सुर्खेत । कर्णाली प्रदेशमा विकासको 'रोल मोडल' तयार गर्न २०७४ सालको पुस महिनामा प्रदेश सरकारले विज्ञ समूह गठन ग¥यो । प्रदेश सरकारले विज्ञ समूहकै सदस्यहरुमध्येबाट प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई प्रदेश योजना आयोगको उपाध्यक्ष समेत बनायो । तर, उक्त योजना आयोगले बनाएका योजनाहरु प्रदेश सरकारले नै लागू गर्न चाहेन । जसका कारण विज्ञ समूह अहिले भुमिका विहीन जस्तै बनेको छ । आयोगले बनेका योजना नै सरकारले सम्बोधन नगरेपछि रेग्मीले असन्तुष्ट व्यक्त गरे । हाल रेग्मी कृषि तथा वन विश्वविद्यालयका उपकुपति पदम नियुक्त भएका छन्। विज्ञ समूहबाट उचीत सर–सल्लाह प्रदेश सरकारले नलिएको आयोगका सदस्यहरुको भनाई छ । रणनीतिक योजना निर्माणमा विज्ञ समूहबाट सुझाव लिइएको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन प्रभावकारी रुपमा नभएको आयोगले बताएको छ । सुरु–सूरुका दिनहरुमा केही सुझावहरु राखेपनि अहिले प्रदेश सरकारले कुनै भूमिका नदिएको आयोगका सदस्य डा. कृष्णप्रसाद पौडेलले बताए । 'उहाँहरु आफ्नै रस्सा–कस्सीमा हुनुहुन्छ, हामी पनि आ–आफ्नै कामममा छौँ' उनले भने, 'हिजो–आज कुनै समन्वय भएको छैन ।' हाल योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन् । खड्का आइसकेपछि विज्ञसमूहको कुनै बैठक बसेको छैन । आर्थिक विकास विज्ञ डा.सुरेन्द्र उप्रेतीले प्रदेश सरकारले केही हदसम्म काम गरेता पनि रणनीतिक रुपमा कसरी लिन सकिन्छ भन्ने विषयमा प्रभावकारीता नदेखाएको बताए । 'विगतका बर्षमा कर्णालीले जति लक्ष्य राखेको थियो । त्यो अनुसार काम गर्न सकेन् । केही हदसम्म गरेकै हो यद्यपी दावी गर्ने ठाउँ छैन्' उनले भने । आवाश्यकताका आधारमा विज्ञ समूहबाट सुझाव लिने काम गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दाबी गरिन् । 'विज्ञ समूहलाई कुनै पनि आर्थिक सुविधा नदिएका छैनौँ । आवश्यकताका आधारमा सरकारले सुझाव लिइरहेको छ,' उनले भनिन् । बैठक कहिले काठमाडौँ बस्छ, कहिले सुर्खेत बसिरहेको छ' मानव सूचाङ्कको आधारमा विकासमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशको समग्र विकासको लागि सरकारले विज्ञ समूह गठन गरिएको थियो । मन्त्रीपरिषद बैठकले नै ११ सदस्यीय एकिकृत कर्णाली विकासका लागि विज्ञ समुह' गठन गरेको हो । जसमा नेकपाका नेता एवम् पूर्व गृहमन्त्री जनार्दन शर्मा समेत रहेका थिए । त्यसैगरी समूहको अन्य विज्ञहरुमा प्रशासन तथा विकासतर्फ बालानन्द शर्मा, स्वास्थ्य तथा बैदेशीक सम्बन्धमा डा. सुरेश तिवारी छन् । त्यस्तै कृषि तथा तथा अर्थतर्फ डा. पुण्य रेग्मी, विज्ञान तथा प्रविधीमा डा. कृष्णप्रसाद पौडेल, सुरक्षामा सुरेन्द्र विक्रम शाह, कानून विज्ञका रुपमा मुक्ती प्रधान र गोविन्द वन्दी, पूर्वाधार विकासमा डा. पदम शाही, शिक्षा तथा ग्रामिण विकासतर्फ डा. कुसेन्द्र महत र आर्थिक विकासमा डा.सुरेन्द्र उप्रेधीलाई सरकारले विज्ञका रुपमा छनौट गरिएको थियो ।
2022/06/30 11:08:18
https://dullukhabar.com/2021/02/31570.html
mC4
अर्थ संसार, काठमाडौँ - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीन वर्षपछि मात्रै न्यू खिम्ती सबस्टेशनको निर्माण सम्पन्न हुने भएको छ । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडने तयारीका साथ निर्माण सुरु गर्न लागिएको उक्त सवस्टेशनको काम जग्गा प्राप्तिमा लामो समयसम्म अल्झदा अगाडि बढ्न सकेको थिएन । उक्त सवस्टेशनलाई विद्युत् हब बनाउने महत्वाकाक्षी योजना अगाडि सारिएको थियो । तर जग्गा प्राप्तिमा नै लामो समयसम्म नेपाल विद्युत् प्राधिकरण अड्कन पुग्दा त्यसले कुनै पनि समाधान दिन सकेको थिएन । स्थानीयले उच्च मूल्य माग गरेपछि सबस्टेशन निर्माणको कामले गति लिन सकेको थिएन । सहित अघि बढाइएको न्यू–खिम्ती सब–स्टेसन निर्माणको काम ४ वर्षपछि सुरु भएको छ । स्थानीय समस्या समाधानपछि काम सुरु हुन लागेको हो । माथिल्लो तामाकोशीको विद्युत् जोड्ने लक्ष्यका साथ मिर्नाण गर्ने भनिएको सवस्टेशन नै सम्पन्न नभएपछि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने वाध्यता आइलागेको छ । हाल सो सबस्टेशनमा भारतबाट आयात गरिएको विद्युत् समेत जोडेर काठमाडौँ ल्याइएको छ । ढल्केबर मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भएको विद्युत् समेत सोही सवस्टेशनबाट काठमाडौँ ल्याइएको छ । न्यू खिम्ती सवस्टेशन बनाउने तर्फ प्राधिरकणले समयमा नै ध्यान पु¥याउन नसक्दा माथिल्लो तामाकोशीको विद्युत् प्रवाहमा समस्या आउन सक्नेछ । हाल न्यू खिम्ती सबस्टेशनको माटो परिक्षणको काम भइरहेको छ । एक भारतीय ठेकेदारले उक्त सवस्टेशन निर्माणको जिम्मा पाएको छ । सबस्टेसनको काम आयोजनाले नै सुरु गरेको छ । काम सुरु नहुँदा तामाकोसीको विद्युत् खेर जाने सम्भावना थियो । लामो समयदेखि स्थानीयले जग्गाको मुआब्जा नबुझ्दा समस्या उत्पन्न भएको थियो । सबस्टेसनमा दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने आयोजनाका विद्युत् जोडिनेछ । तामाकोसीबाट २०७५ पुससम्म विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको काम अब ८ प्रतिशत मात्रै बाँकी रहेको छ । माथिल्लो तामाकोशीको विद्युत् प्रसारण गर्न गोंगर–फुलासी ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको काम पनि तीव्ररूपमा भइरहेको छ । उक्त प्रसारण लाइन आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ । सबस्टेसन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण जग्गा उपलब्ध गराउने जिम्मेवारी थियो । ४ वर्षदेखि १३७ रोपनी जग्गा रोक्का राखेर जिल्ला प्रशासन कार्यालयले जग्गाको मूल्यांकनसहित सार्वजनिक सूचना समेत जारी गरेको थियो । तर स्थानीयले मुआब्जामा चित्त नबुझाएका कारण समस्या भएको थियो । तर लामो प्रयास र वार्तापछि मात्रै स्थानीयले गत वर्ष जग्गाको मुआब्जा बुझेका थिए । स्थानीय चलन चल्तीको मूल्य मिलाएर प्रतिरोपनी रु ५ लाखदेखि रु १२ लाख मुआब्जा दिइएको थियो । पाखोबारी रु ५ लाख, खेतीयोग्य जग्गाको रु ७ लाख, फुलासी पोखरी जाने सडकछेउ जग्गा रु ८ लाख र मुख्य सडकछेउको जग्गाको मूल्य रु १२ लाख निर्धारण भएको थियो । दोलखा, रामेछाप, सोलुखुम्बु र ओखलढुंगामा बन्ने आयोजनाको विद्युत् पनि यही सस्टेसनमा जोडिनेछ । उक्त कोरिडोरमा सरकारी र नीजि क्षेत्रका गरी करिब तीन हजार मेगावाट विद्युत् निर्माणको विभिन्न क्रममा रहेको छ ।
OSCAR-2019
टेलिकमको अफरै अफर, १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने २०७४ पौष ७ शुक्रबार ०६:२०:०० काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको 'विन्टर अफर' उपलब्ध गराएको छ । उक्त अफर भोलि (०७४ पुस ७ गते) देखि लागू हुनेछ । सो अफर आगामी ०७४ माघ २१ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ ।
2018/12/14 20:41:18
http://baahrakhari.com/news-details/44236/2017-12-22
mC4
काँग्रेसद्वारा आजपनि संसद अवरुद्ध « Thahaonline.com | थाहा अनलाइन काँग्रेसद्वारा आजपनि संसद अवरुद्ध १७ माघ २०७५, बिहीबार १४:१३ मा प्रकाशित काठमाडौं– नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै काँग्रेस सांसदहरु उठेपछि सभामुख कृष्ण बहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सभामुखले समय दिएपछि सांसद रिजालले काँग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेका थिए । उनले बोलिसकेलगत्तै काँग्रेस सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख कृष्ण बहादुर महराले काँग्रेस नेताका नामका अस्पतालबारे सरकारले माग बमोजिम निर्णय गरिसकेको भन्दै बस्न आग्रह गर्दै खुशी मनाउन आग्रह गरेका थिए । त्यस्तै उनले चिकित्सा शिक्षा विधेयक पास भइसकेकाले त्यस विषयलाई लिएर संसद अवरुद्ध गर्न जरुरी नभएको बताएका थिए । सभामुखले पटकपटक काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महरालो अर्को बैठक माघ २० गतेसम्मका लागि स्थगित गरेको घोषणा गरे । यसअघि सांसद रिजालले सरकारका कामकारवाही सन्तोष जनक नभएको भन्दै चिकित्सा शिक्षा विधेयक गलत तरिकाले प्रतिनिधिसभाबाट पास गरेर ठिक नगरेको धारणा राखे । उनले सरकार संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरित हिँडेको आरोप समेत लगाए । उनले लोकतन्त्र विधिको शासन भएको भन्दै विधिलाई कुल्चने बाटोमा सरकारलाई नलाग्न आग्रह पनि गरे । चिकित्सा शिक्षा विधेयक दुई तिहाइको बलमा जर्वजस्ती पास गरेर सत्याग्रहीमाथि अन्याय गरेको भन्दै रिजालले विधेयक पारित, संवैधानिक परिषदको नियुक्तिलगायतका निर्णयहरु लोकतान्त्रिक प्रकृयाअनुसार नभएको भन्दै सरकारको चर्को आलोचना गरे । उनले सरकारका प्रधानमन्त्री आफैं आफ्नो अनुहार हेरर दङ्ग पर्ने गरेको भन्दै दुई तिहाइको दम्भमा सरकार अघि बढे काँग्रेस चुप लागेर बस्न नसक्ने चेतावनी दिए । उनले सभामुखको व्यवहारको पनि आलोचना गरे । सभा सञ्चालन सत्ता र प्रतिपक्षको सहमतिमा हुनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए ।
2021/11/29 05:44:09
https://thahaonline.com/70040/
mC4
१. आज मिति २०७६ भाद्र ०१ गते जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले 'प्रधानसेनापति ट्रफि-२०७६' को समुद्घाीटन गर्नुभएको छ । २. उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो । समारोहको प्रारम्भमा नेपाली सेनाको पृतना, वाहिनी र विशेष फौज गरी सहभागी १४ वटा टिमले मार्च-पाष्ट प्रस्तुत गरेका थिए भने ८ वटै पृतनाहरुको संयोजनमा फरक-फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी तथा नृत्यहरुको अतिरिक्त सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो। ३. यस खेलकुद प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश भएका छन् । आजबाट शुभारम्भ भएको उक्त ट्रफि २०७६ भाद्र २५ गतेसम्म संचालन हुनेछ । माथि उल्लेखित खेलकुद प्रतियोगिताहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछ । ४. उक्त समुद्‍घाटन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी बलका महानिरीक्षक, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, युवा तथा खेलकुद मन्त्रालयका नि.सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रक्षा मन्त्रालयका पदाधिकारीहरु, नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतलगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । ५. 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने मुल नारामा आधारित रहेर नेपाली सेनाभित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको 'प्रधानसेनापति ट्रफि' नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।
2020/07/14 22:24:26
https://www.nepalarmy.mil.np/press-release/1759
mC4
चर्चित कलाकार गजित बिष्ट टेन टु फाइभमा, यस्तो छ गजितको भूमिका - Bulbule Khabar चर्चित कलाकार गजित बिष्ट टेन टु फाइभमा, यस्तो छ गजितको भूमिका काठमाडौ । नेपाली चलचित्र क्षेत्रकै सर्बाधिक चर्चित कोरियोग्राफर एवम नायक पहिलो पल्ट अभिनय गरेको चलचित्र "मायाज बार" पछी पछाडि नफर्केका कलाकार गजित बिष्टले अहिले सम्म दर्जनौ फिल्ममा काम गरिसकेका छन । चलचित्र "मायाजबार" दिनेश डिसी निर्देशित फिल्म हो । गजितको पहिलो फिल्म मायाज बारले फिल्म बजारमा निकै चर्चा बटुलेको थियो । गजित बिष्ट अहिले आफ्ना छोरा सौगात बिष्टको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र 'हैरान'मा काम गर्दैछन् । यस फिल्ममा उनी नायक बनेर अभिनय गरेका छन । यस अघी सानो पर्दामा नदेखिएका कलाकार गजित बिष्ट अहिले निर्मल शर्मा एवम कमल मैनाली निर्देशित टेलिफिल्म "टेन टु फाइभ" मा समेत काम गर्दैछन । टेलीफिल्म "टेन टु फाइभ" नेपालकै पहिलो एच डि च्यानल एपी वानमा हरेक आईतवार बेलुकी ९ बजे प्रसारण हुन्छ भने संसारभरी यूट्युब र फेसबुक पेजमा लाइभ समेत हेर्न मिल्छ । मल्टीस्टार कलाकारको समेत अभिनय रहेको यो टेलिफिल्म अहिले सर्बाधिक चर्चामा छ । सरकारी कार्यालय वा अन्य जुनसुकै कार्यालयको ढिला सुस्ती एवम नेपाली राजनीतिकमा भएको उथलपुथल को बारेमा बन्ने गरेको छ । "टेन टु फाइभ" लाई कलाकार द्वय निर्मल शर्मा एवम कमल कान्त मैनालीले निर्देशन गरेका छन भने, नायिका रज्नी केसी, मुकुन्द मैनाली, केशब भट्टराई, कमल मैनाली, निर्मल शर्मा, शिवहरी आचार्य, प्रेम पाण्डे, सुरेश तिम्सिना, रबी शर्मा "घाटो",गोपाल ढकाल "छन्दे", घनश्याम गौतम, बिन्दा खतिवडा, स्मारिका खनाल लगायत कलाकारको अभिनय रहेको छ । हरेक हप्ता प्रसारण हुने यो टेलिफिल्ममा हरेक हप्ता नयाँं कलाकार अतिथीको भूमिकामा देखिने गरेका छन ।
2021/05/15 22:55:25
https://bulbulekhabar.com/2018/01/15435
mC4
कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन – Interview Nepal कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान करिब एघार बजे निधन भएको भाइ शेखर कोइरालाले बताए । 'उपचारकै क्रममा आइतबार बिहान दाजु बित्नु भयो' हाल दिल्लीमै रहेका शेखरले भने । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् । कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा समेत काम गरेका थिए । शेखरका अनुसार नेपालको पर्यटन क्षेत्रमा नीतिगत सुधार गर्न उनले अहं भूमिका खेलेका थिए ।
2022/01/26 13:29:40
https://interviewnepal.com/3488/
mC4
ग्लोबल टि२० क्यानडा : सन्दिप लामिछानेको दोश्रो सिजन पहिलो भन्दा कमजोर | Cricket Himalaya | ग्लोबल टि२० क्यानडा : सन्दिप लामिछानेको दोश्रो सिजन पहिलो भन्दा कमजोर By Bhanu Sigdel Last updated Aug 9, 2019 544 0 श्रावण २४, क्रिकेट हिमालय दोस्रो संस्करणको 'ग्लोबल टि-ट्वान्टी लिग क्यानडा' अन्तर्गत सन्दिप लामिछानेले टोरन्टो न्यासनल्स बाट प्रतिनिधित्व गर्दै ४ खेलमा १५ ओभर बलिङ्ग गर्दै १३१ रन दिएर कुल ५ विकेट लिएका छन | टोरन्टो न्यासनलले लिग चरणका ५ खेल, दोश्रो राउन्डमा १ खेल र इलिमिमेटरमा १ गरि कुल ७ खेल खेल्यो भने सन्दिपले अन्तिमका ४ खेल खेलेका थिए | सन्दिपको प्रदसन सिजनमा डेब्यु गरेका सन्दिप लामिछानेले टिमको चौथो खेलमा मोन्ट्रीयल बिरुद्ध ४ ओभरमा २८ रन दिएर १ विकेट लिएका थिए | पाचौ खेलमा वुल्भ्स बिरुद्ध ४ ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए भने दोश्रो राउन्डको खेलमा मोन्ट्रीयल बिरुद्ध सन्दिप लामिछानेले ३ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए |इलिमिनेटरमा ह्वक्स बिरुद्ध सन्दिप लामिछानेले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिएका छन | टोरन्टो न्यासनल प्रदसन सन्दिप आवद्ध टोरन्टो न्यासनलले पहिलो खेलमा भ्यान्कौभेर नाइट्स सङ्ग पराजित भएको थियो भने दोश्रो खेलमा एडमन्टन रोयल्स बिरुद्ध २ विकेटको जित हात पारेको थियो | त्यसैगरी तेश्रो खेलमा सोमपाल आवद्ध विन्निपेग ह्वक्स सङ्ग ३ विकेटले पराजित भएको थियो |ब्रहम्प्टन वुल्भ्स बिरुद्ध ११ रनले चौथो खेलमा पराजित रहेको थियो | पाचौ खेलमा मोन्ट्रीयल बिरुद्ध ४ विकेटको जित निकाल्न सफल भएको थियो | दोश्रो राउन्डको खेलमा मोन्ट्रीयल बिरुद्ध नै ५४ रनको जित निकालेको थियो | अन्तिम इलिमिनेटरमा ह्वक्स सङ्ग डिएल मेथडमा २ रनले पराजित रह्यो | सन्दिप आवद्ध टोरन्टो न्यास्नल टिम युवराज सिंह (कप्तान), ट्रेन्ट बोल्ट, मनप्रीत गोनि, जेरेमी गोर्डन, क्रीस ग्रीन, हेइनरिच क्लासिन, सन्दिप लामिछाने, कालम म्याक्लियड, मिचेल म्याक्लेघान, ब्रेन्डन म्याकुलम, मार्क मन्टफर्ट, सलमान नजर, काइरेन पोलार्ड, गुलाम सब्बेर, रबिन्दरपल सिंह, चिराग सुरि, रोड्रीगो थोमस सहभागी टिम ब्रहम्प्टन वुल्भ्स, एडमन्टन रोयल्स, मोन्ट्रीयल टाइगर्स, टोरन्टो न्यासनल्स, भ्यान्कौभेर नाइट्स, विन्निपेग हव्क्स टोरन्टो न्यासनलले सन्दिपलाइ ६० हजार डलरमा आवद्ध गरेको हो पहिलो सिजनमा सन्दिपको प्रदसन पहिलो संस्करणको ग्लोबल टि-ट्वान्टी क्यानडा क्रीकेट प्रतियोगितामा सन्दीप लामिछाने लासिथ मालिंगाको कप्तानिमा रहेको मोन्ट्रेअल टाइगर्समा आवद्ध थिए। प्रतियोगितामा उनी आवद्ध टिम जम्मा ६ खेल मध्ये २ खेलमा जित र ४ खेलमा पराजित हुदै प्रतियोगिताको पाँचौ भएको थियो। ६ मध्ये ५ खेल खेलेका सन्दीप लामिछानेले २० ओभरमा २ मेडन ओभर गर्दै १५७ रन खर्चिएर ८ विकेट लिएका थिए। २० ओभर (१२० बल) मा ५७ बल डट गरेका लामिछानेको बलिङ एभरेज १९.६३, इकोनोमी ७.८५ र स्ट्राइक रेट १५ छ। त्यस्तै २ खेलमा ब्याटिङ गर्दै ४ बल खेलेका लामिछानेले ८ रन जोडेका थिए।
2020/08/15 16:31:48
https://www.crickethimalaya.com/2019/08/19596
mC4
अन्तराष्ट्रिय – Page 298 – Rajdhani Daily भेनेजुएलामा विपक्षीसँग वार्ता काराकस / एजेन्सी– भेनेजुएला सरकारले आन्दोलनरत दक्षिणपन्थी विपक्षी समूहसँग फेरि वार्ता सुरु गरिएको बताएको छ । राष्ट्रपति निकोलास मादुरोले विपक्षीसँग वार्ताबाटै समझदारी खोज्ने प्रयास गरिएको बताएका हुन् ... लन्डन रेल आक्रमणका आरोपित पक्राउ लन्डन / एजेन्सी– लन्डनको भूमिगत रेलमा शुक्रबार भएको आक्रमणमा संलग्न रहेको आशंका गरिएका एक युवकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । डोबरको दक्षिणी बन्दरगाह क्षेत्रमा भेटिएका ती १८ वर्षीय युवकलाई केन्ट ... बुलेटको नाममा ब्यालेटतर्फ नजर बुलेटको नाममा ब्यालेटतर्फ नजर केशरमणि कटुवाल विश्वको ठूलो आर्थिक शक्ति राष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबेले हालै भारतको भ्रमण गरेका छन् । भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न १५ वटा सम्झौतामा ... लन्डनमा फेरी आतंकवादी हमला, बम विस्फोटमा २२ घाइते लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा व... उत्तर कोरियाले एकाबिहानै जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो, जापानले अपनायो 'हाइ अलर्ट' एजेन्सी । उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन् । राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्... लस्कर ए तोइवाका कमाण्डर मारिए श्रीनगर । भारतको काश्मिर क्षेत्रमा सक्रिय लस्कर ए तोइवा नामक विद्रोही समूहका अवु इश्माइल तथा उनका सहयोगीको कारबाहीका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय सेना र उक्त लडाकू समूहबीच श्रीनगरको ब... विद्यालयमा आगलागी हुँदा २२ विद्यार्थीसहित २४ जनाको मृत्यु एजेन्सी / क्वालालम्पुर मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक धार्मिक विद्यालयमा आगलागी हुँदा २२ विद्यार्थीसहित २४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान क्वालालम्पुरस्थित ताहफिज दारुल कुरान इत्तिफायामा ... ट्रम्पद्वारा लागूऔषध उत्पादकको सूची सार्वजनिक वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रूपमा नशालु पदार्थको उत्पादन या तस्करी गर्ने देशको सूची सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सो सूचीमा भारतसहित २१ देश रहेका छन् । ला... आन्तरिक विस्थापित रोहिंग्या घर फर्किन थाले यांगुन / एजेन्सी– दुई साता अघिदेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिंग्या समुदायका नागरिक घर फर्किन थालेका छन् । म्यानमार सरकारलाई उद्धृत गर्दै सरकारी पत्रिका ग्लोबल ... सैनिकमाथि विद्रोहीको आक्रमण बैंकक / एजेन्सी– थाइल्यान्डको दक्षिणी भू–भागमा सैनिकको गस्तीलाई लक्षित गरी संदिग्ध विद्रोहीले एम्बुस आक्रमण गरेका छन् । बिहीबार बिहान भएको सो आक्रमणमा परी एक जना सैनिकको मृत्यु भएको छ भने अन्य २० जना ...
2019/05/26 03:40:06
http://rajdhanidaily.com/category/international-news/page/298/
mC4
अनुमानित कर विवरण वेबसाइटबाटै कसरी बुझाउने? (बिस्तृतमा फोटो सहित) | Nepal Tax Online | Tax Resource, Expertise & Insights कानूनतः अनुमानित कर विवरणको आधारमा करदाताले आफुले बुझाउनुपर्ने किस्ताबन्दिमा कर दाखिला गर्नुपर्दछ । उदाहरणको लागि,कुनै करदाताले करयोग्य आय एक लाख देखायो भने त्यसको चालिस प्रतिसतले हुने रकम अर्थात चालिस हजार पौष मसान्त भित्र बुझाउनु पर्दछ । यदि आफ्नो अनुमानित कारोबारमा परिबर्तन हुने भएमा कानूनतः फेरी परिबर्तित अनुमानित कर विवरण बुझाउनु पर्दछ तर व्यबहारमा यो परिबर्तित विवरण बुझाउने चलन खासै छैन ।
2021/10/20 04:54:38
https://nepaltaxonline.com/article/how-to-pay-tax-online
mC4
मैले गरेका कामहरू सुन्न लिंकमा क्लीक गर्नुस: जानकी राम - नेपालिक्स जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफूमाथी लगाइएको आरोप निराधार रहेको दावी गरेका छन् । मैले गरेको कामहरू सुन्न लिंकमा क्लीक गर्नुस: जानकी राम https://www.facebook.com/1240780215948305/posts/5633265926699690/ वडाध्यक्ष साहमाथी वडामा रहेको रामजानकी आधारभूत विद्यालयको जग्गा हड्पेर जानकी पतञ्जली योग शिविरलाई दिएको आरोप लगाइएको थियो । आज एक पत्रकार सम्मेलनको आयोजना गरि वडाध्यक्ष साहले आफ्नो वडामा जानकी सरोवरको पूर्वी डील तथा पश्चिमी डीलमा रहेको २ बिघा १३ कठ्ठा ५ धुर एलानी जग्गामा समाजको सहमतिमै विद्यालय र योग शिविर राख्ने निर्णय भएको दावी गरे । उनले समाजकै अगुवाहरुको बैठक बसेर २०७० साल चैत १५ गते योग शिविरका लागि पोखरीको पूर्वतर्फको डीलमा जग्गा उपलब्ध गराउने सहमति भएको बताए । वडा नम्बर–७ को विद्यालयसँग जग्गाको लालपूर्जा नै नरहेको अवस्थामा आफूले कसरी विद्यालयको जग्गा हड्पे उनले प्रश्न गरे । उनले भने,'न म विद्यालयको जग्गा हड्पेको छु, न योग शिविरको नै, त्यहाँ समाजकै भलाईका लागि यो शिविर सञ्चालनमा ल्याइएको छ । शिक्षा र स्वास्थ्य सबैका लागि महत्वपूर्ण हुन्छ, मेरो वडामा एकै ठाउँमा शिक्षाका लागि विद्यालय र स्वास्थ्य क्षेत्रलाई दुरुस्त राख्नका लागि योग शिविर एकै ठाउँमा हुनु खुशीको विषय छ ।' गैरकानूनी रुपमा आफू विद्यालयको अध्यक्ष रहेको आरोप समेत तर्कसंगत नरहेको वडाध्यक्ष साहको भनाई थियो । उपमहानगरपालिकाको बोर्ड बैठकबाटै निर्णय भएर आफू विद्यालयको अध्यक्ष बनेको भन्दै यसमा गैरकानूनी रुपमा अध्यक्ष बन्ने विषय नरहेको वडाध्यक्ष साहले दावी गरे । उनले आफु विद्यालय, पोखरी र योग शिविरको सौन्दर्यीकरण तथा संरक्षणका लागि काम गर्दै आएको बताउँदै आफुमाथि जग्गा हड्पेको आरोप कपोलकल्पित र निराधार रहेको बताए ।
2021/04/18 14:33:17
https://nepaleaks.com/archives/13986
mC4
मुगुमा बेमौसमी तरकारी खेतिको अभ्यास « News of Nepal मुगु । मुगुका ग्रामिण भेगमा बेमौसी तरकारीखेतिका लागि परिक्षण हुन लागेकको छ । सामुदायिक बिकास कार्यक्रमले माटो सुहाउँदो र प्रयाप्त सिचाइको बयबस्था भएको ठाउँमा पलास्टिक घर निमाणर््ा गरी तरकारी उतपादन गर्न शुरु गरिएको छ । खतयाड गाउँपालिकका बिभिन्न वडाहरुका बस्तिहरुमा हिउँदे तरकारी उतपादन गरी कृषहरुलाई आत्म निर्भर बनाउँन पलास्टिक घर निमार्ण गरी तरकारी उत्पादन गर्ने क्रम बढेको छ । ७ दिने बेमैसमी तरकारी उत्पादन सम्बन्धमा खत्याड गाउँपािलिककाृ माझचैरमा तालिम लिएको रिगा, सुकाडिक, आम, ठामलेख, श्रीकोट, बरातु लगाएतका २ दर्जन भन्दा बढिका बस्तिका कृषकलाई तरकारी उत्पादन तथा बजारिकण सम्बन्धि तालिम पाएपछि, ग्रिन हाउँस निमार्ण बेमैसमी तरकारी मा रायो बन्दा गोबि, फूलगोृबि, टमाटर, फर्सि, राया चमसुर लगाएतका तरकारीको बिउँ उपलब्ध गराईको थियो । सदरमुकामबाट टाढाका ग्रामिण बस्तिमा आए आर्जनको स्रोतको रुपमा हिउँद सिजनमा पलास्टिक घर निमार्ण गरी तरकारी खाने बानीको बिकास भई कृषकहरुको पैष्टिक आहारमा बृद्धि भई आयआर्जनमा समते बृद्धि हुने संस्थाका जिबिको पार्जन अधिकृत हिरा बोहोराले बताए । हम्रो गाउँ घरमा बर्षा सिजनमा तरकारी खान पाइन्थ्यो अब त सघ संस्था लागू भएपछि हिउँद सिजनमा समेत तरीकारी खान पाईने भो र बढी भएको तरकारी स्थानिय बजारमा समेत बिक्री गरी सानो तिनो रकम समेत हात पार्ने भएका छौ श्रीकोट बरात ुकि रिउँलि बाँनियाले बताईन । पछिल्लो समयमा जिल्ला कृषि बिकास कार्यालय ग्रामिण तथा पुनर निमार्ण सस्थाले समेत बेमौसमी तरकारी सम्बन्धि कृषकहरुलाई आबस्यक साममाग्रिहरु, तालिम र बिउबिजन उपलब्ध गराएपछि हिउँद सिजनमा पनि बेमैसमि तरकारी उत्पादन गरी बिक्री गर्ने संख्या जिललाका ग्रामिण भेगमा समेत उल्लेख्य छ ।
2019/02/20 15:45:44
http://www.newsofnepal.com/2018/02/03/81477/
mC4
सिओल, ५ कात्तिक (रासस÷एएफपी) ः दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाद रहेकोे उक्त सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो । "त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्," दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ । सहमतिमा उनीहरूले 'तीन–पक्षीय संयुक्त प्रमाणिकरण' कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन् । शान्ति गाउँ पानमुनजोमको करिब २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाब हुने गरेको क्षेत्र हो । यो क्षेत्रमा सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित उक्त क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो । अझैपनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले उक्त क्षेत्रमा सैन्य तनाव कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुबै मुलुकका उच्च अधिकारीको गत महिनामा भएको वार्तापछि प्रयास थाल्न सहमत भएका थिए । तर 'जोइन्ट सेकुरिटी एरिया'का अधिकारी सम्मिलित सोमबारको बैठकले गत महिना भएको उच्च नेताहरूको सहमतिलाई कायान्वयनमा लाने निर्णय गरेको हो ।
2019/01/24 00:41:53
http://newsabhiyan.com/news-details.php?nid=148825
mC4
तिज विशेष २०७८, जवाफ जस्ताको तस्तै…. - bampijhyala.com Home > दाेलखा समाचार > तिज विशेष २०७८, जवाफ जस्ताको तस्तै…. तिज विशेष २०७८, जवाफ जस्ताको तस्तै…. २४ भाद्र २०७८, बिहीबार १८:३० bampijhyala हजुरले यो तीजलाई कसरी हेर्नुहुन्छ ? तीज भनेको जातीय विशेषमा हेर्नु उचित हो या अनुचित तपाईंको बिचारमा के हो ? र तीज पर्व एकल महिलाले मान्नु ठिक होइन भन्ने धारणा तपाईंलाई कस्तो लाग्छ ? सकुना श्रेष्ठ, अध्यक्ष समकालिन एकता समाज नेपाल धार्मिक दृ्ष्टिकोणले पार्वतीले महादेव पति पाउनकोलागि निराहार तपस्या बसेको हिसाबले हेरिए पनि नेपाली नारीहरुको लागि लामो समयपछि आफ्नो माइती घरमा गएर जन्मदाता आमाबाबु, साथीसंगी भेटघाट गरेर मनको भारी बिसाएर केही क्षण भएपनि रमाइलो गरेर खुशी मनाउने रुपमा हेरेकी छु । यसै गरी तीज भनेको यो जात र उ जात, उपल्लो जात र तल्लो जात भनेर हेर्नुहुन्न । जात भनेको स्त्रीजाति र पुरुषजाति मात्रै लिङ्गको आधारमा विभाजन गरिएको हो । आ–आफ्नो स्वेच्छाले जसले मनाउँदा नि हुन्छ । धर्म र संस्कृति सबैको आ–आफ्नै तरिकाको हुन्छ, तर पनि रमाइलो मनोरञ्जन जुनसुकै जातिले मनाउँछन् र मनाउनबाट कसैलाई वञ्चित गराउनु हुन्न । तीज पर्व एकल महिला विधवाले मनाउनु हुन्न भन्ने पुरानो परम्परा ठीक होइन । उनीहरुलाई त झन् उत्साहित बनाउनु पर्छ । जन्मपछि मृत्य निश्चित छ अनि बितेका कुरासंगै मन डुलाउन थालेपछि उनीहरु बेसाहारा जस्तै बन्नपुग्छ । जुनसुकै कारणले विछोड भएपनि सपना सम्झेर भुलिदिनु पर्छ । अनी आउने जीवनलाई सकृय र सार्थक बनाउनको लागि उत्प्रेरणा दिलाउनुपर्छ । रिना चाकुबजी श्रेष्ठ, अध्यक्ष, छिजि द्वाल्खा डोबर मैले चाहिँ तीज साँस्कृतिक परम्पराको रुपमा हेर्छु । यस चाडलाई देखासेखी र गर गहनाको प्रद्र्धशन गरेर स्वाङ पारेर आडम्वाको रुपमा मनाउनु हुर्दैन भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ । खासै भन्नु पर्दा यो तीज पर्व परम्परागत हिसाबले हेर्दा ब्राह्मण क्षेत्री जातिले मान्ने विशेष पर्व हो । अब लोकतान्त्रिक पद्धतिको यो चरणमा आएर सबै जातिलाई सामुदायिक रुपमा हेर्ने भएकोले सबै धर्म संस्कृति सबैले मान्न थाले चाडपर्वको आ–आफ्नै मौलिकता हुन्छ । त्यसलाई बुझेर मान्दा राम्रो होला भन्ने लाग्छ । यसै गरी जहाँसम्म एकल महिलाको प्रसङ्ग छ । ती कुरालाई सामाजिक रुपमा हेर्ने नजर अर्कै होला, धार्मिक दृष्टिले बेग्लै होला तर एकल महिला अथवा विधवा नारीले यो तीज पर्व मनाउन हुन्छकि हुन्न भन्ने प्रसङ्गमा भन्नुपर्दा आफ्नो परम्परालाई आत्मसात् गर्नेकी नगर्ने भन्ने कुराको टुंगो लगाउन सक्नु प¥र्यौ । कलावती श्रेष्ठ, अध्यक्ष द्वाल्खा म्यास्मुचा खलक यो तीजलाई परम्परागत पर्वको रुपमा हेर्छु । किनकि सम्पूर्ण हिन्दुहरुको सामुहिक पर्व हो । यो पर्व ज–जसले मान्छन् ती सबैको साझा पर्व हो । कुन जात र कुन वर्ग भनेर कतै खुलाईएको छैन । र धार्मिक ग्रन्थमा पनि यही जातले मात्रै मान्ने हो भनेर किटानसाथ भनिएको पनी छैन । त्यसैले पुर्व मेची देखि पश्चिम महाकालीसम्मका भक्तजन र शुभेच्छुक जो कोहीले मान्न सक्नु हुन्छ । हुनत नेवारहरुको आ–आफ्नो पुरानो रीतिरिवाज छ । कसैले मान्लान् कसैले नमान्लान् । त्यो आफ्नो ठाउँमा छ ।, तर यो पर्वले धेरै समय सम्म भेटघाट नभएको साथीसंगी नाता सबै संग मैत्रीपूर्ण सम्बन्ध रहेकोले जातित्वको रुपमा हेरिनु हुन्न । त्यसै गरी एकल महिलाको हकमा चाहिँ उनीहरुलाई समावेश नै गर्नु हुन्न भन्ने कुरामा म सहमत छुइन । उनीहरुको पनि मन हुन्छ । सँधै भरि परम्परा भनेर गुम्साएर खुम्च्याएर राख्नु हुन्न । जन्म पछी मृत्यु निश्चित यो कहिले कसरी भन्ने कुरामा मात्र फरक हुन्छ । त्यसैले समय र परिस्थिती अनुसार एकल महिलालाई पनी चाडपर्व मनाउन लगाउन उत्प्रेरित गर्नु पर्छ । कल्पना श्रेष्ठ महर्जन, अनेमसं केन्द्रीय सदस्य / समाजसेवी मैले हेर्दा तीज एक परम्परा हो । परम्परागत रीतिरिवाज हो, यसलाई सामान्य रुपमा नै मनाउन उचित लाग्छ, समय र परिस्थिति हेरेर तडकभडक नगरीकन मनाउनु उचित होला । अर्को कुरा तीजमा टाढा रहेका चेलीबेटीलाई आफन्त साथीसंगीलाई नजिक बनाउने माध्यमको रुपमा हुर्नु पर्छ । तीजलाई जातीय विशेषमा हेर्नु हुन्न । यो आफ्नो स्वेच्छाचारी विचारमा भरपर्ने कुरा हो । कसैले कसैलाई दबाबमा राखेर मान्नैपर्छ भन्ने छैन । तीज परम्परागत चाड भएको कारणले पुराना रुढीवादी बिचार हुनेहरुको सोचमा एकल वा विधवा महिलाहरुले धर्म कर्ममा अग्रसर हुनुहुन्न भन्ने होला, । तर समयको परिवर्तन संगै हरेक कुरा परिवर्तन भएर गएको छ । त्यसैले उचित शिक्षा हासिल गर्नेहरुको दृष्टिकोणमा यो उचित होइन । एकल महिलाहरुलाई झन् उत्साहित र जागरुक बनाएर यस्तो बेलामा अगाडि ल्याएर प्रोत्साहन दिनु राम्रो हुनेछ । सविना मानन्धर, व्यवसायी–समाजसेवी मेरो बिचारमा तिज महिलाहरुले मान्ने पर्व मध्ये विशेष एक पर्व हो । पहिले पहिले नेपाली दिदीबहीनीहरुमा पनी विशेषतः बाम्हन, क्षेत्री जातिमा यो चाडपर्व मान्ने परम्परा रही आएको थियो । तर जव नेपालमा राजनिती परिवर्तन लगायत हरेक क्षेत्रमा भएको परिवर्तन स–सँगै सामाजिक परम्परा र संस्कारमा पनी परिवर्तन भयो । त्यसैले यसलाई जटिल तवरले भन्दा पनी सजिलो र सुलभ तरिकाले मनाउने तर्फ उन्मुख हुनु पर्छ । जुन कुराले आफु र आफ्नो नातागोता, परिवार विचको सम्वन्धलाई गाढा बनाउन सहयोग गरोस् । अहिले आएर तिज पर्व सम्पूर्ण नेपाली महिला दिदिबहीनीहरुको विशेष पर्वको रुपमा विकास भएर मनाउने गरेको पाईन्छ । यसलाई फेसनको रुपमा भन्दापनी वास्तवित चाडको रुपमा मनाउँदा बेस हुन्छ । खास गरी तिज पर्व आफ्नो परिवारको उज्वल भविष्य र सु–स्वास्थ्य अनी दिर्घायुको कामनाको लागि दिदिबहिनीहरुले ब्रत लिएर मान्ने चलन रहेको छ । त्यसै गरी एक्कल महिलाले तिज मान्नु हुन्छ हुदैन भन्दा पनी यसको महत्व र परम्परालाई हेर्दा झन एक्कल महिलाको प्रबद्र्धन एक्लोपन हटाउनको लागि तिज लगायत हरेक धार्मीक, परम्परागत कार्यहरुमा संलग्न हुँदा बेस हुन्छ । यसले एक्लोपनलाई टाढा रहेको महशुष गर्न मद्धत गर्छ र सामाजिक सहयोग समेत प्राप्त हुन्छ जसले जिउने आधारलाई अझ थप मद्धत गर्नुका साथै सहयोग पू¥याउँछ । मेनुका सुवेदी, विद्यार्थी राम्पा दोलखा तिज नेपाली दिदिबहीनीहरुले मनाउने चाडपर्व मध्येको एक परम्परागत संस्कृति हो । ईच्छा अनुसार मान्न पाउँनु पर्छ नकी कसैले मान्दिन भन्न पनि पाउछ । मान्छु भन्न पनि पाउछ । यसै गरी नेपाली महिला दिदिबहीनी जो कोही पनि ढिलो चाडो विधवा हुन्छ नै त्यसैले बिधवा नारीले पनि तिज तथा हरेक धर्म संस्कृति अनुसार व्रत तिर्थ गर्नु उनिहरुको ईच्छा हो । यदी कसैले मनाउनु पाउँछ पाउँदैन भन्नु बेकार हो, उनीहरुको स्वेच्छा हो, अधिकारको कुरा होईन । अष्ट कुमारी श्रेष्ठ, गृहिणी हाम्रो संस्कृति र परम्परागत पर्वको रुपमा हेर्छु । जुनसुकै जातिले मनाए पनि फरक पर्दैन, यो जात र उ जातले मनाउँछन् भन्ने छैन, धर्म र संस्कृतिमा जातकै कुरा उठाउनु ठिक लाग्दैन । यसै गरी एकल पुरुषले नारीको अभावमा जे जस्तो गरेपनि मौन हुने हाम्रो समाजमा एकल महिलालाई जुनसुकै कुरामा भेदभाव गर्नु भनेको महिला माथि अवहेलना गरेको लाग्छ । उनीहरुको पनि स्वेच्छाले जिउने अधिकार हुन्छ नि होइन र ? त्यसैले उनीहरुको ईच्छा आकाक्षालाई बुझेर सहमत जनाउनु उचित हुन्छ । रिमा साइराम, अध्यक्ष रिसा सेवा समाज तीजलाई संस्कृति र परम्परागत पर्वको रुपमा हेर्छु । माईतीघर सम्झिने यादगार समयको हिसाबले बा–आमा, दिदीबहिनी र बाल्य साथीहरु भेटघाट गरेर खुशी साट्ने क्षणक हिसाबले हेर्छु । यसै गरी तीजलाई जातीय धर्मले कहिले पनि हेर्नुहुन्न । यदि यो तीज पर्वलाई बाहुन क्षेत्रीहरुको मात्रै हो भनियो भने हाम्रो मिश्रित समाजमा घुलमिल गरेर एकताबद्ध हुनुको के औचित्य रह्यो र ! पर्व जसरी सामुहिक रुपमा मनाइन्छ । त्यसै गरी मनोरञ्जन पनि सामुहिक रुपमा गर्दा एकताको डोरी बलियो हुन्छ । त्यसैले यो तीजलाई जातीय रुपमा हेरिनु हुन्न । अव तीजमा एकल महिला वा विधवा नारीले मनाउनु हुन्न भन्ने परम्परा सिकाउनेहरुको जमातलाई अबको नयाँ पिंढीका दिदीबहिनीहरुले गतिलै जवाफ दिईरहेका छन् । एकल महिलाको चाहिँ चाहना र ईच्छा हुदैन र ? बिमला आठपहरिया, गृहिणी–साहित्यकार हामी नेपाली हौं नेपाल भित्र चलेको रीतिरिवाज चाडपर्व नै हाम्रो आफ्नो गहना हो, यसलाई सबैले एकरुपताको नजरले हेर्नुपर्छ भन्ने लाग्छ । चाहे उधौली पर्व होस् चाहे उभौली, छठपर्व, देउडा, गौरा पर्व पनि दशैं तिहार जस्तै हो, यसलाई जातीय रुपमा हेरेर साम्प्रदायिक भावनाले हेरिनु हुन्न । अव एकल महिला अर्थात् विधवा नारीको चाहिँ मन होइन र ! उनीहरुले चाहिँ मुस्कुराउनु हुन्न, नाच्नुहुन्न भनेर कुनै ग्रन्थमा स्पष्ट लेखिएको छैन त, यदि लेखिएकै भएपनि त्यो लेख्ने पनि मान्छे नै हुन् । भगवानले नै लेखेर एकल महिलाले केही नगर्नु भनेका त छैनन् होला नी ? त्यसैले उनीहरुको पनी सहभागीतको आवश्यकता रहेको छ ।
2021/09/22 11:33:53
https://bampijhyala.com/2021/09/09/28207/
mC4
२९ भदौ, हेटौँडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुर्पयो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो । रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा गौतमले बताए । २४ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको बाग्मति गाउँपालिकाबाट पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा बाग्मति गाउँपालिका वडा नम्बर ३ सल्लेनी जरायोटारका २९ बर्षिय चेतबहादुर वाईवा रहेका छन् । आइतबार राति प्रहरीले ९ फिट ७ इन्च लम्बाईको पाटेबाघको छाला र ९ किलो हड्डीसहित वाईवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान व्यूरो र प्रहरी चौकी झुरझुरेको टोलीले बाग्मति गाउँपालिका वडा नम्बर ४ लम्कनामा पैदल हिडिरहेको अवस्थामा ४ जनालाई रोकी जाँच गर्दा झोलामा लुकाई ल्याएको बाघको छाला र हड्डी फेला पारेको थियो । वाईवा पक्राउ परेपनि अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वाईवासहित बरामद भएको छाला र हड्डी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा बुझाउने मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।
OSCAR-2019
लण्डन (एजेन्सी) – माटा र इब्राहिमोबिकको गोलले युनाइटेडले १० खेलाडिमा सिमित वेस्टह्याम युनाइटेडमाथी २-० को जित हासिल गर्दै प्रिमियर लिगमा लगातार छैटौं जित हासिल गरेको छ । पहिलो खेल खेलेका सोफिएन फेगौलिले १५ मिनेटमा फिल जोन्समाथिको ट्याकलमा रातो कार्ड पाएपछी वेस्ट ह्याम १० खेलाडिमा सिमित भएको थियो । दोस्रो हाल्फको ६३ मिनेटमा गोल गर्दै माटाले युनाइटेडलाई अग्रता दिलाए । त्यस्तै ७८ मिनेटमा अर्को गोल गर्दै इब्राहिमोबिकले युनाइटेडको जित पक्का गरे । लगातार छैटौ जित दर्ता गरेको युनाइटेड ३९ अंक सहित छैटौ स्थानमा छ । तेस्रो स्थानमा रहेको सिटिभन्दा ३ अंक कम र १ खेल बढी खेल्दै चौथो आर्सनल भन्दा युनाइटेड १ अंक तल छ ।
2022-12-06T03:53:54Z
https://www.hamrokhelkud.com/football/13008.html
OSCAR-2301
मुगुको रारातालमा छुट्टी मनाउनेको लर्को - Yessamachar सिँजा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दसैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । "विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ," उनले भने, "अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।" निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय: आन्तरिक पर्यटक मोटरसाइकल, जिप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्‍न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगन्जबाट उडान भर्ने गरेका छन् । रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावत बताउँछन् । "प्राय: पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्," उनले भने, "त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।" बिदामा रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिँजा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताए । "रारा घुम्‍न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ," उनले भने, "विगतभन्दा यो वर्ष दसैँतिहार बिदामा रारा आउनेको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ ।" -रासस Previous article'बेरोजगारलाई रोजगारी दिइन्छ, वडा कार्यालयमा सम्पर्क गर्नू' Next articleयसपालि सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने Yessamachar - कार्तिक १७, २०७७ 0 १७ कात्तिक, काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका... Yessamachar - भदौ ११, २०७७ 0 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्‍चालन गर्ने तयारी गरेको छ । भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई...
