text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
Pnpkhabar.com | Popular Nepali Portal नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो - Pnpkhabar.com
काठमाडौं, कार्तिक ४ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।
यस्तै, बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ । | 2021/12/06 18:56:36 | https://www.pnpkhabar.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A5%8D%E0%A4%B8%E0%A5%87-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%95-%E0%A4%A6%E0%A5%8B%E0%A4%B9%E0%A5%8B%E0%A4%B0%E0%A5%8B-%E0%A4%85%E0%A4%99-2/ | mC4 |
कांग्रेसलाई प्रचण्डको आव्हान: संविधान कार्यान्वयन र समृद्धिको अभियानमा सँगै अघि बढौं – Everest Dainik – News from Nepal
कांग्रेसलाई प्रचण्डको आव्हान: संविधान कार्यान्वयन र समृद्धिको अभियानमा सँगै अघि बढौं
काठमाडौं, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियादेखि संविधानसम्म हातेमालो गरेर ऐतिहासिक उपलब्धि हासिल गर्न सकेको भन्दै अबका दिनमा पनि राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिएका छन् ।
संघीय संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले जनतामा निराशा छाउने अभिव्यक्ति नदिन समेत सबैमा अपील गरे ।
पढनुस प्रचण्डको भनाईका मुख्य अंश
आफूहरुले ल्याएको परिवर्तनलाई संविधान निर्माणका साझेदार दलहरुले नै भुल्न लागेको हो कि ?
अहिले नेकपा र नेपाली कांग्रेस दुबैको बैठक एउटै समयमा बस्यो । यो सकारात्मक संयोग हो । दुबै बैठकको साझा एजेण्डा भनेको संविधान कार्यान्वयनतर्फ जानुपर्छ र विकास र समृद्धितर्फ जानुपर्छ भन्ने नै छ । यो हेर्दा एकै ठाउँमा छौं भनेर गर्व र खुशी हुन्छ ।
मैले सात राजनीतिक दलका तर्फबाट त्यतिखेर गिरिजाप्रसाद कोइरालासँग भएका छलफल, सहमति, प्रयासको लगातार संस्मरण गर्छु । हस्ताक्षर गर्ने एकजना भएकोले यो भारी मेरै टाउकोमा छ कि भन्ने पनि लाग्छ ।
हामी ठीक दिशातिर गइरहेका छौं ।
कमी कमजोरी छन् । नयाँ प्रणाली जाँदा सहज हुँदैन । नयाँ बाटोमा के होला कसो होला भन्ने आशंका, अप्ठ्यारा आउँछन नै । ।
तर हिजो जसरी युद्दको विकराल स्थ्तििलाई शान्तिको यस्तो राम्रो स्थितिमा ल्याउन पहलकदमी गर्यौं भने अहिले त हामी यति राम्रो परिस्थितिमा छौं । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छ ।
अब यो अवसरलाई विकास र समृद्दितर्फ यही एकताबद्ध भएर लैजानुपर्छ ।
अब विकासको यात्रालाई पनि १२ बुँदे, ७ बुँदे हुँदै संविधानसम्मको एकताजस्तो अघि बढाउनुपर्छ । यसरी हातेमालो गरे मात्रै नेपालको, नेपाली जनताको भावनालाई सम्मान र सम्बोधन गर्न सक्छौं ।
यो बीचमा कैयन कमीकमजोरी भए । एकता सात महिना हुँदा पनि टुंगिएको छैन । सरकारले छिटोछिटो सरकार गर्ने सपना देखेपनि कैयन काम हुन सकेका छैनन । यो लोकतान्त्रिक प्रणालीले पनि बाधा पुर्याएको छ । प्रणाली मिलाउँछौं भन्दा पनि एक महिनामा हुने काम १५ महिना लाग्ने अवस्था छ ।
महिला हिंसा बढेकोमा, बलात्कारका घटनामा हामी निकै चिन्तित छौं । त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको बलात्कारको हत्याले सबैभन्दा बढी संवेदनशील बनायो । सरकारको कार्यक्षमता, अनुसन्धानको क्षमता र हैसियतमाथि प्रश्नचिन्ह खडा भएकै हो । हामीले पार्टी र सरकारसँग बस्दा यसको अनुसन्धान गम्भीर र दृढतापूर्वक हुनुपर्छ भनेर गएका छौं । मैले यो विषयमा गृह र प्रधानमन्त्री कार्यालयसँग बारम्बार छलफल गरेको छु । शुरुमा कतै न कतै कमी भएको महसुस गरेर गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ भनेपछि सरकार अहिले गम्भीर ढंगले लागेको पाएका छौं । अब यो घटनामा सत्यतथ्य ल्याउन प्रतिपक्ष, सत्तापक्ष सबैको दायित्व हो ।
निर्मला पन्तको घटनापछि पनि केही घटना देखिए । श्रृंखला नै हो कि भन्ने पनि देखियो । तर त्यसपछि सरकार र प्रहरी प्रशासनको तत्परता देखियो । तत्कालै अपराधी पक्राउ पर्ने अवस्था सिर्जना भयो । यो हिंसाको ग्राफ बिस्तारै तल गएको कुरामा पनि हेक्का राख्नुपर्छ ।
हामी परिवर्तनका हिमायतीहरुले केही भएकै छैन भनेर निराशा र जनतालाई डराउने खालको अवस्था सिर्जना गर्नुहुँदैन । जनताको भावना र मनोदशालाई नकारात्मक नहुने गरी आफ्ना कुरा राख्नुपर्छ भन्ने पनि त्यत्तिकै महत्वपूर्ण छ । | 2020/02/19 03:42:21 | https://everestdainik.com/2018/12/229692/ | mC4 |
असोजमा पनि बैंक कर्जा बिस्तारमा आक्रामक, निक्षेपको अवस्था के छ ? Bizshala -
काठमाण्डौ । असोजमा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् ।
सीडी रेसियो तोकिएको सीमाभन्दा बढी हुने बैंकले समेत राष्ट्रबैंकबाट सापटी ल्याएर समेत कर्जा प्रवाहमा ध्यान दिंदा निक्षेपको तुलनामा कर्जा प्रवाह बढी देखिएको हो ।
बैंकहरुले असोजमा ९७.६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६.२२ अर्ब बढी कर्जा परिचालन गरेका छन् । निक्षेपको वृद्धि भनेर देखाइएको अंक अर्गानिक नभएको र नक्कली निक्षेपको हिस्सा बढी भएकोले ९७.६५ अर्ब अर्गानिक नहुनसक्छ । यो हिसाबले समेत बैंकहरुमा थोरै निक्षेप आउँदा समेत लोन भने आक्रामक रुपले प्रवाह भएको देखिएको छ ।
पछिल्लो एक साताको तुलना गर्दा पनि बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा प्रवाहको आकार ठूलो छ । असोज २२ गतेको तुलनामा असोज अन्तिम साता बैंकहरुको निक्षेप संकलन १३ अर्ब ६५ करोड रहेको छ, जब कि सोही अवधिमा कर्जा भने १५ अर्ब २२ करोडले बढेको छ । | 2021/12/09 10:36:42 | https://bizshala.com/story/%E0%A4%85%E0%A4%B8%E0%A5%8B%E0%A4%9C%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF | mC4 |
डडेल्धराको परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिमा
प्रकासित मिति : १९ श्रावण २०७५, शनिबार प्रकासित समय : १८:५३
डडेल्धुरा साउन १९ । महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्स्निको बाढीले संकटमा पर्दै गइरहेको छ । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हाे।
परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित परशुराम धाम महाकाली नदी कटानको उच्च जोखिमा रहेको परशुराम धाम क्षेत्र विकास समितिका पूर्वअध्यक्ष कैलाश कुमार पाण्डेयले बताएका छन् । 'परशुरामलाई पवित्र तीर्थकारुवमा मानिएको छ। तर, अहिले यो तीर्थ जोखिममा रहेको छ ।' उनले भने, परशुराम क्षेत्र महाकाली नदी कटानको उच्च जोखिमा रहेको अवस्था छ ।
२०५६ मा परशुराम धाम क्षेत्रभन्दा दुई किलोमिटरमाथि परिगाउँ क्षेत्रबाट महाकालीको भंगालो गाउँ पसेपछि तटबन्ध निर्माण गरिएको थियो । तीन वर्षयता निरन्तरको कटानले प्रसिद्ध तीर्थस्थल संकटमा पर्न थालेको छ । परशुराम धाम मात्र नभई तटबन्ध पुनर्निर्माण नहुने हो भने परिगाउँ क्षेत्रमा समेत महाकाली पस्न सक्ने खतरा देखिएको छ ।
उनका अनुसार ५/६ वर्ष अगाडि यहाँ हालिएका तारजालीहरु नष्ट भइसकेको र ढुंगा खस्किसकेको अवस्था छ । महाकाली नदीमा व्यवस्थितरुपमा तटबन्ध भए मात्रै परशुराम धामको संरक्षण हुने उनको बुझाइ छ । विगतमा निर्माण भएको तटबन्ध महाकालीको बाढीले कटान गरेर बगाउँदै लगेको र अहिले आएर कुनै पनि सरकारको ध्यान जान नसक्दा परशुराम धाम क्षेत्र समस्यामा पर्दै गएको हो ।
महाकालीले धामको माथिल्लो क्षेत्रबाट कटान सुरु गरिसकेको यहाँका स्थानीय बताउँछन्। डेढ दशकअघि महाकालीको भंगालो गाउँ फर्किएको क्षेत्रमा पनि तटबन्ध आधाभन्दा बढी बगाएको छ । जालीभित्र ढुंगा भरेर झारो टार्ने किसिमले बनाइएको तटबन्ध महाकालीले बगाउन सुरु गरेको हो ।
व्यवस्थितरुपमा तटबन्ध निर्माण नहुँदा यहाँ रहेको मन्दीर पनि बाढीले बगाउने खतरा रहेको स्थानीय गणेश धामीले बताएका छन् । संरक्षणको अभावमा खतरामा रहेको परशुराम धामको संरक्षणका लागि प्रदेश सरकारले पनि विषश ध्यान दिनुपर्ने उनको भनाइ छ । 'परशुरामधाम एकदमै खतरामा परिसकेको अवस्था छ । यहाँको मन्दिर पनि कुन दिन महाकालीले बताउँछ ।' उनले भने, यसको तुरुन्तै प्रदेश सरकारले व्यवस्थापन गर्नु पर्दछ ।
विगतमा गरिएको तटबन्धको विभिन्न क्षेत्रमा महाकालीले कटान गरिसकेको छ भने परिगाउँ क्षेत्रबाट गाउँ पसेको भंगालो पनि पुनः फुट्न सुरु भएपछि महाकाली गाँउ पस्ने डर र भारत तिर पर्नेमा स्थानीय त्रसित भएको परशुराम नागरपलिका–४ परीगाउँका बलबहादुर खत्री बताउँछन् । वर्षातको समयमा पहाडबाट तीव्र वेगमा तराईमा खस्ने महाकालीको पानीले यस पटक ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ।
डेढ दशकअघि एक करोड बढी लगानीमा निर्माण गरिएको तटबन्ध महाकाली नदी छेउबाट ढुंगा निकालिएका कारण पानीको बहाव परशुराम धाम क्षेत्रतिर फर्किन थालेपछि भत्कन थालेको हो । तटबन्ध गरिएको अधिकांश क्षेत्रमा महाकालीले कटान सुरु गरिसकेको छ। भारतीय सिमानातिर नदीको भाग अग्लो भएपछि महाकालीले परशुराम धाम क्षेत्र कटान गर्न सुरु गरेको छ । | 2022/01/25 08:01:18 | https://www.hamroonline.com/2018/08/5147 | mC4 |
Banijya News | » कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९पुग्योः त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइदै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९पुग्योः त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइदै – Banijya News
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९पुग्योः त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाइदै
०८ माघ, २०७६, काठमाडौं ।
विश्वमा बेलाबेलामा विभिन्न रोगको संक्रमण फैलिने गरेको समाचार आइरहन्छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय चिनमा फैलिएको कोरोना भाइरसबाट नेपाली नागरिक पनि संक्रमित भएको हल्ला सँगै यसको बारेमा नेपालमा पनी चर्चा परिचर्चा हुन थालेको छ ।
चीनमा दुई जनाको ज्यान लिएको नोबेल कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत सतर्कता अपनाउन अपिल गरेको छ ।
चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस)को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले यदी यो भाइरसबाट नेपालमा कोही संक्रमित भए नमूना जाँचका लागि विदेश पठाउनु वाहेक अरु विकल्प नै छैन । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । चिनियाँ सरकारका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको र संक्रमितिको संख्या ४ सय ४० पुगेको बीबीसीले जनाएको छ । त्यस्तै सरुवा रोगको रुपमा देखा परेको भाइरस चीन हुदै अन्य देश थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ ।
चिनियाँ सरकारी अधिकारीहरुले मानिसबाट मानिसमा उक्त रोग सरेको पुष्टिसमेत गरेका छन् । यो रोग श्वास प्रश्वासकै माध्यमबाट सर्ने गर्छ ।
उसो भए नेपालमा जोखिम कति छ ?
सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउदै गर्दा यो रोग नेपालमा पनि नफैलिएला भन्न सकिन्न । नेपालमा पनि पर्यटकको रुपमा भित्रने चिनियाँको संख्या उच्च रहेको छ । जसका कारण उनीहरुको माध्यमबाट नेपालमा पनि कोरोना सर्न सक्ने जोखिम रहेको छ । चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको छ ।
कोरोना भाइरस लागेको कसरी थाहा पाउने?
कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो । यो मान्छेबाट मान्छेमा कति छिटो सर्छ भन्नेमा अध्ययन र अनुसन्धान भइरहेको छ । संक्रमण फैलिएको क्षेत्रमा आवतजावत भएमा जोखिमको सम्भावना बढ्छ ।
कोरोना भाइरसको संक्रमण भएमा ज्वरो आउने, श्वास प्रश्वासमा समस्या आउने र निमोनियको लक्षण देखिने गर्छ ।
नेपाल सरकारले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा स्वास्थ्य सुरक्षामा कडाइ गरेको छ ।
विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । | 2021/06/20 19:43:39 | https://banijyanews.com/2020/01/22/6199/ | mC4 |
काठमाडौं । सेक्सप्रति महिलालाई पनि उत्तिक्कै रुचि, जति पुरुषलाई हुन्छ । तर सेक्सका क्रममा महिलालाई मन पर्ने आसनबारे पुरुषले ध्यान दिंदैनन् । संसर्ग दुवैको सहमतिमा तर सन्तुष्टि पुरुषको भागमा मात्र हुँदा सुखमय यौन जिवनमा फाटो आउन सक्छ । त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु आवश्यक छ ।
महिला आफ्नो मन पर्ने आसनलाई दवाएर भएपनि पुरुषले मन पराउने आसनमा सम्भोग गर्न तयार हुन्छन् । तर अब पुरुषले पनि महिलालाई मन पर्ने आसनबारे पनि ध्यान दिनुपर्ने बेला भएको छ । दुवैले उत्तिकै चरमसुख पाउने गरि सम्भोग भएमा तपाईंको यौन जिवन जहिले पनि सुखमय हुन सक्छ । महिलाले मन पराउने उत्कृष्ट पाँच आसन तल उल्लेख गरिएको छ ।
यो पनि पढनुहोस : एक अध्ययन भन्छ, मांसहारीको सेक्स जीवन सुखद्
१। डगि आसनः महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ । सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । यो आसनमा महिलाले चाहने लोकप्रिय आसन हो ।
२। आँखा जुधाएर गरिने आसनः महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भए पनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ । आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । महिलाले यो आसनका क्रममा यौन साथीसंग आँखा जुधाउन पाउँदा धेरै सन्तुष्ट हुन्छन् ।
३। काउगर्ल आसनः यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा पुर्याउने आसन हो । सम्भोगका समयमा महिलाले पुरुषलाई जिस्काउन मन पराउँछन् । महिला यो आसन अन्र्तगत पुरुषको शरीर माथि बसेर उफ्रीन मन पराउँछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन् ।
४। चम्चा आसनः महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । महिलाले यो आसनमा पुरुषबाट केही फोहोरी व्यवहारको आशा गर्ने गर्दछन् ।
५। उठेर गर्ने आसनः कहिलेकाही महिला सम्भोगको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउँछन् । यो आसनमा महिला उठेर नै पुरुषबाट आफुलाई सम्भोग गराउन चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् । | 2022-12-08T16:12:27Z | https://www.akhabaronline.com/%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%96%E0%A5%81%E0%A4%B8%E0%A5%80-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%AF%E0%A5%8C%E0%A4%A8/ | OSCAR-2301 |
ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख सहयोग
ज्ञानमाण्डू प्रकाशित मिति : July 07, 2020
ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ ।
एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।
कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने जनाएको छ ।
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी , उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति थियो । | 2021/10/24 09:32:19 | https://www.gyanmandu.com/2020/07/global-ime-bank.html | mC4 |
जसरी पनि छिटो संविधान ल्याउन राष्ट्रपतिको आग्रह « Nepal24Hours.com – 'Integration Through Media'
जसरी पनि छिटो संविधान ल्याउन राष्ट्रपतिको आग्रह
१४ भाद्र २०६९, बिहीबार ११:३६ मा प्रकाशित
काठमाडौं, १४ भदौ । राष्ट्रपति डा. रामवरण यादव र प्रमुख दलका शीर्षनेताबीच भेटवार्ता भएको छ । शितल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपतिले के गर्दा संविधान आउंछ त्यो गरेर कुनै पनि मूल्यमा छिटो संविधान ल्याउन दलका नेताहरुलाई आग्रह गर्नुभएको शितल निवास सुत्रले जनायो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला, उप सभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका शीर्ष नेताहरु सहभागी छलफलमा अध्यादेशमाथि अध्यादेश थोपर्ने सरकारको रवैयाप्रति असन्तुष्ट रहंदै आएका राष्ट्रपतिले अध्यादेश ल्याउने नै हो भने पनि दलहरुबीच सहमति जुटाएरमात्र ल्याउन समेत आग्रह गरे । राष्ट्रपति निवासबाट फर्किएपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफूहरुले राष्ट्रपतिलाई बाँकी रहेका विवादित विषयमा सहमति गरेर संविधानसभा पुनर्स्थापना गर्ने अथवा प्रकृयामा नै जाने बताएको उल्लेख गरे । विवादित विषय नमिलेमा ताजा जनादेशमा जानुपर्छ भन्ने सोच दलहरुको रहेको उनको कथन छ ।
उपप्रधान मन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपति संविधान ल्याउनुपर्नेमा चिन्तित रहेको जानकारी दिंदै कसै गरेर पनि संविधान जारी गर्नुपर्ने बताए । | 2022/06/27 21:26:23 | https://np.nepal24hours.com/archives/7978 | mC4 |
ताप्लेजुङका आगलागी पीडितलाई राहत सामग्री हस्तान्तरण – BFM 91.2
ताप्लेजुङका आगलागी पीडितलाई राहत सामग्री हस्तान्तरण
विराटनगर, २९ फागुन । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।
टोलीमा प्रदेश सांसद प्रतापप्रकाश हाङगामा र चन्द्रप्रसाद श्रेष्ठ पनि हुनु हुन्थ्यो । प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्वीन्टल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेक्स, तन्ना, ब्लांकेट एकसय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उलब्ध गराइएको हो । संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई वितरण गर्न बाँकी सामग्री हस्तान्तरण गरेको थियो । लिम्बूले गाउँपालिकाको समयन्त्रमार्फत बाँकी परिवारालाई राहत विरतण गरिने प्रतिबद्धतासमेत जनाउनु भयो ।
कार्कीले आगलागीले बजार पूर्ण रुपमा ध्वस्त भएको बताउनु भयो । पीडित परिवारको पुर्नस्थापना निकै कठिन देखिएकोले यसमा प्रदेश १ सरकारले विशेष राहत प्याकेज नै घोषणा गर्नुपर्ने माग आफ्नो पार्टीको रहेको उहाँले बताउनु भयो । कार्कीले संसद बैठकमा समेत स्थानीयको मागलाई जोडदार ढङ्गले उठाइने जानकारी दिनु भयो । घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको भए पनि त्यो अपुग हुने देखिएको आफूहरुको ठहर भएको कार्कीले सुनाउनु भयो ।
राहत तथा पुर्नस्थापनाको लागि प्रति परिवार कम्तिमा तीन लाख रुपैयाँ उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋणसमेत दिन स्थानीयले माग गरेको कार्कीले बताउनु भयो । कांग्रेस संसदीय दलसंगै पुगेको फुड बैंक लायन्स क्लब अफ इटहरी सुनसरीले पीडित परिवारलाई चामल उपलब्ध गराएको अध्यक्ष ई. भविन खड्का र चेयर पर्सन निर्मला चौधरीले बताउनु भयो । एघार दिनअघि ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको थियो । | 2021/09/24 03:40:38 | https://bfm912.com/%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%B2%E0%A5%87%E0%A4%9C%E0%A5%81%E0%A4%99%E0%A4%95%E0%A4%BE-%E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4/ | mC4 |
रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा, स्रोताले राखिदिए नाम – ejhajhalko.com
रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा, स्रोताले राखिदिए नाम
१० फाल्गुन २०७४, बिहीबार १२:३३ 142 पटक हेरिएको
काठमाडौं । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् ।
तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो ।
यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित 'द आर्क स्टेशन'की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।
रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो ।
बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन्- यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो ।
प्राक्टरले भनिन्, 'जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।'
प्राक्टरले बच्चालाई लाइभ शोमा जन्म दिनु आफ्नो नियमित कामकै बिस्तारित रुप भएको बताएकी छन् । उनले भनिन्, 'यो मेरो कामकै बिस्तार हो, जो म हरेक दिन गर्दछु । म आफ्नो जिन्दगीको हरेक पल आफ्ना स्रोताहरुसँग शेयर गर्दछु ।'
प्राक्टरले बच्चाको नाम जेमसन राखेकी छन् । यो नाम पनि स्रोताहरुबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम 'जेमसन' राखियो ।
रेडियो स्टेशनका कार्यक्रम निर्देशक स्कट राडीले स्थानीय मिडियासँग भनेका छन्, 'दम्पतीले छानेका १२ नामलाई हामीलाई भोटिङमा लग्यौं । जेमसनको जन्म हुँदासम्म भोटिङ चलिरहेको थियो ।'
प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी छिन् । किनकी उनी केही दिनका लागि सुत्केरी विदामा छिन् । | 2021/07/31 01:57:21 | https://ejhajhalko.com/archives/8156 | mC4 |
राजदूत शर्माको बिदाई मंगल वाचन सहितको टिकाबाट | TexasNepal
राजदूत शर्माको बिदाई मंगल वाचन सहितको टिकाबाट
December 25, 2013 Bijay Thapa Leave a comment
पौष १०,भर्जिनिया ,अमेरिका