2021/06/20 14:52:17
https://yessamachar.com/28746
mC4
Finance, Nepali, News, Polites » महोत्तरीको सीमा क्षेत्रमा एसएसबी र भारतीय मुस्लिमबीच झडप, ४६ राउन्ड गोली प्रहार महोत्तरीको सीमा क्षेत्रमा एसएसबी र भारतीय मुस्लिमबीच झडप, ४६ राउन्ड गोली प्रहार काठमाडौँ, कात्तिक १ - महोत्तरी स्थित नेपाल-भारत सीमा क्षेत्र समसीको पारी कन्हमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहाँको मुस्लिम समुदायबीच झडप भइरहेको छ। एसएसबीले भारतको बिहार राज्यमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेका एक भारतीय मुस्लिमलाई नियन्त्रणमा लिई मासु नष्ट गरेकोले झडप सुरु भएको समसी सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले जानकारी दिएको छ। झडपका कारण एसएसबीले प्रदर्शनकारी माथि ४६ राउन्डभन्दा बढी गोली प्रहार गरेको सशस्त्र प्रहरीले एसएसबी स्रोतलाई उदृत गर्दै बताएको छ। उक्त भारतीय क्षेत्रमा मुस्लिम समुदायको बाक्लो जनसंख्या छ। यस्तै नेपाल तर्फ पनि समसी क्षेत्रमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहेका कारण अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा आवतजावत बन्द गरी सिल गरेको छ। भारतीय एसएसबी अहिले नेपाल तर्फको दश गजा क्षेत्रमा रहेर प्रदर्शनकारी माथि गोली प्रहार गरिरहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ। उनको अनुसार नेपाली मुस्लिमले पनि सीमा क्षेत्रमा होहल्ला गरी एसएसबीविरुद्ध नाराबाजी गरेकाले सीमा क्षेत्रमा नेपालको तर्फबाट पनि व्यापक सुरक्षाकर्मी परिचालन भएको छ। भारत तर्फका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार एसएसबीले गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेको भनेर आरोप मात्र लगाएका हुन्। 'एक मुस्लिम युवाले आफ्नै घरको जेनेरेटरमा प्रयोग गर्न १० लिटर डिजेल बोकेर हिँडिरहेको थियो,' उनले भने, 'नेपाल तर्फ तस्करी गर्न लागेको आरोप लगाउँदै एसएसबीले डिजल नष्ट गरेपछि झडप सुरु भएको हो।' नेपाल प्रहरी महोत्तरीका एसपी जनक भट्टराईले पनि उक्त घटनाको पुष्टि गरेका छन्। उनको अनुसार के कारणले भारतीय क्षेत्र तर्फ दांगा सुरु भएको यकिन नभएपनि नेपाल तर्फ पनि सतर्कता भने अप्नाइएको छ। मधेसी नेताप्रति आक्रोश बढ्दै कार्तिक १, २०७२- दुई महिनाको सडक संघर्षले मधेस आन्दोलन उत्कर्षमा पुग्नै लागेको थियो। तराईमा वर्षौंदेखि बसोबास गर्दै आएका पहाडी मूलका नागरिकसमेत मधेसी समुदायको मागमा ऐक्यबद्धता जनाउँदै सद्भाव र्‍याली निकाल्न थालेका थिए। यसैबीच प्रधानमन्त्रीको चयन निर्वाचनमार्फत हुने भयो। नयाँ संविधानको घोषणामा सहभागी हुन गरिएको आग्रहलाई बिहेको निम्तो भन्ने मधेसी नेताहरू जनताको चाहना विपरीत रातारात उक्त निर्वाचनमा मत हाल्न पुगे। यहाँ चाडपर्वको तयारीलाई थाती राखेर सडकमा उभिरहेका आन्दोलनकारी चकित परे। अहिले मधेसी दलका नेताहरूको सत्तामोह छताछुल्ल भएको देखेर तराईका जनता निराश एवं आक्रोशित छन्। जनसमर्थन गुमाएर कमजोर परेका दलका कार्यकर्ताले खोक्रो मान जोगाउन नाकाबन्दी गरिरहेका छन्। मधेसी मोर्चाले सरकारसँग वार्ता गर्ने नैतिक हक गुमाइसकेको यहाँका जनता बताउँछन्। 'प्रधानमन्त्रीको निर्वाचनमा सहभागी नभएको भए मुख्य दलहरूमाथि झनै दबाब पथ्र्यो, उनीहरू मधेसको समस्या समाधानतिर लाग्थे,' मोरङ आँपगाछीका युवा पंकज मण्डल भन्छन्। मधेसीको बलिदान र आन्दोलनको लक्ष्यलाई बिर्सेका मधेसी मोर्चाका नेताहरूले तराईमा बस्ने सबै जनताको शिर निहुराउने काम गरेको उनको बुझाइ छ। मोरङभरि उल्लेख्य संख्यामा पहाडी मूलका मधेसी बस्छन्। निष्कर्षमा पुग्न लागेको आन्दोलनलाई मधेसी नेताहरूले आफंैले तुहाएको उनीहरूले बताइरहेका छन्। 'सरकारले मधेसी दाजुभाइको मागलाई बुझेर अघि बढोस् भनेर धैर्य गरेर बस्यौं,' मोरङ जतुवाका युवशमशेर ठकुरीले भने। मधेसी जनतालाई आफ्नो पुस्तैनी सम्पत्ति ठान्ने नेताहरूले जनभावनासमेत नबुझी बिनासल्लाह प्रधानमन्त्री निर्वाचनमा भोट हाल्न गएकोमा उनले असन्तुष्टि प्रकट गरे। 'मतदान गर्न जानुअघि आम मधेसीजनताको राय लिनुपथ्र्यो,' उनले भने। यसअघि कहिल्यै घरबाट ननिस्केका तराईका ग्रामीण भेकका महिलासमेत नेताहरूको आहवानमा घर रित्तै छाडेर नाकाबन्दी गर्न सीमासीमामा पुगेका थिए। नेताहरूले आफूलाई घर न घाटको अवस्थामा पारेको उनीहरूको भनाइ छ। 'काम छाडेर चर्को घाममा नारा लगाउँदै जनता हिँडे, प्रहरीको लाठी, अश्रुग्यास खाए,' मधुमाराकी गृहिणी श्यामा शर्माले भनिन्, 'मधेसका ठेकेदार बन्दै हिँडेका नेताहरू कसको इसारामा जनतालाई अन्योलमा छाडेर संसदमा भोट हाल्न पुगे।' यही आन्दोलनका कारण विराटनगरमा स्नातक तहमा अध्ययरत सप्तरीका युवा अरुण चौधरीले ग्यास नपाएर भोकभोकै बस्ने अवस्था आएपछि परीक्षा नदिई केही साताअघि घर फर्कनुपर्‍यो। 'ग्यास सकियो, होटेलमा पनि खाना पाउने टुंगो हुन्न, मधेस आन्दोलन सफल होस्, अर्को वर्ष जाँच दिउँला,' उनले भने। विराटनगरकै बुधहाट चोकका दिनेश सोनारले ग्यास नपाएर चिया पसल बन्द गर्नुपर्‍यो। तीन छोराछोरीलाई पढाउन उनी पहिलोपटक रिक्सा चालक बने। तर, उनले मधेस आन्दोलनको समर्थन गर्न छाडेनन्। अहिले यो आन्दोलन यता न उताको भएको देखेर उनी निराश छन्। 'नेताहरूले हामीलाई चेस, लुडो र क्यारिमको गोटीजस्तै ठाने, जता मन लाग्यो, उतै हान्यो र सार्‍यो,' उनले भने, 'माग पूरा भएपछि विजय जुलुस गरौंला, बच्चाबच्ची मजाले स्कुल जालान् र खुसीखुसी चाडबाड मनाउँला भन्ने थियो, सबथोक जस्ताको त्यस्तै भयो, केही होलाजस्तो लागेन।' धार्मिक रूपले स्थानीय मठ, मन्दिर र घरमा दसैंको धार्मिक अनुष्ठान जारी छ। यहाँका चोक र बजार भने सुनसान छन्। गाडी नचल्नाले काठमाडौंबाट मोरङ आउनेको आवागमन सुस्त छ। 'मोटरसाइकल, साइकल, रिक्सा र सफारीबाहेक केही चलेको छैन, लामो बन्दले सबैको हात खाली छ,' मोरङ रंगेलीका व्यवसायी कृष्ण मण्डलले भने, 'एउटा किनारामा पुगेर आन्दोलन टुंगिएको भए राम्रो हुन्थ्यो। - लोकतन्त्र पत्रिका
2020/10/23 20:56:59
http://www.nagennews.com/2015/10/blog-post_28.html
mC4
कमिसन अडियो प्रकरण: झुठा लाल्छना भएको भन्दै आरोपित बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर – Kantipur Hotline काठमाडौ फागुन १६, बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो प्रकरणका कारण मन्त्रीपदबाट राजीनामा दिएा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले आज काठमाडौँ जिल्ला अदालतमा उक्त प्रकरण सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका छन । तत्कालीन मन्त्री बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै मिश्रविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको हो । त्यस्तै बाँस्कोटाले मुद्दा दर्ता गरेसंगै साताव्यापी मौनतापछि सामाजिक सञ्जाल फेसबुकमा "मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु भन्दै स्ट्याटस लेखेका छन ।
2021/06/19 06:10:54
https://www.kantipurhotline.com/2020/02/%E0%A4%95%E0%A4%AE%E0%A4%BF%E0%A4%B8%E0%A4%A8-%E0%A4%85%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%B0%E0%A4%A3-%E0%A4%9D%E0%A5%81%E0%A4%A0%E0%A4%BE-%E0%A4%B2/
mC4
कलैयामा मुस्लिम भोट तान्दै फोरम लोकतान्त्रिक – Etajakhabar कलैयामा मुस्लिम भोट तान्दै फोरम लोकतान्त्रिक कलैया । असोज दुई गते हुन गैरहेको तेश्रो चरनको स्थानिय तहको चुनावमा प्रदेश नम्बर दुईको तीन उप -महानगरपालिका मध्ये बाराको कलैया चर्चामा छ । कलैयामा प्रमुख दलले सशक्त उम्मेदबारहरु खडा गरेका छन् । चुनावी प्रचार प्रसार तीब्र भएको छ । कलैयामा तीनवटा मधेश केन्द्रीत दलले फरक फरक पृष्ठभूमिका उम्मेदबारहरु खडा गरेका छन् । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोहम्द शानीलाई मेयरको उम्मेदबार बनाएका छन् भने संघीय समाजवादी फोरम नेपालले पूर्व सांसद प्रमोद गुप्तालाई उम्मेदबार बनाएका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले जयप्रकाश साहलाई मेयरको उम्मेदबार बनाएका छन् । उक्त उप(महानगरपालिकामा १४ हजार मुस्लिम मतदाता रहेका छन् । उक्त भोटलाई मध्य नगर गर्दै लोकतान्त्रिकले महम्मद शानी ठकुराईलाई उम्मेदबार बनाएको छ । शानीले भने,'यहाँ मधेश विरोधी दलहरु जित्ने सम्भावना छैन । म विजय हुनेमा आश्वास्त छु ।' उनले भने, 'कलैया उप(महानगरपालिका र यस उप(महानगरपालिकाबासीलाई बिकसित गर्ने छु । यस ठाउँलाई बिकसित गर्न सदैव अगाडि रहने कुरा बताए ।' त्यस्तै, नेपाली कांग्रेसले राजेश यादव, एमालेले विनोद साह, माओवादी केन्द्रले मुकेश साहलाई मेयरको उम्मेदबार बनाएका छन् । त्यस्तै, कलैया वडा नम्बर ६ मा पत्रकार अफरोज मंसुरले उम्मेदबारी दिएका छन् । मुस्लिम बाहुल्य उक्त क्षेत्रमा मंसुर लोकप्रिय उम्मेदबार हुन् । आफु जित्ने माहोल बनाएको कुरा मंसुरले बताए ।
2018/06/21 02:26:33
http://www.etajakhabar.com/09/14/128886
mC4
उदयपुरमा कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु – Online Khabar २०७८ साउन १७ गते ८:२८ मा प्रकाशित १७ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए । खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए । सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण-पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ ।
2021/09/21 00:08:56
https://www.onlinekhabar.com/2021/08/992108
mC4
युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी – Karnalikhabar काठमाडौं । युक्रेनको मारियोपल शहर नियन्त्रण गर्न रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेकाे छ । रुसी सेनाको घेराबन्दीमा परेको युक्रेनी शहर मारियाेपललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । तर युक्रेनले भने रुसको चेतावनीको बेवास्ता गरेको छ । रुसी रक्षा मन्त्रालयले आत्म समर्पणका लागि गरेको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो । आत्मसमर्पण गरेमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि फसेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान मानवीय सहायता मार्ग खुला गर्ने पनि रुसी रक्षा मन्त्रालयले जनाएको त्यहाँको सरकारी सञ्चार संस्था रियाले जनाएको छ । आत्मसमर्पण नगरे थप 'सैन्य कारबाही' भोग्नुपर्ने चेतावनी समेत रुसले दिएको छ । तर युक्रेनले भने आत्मसमर्पणको कुरै नआउने बताएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरिस्चुकले साेमबार सबेरै आत्मसमर्पणको कुरै नआउने बताउनुभएको हो । यसअघि मारियोपलको नगरपरिषदले शहरका हजारौँ मानिसलाई उनीहरुको इच्छा विपरित रुसी सैनिकले रुस लगेको शनिबार आरोप लगाएको थियो । मारियोपल शहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन । शहरमा करिब ३ लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावकाबीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको बताइएको छ । रणनीतिक महत्वको शहर नियन्त्रणमा लिने प्रयासमा रुस रहेको छ । शहरका बासिन्दा अधिकांश समय रुसी आक्रमणबाट जोगिन आश्रयस्थल वा बेसमेन्टमा बस्ने गरेका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले छिमेकी राष्ट्रहरुमाथि युक्रेनी जनता मरेको हेर्न चाहेको आरोप लगाउनुभएको छ । इजरायली संसदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै जेलेन्स्कीले युद्धको चपेटामा परेको युक्रेनका जनता बाँच्न चाहँदा चाहँदै पनि छिमेकी राष्ट्रहरु भने उनीहरु मरेको हेर्न चाहेको आरोप लगाउनुभयो ।
2022/06/26 08:51:51
https://karnalikhabar.com/archives/3979
mC4
सजीको प्रस्तुत कवितासङ्ग्रह 'इजलासमा लाहुरेफूल' ले थोरै मात्र पनि कवितामा रुचि राख्नेहरूलाई सरल भाषामा काव्यात्मक भावनाका प्रशस्त खुराक प्रस्तुत गरिदिएको छ .परिचित उक्ति पद्धति र अनुभूत परिवेशलाई सिर्जनात्मक काव्यिक विषय बनाउँने 'सजी'का कविताको एक बलियो बिशेषता हो । उनको पहिलो कविता संग्रह "भूपरिवेष्टित खुट्टाहरु"मा देखिएको एक युवा कविको सिर्जनात्मक रचनापद्धति यस संग्रहमा आएर बढी परिपक्क भएको छ । सहज बिम्ब चयन र तिनको सरल प्रयोग गरेर काव्यिक प्रभाव सिर्जना गर्नु सजीका कविताको बिशेषता हो । कृष्ण धराबासी को बास्तविक नाम कृष्णप्रसाद भट्टराई हो । कृष्ण धराबासी नेपाली आख्यानमा सुपरिचित नाम हो । उनी वि. सं २०१७ श्रावणमा पाँचथरको अमरपुर गाउँमा जन्मिएका हुन् । उनका कृतिहरू मध्ये शरणार्थी, आधा बाटो (उपन्यास), राधा (उपन्यास), टुँडाल (उपन्यास), आमा (कथा संग्रह) र नारीभित्र त्यस्तो के छ हजुर पर्दछन् । उनी मदन पुरस्कार (राधा उपन्यासका लागि २०६२) लगायत अन्य दर्जनौं राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
OSCAR-2019
जीवनशैली Archives - इ कान्तिपुर टाइम्स इ कान्तिपुर टाइम्स २५ फाल्गुन २०७८, बुधबार १२:४६ 0 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना घाइते भएका छन् । एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्रबहादुर सिंजाली र पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बलबहादुर कामी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि कर्णाली इ कान्तिपुर टाइम्स २४ फाल्गुन २०७८, मंगलवार ०५:५४ 0 काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ । बेहोस अवस्थामा भेटिएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवं एसपी सिद्धीविक्रम शाहले जानकारी दिए । सुभाष तामाङको अहिले पनि उपचार भइरहेको छ । डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । आइतबार बेलुका खाना खाएर इ कान्तिपुर टाइम्स २३ फाल्गुन २०७८, सोमबार ०७:११ 0 काठमाडौं । भक्तपुरको ठिमीकी एक महिलामाथि आइतबार साँझ तेजाब आक्रमण भएको छ । साँझ साढे ७ बजेको समयमा ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शीवकुमार श्रेष्ठले भने पूजामाथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । तेजाब तथा इ कान्तिपुर टाइम्स ५ कार्तिक २०७८, शुक्रबार ०५:३० 0 पाँचथर । पाँचथरमा बाढी तथा पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि 'शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो) कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको' मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको विद्यालयमै शिक्षक बिसीको विभत्स हत्या इ कान्तिपुर टाइम्स ३० भाद्र २०७८, बुधबार ०५:२० 0 दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भएको छ । मंगलबार बिहान उनको शव विद्यालयको बरन्डामा फेला परेको हो । दैलेख प्रहरीका अनुसार शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको छ । मंगलबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय इ कान्तिपुर टाइम्स २१ भाद्र २०७८, सोमबार १३:५१ 0 काठमाडौं । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ । उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी कालिकोटमा जिप दुर्घटना ११ जना घाइते इ कान्तिपुर टाइम्स १३ भाद्र २०७८, आईतवार १५:३८ 0 कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सान्नीत्रिवेणी गाउँपालिकाबाट जितेबजार आउँदै गरेको क १ ज २३ नम्बरको जिप दुर्घटना भएको स्थानीय हिम्मतबहादुर शाहीले जानकारी दिए । दुर्घटना परी घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाहीले बताए । घाइतेको हेलिकोप्टरबाट उद्दार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी महोत्तरीमा आमासँगै बुधबार निस्केका बालकको शव भेटियो इ कान्तिपुर टाइम्स १४ श्रावण २०७८, बिहीबार २०:५५ 0 काठमाडौं । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्ला गोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता ए डीएसपी प्रकाश बिष्टले जानकारी दिए । बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका इ कान्तिपुर टाइम्स १३ श्रावण २०७८, बुधबार १३:४४ 0 काठमाडौं । दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका- ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
2022/07/05 21:46:42
https://www.ekantipurtimes.com/archives/category/%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%B6%E0%A5%88%E0%A4%B2%E0%A5%80
mC4
एजेन्सी / नाजी तानाशाह एडोल्फ हिटलरको खजानका विषयमा विभिन्न अनुमान हुने गरेका छन् । उनको खजानाका बारेमा गरिएका अधिकांश अनुमानहरु कथा जस्तै बनेका छन् । तथापि एक जना पत्रकार सिरिल ... नौ महिना गर्भमा बोक्दै जन्म दिएकी आमा छोरा नै बने प्रेमी प्रेमीका, विवाह गर्न खोज्दा आइलाग्यो यस्तो आपत एजेन्सी । आमा छोराबीचको नाता एक पवित्र हुन्छ । नौ महिना गर्भमा बोक्दै जन्म दिएकी आमा र छोराको नाता यो संसारमा सबैभन्दा पवित्र मानिन्छ । तर यहि पत्रिव नाता मानिएका ... मानिसहरुको मात्र होईन जनावरहरुको स्वभाव र प्रबृती पनि अचम्मको हुने गर्छ । यस्तै घटना भयो न्युजिल्याण्डमा जहाँ एउटा भेँडा ६ बर्षसम्म गुफामा गुप्तबास नै बस्यो । सन् १९९७ मा न्युजिल्याण्डमा ... बीबीसी कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै ... काठमाडौँ, १९ साउन (रासस)- नेपाली युवा विद्यार्थी आपूmले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण ... नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट ... काठमाडौं, जेठ १७ । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ... काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ । पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन ... मोबाइल फोन प्रयोग गर्नेको संख्या बढेसँगै ५ हजार भन्दा कम मूल्यका ‘बारफोन’ बाट १० हजार माथिका सामान्य स्मार्टफोन तथा २० देखि ३५ हजारसम्मको मध्यम रेन्ज देखि ५० हजारमाथिका प्रिमियम स्मार्टफोनमा ...
OSCAR-2019
काठमाडौं । नेकपा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ । दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेका ठाउँमा भट्टराईको कार्यकक्ष स्थायी कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र काठमाडौं । महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी सर्लाही इञ्चार्ज समातिएका छन् । विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई प्रकाउ गरेको हो । आइतबार राति महोत्तरी प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक शुरु भएको हो । संसद् बैठकको मिति नजिकिदै गएका बेला काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् । प्रधानमन्त्री ओली काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न उठाउँदै कानुन व्यवसायीले संविधान संसोधनको माग अघि सारेका छन् । नेपाल बार एसोसिएसनको साधारसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषद्ले १० वटा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा कानुनीरुपमा विभाजन नहुँदा समस्या परेको छ । संसद्मा अविश्वासको प्रस्ताव ल्याउनेदेखि ओलीलाई संसदीय दलको नेताबाट हटाउन दाहाल–नेपाल नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउँछ : योगेश भट्टराई काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका छन् । प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आइतबार आयोजना गरेको सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण : भीम रावल काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा
2021/03/02 04:48:47
https://www.pariwartankhabar.com/category/nepali-news/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF/page/2/
mC4
घर भत्किदा एकै परिवारका ५ को मृत्यु — Bhaktapurpost.com घर भत्किदा एकै परिवारका ५ को मृत्यु नेपालवाल संवाददातासल्यान, १३ भदाै सल्यान, १३ भदाै सल्यानमा घर भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका( ४ सिमाखोली सेतोगुराँसमा स्थानीय राम सिंह कामीको गएराती ९ बजे अविरल वर्षा पछि पानीले भिजिएको भित्ता (दिवाल) भत्कीएर दलिन भाचिदा उनि सहित उनको ५ जनाको परिवारको ज्यान गएको हो । मृत्यु हुनेमा ३९ बर्षिय राम सिंह कामी, ३५ बर्षिया राम कला कामी, ७ बर्षिया गंगा कामी, ५ बर्षिया प्रमिला कामी र ४ वर्षका रुपलाल कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिएका छन् ।
2022/05/28 14:09:19
http://bhaktapurpost.com/archives/16126
mC4
स्थानीय तहलाई स्मार्ट बनाउन सहकार्य गर्न तयार | Mechikali Daily स्थानीय तहलाई स्मार्ट बनाउन सहकार्य गर्न तयार Posted By: मेचीकाली डेस्कon: ७ आश्विन २०७५, आईतवार ०४:३० बुटवल, । स्थानीय तहहरुले गाउँ नगरलाई स्मार्ट सिटी बनाउने अभियान अघि सारेमा क्यान महासंघ सहकार्य गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । स्थानीय तहहरुले गाउन् नगरलाई स्मार्ट सिटी बनाउने बताइरहँदा क्यान महासंघले आईटिको माध्यमबाट स्मार्ट सिटी बनाउन क्यानले सहकार्य गर्ने उनीहरुको भनाइ छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीको १७ औं वार्षिक साधारणसभामा बोल्दै क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्थानीय तहले स्मार्ट सिटी बनाउने योजना अघि सारेमा क्यानको विज्ञता र क्षमताका आधारमा महासंघ सहयकार्य गर्न तयार रहेको बताए । स्मार्ट सिटी बनाउनुभन्दा पहिले व्यक्ति र समाज नै स्माट हुनुपर्ने भन्दै उनले आइटीको प्रयोगबाट नै स्थानीय सरकारहरु सफल हुने बताए । सरकारले समेत आईटी क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको भन्दै देशको समृद्धिको यात्राका लागि प्रविधिको अत्याधिक प्रयोग आवश्यक रहेको उनले बताए । क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंहले सूचना प्रविधिलाई ग्रामीण क्षेत्रमा लैजान सरकार उदासिन रहेको भन्दै सरकारलाई दवाव र पहलका लागि दवाव दिन जरुरी रहेको बताए । सूचना प्रविधिलाई ग्रामीण क्षेत्रमा लैजान क्यानले बारम्बार सहकार्य गर्ने बताउँदै आएपनि सरकारकै कारण ग्रामिण क्षेत्रमा सूचनाको पहुँच नभएको उनको भनाइ छ । तिलोत्तमा नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले सरकारले आइटीको विकासका लागि सुरुवात गरेको भएपनि त्यो प्रयाप्त नभएको बताए । स्थानीय सरकार गठन भएपछि प्रत्येक स्थानीय तहमा एउटा आइटी दरबन्दी दिएपनि त्यो प्रयाप्त नभएको उनको भनाइ छ । कार्यक्रममा क्यान महासंघ प्रदेश नं. ५ का अध्यक्ष ध्रुव शर्मा, क्यान महासंघ गुल्मीका अध्यक्ष कृष्ण खनाल, कपिलवस्तुका अध्यक्ष माधव घिमिरेलगायतले बोल्दै प्रविधिलाई अत्याधिक प्रयोग गरेर व्यवसायिक सफलता पाउन सकिने भन्दै सबै प्रणाली अब आइटी प्रणालीबाट सञ्चालन हुनुपर्नेमा जोड दिए । क्यानको वार्षिक साधारणसभाको उद्घाटन बुटवल योगिकुटीका जुम्ल्याहा दाजुभाइ लबकुस पन्थीले बनाएको रोवर्टबाट गरिएको थियो । सो अवसरमा उनीहरुलाई सम्मान पनि गरिएको थियो । क्यान रूपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षता, सहसचिव सुरेश भट्टराईको स्वागत, उपाध्यक्ष रामुदेव गौतमको धन्यवाद ज्ञापन तथा सचिव वीरबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।
2021/02/25 18:47:00
https://www.mechikalinews.com/archives/14308
mC4
राजतन्त्रको पक्षमा कसले गर्दैछ देशभर श्रृंखलाबद्ध प्रदर्शन ? – Online Khabar २. ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा ४. राजतन्त्रको बहसमा ज्ञानेन्द्र र पारसको अनुहार ! ८. प्रधानमन्त्री ओली पार्टीको अधीनस्थ कि स्वायत्त ? वाग्मती सफाइ महाअभियानको ४००औँ हप्तामा साना-साना समूहमा कार्यक्रम हुने २०७७ मंसिर १६ गते २०:०२ मा प्रकाशित १६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो । संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । त्यहीबेलादेखि असन्तुष्ट राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । अहिले १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन । राजावादीहरुले प्रदर्शन गरिरहँदा राजा ज्ञानेन्द्र भने मौन छन् । तर अघिल्लो वर्ष भने उनले देशका विभिन्न भागको भ्रमण गरेका थिए । राजतन्त्रको अन्त्य भएपछि मुलुकमा तीनवटा राष्ट्रिय निर्वाचनहरु भए । तर, ती सबै निर्वाचनमा राजतन्त्रको वकालत गर्ने दलहरुले खासै मत पाएनन् । नयाँ संविधान जारी भएपछि भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेन एकजनाले मात्र निर्वाचन जिते, त्यो पनि नेकपा कार्यकर्ताको भोटले । राजतन्त्रको माग गर्ने राप्रपाका ठूला नेताहरुले नै चुनाव जित्न सकेनन् । राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन् संघ र प्रदेशमा मात्र होइन, स्थानीय सरकारमा पनि राजावादी दलहरुको प्रतिनिधित्व छैन । तर, जनताबाट कटिँदै जाँदा पनि अझैसम्म राजावादी दल र अन्य संस्थाहरुको राजतन्त्र पुनर्स्थापना हुने आश मारिसकेका छैनन् । पछिल्लो समया बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई उनीहरु 'क्यास' गर्न खोजेको देखिन्छ । केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन अगाडि बढाएका छन् । सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । सो पार्टीका अध्यक्ष केशरबहादुर विष्ट हुन् । यस अगाडि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर र नेपालगञ्चमा, धनगढी, विराटनगरमा प्रदर्शन गरेका छन् । राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्र राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् । त्यसबाहेक प्रदर्शनकै लागि केही अस्थायी समूहहरु समेत गठन भएका छन् । जस्तो– धनगढीमा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम गठन गरिएको थियो । त्यसैगरी, कात्तिक २५ गते काठमाडौंमा भएको प्रदर्शन राष्ट्रवादी नागरिक समाजको ब्यानरमा भएको थियो । अहिलेको प्रदर्शनमा फ्रन्ट लाइनमा रहेकाहरुमा विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका छन् । त्यसैगरी राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन् । आगामी २० गते र त्यसपछि पनि विभिन्न समूहले काठमाडौंमा थप प्रदर्शन गर्ने तयारी गरेका छन् । २० गतेको प्रदर्शनको पहल बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी लगायतले गर्दैछन् । अहिले भइरहेका प्रदर्शनमा युवाहरुमा सडकमा ल्याउने पहल भने वीर गोर्खाली नामक संस्थाले गरेको छ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो । अहिले पछिल्लो समयमा देशका विभिन्न भागमा भइरहेका प्रदर्शनको अगुवाइ सो संस्थाले गरेको छ । आइतबार मकवानपुरमा भएको प्रदर्शनको नेतृत्व पनि यही वीर गोर्खालीले गरेको थियो । देशभर भएको प्रदर्शनमा सक्रिय सहभागिता जनाएको विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पछिल्लो समयमा जनतामा व्यापक निराशा छाएको र दलहरुले शासन सञ्चालन गर्न नसकेका कारण राजतन्त्रको माग बढ्दै गएको बताउँछिन् । उनी भन्छिन्, 'अब हामी मोर्चावन्दीको तयारीमा छौं, अब सबै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्नेछन् ।' अब हामी पनि प्रदर्शनमा उत्रन्छौँ: राप्रपा राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिरहेको सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी भने सो आन्दोलनमा अहिलेसम्म प्रत्यक्षरुपमा संलग्न छैन । यद्यपि आफ्ना कार्यकर्ताहरु यी प्रदर्शनहरुमा सहभागी भइरहेको सो पार्टीले बताएको छ । विभिन्न संघ संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि सडकमा आउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनले अब देशव्यापी रुपमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा आउन लागेको जानकारी दिए । नेकपाको भोटबाट संसदमा पुगेका लिङदेनले भने, 'यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउन आगामी २० गते झापामा वृहत प्रदर्शन गर्दैछांै । त्यसपछि पार्टी आधिकारिक निर्णय गरेर अन्य स्थानमा पनि प्रदर्शन गर्छ ।' लिङदेनले लामो समयदेखि राजतन्त्र र हिन्दु राज्यको माग उठाउने एकमात्र पार्टी हुनुको नाताले अहिले देशभर भएको प्रदर्शन आफ्नो लागि खुसीको विषय भएको बताए । यसै सन्दर्भमा हामीले राजावादीहरुको प्रदर्शनबारे राजनीतिशास्त्री लोकराज बरालको प्रतिक्रिया लिएका छौं । यसको जवाफ पार्टीहरुको डेलिभरी नै हो –राजनीतिशास्त्री लोकराज बराल राजावादीको प्रदर्शन नकारात्मक उद्देश्यका लागि भएको हो, यसको कुनै सकारात्मक पाटो छैन । उनीहरुले अहिले सत्तारुढ दलभित्र रहेको द्वन्द्व र विपक्षी नेपाली काँङ्ग्रेसको अर्कमण्र्यताको फाइदा उठाउन खोजेका छन् । यसको एउटै जवाफ भनेको सरकारले राम्रोसँग डेलिभरी गर्नु नै हो । सरकार र विपक्षीले राम्रोसँग काम गर्ने हो भने उनीहरुले टाउको उठाउन पाउँदैनन । प्रमुख राजनीतिक दलले यस्ता प्रदर्शनको कडा प्रतिक्रिया दिनुपर्छ । उनीहरुले कुनै पनि हालतमा अहिलेको व्यवस्था उल्टाउन दिदैनांै भन्ने सन्देश सार्वजनिकरुपमा दिनुपर्छ । तर, उनीहरु बोलिरहेका छैनन् । हरेक राजनीतिक परिवर्तनपछि यस्ता प्रतिगामी राजनीतिक शक्तिहरुले आवाज उठाउने गर्छन् । तर, हाम्रो समाज एकदमै भावना चल्छ र कुनै अकस्मात राजनीतिक परिवर्तन हुन सक्छ । जस्तो– हामीले राजतन्त्र त्यति छिटो जान्छ भन्ने सोचेका थिएनौं । युवाहरु हावी हुने र मानिसहरुले भावनामा बगेर उनीहरुलाई समर्थन गर्ने हुन सक्छ । सरकार र विपक्षीका कारण राजतन्त्रवादीहरु उत्साहित भएको देखिन्छ । मुख्य कुरा संघीयता र गणतन्त्रपक्षधर राजनीतिक दलहरु बोल्नुपर्छ । राजतन्त्र राजावादी २०७७ मंसिर १६ गते ९:३१ १२ वर्षमा के पाइयो र गणतन्त्रबाट? सधैको महंगी, युवा विदेश पलायन, भ्रस्टाचार, बलात्कार। नेताहरु र तिनका भरौटेहरुलाइ आयो होला गणतन्त्र, हामी जस्ता सर्बसाधारणलाइ आएन। २०७७ मंसिर १६ गते ९:१६ लोकराज बराल पनि मानिस खतम रहेछन् राजनैतिक दललाइ पो उचाल्छन् त । देशको यो हालत भैसक्यो । राजनैतिक दलले के गरे भन्ने प्रष्ट छ अब यिनको काम छैन। २०७७ मंसिर १६ गते ९:३७ पकेटमारले पकेट मात्र साफ गर्छ, डाकाले पुरै घरै लुट्छ। डाँका भन्दा पाकेटमार सहन्छौ भन्ने जनताको प्रदर्शन हो यो। २०७७ मंसिर १६ गते ९:१० जनताले धेरै कुरा आफै बुझे, अब ८०० वटा राजा पाल्न सकिदैन ... २०७७ मंसिर १६ गते ९:०८ राजतन्त्रको पक्षमा जनताले गर्दैछन प्रदर्शन । अब जनताले बुझी सके कि राजनीतिक दल आफ्नो नेता र कार्यकर्ता बहेक नेपाली जनताको लागि केहि गर्ने वाला छैन । देशले १,००,००० चोरहरु पाल्नु भन्दा १ चोर पाल्नु ठीक । २०७७ मंसिर १६ गते ८:५७ राजेन्द्र लिङदेन नेकपाको भोटले जितेका हुन् भनेर जनताको अपमान नगर्नुहोस् लेखक महोदय। भोट जनताले दिएका हुन् र जनता कुनै दलका दास वा रैती हैनन्। असक्षम र भ्रष्ट दलहरुलाई संधै कांध थापेर बस्ने जिम्मा जनताले लिएका छैनन्। २०७७ मंसिर १६ गते ९:०० We need king. Hated gyanendra and his son but sounds like he is better then these dogs. Yes we need king. ज्ञानु बोहोरा दोहा कतार २०७७ मंसिर १६ गते १२:०४ हामी साधारण जनतालाई त राजतन्त्र नै ठिक छ, नेपालमा चीन बिरोधि तिब्बतियन गतिबिधि हुनमा भारत र अमेरिकाले प्रतक्ष्य सघाए पछि अब चीनले राजतन्त्र फर्काउनमा सहयोग गर्छ, यो पक्का हो। उसले यो कमाउनिस्टको सरकार हुदै कोसिस गर्दै छ। राजतन्त्रमा यस्तो मनपरी थिएन, चार हजार भ्रस्ट नेता र तिनीहरुका लाखौ कार्यकर्ता देशले पाल्नुपर्ने यो नाम मात्रको गणतन्त्र भन्दा त एक राजानै ठीक। हर कार्यालयमा तपाई जानुहोस घुस नखुवाई त कामै बन्दैन। खुल्लम खुल्ला दलाल मार्फत घुस असुल्छन। यो तीतो सत्य हो, कसैलाई मन पर्दैन यो उसको कमजोरी हो। २०७७ मंसिर १६ गते १३:०२ चुनाव मा भोट दिने हामी लेखक महोदय काठमाडौँमा बसेर नेकपा को भोट हरे। गणतन्त्रको ले यी येस्ता हचुवा मा लेख लेख्न कपुत झोले पत्रुकार, गल्लि गल्लीमा भ्रस्ट संसद, घुसखोर नेता मात्र दियो। भ्रस्ट भारतीय दलाल सिटौला र पदको लागि जे पनि गर्न तयार कमुनिस्ट भन्दा हिन्दु राष्ट्रवादी लिङ्ग्देन धेरै ठिक छन। १२ वर्षा अघिको आन्दोलनमा कहिँ पनि माग नभएको हिन्दु राष्ट्र हटाउने कुरा मान्य छैन। धेरै मौन बसियो अब यो देशमा राजा र हुन्दु राज्य स्थापना गरेरै छाडिनछ। Rahul Rana Magar २०७७ मंसिर १६ गते ११:२६ Cultural king, hindu dharma, directly elected PM, sanghiyeta kharej, bhrastachaari ko purai sampati jafat ra ajiwan jail! २०७७ मंसिर १६ गते १३:१४ भाडामा ल्याइएको हलिहरु सडकमा ल्याएर राजा आउ रे....राजतन्त्र फाल्दा कति जनता सडकमा थिए, हिसाब छ कि छैन ? नेपाल देशको राजा त मरेर पशुपतिको आर्यघाटमा दाह संस्कार गरेको भुलेको ? को चै राजा हुने अब ? दाजु मार्ने हत्यारा (ज्ञानेन्द्र)??? ज्ञानेन्द्रको शासन ब्याबस्था हामीले हेरिसक्यौ, ज्ञानेन्द्र एउटा वडाको अध्यक्ष हुने क्षमता त छैन, के को राजा ? अब रह्यो पारस जो रातदिन गाजा र धतुरो खाएर हिड्छ, यस्तालाई राजा बनाएर देश खाल्डोमा हाल्ने ??? कि पशुपतिको नागो बाबालाई बनाउने हो राजा ??? थुइक बुध्दी ...यस्ता धतुरेहरु छन् देशमा अनि देशमा कहिले हुने विकास ? २०७७ मंसिर १६ गते ९:५२ अब यो कमल थापालाई चाहिँ front line मा आउन दिन हुदैन है। २०७७ मंसिर १६ गते १३:११ Ra. Pra. Pa. gaddar haru hun. Tiniharu le aba Raja ko bhabisya Nepal ma chaina bhanera communist haru sanga mileko hamile birseka chainau. २०७७ मंसिर १६ गते १०:३७ लोकतन्त्रको बिकल्प राज्तन्त्र हुनै सक्दैन,अझै नेपाल जस्तो बहुभाषिक,बहुधार्मिक,बहुजातिय मुलुकमा कुनै एक जातिको धर्म १२५सौ जातिमाथि राज्यको डन्डा देखाएर जवर्जस्ती लाद्ने कुरा त युग सुहाउदो पनि होइन र कसैले सहने कुरा पनि होइन ।त्यसैले लोक्तन्त्रको बिकल्प अझै उन्नत लोकतन्त्र नै हो,बाउ मरेपछि ज्यानमारा,बलात्कारी,गजेडी, कुलङ्घर नै भए पनि छोरालाई राजा मान्नै पर्ने व्यवस्था त नेपालमा मात्र होइन बिश्वको कुनै कुनाले पनि स्विकार्ने कुरा हुनै सक्दैन । लोक्तन्त्रलाइ सुधार गर्नु नै एक मात्र बिकल्प हो,त्यो भनेको राज्यसत्ता सर्वजातिय हुनुपर्छ । २०७७ मंसिर १६ गते १६:३० यो जन आक्रोश मात्र हो !!! संबिधान लाइ बयल गाडामा राखेर अमेरिका पुर्याउन खोज्ने K_hura P_ati (खुरापातीहरु) बाट चांडै देशलाई मुक्त गर्नु पर्यो / यो सब ठिक ठाउमा आउँछ/ घर घरमा ग्याश पुर्याउने बाचा गरेका चटकेले पानी सम्म त पुर्याउन नसक्नु को आक्रोश हो / ३ वर्ष गफैमा देसको अमुल्य समय बर्बाद गरेको जन आक्रोश हो , अझै कति बर्ष बर्बाद गर्ने हो ??? / आसे पासे लाइ भ्रस्टाचार बाट बचाउन खोज्नु को जन आक्रोश हो दोष जम्मै अर्काको टाउकोमा राखेर देश लुट्न पल्केकाहरुलाइ घोक्र्येर निकाल्नै पर्छ अनि मात्र देशले निकास पाउञ्छ / सबैले जन आक्रोसको विकल्प सोच्नै पर्छ...... जनताको तेत्रो ठुलो बलिदान बाट ल्याएको संबिधानलाइ बचाउनै पर्छ / २०७७ मंसिर १६ गते ११:४२ Rastrapati ko sato Raja lai ceremonial samma thik chha baaki yi purana party ra tin ka vrasta neta haru lai chunab ma harayera sajha-bibekshil party jasta naya party lai main stream ma lyauna sakyo bhane des thik position ma hunechha... Ahile ko jamana ma rajtratantra nai farkaune abhiyaan ma lagnu bhaneko raja ka aase-paase haru ko swartha matra ho... Japan ma jasto ceremonial bhumika samma bhaye kamsekam janata le euta guardian ko mahasus garla.. Bideshi Feedback २०७७ मंसिर १६ गते ८:५१ Yo etikai tha huncha Bideshi Chalkhel ho. Nepal stable bhako bikash garna lageko India lai mann pareko chaina. Jasari ni Sarkar dhalne asthir banaune nepali janta ko bikash bata dimag hataune khel ho yo. Ani esai ta Nepali janta bheda chan sadak ma kei dekhyo ufri halchan. Ek dui jana le bhadkau cha sojo nepali haru pachi lagchan. Yo sab 5 barsa sarkar chalnai na dina asthir banai rakhna anek khel hudai cha. Tara 80% padeh lekheka dimag bhaka nepali le bujya chan yo kura. २०७७ मंसिर १६ गते ९:५० Lok raj baral le khau paral asto analysis garera janata ko budhi ma birko lagdaina des ko agadi ganaune parti sano huncha kaam chaldaina 2046 saal pachi 30 barsa ko karyekaal parti le chalayeko cha raja le chalayeko chaina des China and India le chalayeko dekhiyo tesaile aba king 🤴 Gyanendra with full democracy people elected pm and Hindu Country 🕉 Nepal 🇳🇵 Jai Jai hey Nepal sunder shant bisal 🇳🇵 💐 🙏 २०७७ मंसिर १६ गते ११:४६ nepali janata sachikai veda hun.. hajur ko comment ma dislike garneko larko le yehi prove garcha lol २०७७ मंसिर १६ गते ११:३५ अत्यंत जरुरी सुचना !!! आज सम्म , नेपालमा , धान कुटने कारखाना / मेसिन छैना रहिच :- त्यसैले होला चामल नेपाल बाहिरा बाट लाउने भएर होला , त्यो एकदम खत्तम खत्तम खाने नहुने चामल नेपालमा बिक्री गरेको देखियो। (१) अत्ति धेरै नै , बोक्रा फालेको चामल , बिक्री गरेको देखियो। बीजुला ४२० चोरको दाऊ हो त्यस्तो। त्यस्तो चामल ले मानिस हरुलाई रोगी बनाउछ। ठूला ठूला Hotel हरु तीर होला , तर , तर , नेपाली हरुको लागि त्यस्तो चामल हुदैन। (२) अत्ति नै धेरै भुत्ला फालेको चामल , स्वास्थ्य को लागि हानिकारक छ , बिभिन्न प्रकारको रोगी बनाउछ। (३) धान कुट्दा , बाहिरी आबरण ( भुस मात्रै ) फाल्ने हो। तर चामल नै खुईल्याने हैना। (४) त्यस्तो ब्यापारिको , त्यस्तो चामल हामीलाई किन किन्न परेयो ? फ्रीमा हो र ? फ्रीमा पनि त्यस्तो खुईलयाएको चामल खान हुदैन। (6) त्यसैले अहिले नेपालमा , सही धान कूटने मेसिन राखेर , ठिक्क मूल्यमा चामल बेचने हो भने , सबै मानिस हरु ले किन्छन। आजको दिन सम्म , धान कुटने मेसिन नेपालमा छैना , भये पनि तिनीहरुले राम्रो काम गर्ने सकेनन , त्यस्तो हरुलाई हटाउन पर्छ।
2021/01/26 00:07:51
https://www.onlinekhabar.com/2020/12/912711
mC4
चितवन । चितवनमा रहेर दुईदशकभन्दा बढी पत्रकारिता गरेका सूर्यप्रकाश कंडेलको मोसो पुस्तक सार्वजनिक भएको छ । आज भरतपुरमा आयोजित एक कार्यक्रमका बीच मोसो उपन्यासको विमोचन गरिएको थियो । मोसोको विमोचन अग्रज पत्रकार तथा साहित्यकार रमेश विरही, लेखकका पिता डिलाराम कंडेल, समिक्षक उदय अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
2021-02-28T08:54:46Z
https://nepalipatrika.com/2021/01/27/89818/
OSCAR-2109
जागीरको प्रलोभनमा यौन शोषण गर्ने दुराचारीलाई चिन्नुहोस् , गरीबलाई १२ लाख ठग्ने सहकारीको पर्दाफास ! (भिडियो) « News24 : Premium News Channel जागीरको प्रलोभनमा यौन शोषण गर्ने दुराचारीलाई चिन्नुहोस् , गरीबलाई १२ लाख ठग्ने सहकारीको पर्दाफास ! (भिडियो) प्रकाशित मिति : Apr 09, 2019 काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम 'सीधाकुरा जनतासँग'को आज ३६३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः आफूसंग सुते जागिर लगाइदिने भन्दै युवतीहरुको शारीरिक शोषण गर्ने व्यक्ती पक्राउ काभ्रेकी परिर्वतीत नाम सम्झनालाई केही समय अघि आफू हेल्वेटास नामक आईएनजिओको कर्मचारी भएको भन्दै प्रेक्षा शर्मा नाम गरेको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो । छिनभरमै साथी बनेका उनीहरुबीच कुराकानी सुरु भयो । पछि विस्तारै सम्झनालाई आईएनजिओमा कर्मचारी आवश्यक भएको भन्दै प्रेक्षाले जागिर दिने लोभ देखाइन । जव सम्झना जागिरको बारेमा उत्सुक देखिन् तव प्रेक्षा शर्माले त्यसका लागि आफ्नो बोससंग एक रात विताउनु पर्ने भन्दै अफर गरिन् । खालि कागजमा ल्याप्चे लगाई गरीब परिवारलाई दुख दिने सहकारीको पर्दाफास पैसा हुनेहरुले गरीबलाई कति सम्म दुख दिन्छन्, सर्लाहीकी निरु भुजेलले भोगेकी छिन् । निरु भुजेलकी छोरी अस्मिता भुजेल सातदोवाटमा रहेको मधुवन सहकारीमा काम गर्थिन् । पढाईका कारण आधा महिनाको तलव ३ हजार नै नलिई अस्मिताले सहकारीको जागिर छाडिन । तर सहकारीका अध्यक्ष बद्री भण्डारीले अस्मिताले सुरुमा ८ हजार पछि गएर २४ हजार रुपया तिर्नु पर्ने भन्दै उन्का परिवारलाई तनाव दिन थाले । सेना र प्रहरीको मान्छे भन्दै रेष्टुरेन्ट र होटलहरुमा दादागिरी गर्ने यी व्यक्तीहरु होटलहरुमा प्रहरी हु आर्मी हु भन्दै दादागिरी गर्ने अनि खाएको पैसा नदिने जस्ता काम केही व्यक्तीहरुले गर्दै आएका छन् । नयाँ बसपार्कको एक होटलमा आफू अपराध महाशाखाबाट अएको भन्दै दादागिरी गरेको भन्ने कल आएपछि न्युज २४ का सीधाकुरा जनतासंगको टिम नयां बसपार्कको उक्त होटलमा पुग्यो । त्यहा ३ जना व्यक्ती थिए । जस मध्ये एक जना आफूलाई प्रहरी, एक जना ईन्जिनियर र एक जना आफू सेनाको मान्छे भएको भन्दै आफूहरुले खाएको ७ हजार रुपयां नतिर्ने भनिरहेका थिए ।
2020/06/03 15:28:13
https://www.news24nepal.tv/2019/04/09/503743
mC4
शोधनान्तरमा किन समस्या? - BBC News नेपाली शोधनान्तरमा किन समस्या? http://www.bbc.com/nepali/news/2015/01/150101_gold_feature Image caption समस्या सुल्झाउन गृह र अर्थ मन्त्रालयसैग मिलेर प्रयास गरिने गभर्नरले बताएका छन् देशको आर्थिक स्थायित्वसंग सोझो सम्बन्ध भएको शोधनान्तर बचत वा भुक्तानी सन्तुलनको नाफा केही महिनायता तीव्र दरले घट्नु पछाडीको कारणबारे अधिकारी तथा विज्ञहरुले फरक फरक धारणा व्यक्त गरेका छन्। राष्ट्र बैंक भन्छ, विदेशमा काम गर्ने नेपालीहरुले मुद्राको साटो बढ्दोरुपमा सुन पठाउँदा सन्तुलन खल्बलियो। तर कतिपय विज्ञ भन्छन्, नेपालको बैंकका ब्याज दर न्यून हुँदै जाँदा यहाँबाट कर्जा लिएर विदेशतर्फ पूँजी पलायन गर्ने प्रवृत्तिले यो अवस्था निम्त्याएको हो। देशले निर्यात, पर्यटन र रेमिटेन्सबाट कमाएको विदेशी मुद्रा र देशले गरेको आयातको लागि तिर्नुपर्ने विदेशी मुद्राबीचको फरक अर्थात भुक्तानी सन्तुलन गत वर्ष यही अवधिमा ६४ अर्ब रुपियाँले नाफामा थियो भने अहिले चाहीं त्यो आँकडा केवल ६ अर्बमा झरेको छ। कुनैपनि देशको अर्थतन्त्रको स्वास्थ्य स्थिर छ कि छैन भनेर नाप्ने प्रमुख औजार समेत रहेको भुक्तानी सन्तुलनमा देखिएको तीव्र ह्रासबारे अहिले अधिकारीहरु चिन्तित छन्। उनीहरु भन्छन्, केही महिनायता विदेशमा काम गर्ने नेपालीहरुले झिटिगुन्टा नियम अन्तर्गत पाइने भन्सार सुविधा उपयोग गर्दै पैसाको साटो सुन ल्याउन थालेकाले समस्या चर्किएको हो। नेपालीले करीब ५० ग्राम अर्थात चार तोला भन्दा केही धेरै सुन ल्याउन पाउने सुविधा छ। जसबाट ल्याउनेलाई लगभग २५ हजारको फाइदा हुन्छ। यसले शोधनान्तरमा पारेको असरबारे प्रष्ट्याउँदै राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडा भन्छन्, "विदेशी मुद्राभन्दा सुन लिएर आउँदा फाइदा हुने देखेर बाहिर गएका धेरै नेपालीहरुले सुन लेराएका छन्। औपचारिकरुपमा डलर आउने ठाउँमा सुन आयो। त्यो सुन थुपारेर राखियो अथवा अन्तकतै गयो त्यसको अभिलेख नहुने हुनाले हाम्रो विप्रेषण आम्दानीपनि राम्ररी अभिलेखित भएन। यसले गर्दा शोधनान्तर बचत केही कम भएको देखिन्छ।" पूँजी पलायन तर कतिपय जानकारहरु भन्छन् यत्तिको कारणले मात्रै भुक्तानी सन्तुलनको नाफा घटेको होइन। औपचारिकरुपमा डलर आउने ठाउँमा सुन आयो। त्यो सुन थुपारेर राखियो अथवा अन्त कतै गयो त्यसको अभिलेख नहुने हुनाले हाम्रो विप्रेषण आम्दानीपनि राम्ररी अभिलेखित भएन। यसले गर्दा शोधनान्तर बचत केही कम भएको देखिन्छ डा युवराज खतिवडा, गभर्नर, नेपाल राष्ट्र बैंक केही समयअगाडि नेपालका बैंकहरुले ब्याज दर निकै घटाए। खासगरी ठूला व्यापारीहरुले त साढे ६ वा ७ प्रतिशतमै कर्जा पाउँछन् जबकि भारतमा निक्षेपकै ब्याज दरपनि त्यो भन्दा एक डेढ प्रतिशत बढी रहेको बताइन्छ। यसको फाइदा उठाउँदै कतिपयले यहाँबाट आफुलाई आवश्यक भन्दा धेरै कर्जा लिएर ठूलो मात्रामा रकम भारत लैजाने गरेको र त्यसैले शोधनान्तरमा समस्या चर्किएको ती जानकारहरु बताउँछन्। तर यो कुरा पुष्टी गर्ने आधार भने भेट्टाउन कठिन हुने पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री ठान्छन्। "खासगरी निक्षेपमा ब्याज दर घटेको कारणले त्यस्तो भएको हो की भन्ने देखिन्छ। तर फेरि त्यसो हो भने कर्जा पनि उही अनुपातमा बढेको देखिनु पर्छ नि त बैंकिंग क्षेत्रमा। अनि बैंकसंग रहेको निक्षेप त्यही मात्रामा घट्नु पर्यो। देखिने किसिमबाट त्यस्तो कुरा आएको जस्तो मलाई लाग्दैन," उनले भने। पाँच वर्ष अगाडि सुनको आयात देशको कूल आयातकै एक चौथाई सम्म पुगेर नेपालको भुक्तानी सन्तुलन नराम्ररी खलबलिएको थियो। त्यतिखेर सरकारले सुन आयातमा कडाइ गर्नुका साथै सुनमा लाग्ने भन्सार समेत बढाउन अध्यादेश ल्याएको थियो। तर यसपटक चाहीं त्यो हदसम्मको समस्या नभएकाले र यसको प्रकृति पनि भिन्नै देखिएकाले राष्ट्र बैंकले गृह मन्त्रालय र अर्थ मन्त्रालयसंग मिलेर समाधानको उपाय अपनाउने तयारी गरेको छ।
2017/12/16 09:39:15
http://www.bbc.com/nepali/news/2015/01/150101_gold_feature
mC4
नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय – Dhadingnews.com – धादिङ जिल्लाको पहिलो डिजिटल पत्रिका प्रकाशित मिति: ३ कार्तिक २०७६, आईतवार १०:२८ धादिङ, ३ कात्तिक – धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ । सडक बोर्डले राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थल नियन्त्रणमा लिई बम निष्क्रिय पारेको हो । नेपाली सेनाको टोलीले शंकास्पद झोला नियन्त्रणमा लिई खोजतलास गर्दा झोला भित्र तार जोडेको अबस्थामा प्रेसर कुकर देखिएपछि त्यस्मा विष्फोटक पदार्थ हुनसक्ने आशंकामा निष्क्रिय गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान १० वजे घटनास्थल नियन्त्रणमा लिई शंकास्पद बस्तु निष्क्रिय पारेको हो । जनजिवन आतंकित बनाउन बिष्फोटक पर्दाथ राखेर सडक छेउमा कुकर बम राखिएको हुन सक्ने भएकाले सो कार्यमा संलग्न भएकाको पहिचानका लागि प्रहरीले अनुसन्धान शुरु गरेको पनि खड्काले जानकारी दिन्भयो ।
2020/02/21 11:54:12
http://dhadingnews.com/?p=38885
mC4
म्याग्दी । हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् । l प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए । ‘आन्तरिक र बाह्य यातायात सम्पर्क बिच्छेद भएको छ’, उनले भने, ‘हिउँ पर्न रोकिएपछि एक्जााभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौँ ।’ बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ । बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको छैन । पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन् । उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन् । चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ । मुस्ताङमा अहिले दोस्रो पटक हिमपात भएको हो । यसअघि गत पुस दोस्रो हप्ता हिमपात भएको थियो । हिमपातले स्याउ र हिउँदेबालीलाई फाइदा गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए । हिउँले जमिनको सतहबाट भित्री सतहसम्म सिँचाइ गर्ने भएकाले अन्नबाली सप्रिनाका साथै फलफूल र तरकारीमा सिंचाइ हुने उनले बताए । स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । हिमपातका कारण म्याग्दीको ग्रामीण क्षेत्रको यातायात सेवा रोकिएको र दरबाङ–मुना, पोखरेबगर–चित्रे, फलामेडाँडा राम्चेलगायत ग्रामीण सडकमा हिउँ थुप्रिएपछि यातायातका साधन थन्किएका छन् । हिउँले पैदलमार्ग अवरुद्ध बनाएपछि धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा यातायात सम्पर्क बिच्छेद भएको त्यहाँका वडाध्यक्ष झंक छन्त्यालले बताए । उनका अनुसार २५० घरधुरीले उपभोग गर्दै आएको गुर्जाको इङलेखोला लघु जलविद्युत् परियोजना पनि बन्द भएको छ । धवलागिरि गाउँपालिका–२ लुलाङका वडाध्यक्ष गमप्रसाद विकले हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको बताए । आवतजावत गर्न र गाईबस्तुलाई आहाराको समस्या भएको उनले जानकारी दिए । रासस
2022-12-02T14:06:50Z
https://currentnepalnews.com/samachar/2400
OSCAR-2301
होटल पोखरा ग्राण्डमा शनिबार 'अक्टोबर फेस्ट' हुँदै - Pokhara News स्तुपा गार्डेन, होटेल पोखरा ग्राण्ड पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले कात्तिक १० गते शनिबार अक्टोबर फेस्ट' आयोजना गरेको छ । होटल ग्राण्डको स्तुपा गार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक रोशन खवासले जानकारी दिए । "कार्यक्रममा सहभागीहरुका लागि अनलिमिटेड बियर, स्न्याक्स तथा लन्चको व्यवस्था गरिएको छ", उनले भने । कार्यक्रममा आकर्षक डोर प्राइजका साथमा रमाइला गेम तथा नृत्य र डिजे सेसनको पनि रमाइलो लिन सकिनेछ । दशैं पूर्णिमाको २ दिन पछि आयोजित अक्टोबर फेस्टमा पोखरा तथा आसपासबाट सहभागी आउने होटलको अपेक्षा छ ।
2019/05/20 01:11:07
https://pokharanews.com/2018/10/63613/
mC4
एमाले बैठकमा ओलीलाई प्रश्न : १० बुँदेबारे हिजो के बोल्नुभएको ? – Online Khabar २०७८ कात्तिक ४ गते २१:०९ ४ कात्तिक, काठमाडौं । नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकमा दश बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ । बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाओस् भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । 'माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे ?', ओलीको भनाइ थियो । बैठकको शुरुमै पन्तले ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । 'तपाईंले हिजो के बोल्नुभएको ? जुन कुरा कार्यान्वयन गर्नैपर्नेछ', पन्तले सोधेका थिए । बैठक स्रोतका अनुसार, १० बुँदे सहमति गर्ने बेला ओलीले बोलेको कुरा समेत पन्तले सम्झाएका थिए । 'माधव नेपाल नआए पनि म दश बुँदे कार्यान्वयन गर्छु भन्नुभएको होइन ? तर अहिले माधव नेपालका लागि हो भन्न मिल्दैन', पन्तको भनाइ थियो । दश बुँदे सदाकालका लागि नरहने, तर आउँदो महाधिवेशनसम्म कार्यान्वयन गरिसक्नुपर्ने पन्तले बताए । पन्तले लामै समय बोलेपछि भने अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनबारे भोलि (शुक्रबार) को बैठकमा छलफल हुने बताए । तर विधान महाधिवेशनको समीक्षाका क्रममा भुसालले ओलीसँग फेरि केही प्रश्न गरे । भुसालले अध्यक्ष ओलीमा नवौं महाधिवेशनको धङधङी बाँकी नै रहेको टिप्पणी गरे । त्यो धङधङी अभिव्यक्तिमा प्रकट भएको भुसालको आरोप थियो । 'तपाईंसँग नवौं महाधिवेशनको धङधङी बाँकी नै छ, आग्रह र पूर्वाग्रह छदैछ', भुसालले प्रश्न गरे, 'यो कहिलेसम्म ?'