अमेरिकाको डिसी महानगर क्षेत्रबाट नियमित रुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली पत्रिका विश्व परिक्रमाको आयोजनामा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको बिदाई कार्यक्रम "धन्यबाद राजदूत " को तूल तथा मंगल वाचन सहित टिका लगाई राजदूतलाई बिदाई गरिएको छ l
छिटै नेपाल फर्कने तरखरमा रहनु भएका राजदूत शर्मा उक्त बिदाई समारोहमा आफ्नो मन्तव्य राख्दै राजदूत शर्माले आफ्नो कार्यकालमा सबैको अपार सहयोग र माया पाएको उल्लेख गर्दै नेपाल सरकारले दिएको उत्तर दायित्व बहन गर्दै आफुले केही काम गर्ने सफल भएकोमा हर्ष ब्यक्त गर्नु भयो । मन्तब्य कै क्रममा आफ्नो प्रयास रहदा रहदै पनि अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण तय भै लगभग अन्तिम अवस्थामा भै सकेको भएता पनि नेपालको संबिधान सभा तुहिएको कारण पूरा हुन नसकेको खुलाशा गर्नु भयो l
बिश्व परिक्रमाका प्रधान सम्पादक गोबिन्द गिरि प्रेरणाले राजदूत शर्मा अमेरिका आउदा पनि पत्रकारहरुको तर्फबाट सर्व प्रथम स्वागत गर्न पाईएको थियो भन्दै बिदाई पनि पत्रकारहरुको तर्फबाट गर्न पाईएको संयोग परेकोमा हर्ष व्यक्त गरेका थिए l कार्यक्रमको अधक्ष्यता गरेका गिरिले अमेरिकी नेपाली समुदायका आँखाको नानी वन्नु भएका राजदूत शर्मालाई कुनै भौतिक उपहार भन्दा हृदयको मायाँ उपहार दिन 'धन्यबाद राजदूत 'कार्यक्रमको आयोजना गरेको चर्चा गरे । उहाँले राजदूत शर्माको कार्यकालमा भएका उपलब्धिको बारेमा चर्चा गरेका थिए l साहित्यकार तथा कवि वसन्त श्रेष्ठले राजदूतको सम्मानमा कविता प्रस्तुत गरेका थिए भने पण्डित राजेन्द्र खनालले मँगल वाचन सहित विदाईको टीका लगाई दिएका थिए ।अमेरिका भरका सम्पूर्ण संघ तथा संस्थाको तर्फ बाट यहि पौष २१ गते राजूद्तलाई अन्तिम भब्य बिदाई गरिने भएको छ l | 2022/06/25 08:29:15 | https://www.texasnepal.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A6%E0%A5%82%E0%A4%A4-%E0%A4%B6%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BF%E0%A4%A6%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%82%E0%A4%97/ | mC4 |
मानव बेचबिखन 'ट्रान्जिट' बन्दै कोहलपुर | Nagarik News - Nepal Republic Media
मानव बेचबिखन 'ट्रान्जिट' बन्दै कोहलपुर
कोहलपुर – घटना १, २०७३ जेठ २ गते सिन्धुपाल्चोकका १९ वर्षीया दुई युवतीलाई कोहलपुर बसपार्कबाट प्रहरीले उद्धार ग-यो। वैदेशिक रोजगारको बहानामा भारत लैजाँदै गर्दा दलाल सिन्धुपाल्चोकका ३६ वर्षीय लाक्पासोनम लामा र २७ वर्षीय डिन्डु तामाङ पक्राउ परे। सिन्धुपाल्चोकदेखि विभिन्न नाका कटाउँदै ल्याएका ती एजेन्टले नेपालगन्ज–रुपैडिहा नाका कटाइदिनेलाई २० हजार दिने भन्दै अर्को मान्छे खोजेको सुइँको पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भयो।
२०७३ फागुन १५ गते एक किशोरीलाई एक कट्ठा जग्गा नामसारी गरिदिने प्रलोभनमा पारेर विवाह गरियो। उनलाई भोलिपल्ट भारतको पन्जाब लगियो। त्यहाँ एउटा कोठामा थुनेर दैनिकजसो विभिन्न व्यक्तिले बलात्कार गरे। सहन नसक्ने भएपछि उनले ०७४ असोज २९ गते भारतको गडवालमा रहेकी दिदीलाई फोन गरिन्। त्यहाँबाट उनी फुत्किन सफल भई नेपाल फर्किएर दलालविरुद्ध उजुरी दिइन्।
२०७४ भदौ ४ गते कोहलपुरबाट प्रहरीले सुर्खेतका १५ वर्षीया किशोरीसहित दुई महिलाको उद्धार ग-यो। प्रहरीका अनुसार निराजन विकले दाङ तुल्सीपुरमा आफूले काम गर्ने कम्पनीमा जागिर लगाइदिने बहानामा उनीहरुलाई बेचबिखन गर्न लैजाँदै थिए। छिन्चुबाट कोहलपुर ल्याइपु¥याएका उनले बोर्डरमा दरोसँग बोल्नु भनेपछि ती किशोरीसँगै आएका बुवाले शंका लागेर प्रहरीमा खबर गरे । त्यसपछि प्रहरीले उद्धार ग-यो।
माथिका घटना प्रतिनिधिमूलक हुन्। मानव बेचबिखनका लागि कोहलपुरलाई मुख्य 'ट्रान्जिट प्वाइन्ट' बनाउने गरेको देखिएको छ। किशोरीहरू वैदेशिक रोजगारीको प्रलोभनमा परेर बेचिने गरेको पाइएको छ। भारतको सीमावर्ती क्षेत्रबाट दिल्ली पु-याई विभिन्न मुलुकमा किशोरीको 'सप्लाई' हुने गरेको प्रहरीले जनाएको छ। महिलालाई विभिन्न देश पु-याउन मानव बेचबिखन गर्ने गिरोहले नेपालगन्ज–रुपैडिहा नाका बढी प्रयोग गर्ने गरेको छ। वैदेशिक रोजगारका नाममा भारत पु-याउने र त्यहाँबाट घरेलु मजदुरका रूपमा खाडी मुलुक पु-याउने गरेको तथ्य खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको केआई नेपाल बाँकेकी इन्चार्ज अपना भट्टले प्रविधिको विकाससँगै मानव बेचबिखनका घटना पनि बढ्दै गएको बताइन्। 'ग्रामीण भेगका महिला प्रविधिको सहज पहुँचमा भएकाले मानव तस्करलाई अझ सजिलो भएको छ,' उनले भनिन्, 'आर्थिक रूपमा विपन्न वर्गका परिवारलाई विभिन्न लालच देखाएर बेचबिखन गर्ने गरेको देखिन्छ।'
यस्तै मानवतस्करले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलोभनमा पारी भारतीय नागरिकसँग विवाहसमेत गरिदिने गरेका छन्। चैत ११ गते कोहलपुरकी १४ वर्षीया किशोरीलाई भारत पिलिभिजन परनपुर जरपुराका २२ वर्षीय एक युवासँग विवाह गर्ने भनी भारत लैजाने तयारी हुँदै थियो। ती किशोरी त्यहाँबाट निस्कन सफल भई अभिभावकलाई जानकारी गराएपछि प्रहरीले दलाललाई कोहलपुर–१२, चप्परगौडीबाट पक्राउ ग-यो। पक्राउ पर्नेमा कोहलपुर–१२, सुन्दरबस्तीकी ६० वर्षीया शीतली नेपाली, भारत पिलिभिजन परनपुर जरपुराका ५५ वर्षीय सूर्यजित सिंह र सोही ठाउँका २२ वर्षीय सत्नाम ठाकुर छन्। ती बालिकाको भारतीय नागरिक ठाकुरसँग विवाह गरिदिने भन्दै प्रलोभन देखाइएको प्रहरीको भनाइ छ। यस घटनामा अनुसन्धान जारी रहेको कोहलपुर प्रहरी प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
विदेशमा गिरोह, नेपालमा दलाल
मानव बेचबिखनको जालो विदेशसम्म फैलिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। विदेशमा रहेको गिरोहले नेपालमा दलाल खटाउने गरेको पाइएको छ। सिन्धुपाल्चोकका किशोरीलाई विदेश पठाइदिएबापत सो गिरोहले दलाललाई प्रतिव्यक्ति डेढलाख रुपैयाँसम्म दिने गरेको खुलेको छ। दलालहरु पक्राउ पर्नुअघि २५ भन्दा बढी महिलालाई विदेश पठाइसकेको प्रहरी अनुसन्धानले देखाएको छ। काठमाडौंबाट दिल्लीमा किशोरीहरुको नागरिकता र पासपोर्ट कुरियरमार्फत पठाउने गरेको खुल्न आएको छ। विभिन्न नाका हुँदै दिल्ली पुगेपछि त्यहाँ नागरिकता र पासपोर्ट 'रिसिभ' गर्ने गरेको प्रहरीको भनाइ छ। 'अहिले मानव बेचबिखनका गिरोहले हवाई मार्ग पनि प्रयोग गर्ने गरेका छन्,' कोहलपुर प्रहरी प्रमुख भट्टराईले भने, 'हामीले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कडाइ गरेका छौं।'
प्रकाशित: १४ चैत्र २०७४ ०७:४१ बुधबार
पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चकाे अन्तरिम आदेश
सरकारले खोप लगाउन सुरु गरेका बेला पत्रकारहरुलाई जोखिमयुक्त समुहमा राखेर खोप लगाउने व्यवस्था गरेको थियो। अहिले भने पत्रकारहरुलाई उक्त समुहबाट हटाइर खोपमा प्राथमिकता दिएको छैन
पत्रकार र कर्मचारी हुँ भन्दै ठग्ने दुई जना पक्राउ
पक्राउ परेका मध्ये सिग्देलले आफूलाई पत्रकार र चौहानले वन कर्मचारी हुँ भन्दै विभिन्न काठ मिलहरुबाट रकम उठाउने गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
संवेदनशीलता हराएका तीन थान सरकार
असारे विकामा लिप्त स्थानीय तहहरु यतिबेला शिक्षा जस्तो संवेदनशीलत पिषयमा मौन प्रायः छन् । जहिल्यै जेठ असारमा विकास खर्चको चटारोमा पर्ने उनीहरु त्यहाँ हुने दृष्य वा अदृष्य खेलमा बढी लिप्त हुने गरेको आरोप लाग्ने गर्दछ । | 2021/06/20 12:19:31 | https://nagariknews.nagariknetwork.com/social-affairs/144110-1522202160.html | mC4 |
झापा, १ मंसिर । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको दैनिक पत्रिका हो ।
पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ बर्ष पूरा गरी २७ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।
संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पु¥याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश–१ मै पहिलोपटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।
प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै उगचधबलअजबमिबष्थि.अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।
कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहँदा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक एकराज गिरीले बताए । श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलोपटक कर्पाेरेट हाउसको रुपमा बिकास गरेर लाने प्रधान सम्पादक गिरीको भनाइ छ ।
यता पत्रिकको बजारलाई अझ बिस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । परिवर्तित समयलाई मध्यनजर गर्दै छिटो र प्रभावकारी ढङ्गबाट हरेक क्षेत्रका समाचार तथा जानकारीलाई श्रव्य–दृश्य मार्फत अगाडि बढाउने योजना अनुसार आगामी दिनमा अनलाइनमा श्रव्य–दृश्य सहितको समाचार बुलेटिनको तयारी भइरहेको अनलाइन समाचार संयोजक नरेन्द्र ढकालले बताए ।
पूर्वमै विश्वासनीय सञ्चारमाध्यमका रुपमा अगाडि बढिरहेको पूर्वाञ्चल दैनिक पाठकमाझ लोकप्रिय रहेको छ ।
Related
सम्बन्धित समाचार
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु
काठमाडाैं । विवादका कारण रोकिएको दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएकाे जनाएका छन्...
लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न
दमक, लिम्बुवानखबर, १४ मंसिर । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ,...
एडिबीको सहायतामा रतुवा खाेलामा तटबन्धन
दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको भवन छेउ हुँदै उत्तर तर्फ रतुवा खोलाको कटानग्रस्त क्षेत्रमा कटान न्यूनिकरणका लागि एशियाली बिकास बैंकको ऋण सहायतामा तटबन्धन बन्ने भएकाे छ । लाेकमार्गबाट उत्तर तर्फ रतुवा...
छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेशः फाइनलमा तिजोक पाँचथरसँग भिड्ने
दमक, १४ मंसिर । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा छथर गाउँपालिका, तेह्रथुम फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा जलथल फुटबल क्लव झापालाई ३–०... | 2022-12-02T07:03:41Z | https://limbuwankhabar.com/11/2021/17685/ | OSCAR-2301 |
कोरोनालक्षित वित्तीय प्याकेज: पर्यटन र यातायात व्यवसायीलाई थप सुविधा - The First Nepali Digital Newspaper from Australia (Ausnepal news)
काठमाडौं । सरकारले चैतमा तिर्नुपर्ने बैंकको किस्ताको म्याद असारसम्म सारेको छ । कोरोनाभाइरससँग देश जुधिरहेका बेला आर्थिक क्रियाकलाप करीव ठप्प छ ।
यस्तो अवस्थामा बैंकबाट लिएको कर्जा तिर्न सम्भव थिएन । बैंकका ऋणीले अब चैतमा तिर्नुपर्ने किस्ता असार मसान्तसम्म तिर्न सकिने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कुनै व्यवसायी वा व्यक्तिले चैतमै भुक्तानी गर्न चाहेमा भने मासिक वा त्रैमासिक ब्याज रकममा १० प्रतिशत छूट पाउने भएका छन् ।
यसरी ब्याज छूट दिँदा आधार दरभन्दा कम गर्न नपाइने निर्णय समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थालाई उपलब्ध गराइने कर्जाको ब्याजदर भने ५ प्रतिशत कायम गरिएको छ ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गर्ने निर्णय समेत राष्ट्र बैंकले गरेको छ ।
चैत महिनामा नविकरण गर्नुपर्ने कर्जा नविकरण नभएको आधारमा चैत मसान्तमा सुक्ष्म निगरानी वर्गमा वर्गिकरण गर्न समेत अनिवार्य नगरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
चैत महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालुपूँजि प्रकृतिका अल्पकालिन कर्जाहरुको भुक्तानी अवधी ६० दिन सम्म थप गरिएको छ ।
पर्यटन र यातायात व्यवसायीलाई थप सुविधा
२०७६ पुस मसान्तसम्म ब्याज तथा साँवा नियमित भुत्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीले अल्पकालिन कर्जा माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि निश्चित सीमासम्म सक्षिप्त प्रक्रिया अपनाई ५ दिन भित्र कर्जा प्रवाह गर्नु पर्ने भएको छ ।
यस्तो स्वीकृति गर्दा ०.२५ प्रतिशतभन्दा बढी शूल्क लिन नपाइने भएको छ । स्वास्थ्य सामग्री किन्ने प्रयोजनका लागि कर्जा माग भएमा पनि बढीमा ५ दिन भित्र कर्जा उपलब्ध गराउनु पर्ने भएको छ ।
विद्यूतीय कारोबारवालाई प्रोत्साहन गरी असार मसान्तसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा कोरोनाबाट प्रभावित साना तथा मझौता उद्यमीलाई प्राथमिकता दिइने भएको छ ।
प्रदेश नं ४ मा नेकपा ऐमालेको अपराजित नयाँ इतिहाँस
पोखरा । प्रदेश नं ४ मा नेकपा ऐमालेले अपराजित नयाँ इतिहाँस बनाउन सफल भएको छ । यहाँ एमालेले प्रतिनिधीसभा […]
ओली र प्रचण्डले सांसदलाई संयुक्त प्रशिक्षण दिने
काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका […]
'माघे संक्रान्ति' एउटै पर्व फरक नाम: थारु समुदायमा माघी र नेवारमा 'घ्यःचाकु सन्हुुको रौनक
काठमाडौं । आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि […]
रङ्गकर्मका सर्वकालीन हस्ति, बिष्णुभक्त फुँयाल
जीवनको रङ्ग कस्तो होला ? खैरो, रातो, निलो पहेँलो । मूर्त परिभाषामा जीवनलाई कैद गर्न र रङ्गमा अथ्र्याउन […]
प्रचण्डको घोषणा: कांग्रेसमा उत्साह देखेँ, राजनितिले कोल्टे फेर्नसक्छ'
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रसको चियापान कार्यक्रममा […] | 2020/06/04 00:55:01 | https://ausnepalnews.com/2020/03/75453.html | mC4 |
'मलाई केही चाहिँदैन, मेरो नङको बारेमा आफैँ बुझिदिनुस् ।' | HamroPage.com
'मलाई केही चाहिँदैन, मेरो नङको बारेमा आफैँ बुझिदिनुस् ।'
जनकपुरधाम । मान्छका सोख थरिथरिका हुन्छन् । कसैले आफनो नङलाई हप्तामा दुईतीन पटक काट्ने गर्छन भने कसैलाई नङ्ग पोस्ने शोख हुन्छ । यस्तै छन् जनकपुुरधाम उपमहानगरापलिका १७ बस्ने दिनेश सिंह यादव । उनी आठ वर्षदेखि आफनो नङलाई पोस्दै आएका छन् ।
रामेश्वर यादवका २४ वर्षीय छोरा दिनेश भन्छन्, 'मैले शुरुमा नङ पोस्ने आफ्नो शौख बुझेँ । तर बिस्तारै–विस्तारै नङप्रति माया नै बस्यो । अब त गिनिज बुकमा हाम्रो नाम आओस् भन्ने लक्ष्य रहेको छ ।' पाँच वटै औँलामा यत्रो ठूलो नङ राख्दा अप्ठ्यारो हुँदैन भन्ने जिज्ञासा राख्दा उनी भन्छन् 'शुरु शुरुमा अप्ठ्यारो नभएको होइन, तर अब सबै कार्य गर्छु ।'
उनले अहिलेसम्म नेपालमा यत्रो ठूलो नङ कसैले राखेको छैन । झापामा एकजनाले राखेका छन् । त्यसको पनि दुईवटा ओलामा मात्र रहेको छ । हाम्रो भन्दा सानो नै हो । तर आफू पाँचवटै औँलामा राखेकोले मलाई विश्वास छ, एक न एक दिन मेरो नाम गिनिज बुकमा आउने नै छ ।'
दिनेश यादवले प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत र सांसद रामअशिष यादवलाई नङ देखाउँदै भने 'मलाई केही चाहिँदैन, मेरो नङको बारेमा आफैँ बुझिदिनुस् ।'
उनले भने, 'मेरो नङ हेर्न यूएसको टोली एक पटक आइसकेका छन् । फेरी मंसिरमा आउन लागेको छ ।' मुख्यमन्त्री राउतले पनि गिनिज बुकका लागि के कसो प्रयास गर्न सकिन्छ विश्वास दिलाएका छन् । राजधानी दैनिक | 2020/07/04 08:28:27 | https://www.hamropage.com/49738 | mC4 |
चीन जुनिलियन ह Hong्ग शीर्ष गुणवत्ता कालो चिया कारखाना र निर्माता | Yibin चिया
एकल बुड टीईए
एकल BUD कालो TEA
जुनिलियन ह Hong्ग शीर्ष गुणवत्ता कालो चिया
जुनलियन ह Hong्ग कालो चियाको कार्यहरू: शरीरलाई न्यानो पार्नुहोस् र चिसोसँग प्रतिरोध गर्नुहोस्। यो प्रोटीन र चिनी मा समृद्ध छ, पेट र तातो। यसले पेटलाई बचाउन, पचाउन र चिल्लोपनालाई कम गर्न मद्दत गर्दछ। यसले पनि चिसो हुनबाट रोक्न सक्छ।
जुनिलियन ह Hong
१ केजी
Yibin / Chongqing पोर्ट
आईएसओ, क्यूएस, सीआईक्यू, हलाल
सिचुआन रातो क cong्गौं कालो चिया यिबिन, सिचुआन प्रान्त र अन्य स्थानहरूमा उत्पादन गरिन्छ, १ 50 s० को दशकमा बनेको काउन्च चियामा उत्पादन हुन्छ। 30० भन्दा बढी बर्षमा, चुआनहोंगका प्रतिनिधि ब्रान्डहरू "लिनहु", "दरबार" र "फेस्टिवल नाइट" ब्रान्ड उत्पादनहरू हुन्। कडा र राउन्ड केबलको राम्रो क्वालिटीको साथ, फाइन र सिधा, महीन र चिल्लो रंग, सुगन्धित र उच्च स्वाद, Chuanhong अन्तर्राष्ट्रिय बजार मा राम्रो बेचे र चीन मा उदाउँदो तारा को एक उच्च गुणवत्ता कोंगू कालो चिया एक भएको छ।
सिचुआन गोong्गफु ब्ल्याक टीको उत्पादन कौशल २०१ 2014 मा सिचुआन प्रान्तको अमूर्त सांस्कृतिक सम्पदा भयो
सिचुआन रातो को cong्ग कालो चिया कou्गौं कालो चियाको उदाउँदो तारा हो। केबल फ्याट राउन्ड कडाको आकार, सुनको हो, कालो रंग Zewu तेल शोषण; पकाइएपछि, यसमा सुन्तला चिनी, मीलो र ताजा स्वाद, बाक्लो र उज्यालो सूप रंग, बाक्लो, नरम र रातो पातहरू सहितको ताजा सुगन्ध छ। उत्पादन क्षेत्र मुख्य रूपमा सिचुआनको दक्षिणमा यिबिन क्षेत्रमा अवस्थित छ। चिया वृक्षारोपण उच्च भूभागको हो र चिया रूखहरू चाँडै पलाउँछन् र अप्रिलमा बजारमा प्रवेश गर्छन्। चियाले अन्तर्राष्ट्रिय समुदायले यसको प्रारम्भिक, कोमल, छिटो र राम्रो गुणहरूको उल्लेखनीय गुणहरूको लागि अत्यधिक प्रशंसा गरेको छ।
जून २,, २०१ 2014 मा, सिचुआन गोong्गफु ब्ल्याक टीको उत्पादन सीचुले सिचुआन प्रान्तीय जनताको सरकारमा प्रवेश गर्यो र सिचुआन प्रान्तीय अमूर्त सांस्कृतिक विरासत परियोजना सूचीको चौथो समूहको घोषणा गर्यो। यो आधिकारिक रूपमा सिचुवान प्रान्तको अमूर्त सांस्कृतिक सम्पदा भएको छ। १०० बर्ष भन्दा बढीको इतिहासको साथ, "चुआन ह Hong्ग कou्गौं" विश्व धरोहरको लागि सफलतापूर्वक प्रयोग गरिएको छ, सिचुआन प्रान्तमा पहिलो कालो चिया अमूर्त सांस्कृतिक विरासत परियोजना बन्न पुग्छ, जसले यिबिन चिया उद्योगको विकासलाई पनि बढावा दिन्छ।
सिचुआन गोong्गफु ब्ल्याक चियाका विशेषताहरू हुन्: एक्लो अंकुर वा एउटा कोपिला र एउटा पात टिप्ने पहिलो कोमल टुप्पाको साथ नयाँ मुर्ति र रोलिंग पछि ताजा पातहरू, र त्यसपछि किण्वन। किण्वित चिया पातहरू डिहाइड्रेट हुन्छन् र माइक्रोवेभले आकार दिन्छन्, र त्यसपछि उठाएर सुकाइन्छ। तैयार उत्पाद पाउनुहोस्।
पहिलो पटक चिया रूखका कोपिला र पातहरू कालो चिया बनाउनका लागि प्रस्ताव गरिएको थियो; दोस्रो, उत्पादनको आन्तरिक गुणवत्ता सुधार गरिएको थियो। विगतमा बनाइएको कालो चियाको कच्चा माल तुलनात्मक रूपमा असभ्य र पुराना सामग्रीहरू थिए, कालो चियाको कम गुणस्तरको परिणामस्वरूप, र यस प्रकारको कालो चिया सुनौलो, मधुर र मिठो भरिएको थियो। , परम्परागत कालो चियाको कडा अनुभूति र उत्तेजना बिना, यो सेतो-कॉलर कामदारहरूको स्वादको लागि बढी उपयुक्त छ। | 2021/07/29 21:55:06 | http://ne.scybtea.com/junlian-hong-top-quality-black-tea-product/ | mC4 |
सदस्यसचिव सिलवाल जापान प्रस्थान | Hamro Khelkud
काठमाडौ (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकको सेभ दि मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् ।