2021/12/05 21:01:32
https://www.onlinekhabar.com/2021/10/1028375
mC4
ओमकार टाइम्स हुलाकी पुल निर्माणमा एसएसबीकाे अवरोध - OMKARTIMES हुलाकी पुल निर्माणमा एसएसबीकाे अवरोध सप्तरी : सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय एसएसबीले अवरोध गरेको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिकाको कटैयामा निर्माण थालिएको खड्क खोलाको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो । हुलाकी आयोजनाले २०७६ माघ ८ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो । कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम शुरु गर्न खोज्दा एसएसबीले अवरोध गरेका हुन् । हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ । पुल निर्माणका लागि १८ करोड ३३ लाखमा ठेक्का लागेको छ । पुल बनाउने भनेर भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बिचमा पुल बनाउने भएको बताउँदै कर्णले त्यही अनुसार नेपाल सरकारले ठेक्का लगाएके बताए । तर भारतीय पक्षले दुबै देशको सहमतिमा बनाउनु पर्ने अडान लिएको उनले बताए । कर्णले यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेको बताए ।
2021/03/05 12:57:38
https://www.omkartimes.com/archives/34807
mC4
एउटा अस्पतालको भवन मात्रै भूकम्प प्रतिरोधी ! – Sourya Online एउटा अस्पतालको भवन मात्रै भूकम्प प्रतिरोधी ! सौर्य अनलाइन २०६८ चैत १ गते १:२२ मा प्रकाशित काठमाडौं, ३० फागुन । भूकम्पको उच्च जोखिममा रहेको नेपालका करिब अढाइ सय निजी अस्पतालमध्ये एउटा अस्पतालको भवन मात्रै भूकम्प प्रतिरोधी प्रमाणित भएको छ । सहरी विकास तथा भवन निर्माण विभागमा भूकम्प प्रतिरोधी प्रमाणितका लागि परेको १४ ओटा अस्पतालको निवेदनमध्ये टोखाको ग्राण्डी इन्टरनेशनल हस्पिटलको भवन मात्रै भूकम्प प्रतिरोधी प्रमाणित भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत २७ असारमा सबै निजी एवं गैरसरकारी अस्पताललाई अनिवार्य रुपमा विभागबाट भूकम्प प्रतिरोधीको प्रमाणपत्र लिन निर्देशन दिएको थियो । आइन्दा सञ्चालन अनुमति लिने र सञ्चालन भैरहेका दुवै अस्पताललाई प्रमाणपत्र लिन भनिएको छ । निजी अस्पताल तथा नर्सिङ होमहरु आवासीय भवनमा सञ्चालन भैरहेकाले भूकम्पको जोखिम बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 'निवेदन आएका १४ मध्ये अस्पतालकै बनावटअनुसारको भवन र भूकम्पीय जोखिमका हिसाबले सुरक्षित टोखाको ग्रान्डी अस्पताल मात्रै पाइयो' विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शम्भु केसीले सौर्यसँग भने 'उसलाई प्रमाणित प्रमाणपत्र दुई चार दिनमै दिन्छाँैं ।' अन्य १३ अस्पतालमध्ये धेरैको आफ्नै भवन नभएको, भाडामा लिएर सञ्चालन भएका अस्पतालको बनावट कमजोर रहेको र भूकम्प गैहालेमा अरुसँगै ढल्न सक्ने खतरा रहेकाले तिनीहरुको निवेदन अस्वीकृत गरिएको उनले जानकारी दिए । भवन संरचना कमजोर भएका कारण भूकम्प गैहालेमा हुन सक्ने क्षतिको हिसाबले काठमाडाँैं विश्वकै पहिलो जोखिममा रहेको छ । दिनहुँ साना–ठूला भूकम्प गैरहने हुँदा नेपाललाई भूकम्पीय क्षेत्र पनि मानिन्छ । भूकम्प गैहालेमा घाइतेको उपचारका लागि पुग्ने अस्पताल सबैभन्दा सुरक्षित हुनुपर्ने हो । तर, धमाधम भाडाका र कमजोर घरमा निजी अस्पताल खुल्न थालेपछि गत असारमा प्रधानमन्त्री कार्यालयले भूकम्प प्रतिरोधी भवनमा मात्रै अस्पताल सञ्चालन गर्न गराउन भौतिक योजना तथा निर्माण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अख्तियारलाई निर्देशन दिएको थियो । निर्देशन दिएको लामो समय भैसके पनि अहिलेसम्म निजी एवं गैरसरकारी अस्पताल र स्वास्थ्य मन्त्रालय दुबै पक्षले बेवास्ता गरेको विभागको आरोप छ । 'निर्देशन दिएको आठ महिना बितिसक्दा निजी अस्पतालका १४ वटा मात्रै निवेदन पर्नु र भवन प्रमाणितबिना धमाधम नयाँ अस्पताल सञ्चालन हुनु दुवै पक्षको बेवास्ता हो' विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहले भने । यता स्वास्थ्य मन्त्रालयले भने निजी एवं गैरसरकारी अस्पतालका भवन भूकम्प प्रतिरोधी प्रमाणित गर्ने प्रधानमन्त्री कार्यालयको निर्देशन कार्र्यान्वयनका लागि 'गाइडलाइन' को तयारी गरिरहेकोले समय लागेको जनाएको छ । 'अस्पताल भवन भूकम्प प्रतिरोधी प्रमाणित गर्ने गाइडलाइन बनाउँदै छाँैं, त्यसैले समय लागेको हो,' मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले सौर्यसँग भने 'अब भवन विभागको स्वीकृतिपछि मात्र नयाँ अस्पताललाई अनुमति दिन्छौं ।' उनले पछिल्लो चार महिनादेखि नयाँ निजी एवं गैरसरकारी अस्पताललाई अनुमति नदिइएको बताए । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उद्योग मन्त्रालय लगायत छुट्टाछुट्टै निकायबाट नयाँ अस्पतालको स्वीकृति दिइने भएकाले देशभर यत्ति नै निजी एवं गैरसरकारी अस्पताल सञ्चालित छन् भन्ने यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । तर अनुमानित करिब अढाई सय निजी एवं गैरसरकारी अस्पताल देशभर सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
2021/07/28 22:22:02
https://www.souryaonline.com/2012/03/4262.html
mC4
कक्षा १२ को परीक्षा साउन अन्तिमदेखि सुरु गर्ने तयारी Global TV Nepal ग्लोवल टि.भी. मङ्लबार, साउन ५, २०७८ 0 कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको जसरी नै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।
2021/07/27 20:33:50
https://globaltvnepal.com/news-post/news/education/19535/
mC4
कर्मचारीलाई एकपटक मात्र आरक्षण सुविधा दिन लोकसेवाको सुझाव « Khabarhub कर्मचारीलाई एकपटक मात्र आरक्षण सुविधा दिन लोकसेवाको सुझाव काठमाडौं । लोकसेवा आयोगले समावेशी, समानुपातिक आधारमा आरक्षणको सहुलियत एक व्यक्तिले सेवा अवधिभर एकपटक मात्र पाउने व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ । अहिले अभ्यास भइरहेको ऐनले सेवा प्रवेशदेखि सहसचिवसम्म बढुवा हुन आरक्षणको सुविधा दिएको छ । यस्तै, निजामती सेवाप्रति नयाँ पुस्तामा आकर्षण घट्दै गएकोमा चिन्ता जनाएको छ । लोकसेवामा नयाँ प्रतिभा आकर्षित गर्न वृत्तिविकास र सरुवालाई पूर्वानुमानयोग्य बनाउन सुझाब दिएको छ । यसैगरी योग्यता र क्षमताका आधारमा पदस्थापन गर्ने व्यवस्था गर्न पनि सुझाएको छ । त्यसो गर्दा नयाँ प्रतिभाको आकर्षण बढ्ने र सेवा प्रवेश गरिसकेकाको पनि मनोबल बढ्ने आयोगको ठहर छ । (नयाँपत्रिका दैनिकबाट)
2021/06/22 17:15:21
https://www.khabarhub.com/2019/01/1008/
mC4
जापानबाट आफ्नै गाउँ फर्केर कालिजपालनमा रमाएका दम्पती – Nepal Japan नेपाल जापान २८ आश्विन २१:०८ ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बस्नुभएका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उहाँको भनाइ छ । "साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए । सोचेजस्तो विदेशमा कहाँ हुन्छ र ? विदेशमा जस्तो मिहिनेत आफ्नै देशमा गरे के सम्भव नहोला र भन्ने सोचले आफ्नै गाउँमै अग्र्यानिक कृषि तथा पशुपक्षी नामको प्राइभेट कम्पनी दर्ता गरेर व्यवसाय थालेको छु," उहाँले भन्नुभयो, "मैले आफ्नै गाउँठाउँमा केही गराै भनेर आफूसँगै श्रीमतीलाई पनि जापानबाट फर्काएको छु ।" घर्ती दम्पतीका दुई छोरा र एक छोरी छन् । उनीहरुलाई समेत विदेशी मोहबाट मुक्त गरेर नेपाल फर्किएको घर्तीले बताउनुभयो । जापनमा मेरै गाउँ जस्तै गाउँमा ठूलाठूला कृषि फार्महरु सञ्चालन गरेको देख्दा मनमा आफ्नै गाउँको याद र सम्भावना बोध भएपछि नेपाल फर्किएको उहाँको भनाइ छ । आफ्नै पुख्र्यौली खेतबारीमा अहिले कालिजपालन थालिएको छ । अहिले ५० लाखको लगानी गरेर कालिज पालेको र अझै ५० लाखको लगानी गरी गाउँमै जडीबुटीको नर्सरी, कालिजपालनसँगै रेष्टुरेन्ट, तरकारी खेती र ह्याचिङ मेसिनको तयारी गरिरहेको उहाँको भनाइ छ । डेढ वर्षदेखि तयारी गरेर सञ्चालित फार्ममा अहिले कालिज बेच्नलाई तयार भएको र अण्डा पार्नसमेत थालेको घर्तीले बताउनुभयो । ताराखोला अग्र्यानिक कृषि उत्पादन र पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ हो । ताराखोलामा विभिन्न खालका जडीबुटी, फलफूल, तरकारी, च्याउ, ताराखोलाको साग, ओखर, आलु, भाँगोको राम्रो माग, उत्पादन तथा बिक्री हुँदै आएको छ । यसलाई अझ व्यवस्थित तवरबाट गरेर उत्पादन बढाउने घर्ती दम्पतीको योजना छ । विशेषतः कालिजपालनसँगै ताराखोलामा होमस्टेसमेत सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । "सतुवाको माग अहिले धेरै छ, सतुवा समुन्द्री सतहदेखि दुई हजार दुई सय देखि दुई हजार तीन सयको उचाइमा हुने जडीबुटी हो, यो जडीबुटी जुनसुकै ठाउँमा नहुने कारणले यो ताराखोलामा उत्पादन गर्न सकिने भएकाले सतुवाको नर्सरी गर्ने योजना पनि छ", उहाँले भन्नुभयो, "ताराखोलामा उत्पादन हुने हरेक कुरामा ताराखोला ब्रान्ड बनाउने सोच गराएको छु । यसलाई देशमा मात्र नभएर विदेशमा पनि बिक्री गर्ने योजना छ ।" ताराखोलामा उत्पादन गरेका सबै कुरालाई अक्षेते बजार, बुर्तिबाङ बजार, गल्कोट, बागलुङ बजार मात्र नभएर नेपालको चर्चित पर्यटकीय गन्तव्यस्थल मुस्ताङमा समेत पु¥याउने सोच घर्तीको छ । "अहिलेसम्म पालिकाले कुनै सहयोग गरेको छैन, सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन", उहाँले भन्नुभयो, "पालिकाका कृषि प्रमुखले हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुनेछ । कृषि र पशुपक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुनेछ ।"
2021/10/25 05:20:49
https://www.nepaljapan.com/10/14/526502/
mC4
उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या बढ्यो « Khabarhub उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या बढ्यो काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ । परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो । दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । केही महिनादेखि काठमाडौँ उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन् । परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताए । कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन् । उनले भने, "आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन् ।" कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन् । कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन् । बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन् । बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले झण्डै पाँचदेखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ । अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उनले बताए । उनले भने, "अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ ।" वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मङ्गलबार काठमाडौँ र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो । बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए । कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए । काठमाडौँ उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना सङ्कलन भइरहेको डा राजभण्डारीले बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रुपमा नमूना सङ्कलन भइरहेको छ । उनले भने, "कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ ।" यो महिनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पिसिआर परीक्षण हुने गरेको छ । सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पिसिआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडिटी परीक्षण भइरहेको उहाँले बताउनुभयो । अहिले सुरक्षाकर्मीहरु पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरुकै अस्पतालमा गर्दा राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "त्यसो गर्दा यहाँ आउनेहरु छरिन सक्छ ।" अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ । व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उहाँको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौँ बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ । अस्पतालमा आइसियू २० श्यया र आइसोलेशन ३० वटा रहेको छ । अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ । प्राविधि समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेशनमा अहिले १८ जना रहेका छन् ।
2021/10/20 10:32:59
https://www.khabarhub.com/2020/19/166615/
mC4
माघीको अवसरमा कतै दुर्ई त कतै तीन दिन बिदा - लोकसंवाद माघीको अवसरमा कतै दुर्ई त कतै तीन दिन बिदा कैलाली । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने तीन दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिनुभयो । यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिनुभयो । कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए ।'एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ', जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, 'माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ ।' थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताउनुभयो । 'यो समयमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ', चौधरीले भन्नुभयो, 'यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ ।'
2021/01/20 09:31:14
https://www.loksambad.com/news/14229
mC4
अनलाइन फ्री भर्चुअल पोर्चुगली किबोर्ड लेआउट | Loderi.com भर्चुअल पोर्चुगली किबोर्ड अनलाइन भर्चुअल पोर्चुगली किबोर्ड अनलाइन मुक्त तपाईं अनलाइन पोर्चुगली मा टेप कुरा चाहिन्छ भने, तर एक कम्प्युटर वा ल्यापटप अंग्रेजी लेआउट मा - तपाईँले आफ्नो कम्प्युटर स्क्रिनमा भर्चुअल पोर्चुगली किबोर्ड आवश्यक छ। यो प्रयोग गर्न सजिलो र सुविधाजनक छ। साइट मा तपाईंलाई रुचि छैन या केहि काम छैन वा साँचो छैन गर्छ कुरा हो भने - हाम्रो थाह दिनुहोस्। यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। Loderi.com पोर्चुगली भर्चुअल किबोर्ड प्रयोग, तपाईँले बिल्कुल मुक्त र अनलाइन: • मनपर्ने पोर्चुगली भाषा अनलाइन मा टाइप; • सीधा हाम्रो साइट देखि मित्रहरुलाई सन्देश पठाउन; • 1 क्लिक Google र YouTube मा खोज (नयाँसञ्झ्यालमाखोल्नुहोस् हुनेछ) • (नयाँसञ्झ्यालमाखोल्नुहोस् हुनेछ) एक क्लिक गुगल-अनुवादक प्रयोग अनुवाद • फेसबुक मा एक पोस्ट बनाउन र ट्विटर मा ट्वीट; • पछि लेखन जारी गर्न आफ्नो टिप्पणीहरू बचत (तपाईंले लग इन गर्न आवश्यक); • डाउनलोड गर्न र आफ्नो कागजातहरू छाप्न। भर्चुअल किबोर्ड मा टाइप पोर्चुगली - यो निशुल्क र सजिलो हामी एक लामो समय Windows को लागि साइट इन्टरफेस र आफ्नो सुविधा लागि पोर्चुगली किबोर्ड लेआउट लागि परीक्षण गरे। आफ्नो निगरानी स्क्रिनमा अनलाइन हाम्रो पोर्चुगली किबोर्डमा टाइप गर्दा र अब हामी आफ्नो सान्त्वना मा विश्वस्त छन्। यहाँ तपाईं अनलाइन मानक पोर्चुगली किबोर्ड (qwerty), फोनेटिक किबोर्ड र अर्को प्रयोग गर्न सक्नुहुन्छ। चाँडै हामी वर्णमाला को रूप मा पोर्चुगली किबोर्ड थप्न हुनेछ। यो फेसबुक र ट्विटर संग मित्र संग सम्पर्क राख्न, तिनीहरूलाई अनुवाद, मुद्रण र बचत, टेप पत्र धेरै सजिलो छ। अनि पाठ्यक्रम - Google खोज र YouTube मा भिडियो बिना इन्टरनेट भनेको के हो? यी सबै कार्यहरू एक क्लिक हाम्रो वेबसाइट मा गरेका छन् - यो प्रयास! साथै, तपाईं पछि तिनीहरूलाई जारी हुनेछ, (तपाईं फेसबुक, ट्विटर वा गुगल प्रयोग गर्नुहोस आवश्यक) आफ्नो मुद्रित कागजातहरू बचत गर्न सक्नुहुन्छ। प्राप्त र आफ्नो साइट मा आभासी पोर्चुगली किबोर्ड प्रयोग गर्ने कसरी? तपाईं पनि आफ्नो वेबसाइट मा हाम्रो लिंक, बटन, वा पूरै अनलाइन भर्चुअल पोर्चुगली किबोर्ड स्थापना गर्न सक्नुहुन्छ - यो तपाईं आफ्नो वेबसाइट वा ब्लग यहाँ देखि कोड कपी र पेस्ट गर्न आवश्यक छ। बस हामीलाई लेख्न र हराइरहेको छ वर्णन - हामी पनि तपाईं चाहिए लागि सुझाव गर्न खुला छन् (अधिक विस्तार - बेहतर) - तपाईं को आवश्यकता के हामीले हुनेछ! अनलाइन अंग्रेजी किबोर्ड गर्न पोर्चुगली देखि अनुवाद अनलाइन पोर्चुगली किबोर्डमा टेप पाठ अनुवाद गर्न, बस क्लिक «अनुवाद» नयाँ विन्डो गुगल द्वारा लोकप्रिय विश्वव्यापी अनलाइन अनुवादक खोल्न हुनेछ। पूर्वनिर्धारित गरेर, पोर्चुगली देखि अंग्रेजी अनुवाद, तर यसको विवेकाधिकारमा कुनै पनि अन्य रोज्न सक्नुहुन्छ
2020/02/21 01:09:17
https://loderi.com/ne/portuguese-virtual-keyboard-online
mC4
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रसँग आग्रह गरेको छ । नेपालमा पछिल्ला दिनमा देखिएको संक्रमण दर अत्याधिक रहेको जनाउँदै मन्त्रालयले संक्रमणको चक्र रोक्न नसकिए हालकै गतिमा फैलँदै गएमा अस्पतालहरुमा बिरामी राख्ने ठाउँसम्म नहुने जनाएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन र अत्यावश्यक सहभागी हुन परेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । साथै, माक्स प्रयोग नगर्ने व्यक्तिहरुको समाचार समेत प्रकाशन नगर्न आग्रह गरेको छ ।
2021-11-28T09:23:29Z
https://www.drishtinews.com/archives/72002
OSCAR-2201
नेपाल मदर डट कम (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज : दिलशोभा प्रकरणःअपुरो फोन रेकर्डले ल्याएको बबन्डर - अमित ढकाल र किरण भण्डारी गोजीमा लुकाएको मोबाइलबाट दिलशोभाकै कर्मचारीले रेकर्ड गरेका थिए उनको संवाद (सम्पादकीय नोटः हामीले यो रिपोर्टिङ गर्ने सिलसिलामा दिलशोभा, उनको चर्चित फोन वार्ता रेकर्ड गर्ने अप्सरा गुरुङ, काठमाडौं एसएसपी रमेश खरेल, केन्द्रीय बाल कल्याण समितिका पदाधिकारीत्रय तारक धिताल, नमुना भुषाल, झनहरि,आमाको घरका १५ जाना बालबालिकालाई निशुल्क पढाउने एन्जेल एकेडेमीका जोतिक नापित, आमाको घरका कोषाध्यक्ष राजु शाक्य, लेखापरीक्षक युवराज घिमिरे, हुम्लाबाट विद्यार्थी ल्याउन सहयोग गरेकानवराज महतारा, आमाको घरमा काम गर्ने स्वयंसेवक लगायतसँग कुराकानी गरेका थियौं। यी मध्ये कतिपयलाई संवेदनशीलता कारण उद्धृत गरेका छैनौं।) दिलशोभा श्रेष्ठको काठमाडौँ रविभवनस्थित 'आमाको घर'को पहिलो तला चढ्नेबित्तिकै एउटा कोठामा पुगिन्छ। कोठाका भित्ता उनले पाएका सम्मानले भरिएका छन्। ठूलै आकारको त्यो कोठामा पनि नअटेका दर्जनौँ सम्मानपत्रका फ्रेमहरु थुप्रिएका छन्। यो कोठाआमाको घरको बैठक र कार्यालय पनि हो। माघको कुनै साँझ यही कोठामा दिलशोभा फोनमा कुरा गर्दै थिइन्। यो कोठासँगै जोडिएको अर्को कोठामा आमाको घरमा कार्यरत कर्मचारी अप्सरा गुरुङ र एक वर्षदेखि त्यहीँ काम गर्दै आएकी आनी संगीता तामाङ सुत्थे। अप्सरालाई दिलशोभाको कुरा 'शंकास्पद' लाग्यो। उनले तुरुन्त मोबाइलमा दिलशोभाको एकतर्फी फोन संवाद रेकर्ड गर्न सुरु गरिन्। अर्को कोठाबाट रेकर्ड गर्दा राम्ररी नसुनिएपछि अप्सराले संगीताको खल्तीमा आफ्नो मोबाइल हाल्दिन् र दिलशोभाको छेउमा गएर बस्न भनिन्। बेखबर दिलशोभाले फोनमा निश्चिन्त कुरा गरिन्। उनको एकतर्फी संवाद अप्सराको मोबाइलमा रेकर्ड भयो। को हुन अप्सरा? दिलशोभाको फोन संवाद रेकर्ड गरिएको केही हप्ताअघि, पुस १८ गते मात्रै, अप्सरा आमाको घरमा कर्मचारीका रुपमा नियुक्त भएकी थिइन्। अप्सरा र दिलशोभाबीच तीन वर्ष पुरानो चिनजान थियो। उतिखेर अप्सराले आमाको घरमा आएर केही दिन दिलशोभालाई सघाएकी थिइन्। 'मैले पहिला ५० हजारसम्म तलबमा काम गरेँ। अहिले खालि छु। सेवाका लागि यहाँ १० हजारमै काम गर्दिन्छु,' अप्सरालाई उद्धृत गर्दै दिलशोभा भन्छिन्, 'आठ हजार दिने गरी काम लगाएको हुँ।' ७/८ वर्ष बालबालिकाको क्षेत्रमा काम गरेकी अनुभवी कर्मचारी पाएर दिलशोभा दंग थिइन्। अप्सराले संस्था व्यवस्थित गरेर लाने र एकजना बच्चा बराबर वार्षिक दुईलाख रुपैयाँसम्म सहयोग पाउन सकिने बताइन्। दिलशोभा थप प्रभावित भइन्।दुवै जना क्रिश्चियन धर्म मान्ने, चर्च जाने भएकाले सम्बन्धको अर्को सेतु थपियो। दुई बीचमा आमाछोरीको साइनो स्थापित भयो। अप्सराले विस्तारै सुधारको कुरा गर्न थालिन्। अन्नपानीको गुणस्तर, बालबच्चाको लुगाफाटो, जुत्ताचप्पल लगायत कुरा उठाइन्। पारदर्शिताको कुरा उठाइन्। दिलशोभालाई अप्सराको कुरा कता कता चित्त बुझेन। बिस्तारै उनीमाथि नै शंका लाग्न थाल्यो। उनले ठानिन्, 'कुनै एनजिओले अप्सरालाई आमाको घरको जासुसी गर्न पठायो।' खटपट हुनुभन्दा अघि नै अप्सरा केटाकेटीहरुसँग घुलमिल भइसकेकी थिइन्। केटाकेटीलाई पनि उनले आमाको घरले बालगृहको मापदण्ड अनुसार खानलाउन नदिएकोबारे सचेत तुल्याउन कोशिश गरिसकेकी थिइन्। अप्सराको मायालु स्वभावले ३२ मध्ये धेरै केटाकेटी उनीसँग रत्तिइसकेका थिए। दिलशोभा र अप्सराको खटपट बढेर भान्छा अलग्गिइसकेको थियो। दिलशोभा आमा र केटाकेटीलाई पकाउने माथिल्लो तलाको भान्छामा नै खान थालिसकेकी थिइन्। अप्सराले पनि मोबाइलमा, आफ्नो ल्यापटपमा सकेजति संवाद र भिडियो रेकर्ड गर्न थालिन्। दिलशोभा अप्सरालाई कामबाट हटाउने टुंगोमा पुगिन्। आफू प्रार्थना गर्न जाने चर्चबाट केही दिनका लागि आफूलाई सहयोग गर्न दुई जना मानिस झिकाइन्। संस्थाको काममा उनीहरुले सघाउन थालेपछि, अप्सरा भूमिका विहीन हुँदै गइन् र अन्तत: महिना दिन नपुग्दै आठ हजार तलब लिएर आमाको घरबाट बिदा भइन्। अप्सरासँगै आनी संगीता तामाङले पनि आमाको घर छाडिन्। संस्थाबाट निस्केपछि अप्सराले आफूसँग भएका रेकर्डहरु आफ्नो मनले खाएका मानिस र एनजिओकर्मीलाई देखाइन्। रेकर्डहरुमध्ये आमाको घरको बैठक/कार्यालय कोठाबाट दिलशोभाले गरेको एकतर्फी टेलिफोन संवादमा भनिएको थियो, '१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एकछाक, बिहान ख्वाउनुपरेन, तपाईँलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनू, बेलुका आएर तपाईँलाई पकाएर ख्वाउँछ, रातभरि तपाईँसँग सुत्छ,माया माया माया गरेर बस्छ।' अप्सरालाई पहिलेदेखि नै यो संवादले शंकित तुल्याएको थियो। रेकर्ड सुन्ने अरुले पनि उनलाई उक्साए- यो दिलशोभा देह व्यापारमा संलग्न भएको बलियो प्रमाण हो। अप्सरा, आमाको घरमै पहिले काम गरेका कर्मचारी र अरु केहीले सल्लाह गरेर जिल्ला प्रशासन कार्यालयमा यसबारे टेलिफोन रेकर्डसहित आफूले जुटाएका 'प्रमाण'राखेर उजुरी दिए। केन्द्रीय बालकल्याण समितिलगायतलाई अप्सरा आफैँ गएर उजुरीको बोधार्थ दिइन्। जिल्ला प्रशासन कार्यालय, बालकल्याणमा हल्लीखल्ली मच्चियो। त्यो हल्लीखल्लीको मूल कारक त्यही एकतर्फी टेलिफोन संवाद थियो। जिल्ला प्रशासन,बालकल्याण र अरु सरोकारवाला निकायको बैठकमा पनि त्यो टेलिफोन संवादको अर्थ 'देहव्यापार' गरेको भन्ने नै लगाइयो। बालबालिका राख्ने अनुमति नलिएको र आमाको घरको दुर्व्यवस्थाको मुद्दा छँदै थियो, 'देह व्यापार' को शंकाले बालबालिकालाई तुरुन्त उद्धार गर्नुपर्ने तदारुकता उब्जियो। दिलशोभालाई बोलाएर काठमाडौँका सिडिओ वसन्तराज गौतमले बालबालिका उद्धार गर्ने जानकारी दिए। उद्धार हुनु दुई दिनअघि दिलशोभाबिरुद्धको उजुर र फोन रेकर्ड सम्मिलित इमेल केही सञ्चारगृहलाई पठाइएको थियो। सेतोपाटीलाई पनि त्यो इमेल आएको थियो। जुन रेकर्डलाई आधार मानेर देहव्यापारको शंका गरिएको छ, त्यसले मात्र त्यो संगिन आरोप पुष्टि हुन्न। दिलशोभा स्वयमले त्यो फोन वार्ता क्यान्सरपीडित ७० वर्षीया राधिका मानन्धरसँग गरेको पत्रकार सम्मेलनमा बताएकी छन्। त्यो संवादको मसिनोसँग विश्लेषण गर्ने हो भने दिलशोभाको भनाइ झुटो मान्ने आधार छैन। अनुसन्धानमा संलग्न प्रहरी, प्रशासन, समिति कसैले पनि 'यौन व्यवसाय'बारे टेलिफोन रेकर्डबाहेक अहिलेसम्म अरु प्रमाण नभेटिएको बताएका छन्। संवाद रेकर्ड गर्ने अप्सरा स्वयमसँग पनि देहव्यापारको सवालमा अरु प्रमाण वा तर्क छैनन्। 'बालगृह सुधार्नुपर्थ्यो, उद्धार गरियो' दिलशोभाले आफूविरुद्ध उजुरीबारे जानकारी पाएपछि सिडिओ कार्यालय रबालकल्याण धाउन सुरु गरिन्। बालकल्याण, सिडिओ र प्रहरी देहव्यापारको शंकाले उनीप्रति नकारात्मक भइसकेका थिए। काठमाडौंका सिडिओ गौतमको अध्यक्षतमा बैठक बस्यो। सहायक सिडिओले सबैनिकायलाई डाकेर पटकपटक छलफल चलाए। माघ अन्तिमदेखि फागुनको पहिलो साता बालगृह संचालनको अनुमति लिने प्रयासमा दिलशोभा लागिरहिन्। घरि कानुन, व्यवसायी घरि लेखापरीक्षकलाई लिएर सिडिओ कार्यालय र बालकल्याण धाइन्। 'उजुर परेकाले बालगृह संचालन अनुमति दिन सकिँदैन,' सिडिओ अफिसले नाइँनास्ती गर्‍यो। विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिए। त्यो घटना भएको दुई दिनमा आमाको घरमा छापा मार्न सरकारी टोली पुग्यो।त्यहाँ रहेका ३४ बालबालिकालाई ललितपुर गोदावरीको 'सानो पाइला' बालगृह सारियो। सरकारी टोलीले बालबालिकाको राम्रो स्याहारसुसार नभएको, घरघरमा काम गर्न पठाएको, खानपान राम्रो नभएको र बालगृहको मापदण्ड नै नपुगेको जानकारी गराए। दिलशोभाले दर्ता नै नगरी गैरकानुनी क्रियाकलाप गरेको आरोप बालकल्याण लगायतले लगाए। दर्ता गर्ने भन्दाभन्दै मेलो नपाएर अलमल र गल्ती भएको दिलशोभाले स्विकारेकी छिन्। 'मान्छे हो गल्ती हुन्छ, मबाट पनि भयो होला,' उनले भनिन्, 'मसँग दिल छ। माया, न्यानो, तातो दिन मात्र जानेको छु।' 'क्राइटेरिया' पूरा गर्न दुई महिना समय मागेको र त्यो पनि नपाएको दुखेसो उनको छ। बालकल्याणका अधिकारीले आफूले वर्षौँदेखि पटकपटक दर्ता गर्न र मापदण्ड अनुसार संचालन गर्न अनुरोध गरेको तर दिलशोभाले नटेरेको बताए। 'हामीले अकस्मात् छापा मारेका होइनौं, धेरैचोटि उहाँलाई दर्ता गर्न भन्यौं,'बालकल्याणकी अनुगमन अधिकृत नमुना भुषालले भनिन्, 'जति मौका दिँदा पनि दिलशोभा सुध्रनु चाहनुभएन।' दिलशोभाले भने आजसम्म दुईपटकमात्र बालकल्याणका मानिस आएको बताइन्।'पाँच वर्षअघि नागरिक पत्रिकामा मेरो कामको बारे लेखेपछि उहाँहरु एकपटक आउनुभएको थियो, त्यसपछि यसपालिमात्रै आउनुभएको हो,' दिलशोभाले भनिन्।बालकल्याणका सदस्यसचिव तारक धितालभन्दा पुरानी भुषालले 'तीनवर्ष पहिला र यसपाला माघको' अनुगमनमात्र सम्झिन सकिन्। अप्सराले आमाको घर छोडेको भोलिपल्ट बालकल्याण अनुगमन गर्न रविभवन पुग्यो। दिलशोभाले अनुगमनमा गएका बालकल्याणका अधिकारीहरुलाई तपाईँहरु अप्सराले भनेर आउनुभएको भनेर प्रश्न गरिन्। अप्सराले छोडेको भोलिपल्ट आफूहरु अनुगमनका लागि पुग्नु एउटा संयोगमात्र रहेको दाबी बालकल्याणका सदस्य सचिव धितालले गरे। 'वालगृहहरुकाे अनुगमन अन्तरगत आमाघरमा गएका हौं,' उनले भने, 'यहिँ चरणमा १९ वटाको अनुगमनमा गएका थियौं ।' बालगृहलाई मापदण्ड अनुसार संचालन गराउने र बालबच्चाका लागि आधारभूत वातावरण ग्यारेन्टी गराउने जिम्मा पाएको नियमनकारी निकाय हो, बालकल्याण समिति। आमाको घरमा बालगृह संचालन भएको छ वर्ष भयो। यसबीचमा कुनै पनि अनुगमनमा समितिले दिलशोभालाई आधिकारिक रुपमा सचेत गराएको वा पत्र लेखेर सुधार्ने कोसिस गरेको देखिएन। दिलशोभालाई लिखित सुझाव नदिएर आफूहरुबाट कमजोरीभएको बालकल्याणका अधिकारीहरुले स्विकारेका छन्। बालगृह गैरकानुनी भने पनि केन्द्रदेखि जिल्ला बालकल्याणले आमाको घरमाबच्चा पठाएको अर्को तथ्य फेला परेको छ। बालकल्याणले २०७० जेठ १७ गते आमाको घरलाई छ वर्षको एक बालकलाई संरक्षण र पालनपोषण गरिदिन लेखेको सिफारिसपत्र सेतोपाटीलाई प्राप्त भएको छ। 'म त सेवा गर्न जान्दछु, धेरै कानुन जान्दिन,' दिलशोभाले प्रश्न गरिन्, 'आमाको घर कामै नलाग्ने थियो भने किन बालकल्याण, सिडिओ, गाविसहरुले बच्चा पठाए त?' बालकल्याणको सिफारिसमा तीन, कालिकोट, हुम्ला, मुगु लगायत सिडिओ,गाविस, जिल्ला बालकल्याण समितिको सिफारिसमा तीस जनाभन्दा बढी बच्चा राखेको दाबी उनले गरेकी छन्। बालगृहमा कर्णालीका बच्चा अत्यधिक हुनुलाई पनि बालकल्याणका पदाधिकारीहरुले शंकास्पद् ठानेका छन्। 'कर्णालीबाट ल्याएका कतिपय बालबालिकालाई अन्त काम गर्न पठाएको लगायत आरोपमा छानबिन भइरहेको छ,' भुषालले भनिन्, 'बालगृह खोलेर बच्चा अन्त पठाउनु त भएन नि।' धेरैले ठानेजस्तो र दिलशोभाले कतिपय प्रसंगमा दाबी गरेजस्तो आमाको घरमा भएका बालबालिका सडकबाट उठाइएका भने होइनन्। बुधबार 'उद्धार' गरिएका ३२ मध्ये ३० बालबालिका कर्णालीका विभिन्न जिल्ला र एकजना चितवनका हुन्। कर्णालीका बच्चा बालगृहमा आइपुग्नुलाई दिलशोभा संयोगमात्र मान्छिन्। 'बिबिसी साझा सवालमा जुम्ला गएकी थिएँ,' उनले भनिन्, 'त्यसपछि कर्णालीका बच्चा आउन थाले।' दिलशोभालाई कर्णालीबाट बालबालिका पठाइदिनेमध्ये हुम्लाका नवराज महतरालेसेतोपाटीसँग भने, 'टुहुरा बच्चा पठाएको छ, उनीहरुले पेटभरि खान र स्कुल जान पाएका छन्।' हुम्लामा कहिले पढाइ नहुने, कहिले पाठ्यपुस्तक नहुने लगायत समस्या झेल्नुभन्दा मापदण्ड पूरा भए पनि नभए पनि आमाको घरको आश्रय महतरालाई सुविधाजनक लाग्छ। बालगृहका पन्ध्र जना बच्चालाई निशुल्क पढाइरहेको एन्जेल एकेडेमी कीर्तिपुरका संस्थापक प्रिन्सिपल जोतिक नापितलाई दिलशोभा घटनाले मर्माहत बनाएको छ। उनले तीन वर्षअगाडि नै कानुनी प्रकृया पूरा गर्न, दर्ता गर्न र पारदर्शी बनाउनदिलशोभालाई सुझाव दिएका थिए। संस्था ठूलो भइसकेकाले कर्मचारीसहितको अफिस खोलेर व्यवस्थित गर्न उनले पटकपटक घच्घच्याए। 'कुन दिन दशा आइपर्ला र धुरुधुरु रुनुपर्ला,' जोतिकले सम्झाएका थिए। उनलाई दिलशोभाले नियतवश सुधार नगरेको भन्ने लाग्दैन। किनकि 'ल न त संस्था दर्ता गर्न सहयोग गरिदिनुस्' भनेर दिलशोभाले धेरैपटक उनीसँगै सहयोग मागिन्। बालगृहका विद्यार्थी निशुल्क पढाइदिने अर्को स्कुलको प्रिन्सिपललाई पनि त्यस्तै अनुरोध गरेको उनले सुनेका थिए। 'हामी शुभेच्छुकले सहयोग गर्नुपर्ने कुरा थियो,' जोतिकले भने, 'आ–आफ्नो व्यस्तताले सकिएन, अहिले आएर बच्चाहरु उठाएर लाँदा दुखद स्थिति सिर्जना भयो।' कानुन उल्लघंन गरौं वा अरु छलछाम गरौं भन्ने दाउ दिलशोभाले गरेजस्तो नलाग्ने मात्र हैन, सरकारी निकायले आमाको घरलाई सुधार्न लागिपर्नुपर्थ्यो भन्ने जोतिकको धारणा छ। 'बालगृह सुधार गर्नुपर्थ्यो,' उनले भने, 'उद्धार गरियो।' हुन त आमाको घरका कतिपय शुभेच्छुक र सहृदयीहरुलाई प्रशासनले प्रयोगमा ल्याएको यो 'उद्धार' भन्ने शव्द नै चित्त बुझेको छैन। दुरावस्था र दुर्व्यवहारको आरोप आमाको घरको 'दुरावस्था'ले पनि उद्धार गर्नुपरेको सरकारी तर्क छ।बालबालिकालाई राम्रो व्यवहार नगरेकोदेखि 'दुर्व्यवहार' सम्मको आरोप उनलाई छ। बालबालिका राख्न कस्तो भौतिक पूर्वाधार हुनुपर्छ भन्ने बालकल्याणको पुस्तिका नै छ। ती मापदण्ड भने आमाको घरले पूरा गरेको छैन। बालबालिका र बृद्धलाई एउटै घरमा राखिएको छ। बालबालिका सुत्ने कोठा साँघुरो छ। सुत्ने र लगाउने कपडा फोहोर छन्। आमाको घरमा बस्दा धेरै बालबालिकाका खुट्टामा चप्पल हुन्न। तर आमाको घरको अवस्था पहिलेदेखि नै यस्तै हो। पत्रपत्रिकाको प्रशंसा, दर्जनौं सम्मान पाएर दिलशोभाको हाईहाई हुँदा आमाकोघरको अवस्था अहिलेभन्दा पनि नाजुक थियो। आमाको घरका बुढापाका र बालबच्चालाई भरथेग गर्ने शुभेच्छुक र सहृदयीहरु पहिलाभन्दा भौतिक अवस्था निकै सुध्रेको ठान्छन्। 'पहिला भन्दा ६० प्रतिशत स्तर बढेको छ,' प्रिन्सिपल जोतिकले भने, 'चार/पाँच वर्ष पहिला झन् फोहोर, झन् साँघुरो र झन् अव्यवस्थित थियो।' दिलशोभाले आफ्नो माइतीले पेवामा दिएको घरमा आफन्तले वास्ता नगरेर सडकमा आइपुगेका बुढापाकालाई आश्रय दिएर अठार वर्ष पहिला आमाको घरलाई जन्म दिएकी हुन्। त्यसले चार वर्षपछि मात्र दर्ताको औपचारिकता पूरा गर्‍यो। त्यही घरमा एउटा पाखो थपेपछि उनले बालबालिकालाई पनि आश्रय दिन थालिन्। दुखम्, सुखम् चलाइन्। भौतिक अवस्था सुधार्दै लगेको दिलशोभाको पनि दाबी छ। 'विजयकुमारले अन्तर्वार्ता लिएपछि दुई वर्षयता आमाको घरलाई धेरै सहयोग आउन थालेको हो,'दिलशोभाले भनिन्, 'सँगै जग्गा बढाइसकेको थिएँ, जापानिज दूतावासले घर बनाइदिन नक्सा बनाइसकेको थियो ।' चामल, दाल, भुटुन, मसला, बिस्कुट लगायत खानेकुरा प्रशस्त जिन्सी सहायतामा आउने गरेको छ। श्राद्धको तिथि, जन्मोत्सव, विवाहको वार्षिकी लगायतमा खाना खुवाउनेको भीड नै हुन्छ। त्यतिबेला अघिपछि भन्दा मिठो, मसिनो पाक्छ। 'पकाउने, सरसफाई, लुगा धुने, भान्छे गरेर चार जना छन्,' उनले भनिन्, 'बिहान ३ बजे उठेर अरु चार जानाको काम मै गर्छु।' पछिल्ला वर्षमा उनको संस्थालाई सहयोग गर्नेको जुन भीड छ, त्यो तुलनामा आमाको घर फुर्तिलो देखिदैन। बच्चालाई राखेको भुँइतल्ला घाम पस्ने र हावा खेल्ने खालको छैन। बुढापाकालाई राखिएको कोठा पनि ओछ्यान जोडिएजस्तै छ। 'सडकपेटीमा सुतेका वृद्धा उठाएर जीउमा कटकटिएको दिशा धुन नै मैले घन्टौं लगाएकी छु,' उनी भन्छिन्, 'हाम्रो घर सडकभन्दा राम्रो र तातो होला, त्यो भन्दा राम्रो छैन।' उनले केटाकेटीलाई हप्की, दप्की लगाउने गरेको र चप्पल समेत लगाउन नदिएको आरोप पनि छ। चप्पल दियो कि छिनालिहाल्छन् भन्ने पीर उनलाई छ नै। हप्काएनन् भन बिग्रिन्छन् भन्ने उनको मान्यता छ। पन्ध्र वर्ष निकै दुखजिलो गरेर संस्था चलाएकी उनको 'टार्ने, पुर्‍याउने' बानी गएको छैन। नयाँले पुग्ने भए पनि पुराना लुगाफाटो लिन दिलशोभाले छाडेकी छैनन्। कसैले महँगो चामल दियो भने त्यो बेचेर मझौला खालको ल्याएर फारु गर्ने बानी पनि उस्तै छ। खासै लेखपढ नगरेकी उनको चेतनास्तर र वृद्ध/बालबालिकाबारे ऐन/कानुनले तोकेको मान्यतामा ठूलो खाडल छ। कतिसम्म फोहोर र कति गरे सफा भन्ने उनको व्यक्तिगत चेतमै निर्धारित छ। उनले विद्यार्थी पठाउने स्कुलका शिक्षकहरुलाई पनि बालबालिकाको सरसफाइमा ध्यान नपुगेको खट्किन्छ। 'कतिपल्ट मैले नै स्कुलमा बच्चालाई नुहाइदिएको छु,'एन्जल एकेडेमीका संस्थापक प्रिन्सिपल जोनिकले भने। उनले पाँच जना बच्चालाई विभिन्न व्यक्तिको घरमा काम लगाउन पठाएको आरोप पनि छ। दिलशोभाले भने काम गर्न नभई आमाको घरभन्दा राम्रो हुन्छ भनेर शिक्षादिक्षाका लागि पठाएको स्विकारेकी छिन्। बालकल्याणका अनुसार तीन जना पोखरा र दुईजना काठमाडौंमा अरुको घरमा छन्। 'मेरो भाइले तपाईँ मात्र कति दुख गर्नुहुन्छ, हामी पनि अलिकति सेवा गरौं भनेर लगेको हो,' दिलशोभाले पत्रकार सम्मेलनमै भनेकी थिइन्। बालकल्याणका अधिकारीहरुले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।'बालगृहले जिम्मा लिएर अन्त पठाउन कहाँ पाइन्छ?' धितालले भने। आर्थिक स्रोतमा दिलशोभाकै तजबिज दिलशोभाकै अनुसार पछिल्लो दुई वर्षदेखि उनको संस्थालाई आर्थिक सहायता गर्नेको संख्या ह्वात्त बढेको छ। परोपकारको भावनाले आमाको घरलाई सहायता गर्नेमा लगभग सबैजसो नेपाली छन्, स्वदेश र विदेशमा बसेका। सहायतामा आएको रकम बैठककोठामा रहेको मोटो खातामा लेख्ने चलन छ। तर त्यसको खर्चमा कञ्जुस्याइँ गरेको, हिसाबकिताब दुरुस्त नराखेको र हिनामिना गरेको आरोप उनीमाथि छ। उनीबिरुद् जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीमा ४० लाख रुपैयाँ अमेरिकामा रहेका छोरीज्वाइँलाई पठाएकोसमेत दाबी छ। दिलशोभाको विश्वासमा दिएको सहायताको खटनपटन उनले व्यक्तिगत तजबिजमा गर्ने गरेकी छन्। संस्थाको संचालक समिति खासै सकृय छैन। कोषाध्यक्ष राजु शाक्यले आफूलाई हिसाबकिताबबारे केही थाहा नभएको बताए।'दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ,' शाक्यले भने, 'सबै जिम्मा आमाकै हो।' यसपाला संस्थाको लेखापरीक्षण गर्ने युवराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारी अनुसार यो आर्थिक वर्ष २०६९/७०मा संस्थालाई १ करोड १२ लाख भन्दा बढी नगद सहायता प्राप्त भएको छ। '६९ लाख संस्थाको खातामा बाँकी छ,'घिमिरेले भने, 'सिकाउने मानिस नभएर कागजपत्र दुरुस्त राख्न नसकेको देखिन्छ।' उनका अनुसार ६० भन्दा बढी केटाकेटी र बुढापाकाका लागि संस्थामा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ।'बुढापाकाको औषधिउपचारमा प्रशस्त खर्च देखिन्छ,' उनी भन्छन्, 'एकजना वृद्धाको अपरेसन गरेर बीस किलोको ट्युमर झिकेको कागज समेत छ।' स्कुलहरुले फि माफी गरिदिए पनि ड्रेस, कापी कलम, औषधि उपचार खर्च पनि महँगो नै हुने दिलशोभा बताउँछिन्। अनुगमन गर्ने निकायले आर्थिक पारदर्शितामा आजसम्म प्रश्न उठाएको देखिन्न। बालकल्याण वा समाज कल्याण परिषद्ले आजसम्म हिसाबकिताब वा लेखा परीक्षणमाथि प्रश्न उठाएका छैनन्। दिलशोभाले पनि हिसाबकिताब पारदर्शी र दुरुस्त राख्न शुभेच्छुकहरुले दिएको सुझाव कार्यान्वयन गरेकी छैनन्। उनले व्यवस्थापन गर्न नजानेर त्यसो गरिन् वा नियतवश गरिन्, सबै जाँचपडताल नगरी भन्न कठीन छ। उनको संस्थाको खातामा खर्च भएर बचेको ६९ लाख रुपैयाँ देखिएको तथ्यले भने आमाको घरमा आएको स्रोत बालबच्चा र वृद्धको लालनपोषणमा खर्च नगरी व्यक्तिगत लाभ लिएको भन्ने आरोपको धेरै हदसम्म खण्डन गर्छ। - setopati