सदस्य–सचिव सिलवालको अनुपस्थितिमा राखेप बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्य–सचिवको कार्यभार सम्हालने छन् । शुक्रबार जापान जानेमा जुडोबाट सोनिया भट्ट, प्रशिक्षक सुर्य नारायण श्रेष्ठ, व्यवस्थापक तुलसा थापा र प्रकाश शम्शेर राणा रहेका छन् ।
सुटिङबाट खेलाडी कल्पना परियार र प्रशिक्षक असिम यादवसँगै व्यवस्थापक सुनिलकुमार श्रेष्ठ रहेका छन् । पौडी टोली यसअघि नै जापान पुगिसकेको छ । पौडी खेलाडी एलेक्स शाह र प्रशिक्षक शंकर कार्की नेपालबाट तथा गौरिका सिंह बेलायतबाट जापान पुगिसकेका छन् । ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवासमा बिदाई गरेकी थिइन् ।
१९ जुलाईमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानले टोली जापान जानेछन् । एथ्लेटिक्सको टोली २५ जुलाईमा जापान जाने कार्यक्रम छ । यसपटक टोकियो ओलम्पिकमा जाने सूचीमा रहेका २६ जना रहेपनि तेज गुरुङ नजाने भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडीले सहभागिता जनाउँदैछन् । यसपटकको ओलम्पिकमा नेपालबाट सहभागि खेलाडीमा गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले महिला ४८ केजी तौल समूहमुनि तथा सरस्वती चौधरीले महिला १०० मिटरमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । | 2021/10/25 03:44:28 | https://www.hamrokhelkud.com/general/92545.html | mC4 |
इनरुवा । बिहानै सुनसरी सदरमुकाम इनरुवाका मूर्तिकार कोइ माटो मुछ्न त कोइ पराल बाध्न कोइ माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने काममा व्यस्त बनेका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती मूर्तिका अगाडि नै सबैलाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पु¥याउने ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानमा रहेका मूर्तिकार स्थानीयको सरस्वती पुजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताए । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पुजा गर्ने भएकाले मूर्तिको माग अत्याधिक बढेपछि आफुहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताए ।
विद्यार्थी प्रत्येक घरमा रहने भएकाले सरस्वती मूर्तिका लागि गाउँदेखि शहरसम्म सर्वसाधारणसहित शैक्षिक प्रतिष्ठान सञ्चालकले सरस्वती मूर्ति नै खोज्ने भएकाले अगाडिदेखि नै मूर्ति बनाउन लागिपरेको मेहताको भनाइ छ । एक मूर्ति बनाउन तीन दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उनले बताए । एउटा मूर्ति बनाउन रु ५०० देखि रु एक हजारसम्म लाग्ने गरेको र रु ५०० देखि रु १० हजारसम्ममा एउटा मूर्ति विक्री हुने गरेको मुर्तिकार विनोद मेहताले बताए । मूर्तिबाट मात्र एक याममा रु ५० देखि रु ६० हजार आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ । | 2020/02/23 06:36:34 | http://www.nepalipatra.com/news/statue-/40306 | mC4 |
सामाजिक काममा नेपाली सेना : रक्तदान देखी भौतिक पूर्वाधार — Breaking News, Headlines & Multimedia
सामाजिक काममा नेपाली सेना : रक्तदान देखी भौतिक पूर्वाधार
नेत्र शाही, साउन २२, २०७८जुम्ला,
खलंगा साउन २२ गते ।
नेपाली सेनाले पछिल्लो समयमा सामाजिक क्षेत्रका कामहरुमा जोड दिन थालेको छ ।
नेपाली सेनाले कर्णाली क्षेत्रमा ५४ स्थानमा यस बर्ष काम गरेको नेपाली सेनाको २४ नम्बर बाहिनीपति याम सापकोटाले जानकारी दिनुभयो । जुम्लाको कर्णाली माध्यामिक विद्यालय अनामनगरमा रु २५ लाखको लगानीमा बास्केटवल कोण र भवन निर्माण देखी जनचेतनाका कामहरु, कोभिड १९ रोकथाममा संक्रमित मृतकको काम देखी विभिन्न कामह गरिएको उहाँले संक्षिप्तमा जानकारी दिनुभयो ।
नवनियूक्त गणपति रविन थापाको स्वागत कार्यक्रम तथा पत्रकार भेटघाटमा साविक कर्णालीमा सेनाले भौतिक निर्माण एक ठाउँ सँगै, सडक सूचारु चार स्थान, बाटो घाटो निर्माण दुई स्थानमा, सचेतना कार्यक्रम तीन वटा, काठेपुल निर्माण एक , राहात वितरण तथा आगलागी नियन्त्रण ९ स्थानमा, कोभिड १९ का विभिन्न १६ वटा काम, सहित सयौको संख्यामा अस्पतालमा बिरामीलाई रगत दिएर सामाजिक काम भईरहेको बताउनुभयो ।
उहाँले अझैपनि सामाजिक क्षेत्रमा काम निरन्तर गर्न तयार भएकोमा जोड दिनुभयो । २४ नम्बर बाहिनी अहिले कृषिले पनि सिगारिन थालेको छ । उपलब्ध जग्गा भित्र सयौ स्याउका विरुवा रोप्ने देखी विभिन्न कृषि कार्यमा सेना लागि रहेको २४ नम्बर बाहिनीले जानकारी दिएको छ ।
नन्दा बक्स गणका गणपति रविन थापाले पत्रकारहरु सँगको सूचना सहकार्यमा थप जोड दिने बताउनुभयो । उहाँले सूचना जति प्रवाह गर्यो त्यतिकै समाचार सत्य आउने भएकाले अति गोपनियता विषयका सूचना वाहेक अन्य सूचना सजिलै दिन सकिने जानकारी दिनुभयो । संचार माध्यम र पत्रकारहरु सँगको सहकार्य जनताका लागि झन राम्रो हुने भएकाले नागरिक सैनिक सम्वन्ध बढाउन सजिलो हुनेमा जोड दिनुभयो । उहाँले समाज परिवर्तन र जोखिमबाट जोगिन पनि संचार माध्यामले ठूलो काम गर्दै बताउदै भियतनामको लगाई रोक्न संचार माध्यामले ठूलो सहयोग गरेको बताउनुभयो ।
पत्रकारहरुले नेपाली सेनाले गर्न थालेका सामाजिक कामका बिषयमा प्रशंसा गरेका छन् । कुनै समय सेनाको पोषाक देख्दा डर लाग्थ्यो तर आज नजिक लागि रहेको छ । डर हराउदै गयो । आशा पनि लाग्छ । समन्वय पनि बढ्यो । पत्रकार गोल्डेन बुढाले नेपाली सेनाका बाहिनी पति र गणपति समक्ष आफ्नो धारणा राख्नुभयो ।
बिपतमा नेपाली सेना सारथीको रुपमा हुन थाल्यो । सेना सामाजिक काममा अगाडि बढ्नथालेपछि नमूना सन्देश प्रवाह हुन थालेको छ । नागरिक सैनिक सम्वन्ध बढ्न थाल्यो पत्रकार धनबहादुर बुढाले बताउनुभयो ।
अधिकांश पत्रकारहरुले जुम्लामा सेनाले पछिल्लो समयमा गर्ने सूचना प्रवाह र समन्वयका लागि थप बढ्वा दिनुपर्ने सूझाव दिएका छन् । कुनै वेला देशको परिस्थिति फरक थियो । सेनालाई सो अनुसारको कार्यादेश थियो । वाध्यात्मक परिस्थिति एकातिर थियो होला । तर अहिले नागरिक मैत्री सैनिक सम्वन्ध र सहकार्यमा अगाडि बढेको पत्रकारहरुको जोड थियो ।
नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा दैनिक जसो रगतको सहयोग गर्दै आएको छ । अस्पतालमा छटपटाई रहेका सयौ विरामीलाई अस्पतालले पत्र पठाएमा रक्तदान गरिएको भन्दै गर्ने सामाजिक काम गर्न पाएको वाहिनीपति सापकोटाले खुशी व्यक्त गर्नुभयो । सेनाले विद्यालयमा अन्तरक्रियाहरु समेत नमूनाको रुपमा थालेको छ । | 2022/01/18 16:49:29 | https://corepati.com/archives/9557 | mC4 |
खोटाङका उल्सन नेपाल आइडलको उत्कृष्ट आठमा - Karobar National Economic Daily
खोटाङका उल्सन नेपाल आइडलको उत्कृष्ट आठमा
query_builderAugust 3, 2017 12:07 PM supervisor_accountकारोबार संवाददाता visibility1668
काठमाडौं : सयौं प्रतिस्पर्धीलाई पछि पार्दै खोटाङका गायक उल्सन श्रेष्ठ नेपाल आइडलको उत्कृष्ट आठमा पुग्न सफल भएका छन् । एपीवान टेलिभिजनबाट शुक्रबार बेलुकी ८ः ४५ मा प्रसारण भएको नेपाल आइडल कार्यक्रमबाट उत्कृष्ट आठमा परेका हुन् ।
संगीतप्रतिको गहिरो लगाव र दर्शकको मायाका कारण आफू नेपाल आइडलको उत्कृष्ट ८ मा पर्न सफल भएको बताउने उल्सन श्रेष्ठ आमाबाबुदेखि दिदीदाइले समेत नाच्न, गाउन प्रेरित गर्ने भएकाले आज आफु यहाँसम्म आइपुग्न सहज भएको बताउँछन् ।
गायक उल्सनलाई नेपाल आइडलमा जिताउनका लागि खोटाङमा 'उल्सन जिताऊ' अभियान सञ्चालन भइरहेको छ । गायक श्रेष्ठलाई नेपाल आइडल बनाउने लक्ष्यका साथ सदरमुकाम दिक्तेलमा 'उल्सन श्रेष्ठ जिताउ' अभियान चलाइएको हो ।
उल्सनलाई भोट दिनका लागि मोबाईलको मेसेज बक्समा गएर १८ टाइप गरी ३५२२५ मा सेन्ड गर्न सकिन्छ । उल्सनलाई जिताउनका लागि प्रत्येक बिहिबार बेलुका ८ः४५ बजेदेखि शुक्रबार बिहान १२ बजेसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । नेपाल आईडलको प्रशारण एपीवान टेलीभिजनमा हरेक बिहिबार र शुक्रबार राती ८ः४५ बजे हेर्न सकिन्छ । | 2017/10/18 13:03:19 | http://www.karobardaily.com/news/81232 | mC4 |
३१ वषिर्य चिनियाँ इञ्जिनियर झेङ जियाजियाले गरे रोबोटसँग बिहे « Sherpa media Group Nepal
प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार ११:०६
शेर्पा सञ्चार नेपाल काठमाडौँ । केटी खोज्दा-खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।
'साउथ चाइना मर्निङ पोष्ट' का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न र फोटो पहिचान गर्न सक्छ । साथै केही अक्षर उच्चारण पनि गर्छ । झेङले सो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् ।
गत शुक्रबार एउटा सानो समारोहका बीच झेङले यीङयीङसँग पराम्परागत रितपूर्वक विहे गरेका हुन् । बिहे गर्दा यीङयीङलाई टाउकोमा रातो स्कार्फ लगाएर दुलही झैं सजाइएको थियो । समारोहमा जियाजियाकी आमा र साथीभाईहरु सहभागी थिए ।
झेङ हुआवे कम्पनीका पूर्व कर्मचारी हुन् र अहिले हाङझोउमा रहेको डि्रम टाउनमा काम गर्छन् ।
यो बिहे अनौठो लागे तापनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिहेको प्रचलन फैलिदै जाने भविष्यवाणी गरेका छन् ।
'अबको ३५ वर्षमा रोबोट यतिधेरै विकसित हुनेछन् कि मानिससँग भन्दा रोबोटसँग सेक्स गर्दा मज्जा आउनेछ,' लभ एन्ड सेक्स विथ रोबोट नामक किताबका लेखक डा. डेभिड लेभी भन्छन् ।
निकट भविष्यमा आधाभन्दा बढि पुरुषले सेक्स रोबोट खरिद गर्ने दावी गर्दै उनले कहिल्यै नथाक्ने रोबोटले कहिलेकाहीँ मानिसलाई समस्यामा पारिदिन सक्ने पनि उल्लेख गरे । भविष्यमा विभिन्न सेलिब्रिटीहरुसँग अनुहार मिल्ने रोबोट पनि निर्माण हुने र यसबाट सेक्समा अझै रोमान्चकता थपिने उनको विश्वास छ । | 2022/01/18 04:27:33 | https://sherpasanchar.com.np/archives/1042 | mC4 |
कोरोनाले निम्त्याउने बेरोजगारी न्यूनीकरण गर्न प्रदेश स्तरीय अत्याधुनिक कृषि फार्म संचालन आवश्यक « Media for all across the globe
कोरोनाले निम्त्याउने बेरोजगारी न्यूनीकरण गर्न प्रदेश स्तरीय अत्याधुनिक कृषि फार्म संचालन आवश्यक
नेपाल कृषि प्रधान देश हो । यो भनाइबाट धेरै नेपालीमा यस्तो भ्रम छ कि नेपाल र नेपालजस्ता गरिब देशहरु मात्रै कृषिमा आधारित हुन्छन् । संसारका धेरै देशहरु कृषि प्रधान नै हुन्छन् । प्राकृतिक हिसाबले असम्भव भएका देशमा कृषिको विकास गरिएको उदाहरण प्रशस्त छन् । औद्योगिक विकास गर्दै वित्तीय विकास गरेका देशहरु सही अर्थमा कृषि प्रधान हुन्छन् । विश्वका विकसित देशहरु अमेरिका, रुस, चीन, जर्मन, फ्रान्स, अष्ट्रेलिया, भारत तथा जापान वास्तविक अर्थमा कृषि प्रधान नै हुन् । संक्षेपमा भन्दा प्राकृतिक प्रतिकूलता बाहेक संसारका सम्पूर्ण देश कृषि प्रधान नै हुन् ।
नेपालका बहुसंख्यक जनता कृषिमा आश्रित र आधारित छन् । तैपनि यहाँ कृषि बाहेक अरु औद्योगिकरण संचालन हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव नेपाली समाजमा गहिरो रुपमा रहेको छ । पञ्चायत काल र त्यसपछिको बहुदलीय व्यवस्थामा नेपाल कृषि प्रधान देश भएकोले अन्य क्षेत्रको उद्योगहरुको संचालनमा गुञ्जायस छैन भन्ने सन्देश प्रशिक्षित गरियो । जसले औद्योगिक प्रतिष्ठानहरु क्रमैसँग समाप्तिको भूमिका खेल्यो । कृषि प्रधान देश नारा भित्र भू– स्वामित्व सामन्तहरुको अधिनमा कायम गर्ने षडयन्त्रले उत्पादनशील जमिन जमिन्दार र सामन्तहरुको हातमा पुग्यो । दुई तिहाइ भन्दा बढि जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपर्दा बनेका नीति कार्यक्रम तथा घोषणापत्र र नेताको भाषणमा सीमित छ । विगतको तथ्यांक हेर्दा कृषि क्षेत्रमा प्रत्येक वर्ष कृषि उत्पादन ओरालो लाग्ने क्रममा छ भने ठूलो संख्यामा युवाहरु कामको खोजिमा विदेशिएका छन् । कृषि पेशामा लागेका कृषकहरुको कृषिमा रुची छैन, खेतीपातीका लागि आवश्यक सिँचाईको व्यवस्थाको अभाव, उन्नत जातको बिउबिजन नपाउने, आवश्यक मल र प्रविधि सिकाउने प्राविधिक जनशक्तिको अभाव तथा उत्पादित वस्तु सेवाले बजार पाउँदैन । तर भारतको कृषि उत्पादन आयातमा प्राथमिकता दिएर सरकारले नेपाली कृषि क्षेत्रलाई उपेक्षित गरेको छ ।
समयले व्यवस्था फेरिए पनि राजनीतिक खिचातानीका कारण नेपालीले विदेशी भूमिमा पसिना बगाउन तयार भयो र सरकार रेमिट्यान्समा रमाउन थाल्यो । तर सरकार नेपालमा उत्पादनमूलक कृषिमा जनतालाई लगाउन चाहेनन् । फलस्वरुप अहिले लाखौं युवाहरु विदेशी भूमिको अधिकतम तापक्रममा समेत पसिना बगाउन बाध्य भयो । जसको परिणाम ती देशहरुले विकास र समृद्धिमा फड्को मार्यो तर नेपालको अवस्था झन्झन् जटिल बन्दै गयो ।
यही क्रममा विश्वव्यापी नोबेल कोरोना कोभिड १९ को त्राहिमामका कारण नब्बे लाखको हाराहारी संक्रमित मध्ये अनौपचारिक क्षेत्रका लाखौंलाख मजदुरहरु रोजगारबाट प्रत्यक्ष विमुख भएका छन्, भने नेपालमा अनौपचारिक क्षेत्रका लाखौं मजदुरहरु रोजगारबाट विमुख हुँदा समेत उपयुक्त राहत र रोजीरोटी नपाएपछि हजारौं जनता सयौं किमि हिडेर घामपानी तथा भोको पेटमै आफ्नो गाउँठाउँ पुगेका छन् । साथै विदेसिएका लाखौं नेपाली कोरोनाकै कारण रोजगारी गुमाएपछि नेपाल फर्किनु पर्ने बाध्यता छ । यसबाट नेपालले झण्डै आजभन्दा ३/४ दशक अघिकै रेमिट्यान्स विहिन बाटोमा गुर्जनु पर्ने अवस्था छ । कोरोनाले सिर्जित यस अवस्थामा अब नेपाल स्वयम्ले विगतमा कृषि उत्पादनमा आत्मनिर्भर भए झैं पुनः त्यही अवस्थामा फर्किने मौका मिलेको छ ।
यस समयमा स्वदेश फर्केका र गाउँठाउँ पुगेका युवाहरु सम्मिलित विशेष स्वरोजगार युवा कार्यक्रम केन्द्रीय सरकारले कोरोना संक्रमण अन्त्य पछि लागु हुनेगरी योजना बनाउन संघीय संसदमा छलफल गर्ने र गराउनुपर्छ । जहाँ प्रत्येक प्रदेशबाट कम्तिमा ५ वटा विशेष आधुनिक कृषि उत्पादन र व्यवसायको लागि अत्याधुनिक कृषि फार्म संचालनमा प्राथमिकता दिनुपर्छ । प्राथमिकतामा परेपछि कृषिका अत्यावश्यक अत्याधुनिक स्रोत साधन, उन्नत जातको बीउबिजन, रसायनिक मलको सहज प्राप्तिका लागि प्रदेश सरकारको नियमनमा स्थानीय सरकारको स्वीकृति पछि वितरण हुनुपर्छ । साथै उत्पादित वस्तु तथा सेवाको बिक्रीवितरणमा प्रदेश सरकारले न्यूनतम तथा अधिकतम मूल्य निर्धारण गरेर आम उपभोक्ता समक्ष सहज रुपमा उपभोग गर्ने र विषादीयुक्त भारतीय कृषि उत्पादनको आयातमा कमी ल्याउन वातावरण तयार गर्नुपर्ने संयन्त्र जनप्रतिनिधि सम्मिलित प्रदेश संसदबाट गर्नुपर्छ ।
यसर्थ भारत सरकारले जुनबेला पनि गर्न सकिने आर्थिक तथा अमानवीय नाकाबन्दी विरुद्ध लड्न र सामना गर्न एवं भारतीय विषादीयुक्त खाद्य सामग्री आयातलाई पूर्ण रुपमा विस्थापित गर्न तथा खाद्यान्नमा आत्मनिर्भर हुन केन्द्रीय सरकारले प्रदेश सरकारलाई पनि जीवन्त दिन र देशको सन्तुलित विकास र तत्काल तथा दिर्घकालिन बेरोजगारी समस्यालाई न्यूनीकरणका लागि स्थानिय सरकारको समन्वय हुने गरी प्रत्येक प्रदेशमा कम्तिमा पाँच वटा छुट्टाछुट्टै अत्याधुनिक कृषि फार्म सहितको पकेट क्षेत्र तत्कारो स्थापना र संचालन अत्यावश्यक छ । | 2021/04/20 07:09:00 | https://nepalnewsdainik.com/2020/06/25/1476 | mC4 |
स्वास्थ्य Archives - Page 2 of 4 - पोखरा समाचार
आईतवारदेखि पोखरा लेखनाथ महानगरभित्रका ७० वर्षमाथिका नागरिकको स्वास्थ्य परिक्षण
२ चैत्र २०७४, शुक्रबार २०:३९ 16/03/2018 पोखरा समाचार
पोखरा । पोखरा लेखनाथ महानगरपालिका भित्र बसोबास गर्ने ७० वर्ष माथिका वृद्ध–वृद्धाको स्वास्थ्य परिक्षण हुने भएको छ । महानगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत जेष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाएको हो । अहिले पोखरा महानगरभित्र ७० बर्ष माथिको जनसंख्या १३ हजार रहेको छ । जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महानगरको स्वास्थ्य टोलीले द्धैमासिक रुपमा वडा वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नेछन् । स्वास्थ्य परिक्षण पश्चात् उपचार र आवश्यकता अनुसार अस्पतालहरुमा रिफर गरिने र उक्त उपचारको व्यवस्था निशुल्क गराउने महानगर प्रमुख मानबहादुर जिसीले बताए । जेष्ठ नागरिकको उपचारका…
डा. केसीको मागः पराजुलीलाई जेल हाल्नुपर्छ 'भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ आजीवन काराबास बस्न तयार छु'
१२ फाल्गुन २०७४, शनिबार २२:३३ 24/02/2018 पोखरा समाचार
१२ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ । पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।' आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखे । 'म ९ बजे हाजिर…
५ फाल्गुन २०७४, शनिबार १९:०२ 17/02/2018 पोखरा समाचार
पोखरा। पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ । शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने, 'जसरी जीवनशैली र खानपान परिवर्तन भएको छ,…
दुई पिपलेमा ४ सयको निःशुल्क स्वास्थ्य जाँच
२० माघ २०७४, शनिबार २२:०९ 03/02/2018 पोखरा समाचार
पोखरा । दुई पिपले अस्पताल प्रा.लि, मध्यनेपाल–४, दुई पिपले, लमजुङको आयोजना र पोखरा लेखनाथको युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार निःशुल्क शिविर भएको छ । शिविरमा ४ सय ७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो सम्वन्धी रक्त परिक्षण गरियो । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले स्वास्थ्य मानिसले मात्र परिवार, समाज र देशको नेतृत्व गर्न सक्ने बताए । पूर्वीय सभ्यताले उपचारका विभिन्न पद्धति सिकाएको उल्लेख गर्दै उनले विलासी, वेपरवाह र तामसी जीवनशैली छाड्नुपर्नेमा जोड दिए । उनले भने, 'त्याग, समर्पण र आत्मसन्तुष्टिले हामीलाई स्वास्थ रहन धेरै मद्धत गर्छ…
१९ माघ २०७४, शुक्रबार २२:२६ 02/02/2018 पोखरा समाचार
कमल बराल/पोखरा । पोखरा लेखनाथ-२२ पुम्दी भुम्दी स्थित पुम्दीकोट युवा क्लवले शनिवार वृहत रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा सांसद सम्मान गर्ने भएको छ । रेडक्रस कास्कीको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षणको लागि रोट्रयाक्ट क्लव अफ पोखरा न्यूरोड र रोट्रयाक्ट क्लव अफ मणिपालले सहयोग गर्ने संस्थाका अध्यक्ष सुरज बरालले जानकारी दिए । साथै संस्थाले कास्की क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद रामजी बराल 'जीवन'लाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बरालले बताए। कार्यक्रम शनिवार विहान ८ वजेदेखि पोखरा लेखनाथ-२२, लुकुन्स्वाँरा स्थित क्लव भवन परिसर…