2021/10/23 01:17:58
http://www.nepalmother.com/2014/03/blog-post_2.html
mC4
गैंडाकोट जेसिज पर्यटन प्रर्बधन र पर्याबरण संरक्षणमा लाग्दै - पोखरा समाचार गैंडाकोट जेसिस ले आज शनिवार बिविध कार्यक्रम सम्पत्र गरेको छ । जस अन्र्तगत मौलाकालिका फेदीको बनमा पर्यावरण संरक्षणका लागी बृक्षरोपण गरी स्नेह मिलन कार्यक्रम गरेको हो । त्यस्तै पर्यटन प्रर्बधनका लागी गणेश मन्दििर परिशरमा सरसफाई गर्दै डस्बीन समेत हस्तान्त्रण गरेको छ । कार्यक्रममा गैंडाकोट जेसीज बर्ष २०१९ अध्यक्ष भानुभक्त रिमालले पर्यटनको बिकास र पर्याबरण संरक्षणको लागि यस्तो कार्यक्रम गरिएको बताउनुभयो । त्यस्तै उक्त्त कार्यक्रमका प्रमुख अतिथी रहेका बडा नं १ का अध्यक्ष हरीप्रसाद सापकोटाले जेसीजे गरेको यो कार्यक्रमले अन्यले पनि केही सिक्नुपर्ने र पर्यावरणको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जेसिजका पदाधिकारीहरु जनप्रतिनीधि लागायतको सहभागिता रहेको थियो भने सोहि कार्यक्रममा परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।
2019/03/19 08:14:07
http://pokharasamachar.com/?p=3867
mC4
ओमकार टाइम्स संचार गृह संचालनको लफडामा मुख्यमन्त्रीको जवाफसँगै अवरोध हट्यो - OMKARTIMES संचार गृह संचालनको लफडामा मुख्यमन्त्रीको जवाफसँगै अवरोध हट्यो आइतबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दलहरुले उठाएका विषयमाथि जवाफ दिँदै उनले आम संचार गृह संचालनको योजना विगतका बर्षहरुको निरन्तरता रहेको भन्दै उक्त योजना अनुसार संचार गृह संचालन गर्ने विषय नभई प्रदेश सरकारका छपाईका सम्पूर्णका काम गर्ने गृह भएको प्रष्ट पारे ।उनले प्रदेश सरकारको करोडौँ रकम छपाई सम्बन्धी काममा खर्च हुने देखिएकोले उक्त खर्च कटौती गर्न प्रदेश सरकारले सो शीर्षकमा छापाखाना संचालनको लागि १० करोड रुपैयाँ विनियोजन गरेको बताए ।यसअघि प्रदेश सरकार मातहत रहने गरी आम संचारगृह संचालनको योजना अघि सारिएको थियो । विपक्षी दलहरुले प्रेस स्वतन्त्रतामाथि नै हमला हुने भएको भन्दै उक्त विषयमा विरोध गरेपछि मुख्यमन्त्री पौडेलले आम संचार गृह स्थापनाको योजना रेडियो टेलिभिजन नभई छापाखाना भएको भन्दै आज प्रतिक्रिया दिएका छन् ।त्यस्तै उनले समय अभावका कारण बजेट कार्यक्रमका २ वटा पुस्तक वितरण भएको बताए ।प्रदेश सरकारले समय अभावका कारण तोकिएको समयमा योजनाहरु तयार गर्न नसक्दा ४ मन्त्रालयलाई एकमुष्ट बजेट दिएको र उक्त बजेट सबै सांसदहरुलाई समान रुपमा समावेश गरी विनियोजन गर्दा २ वटा पुस्तक प्रकाशन गर्नुपर्ने अवस्था आएको बताए । सो पुस्तकमा समावेश भएका योजनाहरुलाई प्रदेश सरकारले आगामी साउन भित्रमा नै (पिएलएमबिआइएस) सिस्टममा समावेश गरी आधिकारीकता प्रदान गर्ने उनको भनाइ छ ।विद्युतीय बस खरिद प्रक्रियामा भने चार्जिङ स्टेशन लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरेर मात्रै बस ल्याउने तयारीका साथ प्रदेश सरकारले खरिद प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।तत्कालका लागि काठमाडौं उपत्यकामा २० वटा बस संचालन गर्ने योजनासहित भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र अन्य १० वटा बस काठमाडौं, धादिङ, चितवन, हेटौंडालगायतका ठाउँहरुमा संचालन गर्ने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पौडेलले बताए । उनका अनुसार काठमाडौं उपत्यका बाहिर तत्काल ४ वटा ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने, जसमध्ये २ वटा फास्ट चार्जिङ सिस्टम र २ वटा स्लो चार्जिङ सिस्टम रहने छ ।स्लो चार्जिङ सिस्टमका लागि ठूलो क्षेत्रफल आवश्यक पर्ने भएकोले जग्गा खोजीको काम जारी रहेको र जग्गा प्राप्त भएलगत्तै प्रदेश सरकारले अन्य कुनैपनि काम गर्न नपर्ने सबै नीजि क्षेत्रले गरिदिने उनको भनाइ छ ।चार्जिङ स्टेशन निर्माण गर्न बस खरिद अनिवार्य रहेकोले खरिद प्रक्रिया सुरुमा गर्नुपरेको उनले बताए । त्यस्तै सशर्ततर्फको अनुदान माग अनुसारको योजना नभई सप्लाइको योजना भएकोले यसमा प्रदेश सरकारले कुनै भेदभाव नगरेको उनले बताए ।केन्द्रीय सरकारले पठाएको उक्त अनुदान रकम स्थानीय तहसंगको सहकार्यमा वितरण हुने भएकोले यसमा पक्षपातको कुनै अवस्था नरहेको भन्दै औचित्य नभएका अनुदानका कार्यक्रम सच्याउन प्रदेश सरकार तयार रहेकोले प्रष्ट हिसाबले स्थानीय तहहरुले योजनाहरु पठाउन उनको आग्रह छ । मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ दिएसँगै विपक्षीले गर्दै आएको प्रदेशसभाको अवरोध हटेको छ ।
2021/08/05 02:12:52
https://www.omkartimes.com/archives/50301
mC4
जाजरकोट , ११ असोज । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाहरु सामूहिक फूलखेतीमा लागेका हुन । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका छन । पहिलो चरणमा छ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताए । "विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियांै, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौँ," उनले भने । वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालीम लिएपछि काम गर्ने हौसला मिलेको उनी बताउँछन । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताए । नेपालमा पर्याप्त नहुँदा भारतबाट वर्षेनी फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठको भनाई छ । विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा फूलको खेती गर्ने लक्ष्य युवाहरुको छ । सामूहिक फूलखेतीमा लागेका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताए। युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ । पहिलो चरणमा तिहारलाई लक्षित गरी रु एक लाखको लगानीमा फूलखेती शुरु गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उनले सुनाए । चितवनबाट रु ६० हजारमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ । "अर्को वर्षदेखि आफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं," उनले भने । शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग गर्ने बताए । । "फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने वर्षेनी ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ," रेग्मीले भने ।
2020/04/08 02:47:59
https://www.koshionline.com/2019/09/28/160444.html
mC4
मेलम्ची विनाशको कारण बहुप्रकोप भएको दुई अध्ययनको निष्कर्ष :: मनोज सत्याल :: Setopati तस्बिर : अजिता ढकाल दुई वटा फरक-फरक अध्ययनले मेलम्चीको विनाश बहुप्रकोप (मल्टी हाजार्डस्) ले निम्त्याएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनले मलेम्ची विनाशको श्रृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरूआत भएको देखाएको छ। इसिमोडको अध्ययनले मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ असार १ गते अघि धेरै मात्रा पग्लिएको देखाएको छ। इसिमोडको रिपोर्ट : इसिमोडले माथिल्लो याङ्ग्री खोलाको सिरानमा रहेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको जनाएको छ। लगत्तै परेको पानीले (रेन अन स्नो) हिउँ पगाल्न सहयोग पुर्‍याएको इसिमोडको रिपोर्टमा उल्लेख छ। मेलम्चीको बाढीको केही दिनअघि जेठको २८ गतेदेखि उक्त क्षेत्रमा ठूलो पानी परेको थियो। इसिमोडले स्याटेलाइटबाट पनि पानी परेको पुष्टि गरेको छ। जल तथा मौसम विभागले पनि मेलम्ची बाढी अघि त्यहाँ पानी परेको उल्लेख गरेको थियो। इसिमोडको अध्ययनले वर्षा र हिउँ पग्लिएपछि ग्लेसियरले जम्मा गरेको बालुवा सहितको गेग्रिन बग्न (इरोजन) थालेको उल्लेख गरेको छ। इसिमोडले पेम्दिङ खोलाको झण्डै ७० हजार मिटर स्क्वायर क्षेत्रफलमा त्यस्तो बग्ने काम भएको जनाएको छ। इसिमोडले यसरी पेम्दिङ खोला क्षेत्रमा भएको हिउँ पग्लने, वर्षासँगै गेग्रिन बग्दा त्यहाँ रहेको सानो आकारको हिमताल समेत फुटेको उल्लेख गरेको छ। इसिमोडले वैशाख २९ गतेको स्याटेलाइट इमेजमा त्यहाँ रहेको सानो हिमताल वरिपरि हिउँले ढाकेको देखिएको र असार १ गतेको घटनापछि असार ९ गते लिइएको स्याटेलाइट इमेजमा त्यो ताल नदेखिएको जनाएको छ। उक्त तालसँग ताल बनाउने ढुङ्गा बालुवा (मोरान) बगेको इसिमोडको रिपोर्टमा उल्लेख छ। इसिमोडले २७ सय ६१ मिटर स्क्वायरको हिमताल पेम्दाङ खोलाको सिरानमा देखिएको जनाएको छ। तस्बिर : इसिमोडको रिपोर्ट । 'वर्षासँगै सुरू भएको भेलबाढीले हिमतालको लेकमा जम्मा भएको पानी बाहिर निकालेको र त्यो ताल नै भत्काएको देखिन्छ', इसिमोडको रिपोर्टमा भनिएको छ, 'अथवा त्यो तालमा पानी धेरै जम्मा भएकाले फुटेको हुनसक्छ। त्यसका लागि अझै गुणस्तरका फोटोको अध्ययनबाट मात्र यकिन गर्न सकिन्छ।' इसिमोडको अध्ययन टोलीको नेतृत्व गरेका अरुणभक्त श्रेष्ठले मेलम्चीको विनाशको कारण पानी, हिउँ र त्यसले सृजना गरेको पहिरोले भएको देखिएको बताए। 'यो जेलिएको छ। हिउँ पग्लिएको छ। पानी परेको छ। सानो लेक पनि फुटेको छ', श्रेष्ठले भने, 'श्रृंखलाबद्ध घटनाको संयुक्त असर हो।' उनले मेलम्चीको सिरानमा रहेको भ्रेमाथाङ क्षेत्रमा गएको पहिरोले पनि तल्लो तटीय क्षेत्रमा असर पारेको बताए। 'यहाँ एकमा एक जोडेर दुई भएन बरु तीन अथवा चार भयो', श्रेष्ठले भने, 'भ्रेमाथाङमा पुराना ग्लेसियरहरूले जम्मा गरेको बालुवा मिश्रित लेदोहरू बगेको छ। त्यसपछि खोला थुनिने र फुट्ने अनि त्यसले त्यहाँका भिरहरूको (टो कटिङ) तल्लो भाग काटिएको छ। जसले विकराल अवस्था बन्यो।' इसिमोडले भ्रेमाथाङ क्षेत्रबाट साढे ५ किलोमटर तल र ताल फुटेको ठाउँभन्दा झण्डै २ किलोमिटर तल पहिलादेखि नै पहिरोले बनाएको ताल रहेको उल्लेख गरेको छ। मेलम्ची जलाधार क्षेत्रमा रहेको सानो आकारको हिमताल । तस्बिर : गुगल म्याप झण्डै ९ सय ५० मिटर लामो त्यस्तो तालमा माथिबाट आएको भेलबाढी मिसिएको र त्यसले गर्दा नदीको छेउछाउमा कटान र पहिरो गएको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसले उत्पन्न गरेको उच्च गतिले नदी किनारामा पहिरोहरू खस्दै गएको अध्ययनमा देखिएको छ। जसले नयाँ नयाँ पहिरो गएको र तल्लो तहसम्म असर पारेको श्रेष्ठले बताए। अध्ययनले भूकम्पको कारण पनि हिमाली क्षेत्रमा अहिलेको असर देखिएको हुनसक्ने सम्भावना नकारेको छैन। मेलम्चीको सिरानमा ग्लेसियरले निर्माण गरेको थुप्रै गेग्रिन रहेको रिपोर्टमा उल्लेख छ। 'टिपरले गिट्टी खन्याए जस्तो सामग्री त्यहाँ छ। जुन ग्लेसियरका कारण बनेको हो', श्रेष्ठले भने, 'यसपटक त्यहाँ मुसलधारे वर्षा परेपछि बग्न थालेको देखिन्छ। हिउँ पर्दा त्यो अडिएको हुन्थ्यो। यसपटकको मुसलधारे वर्षालाई हामीले हिमाली क्षेत्रको बदलिँदो आयामका रूपमा लिएका छौं।' इसिमोडले जस्तै नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको अध्ययनले पनि मेलम्चीको विनाशको कारणलाई बहुप्रकोपीय (मल्टी हाजार्डस्) भनेको छ। नेपाल इन्जिनियर्सको रिपोर्ट : बाइस जना इन्जिनियरको टोलीको नेतृत्व गरेका इन्जनियरिङ अध्ययन संस्थानका प्राध्यापक विष्णु पाण्डेले कुनै एउटा कारणले मात्र मेलम्चीको विनाश निम्त्याउन नसक्ने अध्ययनको निष्कर्ष रहेको बताए। 'हामीले गोर्खा भूकम्प, वर्षा, हिमताल, पहिरोले ताल बन्ने घटना सहितका ६ वटा कारणबारे अध्ययन गरेका छौं', पाण्डेले भने, 'वर्षाका कारण त्यो घटनाको सुरूआत भएको देखिन्छ। तर पानी नै सबै कारण होइन।' असार १ गते अघि लगातारको वर्षाले त्यस क्षेत्रको जमिन गह्रुंगो भएको र खसेको देखिन्छ', पाण्डेले भने, 'हिमताल फुटेर भएको भन्ने हामीलाई लाग्दैन। त्यो क्षेत्रमा साना आकारका ४ वटा हिमताल देखिन्छन्। तर त्यो विनाशकारी हुने खालका थिएनन्।' पहिरोले नदी थुनिएर ताल बन्दामात्र पनि यत्रो घटना हुने नदेखिएको पाण्डेले बताए। 'आधा वा एक घण्टा नदी थुनिएर यत्रो विनाश हुने अवस्था हैन, आधादेखि एक घण्टा नदी थुनिएर जम्मा हुने पानीले विनाश निम्त्याउन सक्दैन', पाण्डेले भने, ' तर यो पनि मुख्य कारण लाग्दैन।' उनले मेलम्ची बजारसम्म विनाश ल्याउन सक्ने घटनाका लागि यी सबै घटनाको जोड आवश्यक हुने बताए। मेलम्ची जलाधार क्षेत्रको सिरानमा असार १ गते अघि देखिएको हिउँ । तस्बिर : इसिमोड । 'पानी पर्दा जमिनको माटो र बालुवाको ओजन बढेर पहिरो गयो, त्यसपछि पहिरोले नदी थुनियो। जमेको पानी खुल्दा गति बढ्यो। भिरालो ठाउँ भएकाले त्यो पानीको ऊर्जा उत्पन्न भयो', पाण्डेले भने, 'तलतिर आउँदा खोला किनारा (बेड र ब्याङ्क) लाई कोपर्दै(स्काउरिङ) खोतल्यो। त्यसपछि मात्र मेलम्ची पुरिन सक्ने लेदोसहितको भेलबाढी आएको हाम्रो बुझाइ हो।' इन्जिनियर्स एसोसिएसनले विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीको रिपोर्टले उक्त क्षेत्रमा क्लाउड ब्रस्ट नभएको ठहर गरको छ। 'मेलम्ची खोलाको विनाशकारी घटना बहुप्रकोपीय देखिन्छ। यस्ता घटना नेपालको हिमाली क्षेत्रमा लगातार भइरहेका छन्', एसोसिएसनले तयार गरेको रिपोर्टमा भनिएको छ, 'सिन्धुपाल्चोकका जलाधार क्षेत्रमा सन् २०१४ यता यस्ता घटना भएका छन्। यस्ता घटनामा सन् २०१५ मा आएको भूकम्पले गर्दा उत्पन्न भएका पहिरोहरूले सघाउ पुर्‍याएका छन्।' मेलम्चीमा असार १ गतेको भेलबाढीले ११ जनाको ज्यान गएको थियो। उक्त घटनामा २५ जना बेपत्ता छन्। घटनामा परी पुल, स्कुल, होटल लगायतका संरचना गरी अर्बौंको क्षति भएको छ। *यसअघि समाचारमा प्रयोग गरिएको इन्जनियर्स एशोसिएशनको रिपोर्टमा रहेको तस्बिर हटाइएको छ। तस्बिर प्रयोग गरिएकोमा क्षमा चाहान्छौँ। -सम्पादक
2022/01/27 16:43:44
https://www.setopati.com/social/245054
mC4
'भारतको दबाबसामु सरकार लम्पसार पर्थो भनेर गाली गर्नुभन्दा गमलामा एउटा खुर्सानी रोपे हुन्छ' | 'भारतको दबाबसामु सरकार लम्पसार पर्थो भनेर गाली गर्नुभन्दा गमलामा एउटा खुर्सानी रोपे हुन्छ' कर्पोरेट नेपाल , २६ असार २०७६, बिहीबार २६ असार २०७६, बिहीबार काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कम्युनिकेसन ग्यापका कारण प्रधानमन्त्री झुक्किएको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले तरकारीको बिषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्रबारे कम्युनिकेसन ग्याप हुँदा बेखबर हुनुपरेको बताएका ह्न् । पत्रकार सम्मेलनमा 'प्रधानमन्त्रीलाई बुमराहमा राखेर देश कसले चलाइरहेको छ' भनेर सोधिएको प्रश्नमा उनले भने, 'संवैधानिक व्यवस्थाअनुसार देश चलाउने प्रधानमन्त्रीले नै हो। तर यहाँ विभिन्न निकाय र विभाग हुन्छ । कहीँ कहीँ कम्युनिकेसन ग्याप हुनसक्छ ।' कसैले झक्याउँछ भने त्यसमा प्रधानमन्त्रीको दोष हुन्छ र ? भन्दै बास्कोटाले प्रधानमन्त्रीको गल्तीको प्रतिरक्षा गरे । उनले तरकारीको विषादी परीक्षण, मेलम्ची खानेपानी आयोजना, चिनी प्रकरणमा प्रधानमन्त्री ओली झुक्किएको स्वीकार गर्दै उनले त्यसमा प्रधानमन्त्री दोषी नरहेको बताए । तरकारीको परीक्षण रोक्न भारतीय दूतावासको पत्र परराष्ट्र मन्त्रालयमा आइसक्दा पनि कहाँको पत्र ? के को पत्र ? भन्दै ओलीले कुनै पत्र नआएको जिकिर गरेका थिए । मिडियाले उक्त पत्र नै सार्वजनिक गरेपनि उनले सार्वजनिकरुपमै बिहीबार माझी मागेका थिए । झुक्याउनेलाई लगेर रुखमा झुण्ड्याउन मिल्दैन भन्दै मन्त्री बास्कोटाले प्रधानमन्त्रीलाई जानकारी दिनेले कमजोरी गरेको बताए । उनले आफूले सञ्चार मन्त्रालयअन्तर्गतका गतिविधि सूचना विभागको महानिर्देशकलाई सोध्ने गरेको बताउँदै मन्त्री तथा प्रधानमन्त्रीको सुचनाको स्रोत कर्मचारी नै भएको र यस विषयमा कर्मचारीबाटै कमजोरी भएको तर्क गरे । मन्त्री बाँस्कोटाले तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्ने कुनै देशप्रति लक्षित विषय नभएको बताउँदै विश्व व्यापार संगठनले नै विषादीमा खाद्य र अखाद्य वस्तु बनेर स्पष्ट उल्लेख गरेको र संगठनमा भएका सबै देशले पालना गर्नुपर्छ भनेको बताए । विषादी परीक्षण नेपालले मात्रै नभएर भारतले पनि गर्न पाउने बाँस्कोटाको भनाई छ । उनले विषादी परीक्षणको मुद्दालाई राष्ट्रसंघसँग नजोड्न आग्रह गर्दै भने, 'फेसबुकमा सरकार भारतसामु लम्पसार पर्यो भनेर लेख्नुभन्दा गमलामा एउटा खुर्सानीको बोट रोप्ने अभियान चलाऔं।'
2019/11/21 07:11:10
https://www.corporatenepal.com/2019/07/128493/
mC4
ज्वरो आएर उपचार गर्न फेवासिटी आएका ३ जनामा कोरोना - NepalDut NepalDut पोखरा महानगरमा कोरोना संक्रमितको संख्या बढदो छ । मंगलबार पोखरा महानगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ५ को एक सहकारीमा काम गर्ने महिला ३८ वर्षीया महिला र उनका ११ वर्षीय छोरामा कोरोना पुष्टि भएको छ । उनीहरु ज्वरो आएपछि उपचारका लागि फेवासिटी हस्पिटल नागढुंगा गएका थिए । उनीहरु अहिले मेडिकल वार्डको क्याबिनामै छन् भने उपचारमा संलग्न २ डाक्टर क्वारेन्टिनमा बसेका छन् । यस्तै, पोखरा २७ का ३० वर्षीय संक्रमित पुरुष सिद्धार्थ बैंकका कर्मचारी हुन् । पोखरा १७ की ४५ वर्षीया महिला क्वारेन्टिनमा रहेकी नभएर समुदायकी भएको खुलेको छ । उनी पनि ज्वरो र रुघा, खोकी लागेपछि उपचारका लागि फेवासिटी पुगेकी थिइन् । उनको बारेमा विस्तृत विवरण संकलन र खोजपड्ताल जारी रहेको स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए । फेवासिटीमा आएका बिरामीको स्वाब कलेक्सन गरी उठाउने व्यवस्था रहेकाले संक्रमित देखिएको अस्पतालका निर्देशक दिनेशबाबु खड्काले बताए । संक्रमितहरुको उपचारमा संलग्न डाक्टर, नर्स र कर्मचारीहरुका लागि क्वारेन्टिनको व्यवस्था अस्पतालले नै गरेको उनले जानकारी दिए । निर्देशक खड्काले अरु बिरामी र अस्पतालमा कुनै खतरा नभएको उनले प्रष्ट गरे । उनले भने, 'सबै अस्पतालले स्वाब कलेक्सन गरी जाच्न पठाउनुपर्छ । हामीले सुरक्षाका सबै प्रोटोकल अपनाएका छौं ।' गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।
2021/04/18 09:27:12
https://nepaldut.com/2020/08/11/59367/
mC4
दोस्रो लहरको कोरोना कहर: 'गम्भीर बिरामीलाई बचाउनै मुस्किल' | Nagarik News - Nepal Republic Media दोस्रो लहरको कोरोना कहर: 'गम्भीर बिरामीलाई बचाउनै मुस्किल' १२ वैशाख २०७८ ३ मिनेट पाठ कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। '१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,' उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। 'धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,' उनले भने। 'मापदण्ड पालना गराउने काम स्वास्थ्य मन्त्रालयको मात्र हैन, हरेक निकायको हो, अहिले पनि सीमा नाका खुलै छन्, सार्वजनिक बस, सभाजुलुस, भोजभतेरमा कमी आउन सकेको छैन,' उनले भने। यी सबै निकायलाई कडाइपूर्वक मापदण्डभित्र ल्याउन सके मात्र संक्रमण रोक्न सकिने अधिकारीको सुझाव छ। उनले दोस्रो लहरको कोरोना संक्रमण पहिलोभन्दा जटिल रूपमा आएकाले लकडाउनतिर नगई जनताको ज्यान बचाउने स्थिति नरहेको संकेत गरे। 'मान्छेको आर्थिक गतिविधिभन्दा जीवन बचाउनु अहिलेको स्थितिको माग हो, सम्बन्धित निकायले ध्यान दिनुपर्ने बेला आएको छ,' उनले भने। थप २२ जनाको मृत्यु कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतकमध्ये आठजनाको गत २४ घन्टाभित्र मृत्यु भएको हो भने १४ जनाको दुईतीन दिनभित्रै मृत्यु भएको हो। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ। नेपालमा हाल कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत पुगेको छ। मृत्यु हुनेमा युवा र वृद्ध दुवै उमेर समुहको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणदर ३० प्रतिशत बढी गत २४ घन्टामा नेपालमा संक्रमण दरमा वृद्धि भई ३० प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले वृद्धि भई ३० पुगेको हो। गत २४ घन्टामा परीक्षण भएका ८ हजार ८ सय ६८ वटा नमुनामध्ये २६ सय १९ जना एकै दिन संक्रमित भएका हुन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। तीमध्येमा १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये २ सय १३ जनाको आइसियुमा, ६९ जनाको आइसियुमा र १ हजार ३ सय १६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।
2021/06/25 07:49:12
https://nagariknews.nagariknetwork.com/health/508601-1619313622.html
mC4
के यी नेताहरुले ओली समक्ष आत्ममसर्पण गरेकै हुन्?योगेश भट्टराईले गरे यस्तो खुलासा – Classic Khabar के यी नेताहरुले ओली समक्ष आत्ममसर्पण गरेकै हुन्?योगेश भट्टराईले गरे यस्तो खुलासा August 23, 2021 71 लामो समय माधव नेपालको पक्षमा रहेका नेताहरुले अब एमालेमा तेस्रो धार जन्माउन सक्ने आँकलन गरेकै बेला अचानक अध्यक्ष केपी शर्मा ओलीसंगै रहने संकेत देखिएको छ । सोमवार गरिएको निर्णायक वार्तापछि सचिव योगेश भट्टराईले यस्तै संकेत गरेका छन् । उनले अध्यक्ष ओली निकै सकारात्मक देखिएको मात्र भनेनन् माधव नेपालको साथमा रहेकाहरुलाई पनि फर्कन आग्रह गरे । उपाध्यक्ष भीम रावलसहितका नेताहरु निर्णायक वार्ता भन्दै सोमवार ओलीसंग भेटघाट गर्न बालकोट पुगेका थिए । बैठकमा महासचिव इश्वर पोखरेल पनि सहभागी भएको बताइएको छ । बालकोटमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गरेको जानकारी दिए । भट्टराईले भने, 'अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु ।' भट्टराईले माधव नेपाल दल दर्ताबाट एमाले एकतामै फर्किए कारवाही फिर्ता हुने समेत जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीसँग भित्री सम्झौता गरेर उनीहरुले आत्मसमर्पण गरेको विश्लेषण हुन थालेको छ । ओलीले २ जेठ २०७५ को अवस्थामा पदाधिकारीका रुपमा रहन भनेपछि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतले एमालेमै रहने निर्णयमा पुगेका हुन् । जेठ २ अघिको अवस्थामा जो जुन पदमा थियो त्यो पद यथावत रहने कुरामा ओली सहमत भएको बताइएको छ । यो समूह विगतमा माधव नेपालको साथमा रहँदै आएको थियो । नेपालले एमाले विभाजन गरेपनि उनीहरुले साथ दिएका थिएनन् । अब बस्ने स्थायी कमिटी बैठकमा पनि रावलसहितका नेताहरु सहभागी हुने भएका छन् । ९ भदौमा एमालेको विभाजनबारे निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्नु अघि विगतमा माधव नेपाल पक्षमा रहेर फुटेको पार्टीमा नगएका नेताहरुले कित्ता अझ स्पष्ट पारेका हुन् । उनीहरुले अब एमाले नफुट्ने सन्देश समेत प्रवाह गरेका छन् । Prevयी तिन जना झापालीले गरे यस्तो काम , पैसा कमाउने उनीहरुको आइडिया देखेर प्रहरी नै पर्यो चकित ! Nextश्रीमान श्रीमतीले झ गडा गरिरहेको ठाउमा मिलाउन खोज्दा जादा …. भाग्य न्यौपानेको घर पुग्दा बुबाको कुराले सबैको मन रोयो,चोर हुन्छ भन्थे भन्दै भक्कानिए बुबा' (भिडियो सहित)
2021/12/06 14:34:28
https://classickhabarnepal.com/archives/7413
mC4
श्रममन्त्रीका ३ चुनौती | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका ← सिन्धुपाल्चोक सेवा समाज कुवेतको अधिवेशन सम्पन्न अध्यक्षमा बिकाश तामाङ गोले नेपालको अबको लक्ष्य ५० ओभरको विश्वकपः पारस खड्का → काठमाडौँ — ऊर्जामन्त्री हुँदा लोडसेडिङ घटाएर चर्चामा आएका गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रश्न उब्जिएको छ, 'के उनले आफ्नो प्रतिष्ठा जोगाउन सक्लान् ?' बेथितिले भरिएको श्रम मन्त्रालयको जिम्मेवारीमा जति श्रममन्त्री आए, अपवादबाहेक सबै आर्थिक रूपमा विवादमुक्त हुन सकेनन् । वैदेशिक रोजगारीको व्यवस्थापन र विदेशमा कार्यरत ४० लाख नेपालीको हित सुरक्षाका पक्षमा उनले देखिने गरी नतिजा देखाउने अवसर छ । आन्तरिक श्रम बजार र श्रमिकको हित हुने गरी सामाजिक सुरक्षाको काम गर्नुपर्ने भए पनि विष्टको सबभन्दा बढी समय वैदेशिक रोजगारको व्यवस्थापनमै खर्च हुनेछ । 'अशिक्षित, अदक्ष र आर्थिक रूपमा अति कमजोर परिवार वैदेशिक रोजगारी गइरहेका छन्,' कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले भने, 'सबैले आशा गरेका र राम्रो छवि बोकेका व्यक्तिलाई श्रममन्त्रीका रूपमा पाएका छौं । उहाँबाट असुरक्षित, अव्यवस्थित र अमर्यादित रहेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह हुने आशा छ ।' विष्टसामु मुख्य गरी कामदारको स्वस्थ भर्ना, न्यायमा कामदारको पहुँच र भ्रष्टाचारमुक्त श्रम प्रशासन बनाउन ठूलो चुनौती छ । यसलाई सही बाटोमा ल्याउन ठूलै आँट र मिहिनेत चाहिन्छ । 'उनको प्रतिष्ठा नै असुरक्षित आप्रवासनसँग जोडिएको छ' मिश्रको अनुभव छ । स्वस्थ कामदार आपूर्ति हरेक वर्ष नयाँ श्रम स्वीकृति लिएर झन्डै तीन लाख नेपाली खाडी तथा मलेसिया गइरहेका छन् । पुन: श्रम स्वीकति लिएकासमेत जोडदा ५ लाख नाघ्छ । यी कामदार एक हजार जति वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) मार्फत जान्छन् । गन्तव्य देशका सरकारहरू सधैं एउटै दाबी गर्छन्, 'नेपालकै म्यानपावरको गलत अभ्यासका पछाडि नै नेपाली कामदार ठगिनु, काम नपाउनु र बेइमान कम्पनीमा पर्नुको मुख्य कारण हो ।' मिश्रका शब्दमा स्रोतमै समस्या छ । नेपाली कामदारका अवस्था विषयमा अध्ययन गरेका राष्ट्र संघीय विशेष दूत फिलिप गान्जालेज मोरालेसको प्रतिवेदनमा उल्लेख छ, 'कामदारलाई शून्य लागतमा पठाउने नीतिलाई नेपालले कडाइका साथ लागू गर्न सकेन । यसको प्रभावकारी अनुगमन गर्ने संयन्त्र भएन । वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिने र शोषण गर्ने म्यानपावरमाथि शून्य सहनशीलताको नीति अख्तियार गर्नुपर्छ ।' श्रम मन्त्रालयले दुई वर्ष अगाडि घोषणा गरेको कामदारसँग १० हजारमात्र सेवा शुल्क लिने नीति असफल छ । म्यानपावरले डेढ लाख रुपैयाँसम्म लिई १० हजार रुपैयाँको मात्रै बिल थमाइरहेका छन् । 'कामदारको आपूर्ति प्रणाली निकै जटिल छ । उनीहरूले वैदेशिक रोजगारमा जाँदा औपचारिक र अनौपचारिक गरी ८ तहसम्मको एजेन्ट र एजेन्सीसँग सामना गर्नुपरेको छ,' प्रतिवेदनमा उल्लेख छ, 'स्पष्ट नभएका विभिन्न शीर्षकमा १ लाख ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपरेको स्थिति छ ।' मिश्रका अनुसार कामदार ठगिनबाट जोगाउने हो भने अनिवार्य रूपमा दूतावासमा कम्पनीको मागपत्र प्रमाणीकरण र सक्कली करारपत्र कामदारको हातमा थमाउन सक्नुपर्छ । पीडित कामदारलाई न्याय दिलाउन प्रस्ट ऐन, नियमावली र कार्यविधि मन्त्रीसामु छ । थप सुधार र व्यवस्थित गर्न ऐन संशोधनको अन्तिम प्रक्रियामा पुगिसकेको छ । राजनीतिक आश्रय (मन्त्रीसमेतको) मा हुर्केका कर्मचारीको व्यवसायी, दलालसँग मिलेमतोका कारण कामदारको समयमा उद्धार हुन सकिरहेको छैन भने उद्धार भएर फर्केका कामदारसमेत न्याय पाउनबाट वञ्चित भइरहेका छन् । पीडित भएर फर्केका कामदारलाई १० हजार रुपैयाँ मात्रै दिएर म्यानपावर उम्किरहेका छन् । शक्ति केन्द्रको दबाबमा विभागले ऐनअनुसार म्यानपावरमाथि जरिवाना र मुद्दा दायर गर्ने र लाइसेन्स नै खारेज गर्न सकिरहेको छैन । 'कतिपय म्यानपावरले तस्करी शैलीमा कामदार पठाउँछन् । कम्पनीले शोषण गर्छ,' खाडीका बहालवाला एक राजदूतले भने, 'पीडितको घाउमा मलम लगाउनुको सट्टा नुनचुक लगाइरहेको स्थिति छ । यस्तो विषयमा कसले बोल्ने ?' विदेशमा पुगेका कामदारको अधिकार प्रत्याभूत गराउने दायित्व श्रममन्त्रीको हो । विशेषदूत मोरालेसका अनुसार गन्तव्य देशमा पुगेका कामदारको अधिकार प्रत्याभूति गर्ने नेपालको भूमिका कमजोर छ । 'दूतावासका जिम्मेवार अधिकारीहरू कामदारका उजुरीलाई सम्बोधन गर्न वा सहयोग गर्न सक्षम छैनन्,' उनले भने, 'कामदारको कल्याणकारी वा कन्सुलर सेवा दिने संयन्त्रलाई मजबुत बनाउन आवश्यक छ ।' भ्रष्टाचारमुक्त श्रम प्रशासन वैदेशिक रोजगारको क्षेत्रमा महत्त्वपूर्ण सुधार गरेका विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार विष्टका सामुन्ने सुशासन नै मुख्य चुनौती हो । 'अव्यवस्थित र विवादित क्षेत्रलाई व्यवस्थापन गर्ने नेतृत्व गर्न पाउनु उहाँलाई ठूलो अवसर हो,' उनले भने, 'वैदेशिक रोजगार प्रशासन सुशासन अभाव भएको एउटा महत्त्वपूर्ण क्षेत्र हो । यो क्षेत्रमा यति धेरै थरीका मान्छे छन् कि उनीहरूको जालोलाई चिर्न नै हम्मेहम्मे पर्छ ।' भ्रष्टाचारले जरो गाडेको यो मन्त्रालय र यसअन्तर्गतका विभागको कार्यसम्पादनप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी उच्च छ । 'विभिन्न नाममा आउने स्वार्थ समूह बलिया छन् । फेरि अहिले कानुन संशोधन हुने चरणमा छ । यी स्वार्थ समूह यस्तो बेला बढी हावी हुन खोज्छन्,' उनले भने, 'यस्तो बेला भ्रष्टाचारलाई चिर्न सक्नुपर्छ ।' पूर्वराजदूत मिश्रले श्रममन्त्री र सचिवको चाहनाले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसकिने बताए । 'आस्थाका आधारमा एमाले र माओवादीनिकटका म्यानपावरहरू पनि छन् । उनीहरूको प्रभाव वा दबाबमा विष्ट पर्छन् कि पर्दैनन् ?' मिश्रले भने, 'मन्त्रीले दबाबको सामना गर्दै यी चुनौतीलाई चिर्न सके गरिब जनताका लागि वैदेशिक रोजगार आकर्षक र सुरक्षित हुनेछ ।'(कान्तिपुर )