६ माघ २०७४, शनिबार २२:०९ 20/01/2018 पोखरा समाचार
पोखरा । आँबुखैरेनी समाज सेवा संस्था र छिम्केश्वरी जनरल हस्पिटल, आँबुखैरेनीको संयुक्त आयोजनामा शनिबार आँबुखैरेनीमा भएको शिविरमा ३ सय ५ जनाको निःशुल्क रक्त परीक्षण गरिएको छ । शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो निःशुल्क परीक्षण गरिएको हो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले नयाँ प्रविधि, सुविधा र स्वास्थ्य सेवा अब गाउँ गाउँसम्म पु¥याउनु जरुरी भएको बताए । उनले सरकारले यस प्रकारको नीति निर्माण गरी गाउँमै जनतालाई स्वास्थ्य सेवा दिन पहल गर्नुपर्ने उल्लेख गरे । थापाले भने, 'सरकारले गर्नुपर्ने काम यहाँहरुले गर्नुभएको छ । यस प्रकारको दायित्व बोध र…
पृथ्वीचोकमा पेट तथा कलेजो उपचार केन्द्र
१७ पुष २०७४, सोमबार २२:५९ 01/01/2018 पोखरा समाचार
पोखरा । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वीचोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रको पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे । मेयर जिसीले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा विभिन्न समस्याबाट ग्रसित बन्नुपरेको बताउँदै नागरिक चेतना बढाउन र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्न आग्रह गरे । विलासी जीवनशैली र अस्वस्थ खानपान छाडेर दिनमा आधा घन्टा भए पनि परिवारमा स्वास्थ्यबारे छलफल…
पत्रकार खतिवडा युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित
२३ मंसिर २०७४, शनिबार १७:३६ 09/12/2017 पोखरा समाचार
पोखरा । पत्रकार ऋषि खतिवडा युआरएल पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित भएका छन् । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशी १५ हजार नगद, ताम्रपत्र र दोसल्ला छ । युआरएलको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्राडा बुद्धिबहादुर थापा, पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी, अस्पताल व्यवस्थापन विज्ञ डा. बच्चुकैलाश कैनी र युआरएलका अध्यक्ष सुशील थापाले खतिवडालाई सम्मान गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले युआरएलले कास्की र प्रदेश ४ का विभिन्न स्थानमा सेवासँगै सामाजिक…
माटेपानीमा निशुल्क शिविर
२ मंसिर २०७४, शनिबार २०:०२ 18/11/2017 पोखरा समाचार
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल), पोखरा लेखनाथ महानगरपालिका वडा नं १२, रोटरी क्लब अफ पोखरा मिडटाउन र रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको आयोजनामा शनिबार पोखरा–१२, माटेपानीमा निःशुल्क रक्त परीक्षण शिविर भएको छ । विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले आयोजना गरेको यो ४१ औं निःशुल्क शिविर हो । शिविरमा ४ सय ३ जनाको मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र कलेजसम्बन्धी रक्त परीक्षण गरिएको छ । पोखरा १२ का विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएको शिविरमा पोखरा, पृथ्वीचोकमा रहेको पेट तथा कलेजो रोग उपचार केन्द्रका वरिष्ठ पेट तथा कलेजो रोग…
३० कार्तिक २०७४, बिहीबार १८:०८ 16/11/2017 पोखरा समाचार
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल), पोखरा लेखनाथ महानगरपालिका वडा नं १२, रोटरी क्लब अफ पोखरा मिडटाउन र रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको आयोजनामा शनिबार पोखरा १२, माटेपानीमा निःशुल्क रक्त शिविर हुने भएको छ । शिविरमा मधुमेह, रगतमा हुने खराब बोसो (टिजी) र कलेजसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिनेछ । पोखरा १२ का विभिन्न संघ, संस्थासँगको सहकार्यमा हुने शिविरमा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ डा सुबाश भट्टराईले विभिन्न रोगबारे प्रकाश पार्ने छन् । सामाजिक उत्तरदायित्व वोध गर्दै आयोजित शिविरमा महानगरका मेयर मानबहादुर जिसी लगायत सहभागी हुने आयोजक युआरएलको… | 2019/02/15 21:21:31 | http://pokharasamachar.com/?cat=23&paged=2 | mC4 |
अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल « Khabarhub
अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल
तस्वीर–गजुरेलको फेसबूकबाट
बर्दिवास– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताएका छन् ।
मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा बर्दिवासमा आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गरे ।
"जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ," गजुरेलले भने, "दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल 'तैँ चुप मैँ चुप' देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।"
अध्यक्ष गजुरेलले फागुन ७ गते पूर्वको झापा, पश्चिमको कञ्चनपुर, गण्डकी प्रदेशको पोखरा र केन्द्रीय राजधानी काठमाडौँबाट एकसाथ शुरु गरिएको मेची–महाकाली राष्ट्रिय जागरण अभियान यही फागुन २१ गते चितवनमा समापन गरिएसँगै नयाँ आन्दोलनको तयारी गरिने बताए ।
सभामा मोर्चाका केन्द्रीय नेता हरिभक्त कँडेल र कृष्णदेव सिंह दनुवारले जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने जिकिर गरे । | 2021/09/18 20:21:15 | https://www.khabarhub.com/2019/28/8959/ | mC4 |
यस्तो छ सरकारको बेथिति, भ्रमणमा मात्रै सवा दुई अर्ब चट्
Home विशेष यस्तो छ सरकारको बेथिति, भ्रमणमा मात्रै सवा दुई अर्ब चट्
काठमाडौं, फागुन ३० । देशमा संघीयता कार्यान्वयनसँगै भ्रमण खर्च ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म विभिन्न भ्रमणमा गरी २ अर्ब २० करोड ५ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । चालू आवको पुस मसान्तसम्म भ्रमणमा गरिएको खर्च गत आवको सोही अवधिको भन्दा करिब चार गुणाले बढी हो । गत आवको सो अवधिमा भ्रमण खर्चमा जम्मा ४४ करोड ४८ लाख ९६ हजार रुपैयाँ खर्च गरिएको थियो ।
सरकारले देशमा सुशासन कायम गरी खर्चहरू कटौती गर्ने भनेर नारा जपे पनि न त खर्चका शीर्षकहरू कटौती हुन सकेका छन् न त खर्च नै । सुशासनका नाममा भ्रमण, भत्ता, कार्यक्रम, गोष्ठी, सेवा तथा परामर्शमा आधा खर्ब रुपैयाँ सकिँदै आएको छ । यसले अन्धाधुन्दा गरिएको खर्चले सुशासनलाई चुनौती दिएको अर्थ मन्त्रालयका अधिकारी नै बताउँछन् । 'खर्चमा मितव्ययिता कहिले हुने हो,' उच्च स्रोतले भन्यो–'संघीयता कार्यान्वयका नाममा फजुल खर्चमा वृद्धि भएको छ ।'
भ्रमणका नाममा मनपरीतन्त्र चलिरहेको पनि ती अधिकारीले बताए । मन्त्रालय नै रित्तिने गरी राष्ट्रको ढुकुटीमा चाप सिर्जना गरेर गरिएको यस्तो भ्रमणको उपलब्धि खै त ? उनले प्रतिपश्न गरे । भ्रमण र भत्ताका नाममा हुने यस्ता खर्च रोक्न सकिएन भने त्यसै त स्रोत व्यवस्थापन गर्न गाह्रो भइरहेको बेलामा अझ दबाब पर्ने उनले बताए ।
जनताको हितलाई सर्वोपरि मानी सहभागितामुलक, पारदर्शी, स्वच्छ, सक्षम, उत्तरदायी, प्रभावकारी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गर्नु नै सुशासन हो । तर, सरकारले आफ्नै मनोमानीमा खर्चका स्रोतहरू बढाएर आफ्नो हित अनुकूल राज्य सञ्चालन गरेर खर्चका स्रोतहरू बढाइरहेको छ ।
भ्रमण शीर्षकमध्ये पनि सरकारले भ्रमण खर्चमा मात्रै २ अर्ब १४ करोड ८२ लाख खर्च गरेको छ । सरकारले बजेट निर्माण गर्दा नै भ्रमण शीर्षकमात्रै १ अर्ब ७२ करोड ८६ लाख बजेट विनियोजन गरेको थियो । गत आवमा सो शीर्षकमा एक अर्ब ४९ अर्ब बजेट विनियोजन गरिएकोमा जम्मा ४३ करोड ३९ लाखमात्र खर्च भएको छ ।
यसका साथै कार्यक्रम खर्चमा करिब ३ अर्ब खर्च भएको छ । यस आवमा तीन वटा निर्वाचन भएकाले पनि कार्यक्रम खर्च बढेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए । सेवा तथा परामर्शमा एक अर्बभन्दा बढी, गोष्ठीका लागि ४६ करोड ६६ लाख, अनुगमन तथा मूल्यांकनमा ६६ करोड ९८ लाख तथा अन्य भत्तामा २ अर्ब रुपैयाँ सरकारले चालू आवको ६ महिनामा खर्च गरेको छ ।'
सुशासन विकासको पहिलो सर्त पनि हो । असल शासन व्यवस्था नभए राज्य विकसित हुन सक्दैन । वास्तविक विकास त्यो हो जुन आमनागरिकको दैनिक जीवन अनुकूल हुन्छ ।
यसको अभावमा जनताले सुख, शान्ति र समृद्धिको आशासमेत गर्नु व्यर्थ हुन्छ । विकास र सुशासनबीच सदैव अन्योन्याश्रित सम्बन्ध रहने गर्छ । सुशासनको जगमा उभिने विकास फोस्रो कागजी विकास नभएर वास्तविक विकास हुन्छ । जो जनतामैत्री, स्थायी र दिगो हुन्छ । र यस्तो विकासले देशको कुल गार्हस्थ्यमा समेत सहयोग गर्छ । | 2018/03/24 21:35:28 | http://aarthiknews.com/2018/03/135868 | mC4 |
people Nepal » यसकारण पूर्वराजा ज्ञानेन्द्रको निम्तो प्रचण्ड, देउवा र ओलीद्धारा अस्विकार शाह खिन्न ! यसकारण पूर्वराजा ज्ञानेन्द्रको निम्तो प्रचण्ड, देउवा र ओलीद्धारा अस्विकार शाह खिन्न ! – people Nepal
यसकारण पूर्वराजा ज्ञानेन्द्रको निम्तो प्रचण्ड, देउवा र ओलीद्धारा अस्विकार शाह खिन्न !