2021/04/11 10:37:18
https://kuwaitnepal.com/2018/03/18/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A5%A9-%E0%A4%9A%E0%A5%81%E0%A4%A8%E0%A5%8C%E0%A4%A4%E0%A5%80/
mC4
२४ असार, माए साय, थाइल्याण्ड । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए । उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ । छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए । बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ ।
OSCAR-2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको महाअभियानमा सहभागी हुन आहृवान गरेका छन् । वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील रहेको बताएका छन् । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन भन्ने कुरामा हामी हरेक क्षण सजग [ ]
OSCAR-2019
सुम्निमा कलेक्सनको सांस्कृतिकमोह – Tesro Ankha सुम्निमा कलेक्सनको सांस्कृतिकमोह 'वाबु (चिन्डो) ले पनि तारन्तार बोलाइरहन्छ,' जेरोन इन्फोसिस म्यानेजिङ डाइरेक्टर सुमन राईले ताल्छिखेल, ललितपुरको 'सुम्निमा कलेक्सन' पुगेपछि हँसाए । राई चिन्डो हेर्ने रहरले बारम्बार त्यहाँ पुग्दारहेछन् । खोटाङका रमेश राईलाई पनि जाउँजाउँ लागिरहेको रहेछ । एकै थलोमा किराती मौलिकता हेर्न र किन्न पाइने भएकाले धेरैलाई कलेक्सनले तानेकोे छ । कटुन्जे–४, भोजपुरका कपिल राईले निकै खोज–अनुसन्धानपछि सुम्निमा कलेक्सन खोलेका हुन् । यहाँ आउनेलाई चिन्डोले निकै ताने पनि राईका लागि यो 'स्टोर रुम' रहेछ । चिन्डोको गलामा यलम्बर (टुङ) बाजा जन्तरजस्तै झुन्डिएको छ । यसको गालाभरि प्वाँलो, खुर्मी, बिनायो, मुर्चुङ्गाहरू गहना भएर झुन्डिएका छन् । राईले चिन्डोको घाँटीमा बनाएको झ्यालबाट खुकुरी, कठुवा, चौंरीको पुच्छर फुतुफुतु निकाल्दै भने, 'भित्र पनि चिन्डोले धर पाएको छैन ।' गायिका जानुका राईका अनुसार सहरमा हुर्केका पछिल्लो पुस्तालाई आफ्नो मौलिक पहिचान गराउन कलेक्सनले निकै सहयोग गरेको छ । कम्पनी रेजिहारी, पेजुरी, कुची, सुनाखरीलाछा, शिरफूल, कल्ली, बुलाकीले मन तानेजत्तिकै छिटको गन्यू, ढाकासल, फेटा, अल्लोको कोटहरूले मन तान्दोरहेछ । सङ्ग्रहालयमा हेर्नमात्रै पाइन्छ तर यहाँ भने बिक्रीकै लागि स्टल बनाइएको छ । त्यसैले होला कलेक्सनका सञ्चालक कपिल राईले यसको स्लोगन 'कल्चरल स्तुफ विद मोडानिटी' राखेका । राईले किराती मौलिकताको खोजीमा सिक्किम, दार्जिलिङदेखि ताप्लेजुङ, पान्थर हुँदै ओखलढुंगा तथा सोलुका कुनाकुनासम्म पुगेको अनुभव सुनाए । धजुरा (फुर्की) देखाउँदै उनले भने, 'यो माझकिरातीले लगाएको देखेको थिएँ । नमुनाका रूपमा ल्याएँ । आफैं बनाएर साथीहरूको कोटमा सिउँरिदिन्थें । पछि त किन्न थाले । हिजोआज यसको माग धेरै छ ।' यो अनुभवबाट उनी व्यावसायिक भएरै मौलिक सम्पत्तिको प्रवद्र्धन गर्न सकिने ठाउँमा पुगेका रहेछन् । राईले धनुकाँडको मौलिक नमुना पनि सङ्कलन गरेका रहेछन् । तर, बनाउन नसकेको उनको गुनासो छ, 'नमुना दिएर पनि कसैले बनाउन सकेन । विदेशबाट धनुकाँडको धेरै माग छ ।' गायिका राईका अनुसार सुम्निमा कलेक्सनबाट सबैभन्दा बढी मौलिक सामान हङकङ जान्छ । अस्ट्रेलिया, अमेरिका, जापानतिर अहिले यसको नियमित ग्राहक छन् । विशेषतः किरात चाडबाडमा सुम्निका स्टाफलाई भ्याइनभ्याइ हुन्छ । मिस लिम्बू, मिस राईको प्रतियोगितामा सुम्निमा कलेक्सनबाट सामान धेरै बिक्री हुने गरेको छ ।
2019/09/15 22:43:03
https://www.tesroankha.com/3339/2018/03/06
mC4
कम्मर मुनिका र्यापरको रजगज | SouryaOnline डा. बद्रीविशाल पोखरेल २०७९ जेठ ८ गते ६:२४ मा प्रकाशित कला,साहित्य र संस्कृति जस्ता विषयमा पार्टीको हदै सम्मको उपेक्षाका कारण कम्मर मुनिका र्यापर गायकको समाजमा रजगज चलेको हो । हरदिन चुनावी गतिविधिको समीक्षा नगरेपछि गल्ती माथि गल्ती थपिन्छ । जनताको मनोभाव हामी र हाम्रा उम्मेद्वार प्रति केकस्तो छ भन्ने पटक्कै वास्ता नगर्दा एमाले हिँड्दैछ पाइला मेट्तैछ गरिरहेको देखिन्छ । जान्दा श्रीखण्ड नजान्दा अँगेनको दाउरो हुन्छ । जबजको मर्मलाई आत्मसात् गर्नेहरुले नै यसको लय बुझ्न सक्छन् । पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले उद्घोष गरेअनुसार स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने अवस्था देखिएन । यसमा गठबन्धन सरकार एमालेविरुद्ध अनेक किसिमले धाँधली गर्न लागिप¥यो । रुकुम र ताप्लेजुङ जिल्लामा हत्याहिंशा हुँदा समेत सरकारले मौन समर्थन ग¥यो, सरकाले नै कतिपय ठाउँमा एमाले उम्मेद्वार र मतदातालाई भयभीत बनायो । यसले गर्दा एमाले पक्षमा अपेक्षित परिणाम आउने देखिएन । धाँधली गरेको देखीदेखी अहिले हतारमा पार्टीले यो विषय उचाल्नु हुन्न थियो भन्ने सुब्बा गुरुङथरि नेताको बोली सुन्दा लाज लाग्छ । यस निर्वाचनमा ओलीले उल्लेख गरेझैँ जित हासिल नहुँदा बालको खाल उखेल्ने गरी एकाध एमाले नामधारी नेता अब कतिपय मिडियामा आगो ओकल्नेछन् । तिनको एउटै काम पार्टी र अध्यक्षलाई कसरी र कति खुइल्याउने भन्नेमा नै केन्द्रित रहने देखिन्छ । तिनले आफूलाई खुबै दूरदर्शी तथा सैद्धान्तिक नेताझैँ ठानेर ओलीले कम्युनिस्टहरुका बीच चुनावी गठबन्धन नगर्दा निर्वाचनमा हार व्यहोरेको डङ्का पिट्नेछन् । रावल र भुसालथरि ती नेताले निर्वाचनको सन्निकट पनि पार्टी अध्यक्षको बदख्वाइँ गरिरहेकै थिए, फेरि पनि गर्नेछन् । तिनले ओली सरकारले विगत सरकारका तुलनामा देश र जनता हितका गरेका अभूतपूर्व कामहरु त्यतिबेला उच्चारण गरेनन् र चुनाव प्रचारका बेला एकथोपो बोलेनन् । यस खालका चरम खोटी व्यवहार गर्दा पनि सहने ओलीलाई नेपाल गुटले अधैर्य भएर पार्टी विभाजन गरेको दोषारोपण गर्दा सुन्नेलाई लाज हुन्छ । यस्ता अराजक चिन्तन र चरित्र बोकेका नेता देखेर ओली र पार्टीको धैर्य अझै टुटेको छैन । शिशुपालले झैँ सयभन्दा बढी अपराध गर्न दिनका लागि पर्खिएको हो भने केही भन्नु छैन । तर अब भने पार्टीले बराला पाराका नेतालाई क्रमशः अङ्कुश लगाउन थाल्नुपर्छ । स्थानीय निर्वाचनका सुरुवाती दिनदेखि कम्तीमा सुरुदेखि नै पार्टी एकताबद्ध भएर लागेको भए परिणाम धेरै सकारात्मक आउने निश्चित थियो । ओली सरकार ढालेर एमाले सिध्याउने खेलमा दाहाल नेपाल टुप्पी कसेर लागे पनि सकेनन् । एमालेले केन्द्रबाट गठबन्धन गरेको भए यही निर्वाचनमा अझ खराव अवस्था आउने थियो । किनभने नेपाल दाहालको कुरुप उद्देश्य भित्रबाट होस् वा बाहिरबाट होस्, भरिसक्के एमाले सिध्याउने नत्र अत्यन्त कमजोर पार्ने कुनियत थियो । यो कुरा बुझेर बुझ पचाएर बोल्ने सित के भन्नु र ? तर जनताको साथ समर्थन र विश्वास पाएको एमाले जनताकै सहयोगमा सशक्त र सबल बन्यो र बन्नेछ । जनमतकै हिसावले हेर्दा पनि थाहा हुन्छ । न्याय प्रेमी तथा देशभक्त जनताले एमाले विरोधी देशी विदेशी तप्कालाई तह लगाए । प्रतिक्रियावादी कित्ताका आचार्य थरि वरिष्ठ अधिवक्त समेत अरु कुनै देश जनता विरोधी ओलीका खोट नपाएर अहङ्कारी नेता भन्छन् । भातीय स्वार्थ अनकूलको गठबन्धन सरकारले झैँ भारतेली सबै थिचोमिचो लुरुक्क परेर नसहँदा ओली अहङ्कारी हुनु भएको भन्न खोजेको भए यो सोह्रैआना सही छ भीमार्जुनजी । एमाले भित्र नै विद्यमान आन्तरिक अन्तविरोधका कारण निर्वाचनमा अपेक्षित परिणाम आएन । यसको समाधान समाधान गर्न पार्टीबाट समयमै कुनै पहल नै भएन । त्यस बाहेक एमाले विरोधी अत्यन्त अराजक चरित्र र चिन्तनलाई तुरुन्तका तुरुन्त नछाँस्दा पनि त्यसले पन्पिने मौका पायो । झारपात रुपी विषले लहलहाउँदो बाली नाश गर्ने देखी देखी उपचार गरिएन । ओलीले लामो समयपछि एमाले पार्टीलाई जबजको लयमा फर्काउन खोज्नु भएको हो । तर अधिकांश नेतृत्वले भने जबजको लय बिर्सिन थालेको थियो । जबजले राजनीति वा राजकीय क्षेत्रमा राम्रो नेतृत्वलाई स्थापित गर्ने सोच राखेको थियो तर केही अपवाद छाडेर हालको एमाले नेतृत्व राम्रो होइन हाम्रो नेतृत्वलाई नगर प्रमुख वा उपप्रमुख र वार्ड अध्यक्षमा टिकट दिन चाहन्थ्यो र दियो पनि । यही कारण ओलीको वरिपरि प्रदक्षिणा गर्ने नेता पनि जात, जाति, थर, गोत्र, आफन्त मात्रै होइन टिकट दिन गोरु बेचेको साइनो खोजेर हिँडेका थिए । यसैले मुहानमा नै धमिलो पानी रसायो र देशै भरि फैलियो । एक पित्को पुरस्कार पनि नपाउनेहरु चुनावी कार्यक्रममा अहोरात्र खटिरहेको देखिन्छ तर त्यहीँ विराटनगरबाट बारबार पार्टी र सरकारबाट महत्वपूर्ण र महँगो औसर पाइरहने बुद्धिजीवी संकटका बेला देखिएनन् । तर तिनै हिजो र भोलि पनि राजदूत लगायत अनेक बन्न खान नेताका ढोका चहार्नेछन् र पाउनेछन् पनि । यसरी पार्टीमा कसैलाई ज्वाइँ सरह आजीवन मान, सम्मान,पदक र पुरस्कार दिइन्छ । अनि धेरैलाई गोठको गोठालो बनाउन खोजेपछि भित्रभित्रै चरम असन्तुष्टि बढेको छ भने प्रहरीले मुस्कान सेवा सुरु गरेको छ तर एमाले पार्टी र यसको अधिकांश नेताहरु स्रष्टा, लेखक र बुद्धिजीवीलगायत कार्यकर्ता र जनतासित ठस्के र चस्के व्यवहार गर्छन् । यस खालको अत्यन्त तिक्त र विरक्त बोली वचन र व्यवहार यही लेखकले भोगेको छ । तर माक्र्सवाद र जबज बुझेका कैयौँ नेता अगुवा कार्यकर्ता र बौद्धिक वैचारिक व्यक्तिहरु नुनिला आँसु पिएर यही पार्टीमा आबद्ध छन् । तर सातवटा खतबात सहेर कोही पनि व्यक्ति सिद्धान्त मात्र घोकेर सधैँ बस्दैन । कमरेड ओलीले भनेझै व्यक्तिगत इज्जत र आवरु यसै पार्टीमा रहन्छ कि भनेर मात्र बसिएको हो । तर यस पार्टीमा भाइरसको संङ्ख्या हिमाल चुली सम्म पुग्ने स्थिति देखियो । दसौँ महाधिवेशनमा अध्यक्ष ओलीले लिखित रुपमा प्रस्तावित गर्न लागेको सर्वसम्मत नामावलीमा टिपेक्स लगाएर लक्ष्मी गौतमको नाम कसरी कसकसको सहयोगमा थपियो ? यो सामान्य बात होइन । पार्टीैको माथिल्लै तहदेखि आफ्ना र आफन्तलाई पार्टीमा र स्थानीय प्रदेश र संघमा टिकट दिलाउने जबजको लय विरुद्ध काम कार्यबाही व्याप्त भएको देखिन्छ । त्यसैले अध्यक्ष लगायत केही नगण्य बाहेक अधिकांश नेताहरु जबजको लय विरुद्ध गतिविधि गरिरहेका छन् । तिनले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्ने जबजको उच्चतम आदर्श सिद्धान्त बिर्सेजस्तो छ । जननेता मदन भण्डारी पार्टीलाई प्रतिभाको फूलबारी बनाउने ध्याउन्नाका साथ मरिमेटेर लmाग्नु भयो । त्यसैले उहाँले पार्टी राजनीति र राजकीय क्षेत्रमा अयोग्य मध्ये होइन योग्य मध्ये योग्यतमलाई जिम्मेवारी प्रदान गर्न थाल्नु् भयो । तर उहाँको षडयन्त्रपू्रर्वक हत्या भए पछि माधव कुमार नेपालले भण्डारीको मान्यताका ठीक विपरीत पार्टी सञ्चालन गर्न थाले । यसैकारण उनको १५ बर्से कार्यकालमा पार्टी ओरालो हुँदै भिरालोतिर दौडिएको हो । यस खालको गम्भीर संकटबाट नवौँ महाधिवेशनबाट ओलीले पार्टीलाई सही दिशातिर फर्काउन थाल्नु भएको हो । नत्र नवौँ महाधवेशनमा नेपाल पार्टी अध्यक्ष भएका भए यो पार्टी पहिचान विहीन हुने निश्चित थियो । ओलीको उदयपछि पार्टी जबजको लयतिर उन्मुख हुन थालेको हो । तर लामो समयदेखि बेतालको लयमा बानी परेका अधिकांश नेताको बेहोरा स्थानीय तहमा टिकट दिने र दिलाउने क्रममा नै छरफस्ट भयो । यस्ता भद्दा दृश्य सुनसरी जिल्लाका अध्यक्ष र गौतम नामा केन्द्रीय सदस्यको मिलिभगतमा मनपरि गरियो । यसले कार्यकर्तामा व्यापक निराशा र आक्रोष सिर्जना ग¥यो । अतिचार गरेपछि चुनावी परिणाम नकारात्मक बन्यो । तर गर्न चाहँदा गर्न सकिन्छ । एउटै नेताले पनि सिङगो पार्टीलाई सकारात्मक प्रभाव पार्न सक्छ । एउटै चन्द्रमाले अन्धकार हटाउँछ । एउटै सूर्यले धर्ती झमल्ल पार्छ । जुन र जुनकिरीमा आकास पातालको फरक हुन्छ । एउटा पोथ्राले आफूलाई मात्रै ओत दिन्छ । समीको विशाल वृक्षले विशाल क्षेत्रलाई शीतलता प्रदान गर्छ । बुद्ध पनि मानिस हुन् ,हामी पनि मानिस नै हौँ तर कति फरक छ उद्देश्य र लक्षमा । आफू मिटाइ अरुलाई दिने पनि हुन्छन् र अरुलाई मिटाई आफैँ मात्र हसुर्ने पनि हुन्छन् । अहिले एमाले पार्टी आन्तरिक रुपमा अनेक खालका अन्तविरोधले ग्रस्त देखिन्छ । यसको एउटै ओखती एक मुस्कान मिजास र मिलन सारिताबाट घटाउन सकिन्छ तर यत्ति कुरामा पनि नेतालाई राम्ररी प्रशिक्षण नदिई जान्दैनन् । देशी विदेशीको तारो बनेको देश र जनताको हितका खातिर मरिमेटेर लाग्ने एउटै पार्टी एमाले हो । यस पार्टीलाई चौघेराबाट गरिएको आक्रमणलाई परास्त पार्न के.पी.शर्मा ओलीे नेतृत्व कौशल र सशक्त क्षमता महत्वपूर्ण मान्नु पर्छ । एमालेकै सरकारका देश र जन हितका अनेकन विकास निर्माणका कामहरुका यस पार्टीमा जनआकर्षण अत्यधिक बढेको देखिन्छ । तर चामल बेच्ने क्षमताका नेताहरुको अझै यस पार्टीमा कमी देखिन्छ । एमाले र ओली विरुद्धका प्रतिक्रियावादी ससाना आरोपहरुलाई तथ्य परक रुपमा शालिनतापूर्वक प्रभावकारी प्रतिवाद गर्ने नेताहरुको यस प्रदेशमा नै खडेरी देखिन्छ । जिल्ला स्तरमा त यस सबालमा सरमलाग्दो अवस्था देखिन्छ । पार्टी अध्यक्षले चुनावी माहौल तयार गर्न जुन अभियान सुरु गर्नु भयो । अब पार्टी र संगठनलाई क्रमशः गुणस्तरीय बनाउन लागिपरिएन भने यो खहरेजस्तै सुक्नसक्छ । यस कुरालाई बेलैमा विशेष ध्यान दिन जरुरी देखिन्छ । लामो समयदेखि थुप्रिएर रहेको सैद्धान्तिक, सांगठनिक तथा सिर्जनात्मक विचलन नै पार्टीको अहिलेको प्रमुख समस्या रहेको छ । कला,साहित्य र संस्कृति जस्ता विषयमा पार्टीको हदै सम्मको उपेक्षाका कारण कम्मर मुनिका ¥यापर गायकको समाजमा रजगज चलेको हो । हरदिन चुनावी गतिविधिको समीक्षा नगरेपछि गल्ती माथि गल्ती थपिन्छ । जनताको मनोभाव हामी र हाम्रा उम्मेद्वार प्रति केकस्तो छ भन्ने पटक्कै वास्ता नगर्दा एमाले हिँड्दैछ पाइला मेट्तैछ गरिरहेको देखिन्छ । जान्दा श्रीखण्ड नजान्दा अँगेनको दाउरो हुन्छ । जबजको मर्मलाई आत्मसात् गर्नेहरुले नै यसको लय बुझ्न सक्छन् । आफ्नो वर्ग, तह र समुदाय सिङ्गैलाई सबल र सक्षम बनाउने प्रतिस्पर्धालाई समाजवादी प्रतिस्पर्धा भन्निछ र यसको अभाव पार्टी नेताहरुमा पर्याप्त रुपमा पाइन्छ । सामन्तवादी र पुँजिवादी जस्तो आफूमात्र योग्य, सक्षम र पदयोग्य भन्ने पुँजिवादी प्रतिस्पर्धा नेताहरुमा प्रायः पाइन्छ । अहिले नै कतिपय त केन्द्रीय स्तरको औकात राख्न नसक्ने नेता केन्द्रीय सदस्य रहेको देखिन्छ । प्रतिभाको फूलबारी बनाउने र सबै प्रतिभालाई समान अवसर दिने कुरामा पार्टीले गम्भीर ध्यान दिनुपर्छ । पार्टीमा जीवनशैली र आचार र आचरण बदल्ने कुरा अहिलेसम्म गरिएको देखिएको छैन । सिद्धान्तअनुसार आफूलाई नै परिवर्तन गर्न नसक्ने नेता र पार्टीले देशमा आमूल परिवर्तन गर्ने कुरा फगत गफ मात्र हुनेछ । मनको मैलो साबुनलेझैँ धोएर जाँदैन । यसका लागि आत्मिक संस्कृतिका क्षेत्रमा गम्भीर तथा सघन प्रशिक्षण अपरिहार्य देखिन्छ । यसका लागि मणि थापा र खगेन्द्र राई जस्ता जनसांस्कृतिक चिन्तक तथा नेतालाई नै हेर्ने अधिकांश स्थायी समिति सदस्यहरुको रुग्ण चिन्तन र चरित्र बदल्नु अपरिहार्य देखिन्छ । चुरो छाडेर बोक्र्रा र पलाँसका मात्र भरमा परेर पार्टी र समाजको गुणात्मक रुपान्तरण सम्भव हुन्न । यस्ता विषय नबुझ्ने नेता अत्यधिक छन् । त्यसैले जन सांस्कृतिक महासंघ तथा सांस्कृतिक कर्मीहरुलाई नजाँनिदो पारामा हेलाहोचो गर्ने काम बन्द गर्नुपर्छ ।
2022/06/28 14:49:58
https://www.souryaonline.com/2022/05/462192.html
mC4
गोलभेडाले छालालाई फाइदै फाइदा - JaljalaKhabar Online Portal from Nepal यो साँचो हो, यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन सी को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । छालाको समस्यालाई टाढा राख्दछः गोलभेडाको बिउको तेलले छालाको अधिकांस समस्याहरुलाई टाढा भगाउन मद्दत गर्दछ । गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ । पोलेको छालालाई पनि राहत प्रदान गर्दछः यदि तातो वस्तु अथवा आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ । कपालको चाँया कम गर्दछः चिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ ।
2019/08/19 10:19:35
http://www.jaljalakhabar.com/2019/02/92723/
mC4
बागलुङ–१ का प्रतिनिधिसभा सदस्य सूर्य पाठकले निर्माण कम्पनीको लापरवाहीले लोकमार्गको त्यो स्थिति भएको बताउनुभयो । उहाँले समयमा काम नगर्ने ठेकेदारलाई माथिबाटै कारवाही गरौँ भन्दा पनि नसकिएको बताउनुभयो । पटकपटक ठेक्काको म्याद थपिँदा पनि निर्माण कम्पनीले काम नगरेको पाठकको आरोप छ । जिल्लाको पश्चिमतर्फ अधिकांश खण्ड कालोपत्र भइसक्दा सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमि सडक अझै कच्ची छ । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट त्यस क्षेत्रका स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरा छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।
2021-03-07T03:22:22Z
http://www.bijayakilla.com/2016/05/2173.html
OSCAR-2109
सामसङले ल्यायो ग्यालेक्सी ट्याब ए २०१७, इन्टरनेट चलाउन अब झनै सहज | Ratopati personरातोपाटी संवाददाता exploreकाठमाडौं access_timeमंसिर १५, २०७४ chat_bubble_outline0 काठमाडौं–विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्ने कम्पनीले विश्वास लिएको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने कम्पनीले जनाएको छ । यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्याव ए २०१७ मा शानदाश ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ । लामो समय सम्मचल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७ मा सामसङगको उत्कृष्ट फिचर बिक्सबीहोम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनिकुरा सहजै खोज्न सक्ने कम्पनीको भनाई छ । सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले कम्पनी उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका बताए । ग्यालेक्सी ट्याव ए २०१७ मा शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ । ग्यालेक्सी ट्याव ए ले नेपालमा पनि आफ्नो मजबूत पकड जमाउन मद्दत गर्ने विश्वास रहेको छ । यो ट्याबमा "किड्स मोड" को सुविधा पनि उपलब्ध रहेको छ । यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्दन् । किड्स मोडमा अविभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुनएजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ । जसमा हरेक महिना नयाँ नयाँ विषयहरु समावेश गरिन्छ । यो सुविधा अभिभावक द्वारा फोनलाई नियन्त्रित गरिएको अवस्थामा पनि आफू खुसी क्यारेक्टर, गेम तथा अन्य विषयहरु हेर्न मिल्ने बनाउन सकिन्छ । यसरी अभिभावकले आफ्ना बाल बच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ । स्मुथएज युक्त गेलेक्सी ट्याब ए २०१७ सहजै रुपमा हातमालिन सकिन्छ यसको मेटल व्याकले आकर्षक देखिएको छ । यसको वजनमात्र ३६४ ग्राम छ । यसमा सामसङकालोक प्रिय फिचरहरु समेत समावेश गरिएका छन् । क्वालकाम प्रोसेसर (१.४ गिगाहर्ट्ज क्वाड) २ जिबी ¥याम, तथा १६ जि बि को आन्तरिक मेमोरी –माइक्रो एस डि मार्फत् २५६ जिबि सम्म बढाउन सकिने) रहेको छ । यो एन्ड्रोइडको नोगाटा अपरेटिङ सिस्टमबाट चल्दछ । यसका साथै ८ मेगापिक्सल (एफ १.९) को एलइडि फ्यासले हरेक पललाई विशेष बनाउँन मद्दत गर्दछ । ब्राइट लेन्स तथा नयाँ फ्ल्यासले गर्दा कम उज्यालोमा पनि आकर्षक फोटो खिच्न सकिन्छ । साथै एचडीआर मोडमा पनि फोटो शानदार निकाल्न सकिने जनाएको छ । ग्यालेक्सी ट्याब ए २०१७ नेपाली बजारमा रु. २८९९० मा उपलब्ध रहेको छ । यो आकर्षक ब्ल्याकरंगमा उपलब्ध रहेको छ । नेपाली बजारमा यही मंसिर १४बाट उपलब्ध रहेको सामसङले जनाएको छ ।
2019/08/22 16:39:31
http://ratopati.com/story/23615
mC4
चि,हान खन्ने झाक्रीको आमा बुबा रुदै छोरा भेटन जेल पुगे, अन्तरबार्तामा आमाको कुराले सबैलाई रु,वाउने छ (भिडियो सहित) - नेपाली खोज मोरंग । कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । अहिले झाक्री बिबादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुटपिट गरेको भन्दै उनलाई गिरफ्तार गरिएको छ । छोरालाइ प्रहरीले पक्राउ गरेपछि उनका बुबा आमा ताप्लेजुंग बाट अहिले मोरंग बेलबारी आएका छन् । बुबा आमाले रुदै आआफ्नो छोरालाइ छुटाई दिन माग गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन, स्वास्थ्य सेवा अन्ततः रबिले भावुक हुँदै रमेशलाई यस्तो भने, रमेशकी दिदी र कल्पना रिसाए, बिदाइपछिको अन्तिम भिडियो (भिडियो सहित)
2021/04/18 16:46:40
https://nepalikhoj.com/archives/46271
mC4
किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ? - बडिमालिका खबर रितु केही दिनमा आमा बन्नेवाला छिन् । भारत हरियाणमा बस्ने रितु आफ्ना बच्चाको हरेक इच्छा पूर्ति गर्न चाहन्छिन् । र, उनले हुनेवाला बच्चाका लागि एउटा कोठामा खेलौना र आवश्यक सबै सरसामन जुटाइसकेकी छिन् । छोरी भएमा गुलाबी रंगको जम्पर सूट र गडिया अनि छोरा भएमा निलो रंगको जम्पर सूट र टेडि बियर । किन छोरीलाई गुलाबी रंगको खेलौना र छोरालाई निलो रंगको ? यो प्रश्नमा उनी भन्छिन्, 'किनभने छोरीलाई गुलाबी रंग मनपर्छ । हामीले पनि त सानोमा गुडिया खेल्यौं । तर, छोराले यस्तो रंग र खेलौना मन पराउँदैनन् ।' गुगलमा छोरी वा छोराको खेलौना सर्च गर्ने हो भने त्यसमा स्पष्ट रुपमा विविधता देख्न सकिन्छ । गुगलमा छोरीको खेलौनामा मेकअप सेट, किचेन सेट, गुडिया आदि देखिन्छ जो अक्सर गुलाबी रंग हुन्छ । त्यसैगरी छोराको खेलौनामा थरीथरीका गाडी, बिल्डिङ ब्लक र रोबट देखिन्छ । तर, तपाईंले सोच्नुभएको छ यस किसिमले छोरा र छोरीको लागि फरक फरक खालको खेलौना कसले तय गरिदिएका हुन् ? कसले छोरीलाई गुलाबी र छोरालाई निलो रंग रोजिदिएका हुन् ? यस प्रश्नमाथि अगाडि चर्चा गरिनेछ तर त्यसअघि हामीले यो कुरा जान्नुपर्छ कि हामीले किन यस विषयमा चर्चा गरिरहेका छौं ? खासगरी डेनमार्कको खेलौना बनाउने कम्पनी 'लेगो'ले घोषणा गरेको छ कि उसले आफ्नो उत्पादन र मार्केटिङबाट लैंगिक असमानता वा जेन्डर स्टीरियोटाइप हटाउनेछ । लेगो कम्पनीले यो निर्णय एक सोध पनि गरेको हो । लेगोको प्रमूख बजार प्रवन्धक जुलिया गोल्डिनले भनेकी छिन्, 'रचनात्मक खेलले बच्चामा आत्मविश्वास, रचनात्मकता र संचार कौशल बढाउनमा सहयोग गर्छ । तर, हामीले अहिले पनि अनुभव गर्न सक्छौं कि पुरातन रुपमै चलिआएको स्टीरियोटाइप गतिविधिमा छाप लगाइएको छ कि यो एक विशेष लिंगको लागि सही छ । तर, लेगो समूहमा हामी जान्दछौ कि यसलाई सही गर्न हाम्रो भूमिका हुनुपर्छ ।' शोधको नतिजा के थियो ? लेगोले एक शोध गर्ने संस्था जीना डेभिस इन्स्टिच्युट अन जेन्डर इन मिडियासँग मिलेर शोध गरेको थियो, जसमा सात मुलुकका सात हजार मान्छेसँग कुराकानी गरिएको थियो । त्यसमध्ये पहिला ६ देखि १४ बर्षका बच्चाका अभिभावकसँग र पछि बच्चासँग पनि कुरा गरिएको थियो । यस सवेक्षणमा अमेरिका, चीन, जापान, पोल्यान्ड, रुस, चेक रिपब्लिक र युकेका अभिभावक र बालबच्चा सामेल गरिएको थियो । यस शोधमा के पाइयो भने छोरीको तुलनामा छोराले लिंग भेदको महसुष कम गरेका छन् साथसाथै उनीहरुले अलग अलग किसिमको रचनात्मक खेललाई खुला मनले अपनाएका छन् । छोरीका लागि जुन कुरा खेल्न दिइन्छ त्यो छोराले खेल्न लजाउँछन् । उनीहरु के सोच्छन् भने यस्तो खेलौना खेलियो भन्ने मान्छे हाँस्छन् । केटा र केटीको एउटै खेलौना सुहासिनी पाल खेलौना डिजाइनर हो, जसले ३ सय बढी खेलौना डिजाइन गरिसकेकी छिन् । । उनले लेगोको कदमलाई सकारात्मक र समाजको लागि प्रगतिशिल कदम बताएकी छिन् । सुहासिनी पालका ग्राहक भारतमा मात्र होइन, थाइल्यान्ड, इटली, बेलायत, अमेरिका टर्की र फ्रान्स जस्ता देशमा पनि छ । उनले किन्डर जोय, डिजनी, हेप र छाटा भिम जस्ता ब्रान्डका लागि खेलौना बनाइसकेकी छिन् । खेलौना डिजाइनर भएका नाताले उनले आफ्नो खेलौनामा सुनौलो र हरियो रंग प्रयोग गरेका छन्, ताकि यो छोरा अनि छोरी दुबैका लागि सराबरी होस् । बजार के भन्छ ? फनस्कूल खेलौना बनाउने कम्पनी हो । कम्पनीका सिइओ आर जेसवन्त भन्छन् कि भारतको खेलौना बजार नयाँ हो । पुरानो बजार अर्थात यस्तो देश जाहाँ खेलौनाको बजार सदियौदेखि सञ्चालनमा छ । त्यहाँ छोरा र छोरी दुबै एकअर्काको खेलौना मिलेर खेल्छन् । यद्यपि फनस्कूल इन्डिया लिमिटेडका सिइओ आर जेसवन्तले बिबिसीसँग भनेका छन्, 'म यो भन्न सक्दिन कि सबै खेलौना लिंगमा आधारित हुन्छ । पक्कै पनि केही खेलौना केटाहरुको लागि र केही केटीहरुको लागि बनाइएको छ । फूनस्कुलले अहिलेसम्म यस्तो तटस्थ खेलौना बनाउनका लागि कुनै यस्तो कदम उठाएको छैन । खेलौनामा फरक के ? पञ्जाव युनिभर्सिटीमा विमेन स्टडिज विभावका डा. अमीर सुल्ताना भन्छन् कि, 'तपाईं जब छोरा र छोरीलाई खेलौना दिनुहुन्छ तब छोरीले धेरैजसो गुलाबी रंगको खेलौना र छोराले निलो रंगको खेलौना रुचाउनेछ । उनी रंगको सिद्धान्तलाई लिएर यसो भन्छन्, 'गुलाबी रंग सुन्दरताको प्रतिक हो । निलो रंग आकास र समुन्द्र जोड्ने रंग हो । निलो रंगले असीमितता र बलियो भन्ने संकेत गर्छ ।' उनी थप्छन्, 'छोरीको खेलौना हेर्नुभयो भने पित्तृसत्तात्मक सोच देखिन्छ । उनको खेलौनाले पालन पोषण गराउने भूमिकामा देखाइन्छ । उनीहरुको खेलौनामा गुडिया, किचेन सेट, मेकअप सेट देखिन्छ । अर्कोतिर छोराको खेलौना साहसिक खेलसँग सम्बन्धित हुन्छ । जस्तो रोबोट, गाडी, गन, जसले पुरुषको आक्रमकता देखाउँछ ।' खेलौनाको माध्यामबाट छोरीलाई घर सम्हाल्न, बच्चा सम्हाल्न आदि सिकाइने तर छोरालाई यस्तो नसिकाउने उनी बताउँछन् । यस कुरालाई जोड दिदै साक्षी सिंघल भन्छन् कि खेलौना बनाउने कम्पनीले छोरा र छोरीका लागि अलग खेलौना बनाउनुको स्वार्थ भनेको मुनाफा आर्जन गर्नु मात्र हो । कतिपय पसल त यस्तो हुन्छ, जहाँ छोरा र छोरीका लागि अलग अलग गरिएको हुन्छ । यदि छोराले गुडिया खेलेमा उनलाई हाँसोको पात्र बनाइन्छ । उनलाई कमजोर भनी औल्याउने गरिन्छ । लेगोले जुन सोध गरे, त्यसमा शोधकर्ताले भनेका छन् कि यो जेन्डर स्टीरियोटाइपले बच्चाको रचनात्मक विकासमा असर गर्छ । भविष्यमा गएर उनीहरु त्यही बाटो रोज्छन्, जसले उनीहरुको बाल मनोविज्ञानमा छाप छाडेको थियो । साक्षी सिंघल भन्छन् कि खेलौना एक बच्चाको विकासमा अह्म हुन्छ । यदि लैंगिक हिसाबले तटस्थ खेलौना बनाउने हो भने त्यसले बच्चामा भावनात्मक, सामाजिक, नैतिक र संज्ञात्मक विकास गर्न सहयोग गर्नेछ । उनका अनुसार खेलौनाको कुनै रंग हुँदैन, न लिंग नै ।
2022/01/17 22:18:22
https://badimalikakhabar.com/2021/10/21/120857/
mC4
निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया - १८ माघ २०७५, शुक्रबार गोक्यो संवाददाता 0 Comments तुलसीपुर : दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकामा १२० को आँखामा देखिएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने र कम्तीमा एक हजार ५०० को आँखाको जाँच गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिएको छ । कार्यक्रमलाई निरन्तरता दिनेसमेत उनले बताए । अस्पतालले गरेको सर्वेक्षणअनुसार गाउँपालिकाको ३८ हजार ५९२ जनसङ्ख्यामध्ये ३९१ मा मोतिविन्दुको समस्या देखिएको छ । रासस
2019/02/22 12:37:18
http://gokyonews.com/%E0%A4%A8%E0%A4%BF%E0%A4%83%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%95-%E0%A4%AE%E0%A5%8B%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AC%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%81%E0%A4%95%E0%A5%8B/
mC4
बाँदर धपाउने मेसिन हैन, कोरोना भाइरसको औषधि बनाउन सुझाव दिएपछि पुन र मगरको जुहारी - Sidha News बाँदर धपाउने मेसिन हैन, कोरोना भाइरसको औषधि बनाउन सुझाव दिएपछि पुन र मगरको जुहारी काठमाडौं। समाजिक संजालमा बेलाबेलामा वि'वाद या चर्चामा आइरहने दिल निशानी पुनः एकपटक चर्चामा आएका छन् । आहिले विश्वमा कोरोनाको कहर मचिरहेको बेला पत्रकार दिल निशानी मगरले राष्ट्रिय आविष्कार केन्द्रका संयोजक माहविर पुनलाई व्यंग्य गर्दै दिल निशानीले ‪'महाविर पुनले आविष्कार गर्न सक्छन् भने कोरोना भाईरसको औषधी आविष्कार गर्ने हो। आजको युगमा त्यो नाथे बाँदर धपाउने मेशिन बनाएर कोही आश्चर्य मान्ने छैनन्।‬' भनेेेपछि समाजिक संजालमा जुहारी चलेको छ। राष्ट्रिय आविष्कार केन्द्रका संयोजक माहविर पुनले पनि दिल निशानीलाई व्यंग्य गर्दै लेख्छन्: तलको फोटोमा लेखिएको ज्यादै खुसीको खबर पढेर कृपया सम्पूर्ण नेपालीहरुले भाई दिल निसानी मगर लाई धेरै धेरै धन्यबाद दिनुहोस. किन भने भाईले युरोप तिरै बसेर गहिरो ध्यानदृष्टि गर्दा उनको तेस्रो आँखाले सारा नेपालीको कठोर परीश्रम र पसिना बाट बल्ल बल्ल बन्दै गरेको राष्ट्रिय आविष्कार केन्द्र लाई देखेछन. देखेको मात्र कहाँ हो र? उनको अन्तरात्माले यस केन्द्रको क्षमता पनि अद्भुत नै भएको थाहा पाएछन्. अब केहि होला जस्तो छ. त्यसैले उनले अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, कोरिया जस्ता थुपरै अति बिकसित भनिने देशहरुमा भएका र संसार कै ठुला ठुला युनिभर्सिटी र अनुसन्धान केन्द्रहरुमा संसार कै नामुद बैज्ञानिकहरुले बिगतको चार पांच महिना देखि अरबौं डलर खर्च गरि मरी मेट्दा पनि आविष्कार गर्न पटक्कै नसकेको कोरोना भन्ने मात्तिएको भाइरसको औषधीको आविष्कार गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रले नै गर्नु पर्छ भनेर भाइले ठोकुवा गरिदिएका छन्. यो हाम्रो देशको लागि अत्यन्तै ठुलो भाग्य्को कुरा हो. यसरी हाम्रा दुई ओटा आँखाले प्रष्टै संग देखिने जाबो बाँदर र जंगली जनावर तर्साउने उपकरण बनाउनुको सट्टा शक्तिशाली सुक्ष्मदर्शक यन्त्रले पनि देख्न नसकिने पापी भाइरसको औषधि पत्ता लगाउने बरदान र अधिकार दिलदार भाई दिल निसानी मगरले कहिँ पनि केहि काम नपाएको म र राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्ने सबै भाई बहिनीहरु लाई दिएको हुनाले कृपया सम्पूर्ण नेपाली सहित कोरोना भाइरसले सातो उडाई दिएको बिश्व भारीका सम्पूर्ण ७ अर्ब मनुष्यहरुले धेरै धेरै नम्र सेवा ढोग गर्न हुन अनुरोध गर्दछु. कृपया कसैले पनि गाली गलौज पटक्कै नगर्नु होला किन भने हामी नेपालीहरुको भलो चिताउने महान व्यक्तिहरुलाई गाली गर्ने साह्रै नै नराम्रो बानी छ. सायद म पनि मगर नै भएको हुनाले दिल निसानी मगर भाईले मलाइ यस्तो कृपा गरेको पनि हुन सक्छ. धन्यबाद.
2020/09/26 06:27:19
https://sidhanews.com/archives/9232
mC4
ईतिहासबाट पाठ सिकेर बर्तमानमा रमाउन पर्छ : राजु श्रेष्ठ (भिडियो) – Saurahaonline.com ईतिहासबाट पाठ सिकेर बर्तमानमा रमाउन पर्छ : राजु श्रेष्ठ (भिडियो) यहि पौष २९ र ३० गते उद्योग बाणिज्य संघ चितवनको ५१ औं साधरण सभा तथा अधिबेशन नारायणगढमा सम्पन्न हुदैछ । हरेक २÷२ बर्षमा हुने अधिवेशन यसै बर्ष हुने भएपछि नयाँ नेतृत्वका लागि दौडधुप समेत शुरु भएको छ । हालका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान यस पटक नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रधान २ बर्ष अगाडी उवासंघको सम्पन्न अधिबेशनमा राजन गौतम सँग पराजित भएका थिए । यस पटक अध्यक्षका लागि बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल, माधबप्रसाद पौडेल लगायतले दाबेदारी गरेपनि अन्ततः श्रेष्ठ र प्रधानका बीच हुने पक्का पक्की भएको हो । हालका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ उद्योग बाणिज्य संघ चितवनमा बि.स. २०६४ मा सदस्यमा निर्वाचित भएका थिए । त्यसयता उनी लगातार संघको कार्य समितिमा रहदै आएका छन् । त्यसै गरि पुर्व बरिष्ठ उपाध्यक्ष प्रधान पनि बि.स. मा सदस्य हुदै अधिल्लो कार्यकालमा उपाध्यक्ष रहेका थिए । बि.स. २०७२ मा भएको अधिबेशनमा सहन प्रधान समुहमा रहेका राजु श्रेष्ठ यस पटक उनी सँगै अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका हुन् । पुर्व बरिष्ठ उपाध्यक्ष प्रधानले प्यानल नै निमाण गरिसकेका छन् । उनको प्यानलमा चुन नारायण श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल र शंकर नेपाल उपाध्यक्ष हुने लगभग पक्का पक्की भएको छ । बिष्णु प्रसाद कंडेल, भोजराज कौडाल अधिललो पटक राजन गौतमको समुहबाट प्रतिस्पर्घा गरी बिजयी भएका हुन् । बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले पनि प्यानलनै निमार्ण गरिसकेका भएपनि को को हुन भन्ने बारेमा खुलाउन चाहेनन् । बरिष्ठ उपाध्यक्ष श्रेष्ठको बिगत त्यति राम्रो छैन् । पछिल्ला दिनहरुमा ब्यावसायी हरेक नराम्रो भए पनि पछिल्ला बर्षहरुमा ब्यावसायी सँग निक्कै हेलमेल भएका समस्यामा साथ दिदै आएको ब्यावसायीहरु बताउछन् । भद्र शालिन स्वाभावका प्रधान संघका पुर्व अध्यक्ष के एल भुषणका छोरा हुन् । सञ्चार उद्यमी रहेका प्रधान अधिवेशनले १ जना अध्यक्ष १ जना बरिष्ठ उपाध्यक्ष त्यसै गरि ३ जना उपाध्यक्ष निर्वाचित गर्नेछ । सदस्यहरु मध्य उद्योग र बाणिज्य क्षेत्रबाट ६÷६ जना निर्वाचित हुनेछन भने बस्तुगतबाट ४ जना कर्पोरेटबाट २ जना निर्वाचित हनेछन् । महिला १ जना र क्षेत्रिय समितिबाट एक एक जना बिर्नाचित हुनेछन । अध्यक्षले ३ जना मनोनित गर्ने ब्याबस्था रहेको छ भने निर्वतमान अध्यक्ष समेत कार्य समितिमा रहने ब्यावस्था छ । उद्योग बाणिज्य संघ चितवनमा करिब ३४०० सदस्यहरु रहेका छन् । यहि सन्र्दभमा रहेर सौराहा अनलाईनकर्मी पूर्ण शर्माले लिएको कुराकानीको सारसंक्षेप : यहि पौष २९ गते उद्योग बाणिज्य संघ चितवनको अधिबेशन हुदैछ । त्यसमा अध्यक्ष पदका प्रत्यासी हुनुहुन्छ । किन राजु श्रेष्ठलाई नै अध्यक्ष पदमा मत दिने ? म बिगत १० बर्ष देखि कार्यसमितिको कुनै न कुनै पदमा रहि काम गर्दै आईरहेको छु । आज यसरी काम गर्दा अध्यक्षकै लक्ष्य अनुरुप काम गरे । अध्यक्षतात्मक प्रणली भएको हाम्रो उद्योग बाणिज्य संघमा अध्यक्षले ल्याएका कार्यक्रमहरु सफल पानु एक किसिमले अन्य सदस्यहरुको धर्म पनि हो । त्यो अलावा ब्यक्तीगत रुपमा म ब्यवसायीहरुको हक हितको लागि उहाँहरुको ब्यावसाय प्रवद्धनका लागि र साथ साथै चितवनको समग्र आर्थिक सामाजिक बिकासका लागि राष्टको अर्थतन्त्रमा पनि केहि मात्रामा भएपनि फाईदा पुग्ने काम गरिराखेको छु । उद्योग बाणिज्य संघलाई नमुनाको रुपमा बिकास गनुपर्छ भन्ने सकल्प सहित यात्रामा छु । अर्को कुरा रोलक्रमले पनि बरिष्ठ उपाध्यक्ष पछि हुने भनेको अध्यक्ष नै हो त्यसैले उद्योग बाणिज्य संघ चितवनको आगामी कार्यकालका लागि अध्यक्ष पदमा अमुल्य मत दिनुहुन्छ भन्नेमा बिस्वस्त छु । बिगत १० बर्ष देखि कार्य समितिको कुनै न कुनै पदमा रहेर काम गनुभयो । यो बिचमा राजु श्रेष्ठले गर्न नसकेको काम दुई बर्षमा गर्न सक्छ भनेर कसरी आम मतदाताहरुले कसरी बिश्वास गर्ने ? मैले अगाडी पनि भने हामी अध्यक्षतामा प्रणालीमा भएकाले जस या अपजस सबै अध्यक्षलाई नै जाने भएकाले त्यस्तो देखिएको हो । मैले कुनै न कुनै रुपमा काम गरिरहेको थिए । यदि त्यसो हुदैनथ्यो भने त सदस्य हुदै बरिष्ठ उपाध्यक्ष सम्म उहाँहरुले निर्वाचित गराउनुहुदैनथ्यो । हरेक ब्यावसायीहरु अहिले पनि बिभिन्न किसिमका समस्याहरु छन तिनको समाधानमा प्रभाबकारी भुमिका निर्वाह गर्नेछु । अहिले पनि ब्यावसायी र सरकारका बिभिन्न निकाएहरुका बिच कहिले काही खटपट भएको पाईन्छ त्यसलाई न्यूनीकरण गर्ने बिशेष भुमिका लिरहेको छु भने भोलिका दिनमा पनि यो भन्दा अझ प्रभावकारी भुमिका खेल्नेछु । हिजो आज पनि दिन रात नभनी , घाम पानी नभनी म ब्यावसायीहरु सँगै छु । ब्यावसायीहरु समस्या पर्दा आज जसरी म एक्लै छैन भन्ने अनुभुती गरिराख्नुभएको छ आगामी दिनमा पनि यस्तै वाताबरण कायम राख्नेछु । हिजो आजमा समस्याका स्वारुप फेरिएका छन तर समस्या घटेका छैनन । तिनको न्यूनिकरणका मेरो प्राथामिकतामा पर्नेछन् । साना, मझौला तथा ठुला ब्यावसायी सबै सँग सहकार्य गरि सबैको ब्यावसाय प्रवद्धन र बिकासका लागि महत्वपूर्ण भुमिका खेलिरहेको छु । देश लगभग राजनैतिक रुपमा स्थिर भईसकेको छ । सबै राजनैतिक दलहरुले बिकास र सम्बृद्धिका लागि अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् । उनीहरुसँग हातेमाले गर्दै यस दिशामा मेरो ध्यान हुनेछ । चितवनको शक्तीखोरमा निमार्ण हुदैगरेको औधोगिक क्षेत्र हाम्रा लागि खुसिको कुरा हो । लगानीका लागि उपयुक्त वातावरण निमार्णका लागि पनि मेरो बिशेष भुमिका हुनेछ । बदलिदो समयसँगै संघले गर्ने कार्यहरु पनि बिशिष्टीकृत हुदै गएका छन् । उद्योग बाणिज्य संघ नारायणगढको फरक खाले पहिचान र शाख छ । यसको गरिमा अझ उच्च बनाउन के गर्ने योजना बनाउनुभएको छ ? उद्योग बाणिज्य संघ चितवन देशैकै उत्कृष्ट उद्योग बाणिज्य संघमा पर्दछ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत यसको राम्रो शाख छ । यो शाखलाई कायम गर्दे अझ उचाईमा पु¥याउन मेरो बिशेष भुमिका हुनेछ । तपाई इगित गनुभएको कुरा उद्योग संघ चितवनले निमार्ण गर्दै गरेको अन्तराष्टिय प्रदशनी स्थलको हो जस्तो लाग्यो । ती सबै साथीहरुलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु किनभने त्यसले ब्यापार ब्यावसाय बिकास र प्रवद्धनमा राम्रो भुमिका खेल्दछ । उहाँहरुले निक्कै राम्रो काम गनुभएको छ । उद्योग संघले जे गर्छ त्यहि गनुपर्छ भन्ने होईन । यस्ता कुरामा सहकार्य र प्रतिपस्र्धा दुबै हुनुपर्छ भनने मेरो मत छ । स्वच्छ प्रतिस्पर्घा जसले अझ क्रियाशिल र सिर्जनशिल हुन हामी सबैलाई सहयोग पु¥याउछ । यहाँ गनुपर्ने कामको ठुलै लिष्ट छ । जस्तो हामी कहाँ बहुउद्देश्यीय कभर्ड हल छैन् । यदि तपाई अध्यक्ष बन्नु भयो भने उद्योग बाणिज्य संघ चितवन मार्फत कस्ता परियोजना सञ्चालन गर्ने सोच बनाउनुभएको छ ? लक्ष्य प्राप्तिका लागि क्रियाकलापहरु महत्वपूर्ण हुन्छन् । चितवनको आर्थिक र सामाजिक परिर्वतन गर्ने मैले अगिभ नेको जस्तो बहुउद्देश्यीय हलको अवधारण पनि मेरो योजनामा परेको छ । बिभिन्न दातृ निकाय सँग उद्योग बाणिज्य संघ चितवनमा गर्दै आएको सहकार्यलाई निरन्तरताका लागि बिशेष पहल गर्नेछु । शिक्षा, स्वास्थ्य , पर्यटन र कृषि भन्दै गर्दा शिक्षा र स्वास्थ्यको तुलनामा पर्यटन र कृषिको अवस्था अल्लि कमजोर पाएको छु । हिजो चितवनबाट धान तारी लगायतका कृषिजन्य बस्तुको निर्यात हुन्थ्यो भने आज आयात भईरहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने योजना बनाएको छु । कृषि क्षेत्रमा काम गर्न अन्यत्र भन्दा यहाँ सजिलो छ किनभने यहाँ कृषि तथा बन विश्वबिद्यालय छ जसबाट खोजेको जस्तो प्राबिधिक पाउन सकिन्छ , उर्वर माटो छ , सिञ्चाईको लागि पनि पानीको त्यति धेरै समस्या छैन । यहाँको हावापानीमा तीन बाली लगाउन सकिन्छ । यातायातको सुगमताका कारण उत्पादित बस्तुलाई बजारीकिकरण गर्न त्यति समस्या पर्दैन । सप्तगण्डकी जलबिद्युत परियोजनाका लागि काम गर्न सक्छौं । उद्योग बाणिज्य संघले यो परियोजना धेरै अगाडी नै सार्वजनिक गरेको हो । त्यसमा ठोस काम हुन सकेको छैन् । देश राजनैतिक रुपमा स्थिर भएपछि निस्चयनै जलबिद्युत र पुर्वाधार बिकासमा ठुलो बाह्य लगानी भित्रने पक्का छ । यसमा लबिङ्ग गर्न सकिन्छ जसले गर्दा चितवन र यस आसपासका बासिन्दाको जिन्दगीनै कायापलट गर्छ भने औधोगिक बिकासमा निक्कै फडको मार्न सकिन्छ । त्यस्तै पर्यटनका कुरा गर्दा सौराहाको आफ्नै बिशिष्ट पहिचान छ । चितवन अन्य पर्यटककीय क्षेत्रहरु सौराहा सँग जोड्नु अनिबार्य छ । अव चितवन आउने पर्यटकरुको बसाई लम्बाउनुपर्ने भएको छ । हामी सँग उपरदाङ्ग गढि , सिराईचुली, ठाडो झरना देखि गोलाघाट सम्मको क्षेत्रमा पर्यटनको निक्कै ठुलो सम्भावना छ । त्यसको प्रचार प्रचार मात्र गर्न सकियो भनेपनि त्यहाँको बिकास हुन्छ । चरा अवलोकनका लागि प्रख्यात २० हजारी ताल यहि नजिकै छ । जसको निक्कै ठुलो सम्भावना छ । बिभिन्न जातजाती धर्म , सस्कार र सस्कृति छ । यी सबैलाई बजारीकरण गर्न मात्र बाँकी हो । बिषय बिशेषज्ञहरु सँग बसी उनीहरुको राय सुझाब लिई यि सबै काम गर्ने योजनामा छु । यि दिर्घकालिन योजना भए राजु श्रेष्ठ उद्योग बाणिज्य संघ चितवनको अध्यक्ष हुनुभयो भने के फरक महसुस गर्न पाउछन ? नारायणगढ बजारको आकार मात्र बढेको छैन । यहाँ बिभिन्न समस्याहरु पनि थपिएका छन् । यहाँ फुटपाथको समस्या छ । सवारी साधन फपिएको थपियै छन् । टाफिक लाईटको ब्यावस्था गर्न सकिएको छैन् । आकाशे पुलको आवश्यकता महसुस भएको छ । यी समाधान गर्ने नसक्ने समस्या होईनन् । लामो समय पछि स्थानिय निकायमा जनप्रतिनिधिहरु आउनुभएको छ । म जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका सँग मिलेर तत्काल ब्यावस्थापनका लागि काम गछु । हुनत यसबारेमा मैले कुरा राखिसकेको छु । त्यसलाई कार्यान्वयन गर्न उद्योग बाणिज्य संघ चितवनले बिशेष पहल गर्दछ । चितवनको समग्र बिकाशका लागि उद्योग बाणिज्य संघ चितवन ले खेल्नु पर्ने भुमिकाहरु धेरै छन् । फोहर मैला ब्यावस्थापन, पाकिङ्कको समस्या लगायतका समस्या निक्कै चाँडै समाधान हुन्छन् । ब्यावस्थित अटो ल्याण्ड एवं बधशालाको लागि पनि मेरो ध्यान केन्द्रित भएको छ । जसलाई राजु श्रेष्ठले ब्यावस्थापन गर्न सक्छ भन्ने आम ब्यावसायीहरुलाई बिश्वास छ । भरतपुर महानगरको स्वामित्वमा भएको लायन्स चोकको फलफुल तथा तरकारी बजार त्यहाँ बाट सार्न पनि राजु श्रेष्ठले निक्कै ठुलो भुमिका खेलेको सबै ब्यावसायीहरुलाई थहा भएकै कुरा हो । अब २ बर्ष अगाडीको कुरा गरौं, तपाई त्यति खेर सहनलाल प्रधानकै नेतृत्वमा बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी हुनुहुन्थ्यो आज २ बर्ष पछाडी फेरी उहाँ सँगै उम्मेदवार बन्दै हुनुहुन्छ । कस्तो लागि रहेको छ ? मृदुभाषी र मिलनसार सहनलाल प्रधान मेरो बच्चा देखिको साथी हुनुहुन्छ । हामी निक्कै नजिकका मित्र पनि हौं । मेरो साथीलाई मेरो अनुरोध के हो भने हिजोको पृष्ठभुमि हेर्दै यो निर्वाचनमा नआउन आग्रह गर्दछु । हामीले ईतिहासबाट पाठ सिकेर बर्तमानमा रमाउन पर्छ । हिजो हिजोका निर्वाचनमा जसले संघमा अध्यक्षको रुपमा जित हासिल गर्न सक्नुभएन ती ब्यावसायीहरु फेरी अर्को निर्वाचनमा अध्यक्षको प्रत्यासी बन्न आउनुभएन । चाहे उद्योग पियाको कुराहोस वा ज्ञानेन्द्रमान शाक्यको सवालमा होस वा श्रीभक्त अच्युत बाग्ले पनि दोश्रो पनि अध्यक्षको निर्वाचनमा आउनुभएन । एक पटक अवसरका लागि आग्रह गर्ने हो मत दिनु भएन भने उहाँहरुलाई जिस्काउने जसरी पटक पटक मत माग्दै हिड्नु अल्लि असोभनिय हुन्छ कि । मेरै कुरा गनुहुन्छ भने यसपटक मलाई ब्यावसायी साथीहरुले राजु श्रेष्ठ चाहिदैन भन्नुहुन्छ भने अर्को पटक राजु श्रेष्ठ चुनाबी मैदानमा नआउने प्रतिबद्धता समेत प्रकट गर्दछु । अहिले म बरिष्ठ उपाध्यक्ष रहेको र अव अध्यक्ष बाहेक उठ्ने अर्को पद नभएकाले अध्यक्षमा मेरो दाबेदारी स्वाभाबिक हो । मलाई ब्याक्तीगत रुपमा अलि अपठ्यारो महसुस भईरहेको छ ।
2021/04/16 10:40:51
https://saurahaonline.com/2018/01/45747/
mC4
मेडिकल र किराना पसलमा आगलागी | रिपोर्टर्स नेपाल २०७६ जेष्ठ ७ मंगलवार, ०३:०० २०७५ मंसिर २० गते प्रकाशित, l १३:०९ राँझा, २० मंसिर । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उहाँले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताउनुभयो । सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गर्नुभयो । उहाँले रु ४५ लाखमा पसलको बीमा गर्नुभएको थियो । औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिनुभयो । केही महीना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो । रासस
2019/05/20 21:15:45
https://www.reportersnepal.com/2018/12/288676.html
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - नेप्से १६ बिन्दुले उक्लियो आइतबार, ०५ साउन २०७६, ०३ : १६ बुधबार, २६ बैशाख २०७५, ११ : १९ | नागरिक काठमाडौं– नेप्से परिसूचक मंगलबार १५.६५ अंकले बढेको छ । सेयर बजार मापक नेप्से १३६१.०२ बिन्दुमा आइपुगेको छ।कारोबार रकम पनि ५० करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस दिन १४ लाख ३९ हजार तीन सय ९३ कित्ता सेयर किनबेच भएका छन् । उत्पादनमूलक समूहबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचकमा १५१.२३ बिन्दुको सुधार आएको छ । होटल समूह ४३.८८ बिन्दुले बढेको छ । उत्पादनमूलक समूह भने २.४३ बिन्दुले घटेको छ । कारोबार रकममा सिभिल बैंकले अग्रता लिएको छ । उक्त बैंकको नौ करोड ३१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र शिखर इन्स्योरेन्स तेस्रो भएका छन्।
2019/07/21 00:14:51
https://nagariknews.nagariknetwork.com/news/46203/
mC4
नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताए । नेपालका विदेशस्थित राजदूतलाई यस विषयमा जानकारी गराउन सके नेपालमा लगानी बढ्ने विश्वास उनले व्यक्त गरे । ‘लगानीले उत्पादन बढाउँछ, जनताको जीवनस्तर सहज हुन्छ त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ विज्ञान तथा प्रविधि सचिव आचार्यले बताए । नेपालको परम्परागत तथा उदीयमान क्षेत्रमा लगानी ल्याउन सकिने अवस्था रहेको उनको भनाइ छ । मन्त्रालयले यस विषयमा आवश्यक रणनीति तयार पार्न असोज १ गते विज्ञान दिवसको अवसर पारेर विभिन्न देशका राजदूतसित परामर्श गर्दैछ । यस पटक विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको छ । खासगरी विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अनुसन्धानमा संलग्न शिक्षक तथा विद्यार्थीलाई आकर्षित गर्ने मुख्य उद्देश्यले यो दिवस मनाउन लागिएको हो । असोज १ गते मूल समारोह समितिले औपचारिक रूपमा विज्ञान दिवस मनाउँदैछ । मन्त्रालयका अनुसार दिवसकै अवसरमा विज्ञान पत्रकारिता, एरोटोनिकल प्रविधि, अन्तरिक्ष प्रविधि, जैविक प्रविधि, उदीयमान प्रविधि र विपत् न्यूनतमसम्बन्धी प्रविधि पुरस्कार प्रदान गरिने जनाइएको छ । यी पुरस्कार शुक्रबार घोषणा गरिने जानकारी मन्त्रालयले दिएको छ । नेपालमा विज्ञान र प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अमृत साइन्स क्याम्पस स्थापनको अवसर पारेर २०७० साल असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।
2022-12-07T22:46:30Z
https://raptisanchar.com/2021/09/17/1847
OSCAR-2301
अघि बढ्यो तामाकोशी पाँचौँ, १६ अर्ब ४५ करोड लगानी स्वीकृत – kalikadainik.com मंगलबार, जेठ २४, २०७९ | १५:३७:०९ | काठमाडौँ । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र आर्थिक क्षेत्रमा परेको प्रभाव आफैँमा महत्वपूर्ण छ । सोही प्रबन्धका कारण तामाकोशी पाँचौँका लागि रु १६ अर्ब ४५ करोड ९८ लाख बराबरको लगानी स्वीकृत गरिएको छ । तर, यो लगानी भने स्वदेशी नै हो । सो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो । तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सकाउने योजनाका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो । केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो । तर, प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।-रासस
2022/07/03 02:29:49
https://www.kalikadainik.com/2022/06/07/68314/
mC4
बजार अनुगमन भएन | Ratopati personरासस exploreबैतडी access_timeअसोज ४, २०७६ chat_bubble_outline0 बैतडी–कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा बजार अनुगमन हुन नसकेको बैतडीमा नेपालीको मुख्य चाड दशैँतिहार नजिकिँदापनि बजार अनुगमन शुरु हुन सकेको छैन । उपभोक्ताको हितको लागि दशैँितहारलाई लक्षित गरेर केही दिनमै बजार अनुगमन कार्य थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्तिलगायतका रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भए पनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको उनले बताए । बजार अनुगमन नियमितरुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने गुरुखोला स्वास्थ्यचौकीका अहेव लवदेव भट्टको भनाइ रहेको छ । चाडपर्व लक्षित मात्रै नभएर समयसमयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने खोचलेक बजारका एक व्यवसायी दीपेन्द्र कार्कीको भनाइ छ ।
2021/06/21 16:09:46
http://www.ratopati.com/story/101103/2019/9/21/bazzar-anugaman
mC4
एलपी ग्यासको चरम अभाव हुन सक्ने-NepalKanoon.com एलपी ग्यासको चरम अभाव हुन सक्ने श्रावण ३०, काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा चेतावनी दिएको छ । सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । अहिले पनि बजारमा माग अनुसार ग्यास आयात नभएको र चाडबाड र जोडो मौसममा माग अझ बढ्ने भएकाले ग्यासको चरम अभाव हुने देखिएको संघका अध्यक्ष शिव घिमिरेले बताए । हाल नेपालमा मासिक २३ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ । माग भने मासिक ३१ हजार मेट्रिक टन छ । सामान्यतथा चाडबाड र जाडोयाममा ३० प्रशिशत माग बढ्छ ।
2020/09/20 00:46:45
https://nepalkanoon.com/4871/
mC4
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने । एशियामा चीनको शक्ति वृद्धि भएसँगै अन्य शक्तिराष्ट्रहरु सतर्क भएका छन् । हालैमात्र क्वाड भनिने समूहका देशहरु अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरुको सम्मेलन भएको छ । यो लगत्तै उनीहरु सैन्य सम्बन्ध प्रगाढ बनाउन सक्रिय भएका छन् । क्वाडका चारवटै राष्ट्रले संयुक्त नौसैनिक अभ्यास गर्ने भएका छन् । नोभेम्बर महिनामा क्वाड देशहरुको नौसैनिक जहाज सैन्य अभ्यासका लागि एकै ठाउँमा पुग्दैछन् । यसलाई मालाबार अभ्यास भनिन्छ । अभ्यासमा ड्रोन र मिसाइल समेतको प्रयोग हुने बताइएको छ । अमेरिका र चीनबीच ताइवानलगायत साउथ चाइना सीमा विवाद बढिरहेको छ । जापानले पनि साउथ चाइना सीका टापुमा चीनले कब्जा जमाएको भन्दै विरोध जनाइरहेको छ । भारतको चीनसँग सीमा विवाद बढिरहेको छ । यस्तो अवस्थामा क्वाड देशहरुले नौसैनिक अभ्यास गर्न लागेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
2020/11/29 19:10:43
https://shikharnews.com/2020/10/20/132212
mC4
प्रा डा केसीसँग अविलम्ब वार्ता गर्न देउवाको माग – Nepal Japan प्रा डा केसीसँग अविलम्ब वार्ता गर्न देउवाको माग नेपाल जापान १९ आश्विन १४:०६ सभापति देउवाले आइतबार एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उहाँका माग केवल एक व्यक्तिको मात्र नभएको जनाउँदै जनभावनानुरूपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । उहाँले संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै डा केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवन रक्षा गर्नका लागि किञ्चित ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।
2022/06/30 23:19:48
https://www.nepaljapan.com/10/05/501045/
mC4
२०७७ माघ ६ मंगलबार १४:५५:०० भारतमा सोमबार गत सात महिनायताकै सबैभन्दा कम कोभिड संक्रमित फेला परेका छन् । यहाँ सोमबार दश हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिएका संक्रमितसहित भारतमा कुल एक करोड पाँच लाख ८१ हजार आठ सय संक्रमित पुगेका छन् । यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि एक करोड दुई लाख २८ हजार सात सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतका कोरोना संक्रमणमुक्त हुने दर ९९.६६ प्रतिशत पुगेको छ । यस्तै मृत्यु दर १.४४ प्रतिशत मात्रै छ । मन्त्रालयले मंगलबार बिहान जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा एक सय ३७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । योसहित भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या एक लाख ५२ हजार पाँच सय ५६ पुगेको छ ।
2021/03/04 12:46:08
https://www.nayapatrikadaily.com/news-details/58745/2021-01-19
mC4
महिला स्वयंसेविकालाई साईकल बितरण - namunaonline महिला स्वयंसेविकालाई साईकल बितरण भरतपुर/भरतपुर महानगरपालिका वार्ड नं. ८ ले भरतपुर स्वास्थ्य चौकी अन्तर्गत रहेर कामगर्दै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई साईकल बितरण गरेको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ६ जना महिला स्वयंसेबिकाहरुलाई साईकल बितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं ८ का कोभिड–१९ को सक्रमितहरुको स्वास्थ्य स्थिती, विपन्न बालबालिकाको लगत संकलन गर्न र नियमित स्वास्थ्य सम्वन्धि जनचेतना दिदै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाहरुको कामलाई सहज होस् र थप हौसला मिलोस भनेर प्रोत्साहन स्वरुप साईकल बितरण गरिएको भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । वडाध्यक्ष न्यौपानेले जनताको स्वाथ्यको क्षेत्रमा कुनै कमजोरी हुन नदिनका लागि आफु सदैव लागिपरेको र स्वास्थ्य चौकीका हरेक गतिबिधिमा आफ्नो साथ रहिरहने बताउनुभयो । बि सं. २०४२ सालमा स्थापना भएको भरतपुर स्वास्थ्य चौकीका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई पहिलो पटक वडाले प्रोत्साहन स्वरुप साईकल बितरण गरेकोेमा निकै खुशि लागेको भरतपुर स्वास्थ्य चौकीकी प्रमुख ईश्वरा तिवारीले बताउनुभयो । यसले स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाको मनोवल बढ्नुका साथै काममा अझ बढि लगनशिल भएर लाग्न पे्ररित गर्ने प्रमुख तिवारीको भनाई छ । वडाले बिकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफुलाई उत्कृष्ट सावित गर्दै आएको छ । वडा नं. ८ ले यस अघि पनि गौरिगञ्ज माध्यामिक बिद्यालयमा ऋत्भ्ख्त् अन्तर्गत कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुलाई स्टेशनरी समाग्री प्रदान गरेको थियो । आइतबार भरतपुर महानगरपालिका वडा नं. ८ को कार्यालयमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष दामोदर न्यौपाने, वडा सदस्यहरु भगवति गौतम, साबित्रि बि.क., वडा सचिव जयन्ती आचार्य, ईन्जिनियर सुरज देवकोटा, भरतपुर स्वास्थ्य चौकी प्रमुख ईश्वरा तिवारी वडाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
2021/10/25 07:59:07
http://namunaonline.com/2020/12/976/
mC4
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि समाजले १ लाख ८७ हजार रुपैयाँ सहयोग गरेको हो । शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले रानालाई रकम हस्तान्तरण गर्नुभएको छ । दुवै मृगौलाको समस्याबाट ग्रसित रानाको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ । पारिवारीक अवस्था कमजोर भएको र मृगौलाको उपचार महंगो हुने भएकोले परिवारले अर्घाखाँची समाज जापानलाई सहयोगका लागी अपिल गरेको थियो । परिवारको अपिललाई ध्यानमा राख्दै समाजका कोषाध्यक्ष टोपबहादुर घर्तीमगरको संयोजनमा समाजले आर्थीक संकलन गरेको हो । आर्थिक सहयोग अभियानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अर्घाखाँचीबासी नेपालीहरुले सहयोग गर्नुभएको समाजका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा सहयोगीदाताहरु सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । संकलित रकम समाजका संरक्षक नेत्र बिष्टको उपस्थितिमा फरेक्स रेमिट्यान्स जापानको सिनओकुबु शाखाबाट नेपाल पठाईएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नु पर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।
2021-03-03T16:57:13Z
https://www.nepalghatana.com/news/42728/
OSCAR-2109
महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न सांसद ठगुन्नाको आग्रह (सम्बोधनको पुर्णपाठ सहित भिडियो) – Upahar Khabar महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न सांसद ठगुन्नाको आग्रह (सम्बोधनको पुर्णपाठ सहित भिडियो) प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १८:०३ June 5, 2020 काठमाडौँ – दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल मा बोल्दै सांसद ठगुन्नाले महाकाली करिडोर, व्यापारिक, धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएका कारण यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न आग्रह गरे । सांसद ठगुन्नाले गोकुलेश्वर–देथला–खार–खलंगा सडक खण्डको आगामी वर्ष कालोपत्रेको लागि बजेट विनियोजनको समेत माग गरे । त्यस्तै सांसद ठगुन्नाले भर्तोला–उकु–सेरा सडक, बिटुले–पारिबगर–खण्डेश्वरी सडक, तिमुरबाट(बाननि सडक, एरिछाना–रिठाचौपाता–धनथला सडक, देथला–रानिशिखर–आगर सडक, दल्लेख–नागु–शिना सडक लाई पर्याप्त बजेट उपलब्ध गराउन समेत माग गरेका छन् । सम्बोधनको पुर्णपाठ: बिनियोजन विधेयक २०७७ अर्थमन्त्री ज्यू ले पेश गर्नु भएको छ जस अन्तर्गत विभिन्न मन्त्रालयको कार्यक्रमको बारेमा यहा छलफल चलिरहेको छ, म सर्वप्रथम बिनियोजन विधेयक २०७७ र यहा प्रस्तुत मन्त्रालयगत कार्यक्रम लाई समर्थन गर्न चाहन्छु र ति कार्यक्रमहरुलाई कार्यान्वयन गर्नको लागि केहि सुझावहरु यहा पेश गर्ने अनुमति चाहन्छु । खास गरेर भौतिक योजना मन्त्रालय अन्तर्गत महाकाली कोरीडोर अन्तरगत दार्चुला-तिंकर सडकलाई यसपनली महत्वकासाथ अगाडी सारिएको छ । यो सडक सुदुरपश्चिम प्रदेश को मात्र नभई राष्ट्रिय रुपमै महत्वपुर्ण सडक हो । यसले एकातिर कालापानी, लिपुलेक लाई जोड्छ यसकारण यो समारिक महत्वलेपनि महत्वपुर्ण सडक छ । दोस्रो तर्फ कञ्चनपुर को ड्राईपोर्टबाट ४२५ किलोमिटरमा यो तिब्बतको ताक्लाकोट पुग्छ यसकारण यो सडकको व्यापारिक महत्व पनि छ । तेस्रो कैलालीबाट कैलालीको एयरपोर्टबाट कैलाश मानशरोवर ४७५ किलोमिटरमा यो सडक पुग्छ जसले यस्को धार्मिक र पर्यटकिय महत्व पनि छ ।यसकारणले यो अत्यन्त महत्वपुर्ण सडक लाई राय्ट्रिय गौरवको सडकको रुपमा आगामी दिनमा कार्यान्वयन गर्नको लागि म भौतिक योजना मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु । यस्तै विगतमा संघ अन्तरगत सञ्चालित र प्रदेश हस्तान्तरित थुप्रै सडकहरु आज बजेट अभावले अलपत्र छन् । देथला – खार- खलंगा सडक जुन दार्चुलाको वैकल्पिक सदरमुकाम जोड्ने सडक हो जो अहिले प्रदेश गौरवको सडकको रुपमा पनि कार्यान्वयन भईरहेको छ । यसमा बर्ष भौतिक योजना मन्त्रालयले ७ करोड बजेट पनि बिनियोजन गरेको छ, यो सडकलाई आगामी बर्मा कालोपत्रे गरेर, गर्नलाई सम्पन्न गर्नको लागि पर्याप्त बजेट भौतिक योजना मन्त्रालय र सरकार मार्फत बिनियोजनहोस् भन्ने म माग गर्न चाहन्छु ।त्यस्तै क्रमागत संघबाट सञ्चालित सडकहरु जुन प्रदेश हस्तान्तरित भएका छन् भर्तोला-उकु-सेरा सडक, बिटुले-पारिबगर-खण्डेश्वरी सडक, तिमुरबाट-बाननि सडक, एरिछाना-रिठाचौपाता-धनथला सडक, देथला-रानिशिखर-आगर सडक, दल्लेख-नागु-शिना सडक लाई पर्याप्त बजेट उपलब्ध गराउन समेत म माग गर्न चाहन्छु किनभने संघबाट सञ्चालित र हाल प्रदेश हस्तान्तरित सडकहरु प्रदेशले पर्याप्त स्रोत बिनियोजन नगर्दा खेरि यि सडकहरु अलपत्र छन्, नेपाल सरकारको नितिपनि छ यि सडकहरुमा पर्याप्त बजेट बिनियोजन गरेर यि सडकहरु सञ्चालन गर्न सक्यौं भने मलाई लाग्छ पुर्वाधार क्षेत्रमा समग्र ठाँउका जनताहरुले एउटा लाभ लिन सक्ने छन् । खानेपानी अन्तर्गत हाल दार्चुला जिल्लामा ९० वटा योजनाहरु जुन प्रदेश हस्तान्तरित योजनाहरु छन् ति अलपत्र छन् लामो समयदेखि ति योजनाहरुमा पर्याप्त बजेट नभएर अाधाअधुरा रहेका छन् । खानेिानी मन्त्रालयले विगतमा खानेपानी मन्त्रालयबाट सञ्चालित योजनाहरुलाई पर्याप्त बजेट उपलब्ध गराएर यी योजनाहरुलाई सम्पन्न गर्नको लागि अावश्यक बजेट बिनियोजन गर्नु पर्ने छ यसको लागि पनि म अनुरोध गर्न चाहन्छु । सुक्खाग्रस्त क्षेत्र अन्तरगत चमेलिया खानेपानी योजना कुणीकुसकाँडा खानेपानी योजनामा यस बर्ष ५ करोड बजेट बिनियोजन भएको थियो, अागामी बर्षको लागि ४ करोड बजेट बिनियोजन भएको छ, यसलाई छिटो भन्दा छिटो ठेक्का मार्फत अगाडी बढाउनको लागि म खानेपानी मन्त्रि ज्यु लाई अनुरोध गर्न चाहन्छु । यो क्षेत्रका जनताहरु खानेपानीबाट अत्यन्त पिडितछन् । दार्चुला जिल्ला का ति सम्पुर्ण ९० वटा योजनाहरुलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सक्यौं भने दार्चुला जिल्लाका समग्रभेगका जनताहरुले शुद्ध खानेपानी उपलब्ध गर्ने छन् यसबारेमा खानेपानी मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु । यस्तै खेलकुद मन्त्रालय अन्तरगत यस बर्ष दार्चुला जिल्लामा कभर्डहल निर्माणको लागि ५० लाख बजेट बिनियोजन थियो त्यो क्रमागत रुपमा काम भईरहेको छ, तर अागामी बर्षको बजेट पुस्तिकामा त्यो शिर्षक देखिएन, यसरि यस बर्ष कार्यक्रममा राखेर खेलकुद मन्त्रालयले लगानि गर्ने र आगामी बर्ष कार्यक्रममै नराख्ने हुदा खेरि त्यो अलपत्र पर्ने अवस्था छ यसकारणले यस बर्ष बजेट मा भएर बजेट बिनियोजन भएर काम शुरु भएको दार्चुला जिल्ला सदरमुकाममा जुन कभर्डहल निर्माण भईरहेको छ त्यसलाई चाहि आगामी बर्षमा पनि निरन्तरता दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । शहरी विकास मन्त्रालय अन्तरगतका कार्यक्रमहरु दुर्गम भेगमा ज्यादै न्युन मात्रामा छन्, शहरी विकास मन्त्रालय सिमित शहर हरुमा मात्र केन्द्रित भएको छ, यसले गर्दा खेरि शहरी विकास मन्त्रालय अन्तरगतको बजेट एक किसिमले विभेदकारी ढंगले बिनियोजन भएको छ । मैले यसमा के सुझाव दिन चाहन्छु भने समग्र देशलाई, समग्र प्रदेश लाई र सम्पुर्ण निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर शहरी विकास मन्त्रालयका कार्यक्रमहरु आगामी दिनमा कार्यन्वयन हुनेछन् म यहि सुझाव दिन चाहन्छु । ह्याम्स अस्पतालमा उपचाररत २ जना विरामीमा कोरोना संक्रमण भएको पुष्टि सुदूरपश्चिममा ६० हजार भन्दा बढी क्वारेन्टाइनमा, स्वाब संकलन कार्य रोकियो, प्रदेश सरकारमाथि नै प्रश्न चिन्ह ?
2021/08/04 13:19:36
https://upaharkhabar.com/13705/
mC4
कोरोनाका बिरामीको उपचार सहज बनाउन कैलालीका सिडियोलाई उपप्रधानमन्त्री पोखरेल निर्देशन – Sourya Online कोरोनाका बिरामीको उपचार सहज बनाउन कैलालीका सिडियोलाई उपप्रधानमन्त्री पोखरेल निर्देशन सौर्य अनलाइन २०७८ वैशाख २१ गते १८:१७ मा प्रकाशित काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन । कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई सिधै टेलिफोन गरी जानकारी लिएका हुन । उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए । मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए । उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी गराए । उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सिसिएमसीले सहयोग गर्ने बताए । खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
2021/05/16 14:56:00
https://www.souryaonline.com/2021/05/359198.html
mC4
शाहिलको दोहोरो जित | Hamro Khelkud शाहिलको दोहोरो जित चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले पुरुष एकलमा काठमाडौंका भबिश थापालाई २१–९ र २४–२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । यस्तै पुरुष एकलतर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्द, पविन लिनथेप, नवलपरासीका रोशन कुमाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, एपिएफका सुमन लिम्बु, सुर्खेतका नरेन्द्र बम, बाराका रामकृष्ण श्रेष्ठ दोश्रो चरण यात्र तय गर्दा सेनाका आयुष्मान नागरी, र बाँकेका इरफान अन्सारीले वाकओभर पाए । यस्तै छात्र एकलतर्फ कैलालीका रोसन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्यायले पनि दोश्रो चरण प्रवेश गर्ने क्रममा जित निकाले । प्रतियोगिताको बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले एक कार्यक्रम विच प्रतियोगिताको उद्घाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरि २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । महिला तथा पुरुष एकल स्पर्धाका बिजेताले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।
2021/04/22 03:29:16
https://www.hamrokhelkud.com/general/83661.html
mC4
Rastra Daily | दैलेखमा कोरोना संक्रमण रोक्न एसएमएस अभियान दैलेखमा कोरोना संक्रमण रोक्न एसएमएस अभियान दैलेखमा कोराना सक्रमणलाई समुदायमा फैलिन नदिनको लागि स्थानीय प्रशासनले कोरोना रोकथामका लागि 'एसएमएस अभियान' संचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एक कार्यक्रममो विचमा उक्त कुराको जानकारी गराएका हुन । जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरु त्था नेपाली सेनाको इन्द्र दल गुल्मका सेनानी बिकेसिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेत सहभागि बैठकमा प्रमुख जिल्ला अधिकारीले सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान थालीएको वताए । सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोगले कोरोना रोकथाममा तीनवटा सुरक्षा सीप प्रयोग गराउन एसएमएस अभियान सुरु गरिएको र स्थानीय प्रशासनले चालेको कदममा स्थानीय गैरसरकारी निकायहरुले हातेमालो गर्ने भएका छन् । सामाजिक सेवा केन्द्र नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएका परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सहयोग गर्ने बताए । दैलेखमा १ हजार ३८ जना सक्रमित मध्ये सवै निको भैसकेको छन भने ५७ जना मात्रै सक्रमित रहेको फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए
2022/06/26 02:35:05
https://rastradaily.com/news/2567/
mC4
लैङ्गिक विभेद हामो जस्तो पितृसतात्मक समाजको सबै तह र क्षेत्रमा पाइन्छ । यसले विशेषतः महिला र यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिपर्धात्मक क्षमताको विकासलाई अवरुद्ध गरेको छ । परिवार, समाज, सार्वजनिक स्थान तथा राज्यका सबै तहमा फरक–फरक लैङ्गिक विभेदका स्वरुपहरु छन् । अर्कोतर्फ लैङ्गिक असमानतालाई आजको बजारले मनोरन्जनको, प्रतिश्पर्धाको नाममा बलियो र व्यापक बनाएको छ । सामाजिक आधारमा आफ्नो उत्पादन बेच्न बनाइएका कतिपय विज्ञापनहरुमा लैङ्गिक समानताको आवश्यकतालाई वेवास्ता गरिएको छ । लैङ्गिक असमानतालाई प्रश्रय दिइएको छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका आदि विज्ञापनका माध्यम रहेकोमा पछिल्लो दशकमा सामाजिक सञ्जालको उदयले बस्तु तथा सेवाको विज्ञापन गर्न सहज र सुलभ बनेको छ । आजको पुस्ता किशोरकिशोरीहरु सबै भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता पनि हुन् । एक टेलिभिजनमा जुत्ताको विज्ञापनमा पुरुषले जुत्ता लगाएपछि महिला पुरुषको काखमा गएर बसेको देखाइन्छ र त्यस्तै तेलको विज्ञापनमा पुरुषको कपालचम्किलो बनाएपछि महिलाले सुम्सुम्याएको देखाइएको छ । विज्ञापनमा महिलाले मात्र लुगा धोएको, खाना पकाएको दृष्यले दिने सन्देश महिलाको भूमिका चुलोचौको मात्र हो भन्ने रुढिग्रस्त सोच बाहेक केही होइन । बालबालिका वा किशोर किशोरीले यस्ता विज्ञापनबाट नै लैङ्गिक विभेद सिक्दछन् र उनीहरुलाई गहिरो प्रभाह पर्दछ । किशोर किशोरी लैङ्गिक विभेदको कारण यौन तथा प्रजजन् स्वास्थ्यको समस्या बढेको छ । तीस वर्ष अगाडि स्वास्थ्य शिक्षामा प्रजजन् स्वास्थ्यको पाठ पुरुष शिक्षकले पढाए केटीहरु टाउको तल गर्ने र महिला शिक्षकले पढाए केटाहरु टाउको तल गर्ने अवस्थामा आज पनि अधिकांश विद्यालयमा परिवर्तन भएको छैन । विशेषतः किशोरीहरु यौन दुव्र्यवहार, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरुबाट पीडित बनेको तथ्यांक रहेको छ । विद्यालयले बालबालिका र किशोर किशोरीलाई आज पनि राम्रोसंँग यौनकाबारेमा शिक्षा दिन सकेको अवस्था छैन । यौन शिक्षाले यौनको बारेमा सकरात्मक र सम्मानजनक दृष्टिकोण निर्माणमा सहयोग पुग्दछ । प्रविधिको पहुँच र प्रयोगसंँगै किशोर-किशोरीहरुले पुस्तक, इन्टरनेट, पोर्न साइटवा साथीहरुबाट यौनकाबारेमा आधा, अधुरो वा गलत ज्ञान आर्जन गर्न सक्ने तर्फ परिवार, विद्यालयले ख्याल राख्नु पर्दछ । अन्तमा किशोर-किशोरीहरु आजको पुस्ता हो । यो पुस्ताले लैङ्गिक परम्परागत विभेदलाई फाल्न, समानताका सकरात्मक अभ्यासलाई निरन्तरता दिन र नयाँ अभ्यासको निर्माण गर्न सक्छ । परिवार, समाज, विद्यालयबाट मात्र सिकाईको तरिकालाई आज प्रविधिले फेरी दिएको छ । यहि पुस्ताभोलीको समाजको नेतृत्व पनि हो । लैङ्गिक समानता बढाउन किशोरीहरुको सशक्तिकरण आवश्यक छ तर यो अभियानमा किशोरहरुलाई पनि साथसाथै अगाडि बढाउनु पर्दछ । त्यसैले आशा गरौ यो पुस्ताको क्षमता विकास, सशक्तिकरणमा लगानी बढाऔ ।
2021-03-08T09:38:26Z
https://bfm.org.np/category/news/thathabhanalii-bltakara-garaka-aarapama-parahara-javana-pakarau
OSCAR-2109
नयाँ कानुनले उब्जाएका केही यक्ष प्रश्न डा नवीन पोखरेल भदौ १, २०७५ शुक्रवार १०:२१:१२ प्रकाशित पुरानो मुलुकी ऐनलाई विस्थापित गर्ने नयाँ कानून लागू भएको छ । यो नयाँ कानून चिन्तन मनन गरेर ल्याइएको छ वा हचुवाको भरमा ? सम्पूर्ण नेपालीले एकपटक सोच्नुपर्छ र सरकारलाई प्रश्न गर्नु पर्छ । दशैं आयो, तिहार आयो भनेर खुशी हुने र भूइँचालो आयो, बाढी पहिरो आयो भनेर क्षणिक विस्मय गरे जस्तो होइन यो कुरा । यो कानूनको दीर्घकालिन असर जनतालाई नै पर्ने हो। सस्तो लोकप्रियता चाहने नेताहरु त बदलिरहन्छन् । उनीहरु निहीत स्वार्थमा नियम र कानून बनाउँछन् र फेर्छन्। भर्खरै हामीले डा. गोविन्द के.सी. अनसनको बारेमा सुनिरहेका थियौं । किन गरिरहेका छन् पटक–पटक आन्दोलन के हामीले बुझेका छौं ? फेरि नयाँ कानून के हो त यी कुराहरु ? किन त नेताहरु देशमा विकासका काम छोडेर चिकित्सा क्षेत्र र डाक्टरका पछि लागिरहेका छन् ? स्वास्थ्यकर्मीहरु आफ्ना बिरामीहरुका कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरा प्रति अत्यन्तै संवेदनशील हुन्छन् । हामीलाई आफ्ना जनताहरुको स्वास्थ्यको हेरचाह र उपचार गर्न कति डाक्टर, नर्स चाहिन्छ ? आगामी २० वर्षभित्रमा कति जना जनशक्ति उत्पादन हुन्छन् ? के उनीहरुका लागि राज्यले देशमा नै रोजगारी दिन के कस्ता योजनाहरु छन् ? ? कति विदेशमा छन् ? कति जना विशेषज्ञ छन् ? हरेक प्रदेशमा कसरी उनीहरुलाई विभाजन गर्ने ? काम दिने ? अति थप कति अस्पताल, कति वेड चाहिन्छ ? उक्त प्रश्नहरुको लेखाजोखा छ त सरकारसँग? नेपालबाट पलायन भएका स्वास्थ्यकर्मीहरुलाई सरकारले समयमा नै नेपाल फर्काउन सकेको खण्डमा नेपालले अझ स्वास्थ्य क्षेत्रमा प्रगति गर्न सक्दछ । नेपाल संघिय राज्यमा विभाजन भइसकेको अवस्थामा स्वास्थ्यकर्मीहरुका लागि संघियतामा कसरी विभाजन गर्ने भन्ने विषय अहिले सरकारको चुनौती बनेको छ । कुन क्षेत्रमा कति मेडिकल कलेज, अस्पताल र वेड संख्या चाहिन्छ भन्ने कुराको स्पष्ट विवरण तथा तथ्याङ्क लिन सकेमा मात्र स्वास्थ्य क्षेत्रका लगानीकर्ताहरुको लागि लगानी सुरक्षित हुन्छ । पछिल्लो समय सरकारले नै मेडिकल कलेज खोल्न अनुमति दिएर निर्माण भएका केही मेडिकल कलेजहरु सम्वन्धन नपाएर आफ्नो लगानी डुब्ने हो कि भन्ने डर त्रास लिएर बसेका छन् । सरकारी तवरबाट पनि पहिला खोल्न दिने पछि सम्वन्धन नदिने जस्ता क्रियाकलापहरुले लगानीकर्ताहरु पलायन हुनु पर्ने अवस्था सिर्जना भएको छ। मैले तपाईंको भाईलाई सोधेर सबै तयारी गरीसकें, अब मेरो छोरालाई विहे गर्न तपाईको छोरी दिनुहोस् भनेर कसैले भन्यो भने तपाईले छोरी दिनुहुन्छ ? त्यसैगरी एउटा मन्त्रालयबाट झुटमुट आसयको पत्र लिएर भवन निर्माण गर्ने अनि खर्च भइसक्यो, अब त सम्वन्धन दिनै पर्छ भनेर नेताहरुलाई प्रलोभनमा पार्ने अनि जनतालाई सोझा ठानेर सम्वन्धन लिने प्रयास गर्ने मेडिकल माफियाले गरेका कुरा सबै जायज हुने । उनीहरु कानूनको दायरामा नआउने । जे गरे पनि हुने, तर त्यस्ता कलेजबाट उत्पादन भएका डाक्टर त लापरवाही हुने नै भए पनि, त्यही भएर नयाँ कानूनमा सजाय व्यवस्था गर्नु नै प¥यो नि । यही हो त जनतालाई सुःख दिने भन्ने सरकारको आचरण। स्वास्थ्य सेवा, आकास्मिक सेवा, आर्मी, पुलिस आदि सेवाहरु अति नै सम्वेदनशील सेवाहरु हुन् । यसमा हरेक दिन नयाँ कानून, नयाँ निष्कर्ष बन्न सक्दैन । दिनरात काममा तल्लिन हुनुपर्ने, पढी राख्नुपर्ने, अनि बिरामीको उपचार तन र मनले मात्रै गर्नु पर्ने । धनको कुरा त धेरै पछाडि छुटिसक्यो । यस्तो अवस्थामा सरकारले नयाँ कानून बनाउँदा धेरै विचार पु¥याउनु पथ्र्यो मेडिकल उपचारमा २+२= ४ हुँदैन । एउटा रोगले शरीरको सबै अङ्गमा असर गर्न सक्ने हुन्छ । त्यसका कारणले जहिले पनि कुनै कारणले रोगीको मृत्यु भएमा के भएको भनेर निर्णय गर्ने नेताले, साथीभाईले होइन । डाक्टरहरुको टोलीले गर्नुपर्छ र सो टोली एउटा हुन सक्दैन, त्यसलाई चेक गर्ने अर्को टोली पनि समानान्तर (साइडमा) हुनुपर्छ । अनि मात्रै सही र गलत निर्णय गर्न सकिन्छ । यसमा अरु कुराहरु पनि सम्मिलित छन् । औषधी उत्पादन गर्ने कम्पनीहरु, के हाम्रो कम्पनी अथवा आयातित औषधीहरु गुणस्तरीय छन् त ? के औषधी दिँदै गरेका नर्सहरु गुणस्तरीय कलेजबाट उत्पादित हुन् त ? के ल्यावको रिपार्ट ठीक छ त ? ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीले ठीकसँग जाँच गरेका छन् त ? यी सबै कुराले बिरामीको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । यी सबैलाई पनि कानूनको दायरामा ल्याउने कानून चाहिन्छ। कहिलेकाँही हामीले सुन्ने गरेका छौं, दाहिनेतिरको अप्रेसन गर्नुपर्नेमा देब्रेतिर अप्रेसन भयो रे ? अब यसका बारेमा सोचौं । बिरामी पहिल्यै वार्डमा भर्ना भएको हुन्छ । उसलाई अप्रेसन कोठामा सार्ने बेलामा कुन साइडको अप्रेशन गर्ने भनेर चिह्न लगाउने काम हो नर्सको अनि अप्रेसन कोठामा बुझ्दा अर्को नर्स÷स्टाफले सोध्नुपर्छ । कुन साइडको भनेर अनि बेहोस गर्ने डाक्टर र सहयोग गर्ने नर्सले पनि सोधपुछ गर्नुपर्छ । अनि बल्ल अप्रेसन गर्ने मान्छेले पनि एकिन गर्नुपर्छ । यो सबैजना सजायका भागिदार हुन्छन् । त्यति सजिलो छैन यि कुराहरु। त्यसैले नियम कानून बनाउनु अगाडि त्यसले पार्ने असरको बारेमा सरकारी तवरबाट उचित अध्ययन हुनु पर्छ । आफ्नो आङ्गको भैसी देख्न सिक्नुपर्छ । अति सस्तो लोकप्रियता होइन । हामीलाई दीर्घकालीन समाधान चाहिएको छ। कति दुःख दिने एक जना डा. के.सी. लाई । सबैजनाले डाक्टर साहेवले जस्तै देशलाई माया गरेर नियम कानून बनाएमा आन्दोलन कहिल्यै हुने छैन र कोही पनि कसैको सामु झुक्नुपर्ने छैन । स्वास्थ्य क्षेत्रमा केही खराव व्यक्तिका कारण समग्र स्वास्थ्य क्षेत्रको बदनााम नै भएको छ । सरकारले जुन पछिल्लो समय ल्याएको कानूनले एउटा राम्रो तरिकाबाट अभ्यास गरिरहेका व्यक्तिहरुको मनोबल गिराउने कार्य भएको छ । उक्त कुराको परिमार्जन गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।
2018/11/19 17:39:48
http://swasthyakhabar.com/story/25195
mC4
महानगरले गर्यो ५२ गाडी काम नलाग्ने तार संकल | suryakhabar.com मुलुकैभर लगातार भारी वार्षाः सप्तकोशीमा बाढीको बहाब उच्च, ४८ ढोका खोलियो, कर्तक रहन आग्रह Home पु.समाचार समाचार महानगरले गर्यो ५२ गाडी काम नलाग्ने तार संकल on: ५ चैत्र २०७४, सोमबार १६:२९ In: समाचारTags: महानगरले गर्यो ५२ गाडी काम नलाग्ने तार संकलNo Comments काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका ५२ गाडी तारको व्यवस्थापन गरेको छ । कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य शुरु गरेको हो । आज मात्रै तीन गाडी तार व्यवस्थापन गरेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । आज बिहान कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपासबाट ती तार संकलन गरिएको थापाको भनाइ छ । त्यसैगरी, कामपाले आज नै सडकमा रहेको नौ गाडी धुलोको पनि व्यवस्थापन गरेको छ । शुरुको अहिलेसम्मदेखि हालसम्म एक हजार १९५ टन धुलो संकलन गरिसकेको छ । उनले भने, "सार्वजनिक बिदाको दिन पनि नभनी काम गरिरहेका छौँ । काम गर्ने थोरै, बिगार्ने धेरै भएपछि सकारात्मक प्रभाव देखिँदैन । त्यसका लागि सबै जिम्मेवार हुनुप¥यो ।" संकलित तारमा सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोन हुन् । ती तार तत्कालका लागि टेकुमा राखिएको छ । धुलो संकलन गर्ने, जथाभावी फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तारको व्यवस्थापन गर्ने काम कामपाले नियमित रुपमा गर्दै आएको छ ।
2020/08/06 10:58:25
https://www.suryakhabar.com/2018/03/41385/
mC4
Naya Drishti | सल्यानमा २८ दिने दुधे बालक जंगलमा फाल्ने आमा सहित एक पुरुष पक्राउ - Naya Drishti सल्यानमा २८ दिने दुधे बालक जंगलमा फाल्ने आमा सहित एक पुरुष पक्राउ - Naya Drishti असोज १९ सल्यान । सल्यानको शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित एक पुरुषलाई प्रहरीले पक्रा'उ गरेको छ । उनीहरुलाई सोमबार दिउसो विभिन्न स्थनहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा शारदा नगपालिका वडा नं ३ को वर्ष ३५ को शान्ता परियार (बच्चाको आमा) र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारी रहेका छन् । पक्राउ परेका उनीहरु दुवैजना श्रीमान श्रीमती नभएको र पुरुष विवाह भैसकेको र महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जना गत वर्ष कार्तिकमा रोजगारी को शिलसिलामा भारतको उत्तराखण्डमा सँगै गएका र दुवैजना दशैं मान्न घर सङ्गै फर्केका हुन् । गाडडाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगरमा हिजो असोज १८ गते आइपुगेका हुन्। घरमा पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६:०० बजेतिर फाली घरतर्फ लागेको प्रहरीको भनाइ रहेको छ । १९ गते बिहान ६:०० बजेतिर मर्निङ वाकमा निस्केका स्थानीयले जंगलमा रुदै गरेको बच्चा देखेंपश्चात प्रहरीलाई सुचना दिएका थिए । सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटिई गएको र बच्चालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल सल्यानमा राखिएको थियो । अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता लक्ष्मन ओलीले बताउनु भएको छ ।
2021/05/17 04:45:46
https://nayadrishti.com/naya_drishti_news/2984
mC4
जुलुसमाथि दमन हुँदा चार किसानको हत्या | Chhatapost.com Home Breaking News जुलुसमाथि दमन हुँदा चार किसानको हत्या Haryana Police use water cannons to disperse the Youth Congress workers accompanied with farmers after stopping forcefully , farmers going to delhi during a protest rally against the new Agri-Ordinance at Punjab Haryana Border near Ambala on Sunday, September 20,2020 . Express video by Jasbir Malhi कृषिमा उदारीकारणको विरोधमा भारतका किसानहरुले आन्दोलन सघन बनाउने भएका छन् । उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लामा आइतबार किसानहरुको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा नौ जना किसानहरुको हत्या भएपछि आन्दोलनले आगामी दिन अझ उग्र लिने अपेक्षा गरिएको छ । आइतबार मारिएका किसानहरुमा परिवारलाई प्रतिपरिवार ६० हजार ५ सय भारु क्षतिपूर्ति दिने घोषणा गरे पनि किसानहरुले कृषि कानुनविरुद्ध प्रदर्शनलाई अझ अघि बढाउने घोषणा गरेका छन् । आइतबारको हत्या काण्डबारे अनुसन्धान गर्न उच्च अदालतका एक जना अवकाश प्राप्त न्यायधिशको अध्यक्षतामा अनुसन्धान आयोग बनाएको छ । "सोझो किसानहरुको अवस्थाबारे संसारलाई जानकारी दिन हामी उत्तर प्रदेश र भारतका अन्य भूभागमा पनि किसान आन्दोलनलाई सघन बनाउनेछौँ", भारतीय किसान संघका नेता धर्मेन्द्र मलिकलाई भने । "सरकारले भारतीय किसानहरुको दस महिना लामो आन्दोलनलाई बेवास्ता गरेको छ । तर, हामी शान्तिपूर्ण तरिकाबाट सङ्घर्ष जारी राख्नेछौँ, उनले भने । किसानहरुको प्रदर्शनमा भारतका सङ्घीय गृह राज्यमन्त्री अजेय मिश्रको छोराले गाडी हुइँकाएपछि चार जना किसानहरु मारिएको किसान नेता र सरकारी अधिकारीहरुले बताएका छन् । किसानहरुले किसानहरुको निर्मम हत्याको निम्ति गृह राज्यमन्त्री र उनका छोरा दोषी भएकोले मन्त्री मिश्रले तत्काल पदबाट राजीनामा दिनुपर्ने र छोरालाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । किसानको हत्याका लागि दोषीको रक्षा गर्दै गृहराज्य मन्त्रीहरुले उल्टै आन्दोलनरत किसानहरुले गाडीका चालक र भारतीय जनता पार्टीका तीन जना कार्यकर्तालाई कुटेर मारेको आरोप लगाएका छन् । घटनाको अनुसन्धानको क्रममा प्रहरीले मन्त्रीका छोरासहित चौध जना मानिसविरुद्ध प्रहरीले फौजदारी मुद्धा दायर गरेको छ । भाजपाले पनि आफ्ना तीन सदस्य र चालकको हत्याको आरोपमा आन्दोलनरत किसानहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । भारतको सङ्घीय सरकारले गत वर्षको सेप्टेम्बरमा संसद्बाट पारित कृषि कानुनहरु भारतका किसानहरुको हितमा नरहेको भन्दै खारेजीको माग गर्दै लगातार आन्दोलन गरिरहेका छन् । गत सातामात्र आन्दोलन थालनी भएको एक वर्षको पुगेको अवसर पारेर राजधानी नयाँ दिल्ली नजिकै विशाल प्रदर्शन गरेका थिए । किसानहरुले किसानविरोधी कानुनलाई कालो कानुनको संज्ञा दिँदै आएका छन् । किसानहरुले ती कानुन व्यवहार आए कृषि उत्पादनको मूल्यमा सुनिश्चितता अन्त्य किसानको आम्दानी घट्ने र आफ्नो फसल सस्तो मोलमा व्यापारीलाई बेच्नुपर्ने बताएका छन् । किसान आन्दोलनको क्रममा जनवरी महिनामा एक जना प्रदर्शनकारी मारिएका थिए भने हजारौँ प्रदर्शनकारी घाइते भएका छन् । भारतका हजारौँ किसानहरुले नयाँ दिल्ली वरपर लगातार दस महिनादेखि धर्ना दिएर काला कानुनको खारेजीको माग गर्दै आएका छन् । आन्दोलनको विषयमा सरकार र किसानहरुबीच भएको चरणबद्ध वार्ता सफल हुनसकेको छैन ।
2022/05/21 09:21:58
https://chhatapost.com/2021/10/06/%E0%A4%9C%E0%A5%81%E0%A4%B2%E0%A5%81%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF-%E0%A4%A6%E0%A4%AE%E0%A4%A8-%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%95/
mC4
पौष १७, काठमाडौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा दलहरुले सहमति नगरे नयाँ संविधानको पहिलो मस्यौदा आफैंले बनाउने चेतावनी दिएका छन् । संविधासभा भवन नयाँ बानेश्वरमा जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले दलहरुसामू दुई विकल्प प्रस्तुत गरेका हुन् । एक नेताका अनुसार नेम्वाङले पहिलो विकल्पका रुपमा संविधानका विवादित विषयमा चार दिन भित्र सहमति गर्न दलहरुलाई आग्रह गरे । त्यसमा सहमत नहुने भए संविधानको पहिलो मस्यौदा बनाउने अधिकार आफूलाई दिन प्रस्ताव गरेका छन् । ‘नियमावलीलाई निलम्बन गरे १० देखि १४ दिनभित्र म मस्यौदा बनाउँछु’ आफू शिव भगवानले जस्तै कालकूट विष खान तयार भएको भन्दै बैठकमा नेम्वाङले भने-‘चिक्त नबुझे संशोधन गर्नुस् ।’ बैठकमा कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच सहमतिको प्रयास गर्ने बताए । केही दिनमा सहमति नभए सभाध्यक्षले माग गरे अनुसार मस्यौदाको अधिकार दिन सकिने उनीहरुले बताए । तर, माओवादीले भने सभाध्यक्षलाई मस्यौदा बनाउन दिन नसकिने बताएको छ । बैठकमा सभाध्यक्षको प्रस्तावमाथि दलहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ ।
2022-11-29T10:10:34Z
https://www.janaboli.com/post/2706
OSCAR-2301
निलम कार्की निहारिकाको उपन्यास 'द्रौपदी अवशेष' हुम्लाबाट सार्वजनिक – Online Khabar २०७८ साउन ३ गते १०:०३ मा प्रकाशित ३ साउन, काठमाडौं । निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास 'द्रौपदी अवशेष' सार्वजनिक भएको छ। कर्णाली प्रदेश अन्तर्गत हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित 'द्रौपदी अवशेष' सांस्कृतिक उपन्यास हो। हुम्लामा नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा 'द्रौपदी अवशेष' उपन्यास गत शुक्रबार विमोचन गरिएको थियो। उपन्यासका सम्बन्धमा लेखक कार्की भन्छिन्, 'जुन माटोको कथा थियो, त्यहीँ लोकार्पण भएकोमा म निकै खुसी छु।' उनले उपन्यास लेख्ने सन्दर्भमा स्थानीयबाट प्राप्त सहयोगप्रति सबैमा आभार प्रकट गरिन्। हुम्लामा हिमपातका कारण 'मेरा पात्र' हुम्लाबाट नेपालगञ्जका लागि जहाज चढ्न नसकेको दृश्य पुस्तकमा छ। उनले भनिन्, 'बहुपति प्रथा एक संस्कृति हो। भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष–परोक्ष सम्बन्ध छ। यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठकसामु पुर्‍याउने मेरो सानो प्रयास मात्र हो – द्रौपदी अवशेष।' हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाबारे लेखिएको यस कृतिको विषयमा हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले लेखेका लेख्छन्, 'उपन्यासकारले यस कृतिमार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक व्यवहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रूपमा ढालेर बाह्य जगतलाई बोधगम्य बनाउने जुन चेष्टा गर्नुभएको छ, त्यो साह्रै सराहनीय कार्य हो।' हुम्लामा पानी परिरहेकाले नेपालगञ्जबाट हुम्लाका लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला हुम्ला पुगेको उनले बताए। यही वास्तविकतासँगै समाज अगाडि बढिरहेको उनको भनाइ छ।
2021/08/01 14:09:32
https://www.onlinekhabar.com/2021/07/985427
mC4
Diyopost.com :: सिरिया युद्धको रहस्य ! सिरिया युद्धको रहस्य ! - Diyopost.com सिरिया युद्धको रहस्य ! श्रीदेवीको निधन र सिरिया आक्रमण एकैचोटि जस्तो पर्यो । यसले नेपाली फेसबुके सेलेब्रिटीहरुलाई पनि स्तब्ध बनायो । मृत्यु र युद्ध प्राणीका लागि खेदजनक कुरा हो, यसमा कुनै विमति रहेन । कुनै शोषित–पीडितहरु बाँच्दासम्म उनीहरुको समान हकका लागि आवाज नउठाउने, सहयोग नगर्ने तर मरेपछि लासमा पैसा फाल्ने हामी जुन समाजमा छौँ, त्यहाँ अन्तर्राष्ट्रिय दुःखद घटनाहरुमा खेदहरु व्यक्त हुनु नौलो होइन । श्रीदेवी मलाई मनपर्ने एक कलाकार हुन्, उनको कलालाई भारतले कसरी प्रयोग गर्यो, आफ्नै ठाउँमा छ । जहाँसम्म सिरिया युद्धको कुरा छ । सिरियाको युद्ध खासगरी रुस र अमेरिकाको युद्ध हो । युद्धको जडमा रुस र अमेरिकाको जस्तोसुकै स्वार्थ होस्, यस युद्धको परिभाषा र प्रयोजन उनीहरुले जसरी गरुन्, यो एक भयानक हस्तक्षेप र दादागिरी हो । सिरिया युद्धको पिँधमा धर्म छ । यो खासगरी सिया र सुन्नी समुदायबीचको अबुझपन हो । सिरियामा बसर अल असादको सरकार छ, असाद सिया समुदायका हुन् । त्यसैले उनको सरकारलाई सिया सरकार भनेर पनि बुझ्ने गरिन्छ । तर, सिरियामा सुन्नी समुदाय बढी छन्, झन्डै ८० प्रतिशत । असादको सरकारलाई रुस, इरान र चीनको पनि समर्थन छ । यहाँ विभिन्न समूहले सरकारविरुद्ध आवाज उठाएका छन्, उनीहरु आफ्नो समुदायको पनि सरकार चाहन्छन् । त्यहाँ एउटा विद्रोही नागरिकहरुको फ्रि सिरियन आर्मी छ, जसलाई त्यति चरम पन्थी मानिँदैन । यसले असद सरकारलाई हटाएर धर्मनिरपेक्ष सरकार बनाउन चाहेको भनिन्छ । यसलाई अमेरिका, युके, फ्रान्स, जर्मनीलगायतको सहयोग छ । त्यस्तै यहाँ चरमपन्थी समूह पनि छन्, जो असदलाई हटाएर इस्लामिक सरकार ल्याउन चाहन्छन् । यहाँ कुर्दहरु पनि छन्, कुर्दहरु पहिलो विश्वयुद्ध पछिको सिमानाका कारण तीन देशका बाँडिएका छन्, सिरिया, इराक र टर्कीमा । सिरियाका कुर्दहरु पनि विद्रोहमा छन्, उनीहरु आफ्नो स्वायक्त क्षेत्र चाहन्छन् । अमेरिकाको भाषामा सिरियामा आतंककारी समूह र गतिविधि अमेरिकाका लागि खतरनाक छ । त्यसैले यहाँ फ्रि सिरियन आर्मीकै सरकार आउनुपर्छ । आफ्नै छिमेकी मुलुकमा अमेरिकाको हस्तक्षेप देखेपछि रुसले त्यहाँको सरकारलाई सहयोग गर्यो । यसबाहेक यहाँ विविध लफडाहरु पनि छन्, सिमानका देश वा इस्लामिक कट्टरपन्थी समूहहरुलाई लिएर । सिरियामा त्यहाँकै जनताबीच छलफल हुन आवश्यक छ । सबै समूह, समुदायले स्पेस पाउन अर्थात् समावेशी हुन आवश्यक छ । यसका लागि धार्मिक वा जातिगत भएर होइन कि स्वतन्त्र रुपले उनीहरुबीच नै बहस हुन आवश्यक छ । र, त्यहाँ विकसित भनिएका मुलुकले त्यो शिक्षा वा मुद्दाका लागि अभियान चलाउन आवश्यक छ । तर, धार्मिक अबुझपनका कारण यो सब भइरहेछ । नेपालका कतिपय युवा, जो दिमागमा जातीय विभेद, छुवाछुत र सामन्त सोच बोकेर हिँडेका छन्, उनीहरु नै सिरियाको युद्धमा भावुक भएका छन् । यहाँ भावकुताले कुनै काम गर्दैन । यहाँ त विवेकको काम छ । कसरी संसारका मानिसहरुलाई धार्मिक कट्टरपन्थी हुनबाट रोक्ने यो एउटा मुद्दा हो, तर अमेरिकालगायत देशले मुस्लिम देश वा इस्लामिक विद्रोहीलाई नै अर्घेलो देखेजस्तो लाग्छ । पहिलो विश्व युद्धमा हतियार बेचेर धनी भएको देश अमेरिका, आप्रवासीहरुको देश अमेरिका, उसको चिन्तन पनि त्यस्तै त्यस्तै छ । आफूलाई शक्तिशाली देख्ने रुसको पनि घमन्ड बढ्दो छ । त्यसैले हामी न्यायप्रेमीहरुले मानिसहरुलाई धार्मिक कट्टरपन्थी वा जातिवादी हुनबाट रोक्न आवश्यक छ, मानिसलाई केवल मानिस बनाउनतिर सोच्न आवश्यक छ ।
2018/09/23 01:29:43
http://www.diyopost.com/news/2018/02/28/29342.html
mC4
सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री ओली( भिडियाेसहित) • ABC NEWS NEPAL | No.1 News channel of Nepal सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री ओली( भिडियाेसहित) 2018-11-09 07:12 काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । तिहारका अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 'विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइनेछ', सन्देशमा ओलीले भनेका छन्, 'सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित छौं ।' समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् ।
2019/03/26 07:18:48
http://www.abcnepal.tv/posts/67336
mC4
प्रधानमन्त्री ओलीमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको पत्र « रिपोर्टर्स नेपाल प्रधानमन्त्री ओलीमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको पत्र काठमाडौं, ६ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितको बैठकबाट निर्णय गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाहीको अनुरोधसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमाथि आचारसंहिता उल्लंघनको ठहरसहित कारबाहीको अनुरोधसहित पत्र लेखेको हो । काँग्रेस संसदीय दलका कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन आचारसंहिता विपरितको कार्य गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमाथि कारबाहीको अनुरोध गरिएको भनिएको छ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेकपा एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री श्री कृष्णगोपाल श्रेष्ठज्यूले सार्वजनिक अपिल मार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको छ, काँग्रेसले आयोगलाई लेखेको पत्रमा भनिएको छ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ भन्ने निर्णय गरेबमोजिम कारबाहीका लागि अनुरोध गरिन्छ ।' राष्ट्रिय सभाको बागमती प्रदेशतर्फको रिक्त सदस्यको उपनिर्वाचनमा मौन अवधिमै अवधिमा कुनै पनि उम्मेदवार या तिनका समर्थकले मत माग्ने या त्यससम्बन्धी प्रचार प्रसारका गतिविधि गर्न पाउँदैनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधि सुरु भइसक्दा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए । उनले आज एक अपिल जारी गर्दै बादल पार्टीको आधिकारिक उम्मेदवार रहेको उल्लेख गर्दै मतदान गर्न अपिल गरेका थिए । ओलीले अपिलमा भनेका थिए,'पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो ।' उनले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने भन्दै चेतावनी समेत दिएका छन् । ओलीले अपिलमा पार्टीको एकतालाई सुदृढ गर्न योगदान गर्न जोड दिदै भनेका छन्,'यस निर्वाचनमा पार्टीका उम्मेदवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आव्हान गर्दछु ।' उनले बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्ने तर्क गरेका थिए । यसैगरी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जिकिर गर्दै प्रधामन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने जिकिर गरेका छन् । उनले ओलीमाथि १ लाखसम्मको जरिवाना हुनसक्ने बताए ।
2021/08/03 11:46:49
https://www.reportersnepal.com/2021/05/547371
mC4
छिन्नमस्तामा दर्शनार्थीलाई हात धुन र पूजारीलाई मास्क लगाउन अनिवार्य – Online Khabar अर्पणको 'लिम्बो'मा आना शर्मा कालोबजारीको बेला पोखरेली दिदीबहिनीले बनाए मास्क कोरोनाको त्रासका कारण 'मिस नेपाल-२०२०' स्थगित छिन्नमस्तामा दर्शनार्थीलाई हात धुन र पूजारीलाई मास्क लगाउन अनिवार्य २०७६ चैत ८ गते ९:०२ मा प्रकाशित ८ चैत, सप्तरी । श्रद्धालु र दर्शनार्थीको भिडभाड हुने सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरमा कोरोना भाइरस संक्रमण हुन नदिन विशेष सतर्कता अपनाइएको छ । विश्वभरि नै कोरोना भाइरसको त्रास रहेको बेला छिन्नमस्ता मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आउनेहरुलाई साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । यसका साथै सबैको स्वास्थ्य परीक्षण समेत शुरु गरिएको छ । स्वास्थ्य परीक्षणका निम्ति मन्दिर प्राङ्गणमै हेल्थ डेस्क स्थापना गरिएको छ । बिहीबारदेखि आउने श्रद्वालु एवं दर्शनाथीको स्वास्थ्य जाँच गर्दै साबुन पानीले हात धुन लगाउने काम शुरु गरिएको मन्दिरका पीठाधीश माकान्त ठाकुरले जानकारी दिए । नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुभक्तजन आउने गरेकाले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाइएको उनको भनाइ छ । स्वास्थ्य चौकी सखडासँग समन्वय गरी यहाँ हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा पहिलो दिनमै सात सय पाँच जना भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ । हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए÷नभएकोबारे सोधपुछ गर्ने, शरीरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ । मन्दिरभित्र प्रवेश गर्न एकद्वार प्रणाली लागु गरिएको छ । भक्तजनलाई कम्तिमा तीन फिटको दुरी बनाएर लाइनमा राख्ने गरिएको छ । यसलाई व्यवस्थापन गर्न स्वयम्सेवक तथा शक्तिपीठ संरक्षण सम्वद्र्धन समिति समेतलाई सक्रिय बनाइएको छ । पूजारीहरुलाई समेत मास्क लगाउन अनिवार्य गरिएको छ ।
2020/07/02 16:20:06
https://www.onlinekhabar.com/2020/03/846059
mC4