काठमाडौं, २५ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्यादेवी भण्डारीले सँगै लन्च गरेको खबरले मिडियामा निकै चर्चा भयो।
पूर्वराजा शाहको नाती हृदयेन्द्रको ब्रतबन्धको अवसरमा आयोजना गरेको दिवा भोजमा सरिक हुन राष्ट्रपति विद्यादेवि भण्डारी होटल सोल्टीमा पुगेकी थिईन। भोजमा सरिक हुन पुगेका पत्रकार ऋषि धमलाका अनुसार पूर्वराजा शाह र राष्ट्रपति भण्डारीवीच करिब डेढ घण्टा भलाकुसारी समेत भएको थियो ।
पूर्वराजाले भोजको लागि प्रमुख दलका शीर्ष नेताहरुदेखि, नेपाल सरकारका मुख्य सचिवसमेतलाई निम्तो दिएका थिए । तर, भोजमा निम्तो दिए अनुसार शीर्ष नेताहरु कोही पनि उपस्थित् भएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोही पनि भोजमा आएनन् । पूर्वराजा शाहले सबै शीर्ष नेताहरु आउने विश्वास लिएका थिए । तर उनको उक्त विश्वास लामो समय टिकेन् ।
रमाईलो त के भने रु पूर्वराजा राष्ट्रपति भण्डारीकी छोरीको विवाहमा सरिक भएकोले आज त्यही पैंचो तिर्नपनि राष्ट्रपति भण्डारी आजको भोजमा गएको हुन सक्ने धेरैले अड्कल काटेका छन् । पूर्वराजा गणतन्त्र स्थापना भएको १० वर्ष बितिसकेको छ । यो वीचमा उनले दलका नेताहरुसँग सम्बन्ध सूमधुर बनाउन धेरै कोशिश गरिरहेका छन् । उनले दलका नेताहरुलाई पहिलो पटक सामाजिक कार्यमा निम्तो दिएर आफू दलहरुसँग नजिक रहेको देखाउने प्रयत्न गरेका हुन् । तर उनको उक्त झुकावलाई भने दलका शीर्ष नेतृत्वले भने प्रायः बेवास्ता नै गरेको छ ।
बिहीबारको लन्च आवरमा पूर्वराजा शाहले राष्ट्रपति भण्डारीलाई चुनाव हुन्छ त भनेर प्रश्न गरेका थिए भने राष्ट्रपति भण्डारीले 'हुन्छ होला' भन्दै मुस्कुराउँदै जवाफ दिएको धमलाले जनाए । हृदयेन्द्रको ब्रतबन्ध केही दिन अघि सम्पन्न भएको थियो । ब्रतबन्ध पछि पाहुनाहरुका लागि भोज चाहिँ आज आयोजना गरिएको छ । साभार रिपोटर्सक्लब नेपाल बाट | 2021/03/02 23:46:00 | https://peoplenepal.com/%E0%A4%AF%E0%A4%B8%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%A3-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%BE-%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%A8/ | mC4 |
हृदयघात र क्यान्ससँग लड्ने क्षमता विकास गर्ने फलफूल, जानकारीकाे लागि शेयर गराै है – ताजा समाचार
हृदयघात र क्यान्ससँग लड्ने क्षमता विकास गर्ने फलफूल, जानकारीकाे लागि शेयर गराै है
सिताफललाई आटि फल पनि भन्ने गरिन्छ । सिताफलमा पाईने भिटामिन तथा खनिज पदार्थले मानिसमा धेरै किसिमको रोग प्रतिरोधात्मक क्षमाताको विकास हुन्छ । यसले हृदयघात र क्यान्सर जस्ता ठुलो रोगहरु सित लड्ने क्षमाताको विकास गर्ने काम गर्छ । यसको नियमित सेवनले रक्तचाप को नियन्त्रणमा काम गर्छ । आँखा तलको कालोपनलाई चम्किलो बनाउने काम गर्छ । यसले शरीरलाई आवश्यक पर्ने तामा तत्व तथा फलाम तत्व प्रकृतिक रुपबाट पूरा गर्ने काम गर्छ । यसमा म्याग्नेसियम धेरै मात्रामा पाईने गर्छ ।
म्याग्नेसियमले हाम्रो शरीरमा रहेको पनिको मात्रामा सन्तुलन ल्याउने काम गर्छ । यसले शरीरको जोर्नीहरुको दुखीमा कमि र नियन्त्रण ल्याउने काम गर्दछ । यसको नपाकेको फलबाट ट्यानिन जस्तो तत्व उत्पादन गर्छ । जसको धुलो बनाएर खादा झाडापखाला लागेको बेलामा प्रयोग गर्न सकिन्छ । यसको पात र बोक्रालाई पनिमा राखेर पांच मिनेट सम्म उमालेर सेवन गर्यो भने जुका नियन्त्रण हुनसक्छ ।सीताफल प्रसोधन गरेर निकालेको तत्वले रगतमा रहेको ग्लुकोजको स्तर नियन्त्रण गर्ने काम गर्छ ।
यसको सेवनले लिपिड, प्लाज्मको इन्सुलिन बढाउने काम गर्छ । यसको एन्टी अक्सिडेन्ट तत्वले गर्दा रक्तचापका बिरामीलाई निकै मद्यत पुर्याउँछ । यस प्रकारको फल सेवन गर्दा निकै फाइदा पुर्याउने देखिन्छ । यसमा पाईने तत्वले शरीरलाई निकै फाइदा दिने गर्छ | 2021/02/26 01:56:04 | https://tajasamchar.com/archives/7287/24/ | mC4 |
निःशुल्क आँखा शिविर - सगरमाथा साप्ताहिक
बेझाड, ४ मङ्सिर ः
एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । बालीघाट क्षेत्र संरक्षण समितिको आयोजना र बालिघाट स्वास्थ्य एकाइको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आँखा परीक्षण गर्नाका साथै निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो । डा गोपाल खनालसहितको चिकित्स टोली उपचारमा संलग्न रहेको बालीघाट क्षेत्र संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताउनुभयो । सो अवसरमा शिविरमा सहयोग गर्ने चिकित्सक टोलीलाई सम्मान गरिएको थियो । "ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि शिविर सञ्चालन गरेका हौँ," अध्यक्ष ओझाले भन्नुभयो ।
टोलटोलमा नामाङ्कित पाटी
पाल्पाको रामपुर नगरपालिका–६ ले वडाका टोल तथा बजारका चोकमा नामाङ्कित पाटी राखेको छ । वडामा जाने जोकोही नागरिकलाई टोल र बजार क्षेत्रमा आफू पुग्ने ठाउँको बारेमा अलमलिनु नपरोस् भन्ने उद्देश्यले नामाङ्कित पाटी राखिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
वडाका विजयपुर बजार, माझटोल, कौवा चोक, सेट्टार, सातबिसे पार्क, गैटार, प्याक्लुक, मिलनचोक, तिलकपुर, चारपोटे, डल्ले चौतारी, किसानटोल, तातोपानी, प्याक्लुक, तालपोखरालगायतका क्षेत्रमा सो सूचना पाटी राखिएको छ । "आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यस्थलमा पुग्न सहज होस् भनेर नामाङ्कित पाटी राख्न थालेका छौँँ", वडाध्यक्ष न्यौपानेले बताउनुभयो । सो पाटी राख्न वडाले रु ४० हजार खर्च गरेको उहाँले बताउनुभयो । | 2020/02/25 00:57:14 | http://sagarmathasaptahik.com/Articles/view/2872 | mC4 |
फुर्सदिला थारू समुदायका महिला ढकिया बुन्दै – Sulsule
सुलसुले २०७७ भदौ ११ गते १२:०१ मा प्रकाशित
कैलाली जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त छिन् । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ ।
फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम गर्नुहुन्छ । रामप्यारीले यसरी बुनेका सामान धनगढीमा रहेको दिदीको पसलमा बिक्रीका लागि पठाउछिन् ।
"खेतीपाती सकेपछि जानेको सीप प्रयोग गरी घरमै विभिन्न घर सजावटका सामग्री बनाउँछु", रामप्यारीले भनिन्, "पहिले पहिले त्यत्तिकै गिफ्टका रूपमा दिने चलन थियो, तर आजभोलि बुनेको सामान बिक्री पनि हुन्छ । तीन वर्षदेखि बिक्री गर्न थालेकी छु ।" ढकीयालगायतका सामग्री बिक्रीबाट रामप्यारीको आम्दानी पनि ठीकै हुन्छ ।
"गत वर्ष ३० हजारका ढकिया, ढकलीलगायत सामान बेचेँ यसरी बनाएका सामान वर्षौँसम्म चल्छन्, रङ्गीविरङ्गी सामान मानिसलाई किन्न पनि मनपर्छ", उनी भन्छिन्, "यस वर्ष खेतीपाती सकेर काममा लागेकी छु, लकडाउन छ कतै जानु छैन, फुर्सदमा बुन्छु, पछि आम्दानी भैहाल्छ ।"
थारू समुदायको महिलाले हस्तकला र सीपको प्रयोग गरी ढकिया बनाउने कार्य उनीहरुको परम्परागत सीप हो । अन्य समयभन्दा खेतीपाती सकिएसँगै थारू महिला प्रायः ढकिया बनाउने गर्दछन् । खेतीपातीको कामबाट फुर्सदिला बनेका महिला साउन र भदौमा हातको कला र सीपको प्रयोग गरीयस्ता सामग्री बनाउने टीकापुर १ बनगाउँकी मीना चौधरीले बताइन् ।
"यसरी घरमै बनाएका सामान घर सजावट मात्र नभई सरसामान राख्न, अन्नपात बोक्न, आफन्त तथा चेलीबेटीलाई कोशेली दिन समेत काम लाग्छन्", मीनाले भनिन् "यो सीप नयाँपुस्ताका युवतीले भने अँगालेको देखिँदैन, युवापुस्ताले समेत यस्ता सीप अँगाल्न र संरक्षण गर्न आवश्यक छ ।"
फुर्सदको समयमा मात्र नभएर सामग्री बनाउन प्रयोग हुने सामग्री यस सिजनमा राम्रो, अनुकूल हुने भएकाले साउन र भदौ महिनामा प्रायः थारू महिलाले हस्तकलाका सामग्री बनाउने उनले बताइन् । घरायसी प्रयोजन तथा शृङ्गारिक हस्तवस्तुका रूपमा प्रयोग हुने सामान बनाउँदा जति कलात्मकरूपमा बनाउन सकिन्छ त्यति राम्रो र आकर्षक देखिन्छ ।
उनीहरुले ढकियामा वनस्पतिलाई रङ्गिन बनाइ सीपको प्रयोग गरी आकर्षक बनाउन बनोटअनुसार ढाँचा र चित्रहरु बनाउने गरेका हुन्छन् । "हस्तकलाका सामानमा विभिन्न पशुपक्षीको कलात्मक बुट्टा बनाएका हुन्छौँ", जानकी–४ की गीता कठरियाले भनिन्, "महिलाको कलात्मक सीपसमेत सामग्रीमा देखिन्छ ।"
पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारू समुदायको चलन छ । यससँगै थारू समुदायको कुनै औपचारिक कार्यक्रम भएमा स्वागतका लागि यसको प्रयोग गर्ने गरिन्छ । "अतिथिलाई उपहारका रुपमा 'ढकिया' दिने चलन छ", टीकापुर–९ की सुस्मीता चौधरी भन्छिन्, "ढकिया थारूको पहिचान हो । यसको व्यवसाय गरेमा राम्रो आम्दानी लिन पनि सकिन्छ । एउटा ढकिया रु एकदेखि पाँच हजारसम्म बिक्री हुन्छ ।"
थारू समुदायको पहिचानसँग जोडिएको 'ढकिया' बनाउने परम्परागत थारू सीप जोगाउन आवश्यक रहेको उनले बताइन्। नयाँ पुस्ताले 'ढकिया' बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको गुनासो बढेपछि गाउँपालिकाले युवापुस्तालाई समेटेर तालिम दिएको हो । | 2021/12/06 17:45:17 | https://www.sulsule.com/news/5746/ | mC4 |
पर्वहरुले विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरून् : प्रधानन्यायाधीश
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७, ०७:००
काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ–आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्।
विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन्। | 2021/01/23 04:05:21 | https://nepallive.com/story/230460 | mC4 |
कोठा भारतमा
एउटा कोठा संरचना भित्र कुनै पनि स्पेसिभ स्पेस हुन्छ। सामान्यतया, कोठालाई अन्य ठाउँहरू वा भित्री मार्गहरू बाट भित्री पर्खालहरू द्वारा अलग गरिन्छ; यसबाहेक, यो बाहिरी क्षेत्रबाट बाहिरी भित्ताले छुट्टिन्छ, कहिलेकाँही ढोकाको साथ। ऐतिहासिक रूपमा कोठाहरूको प्रयोग कम्तिमा २२०० ईसापूर्वको मिनोआन संस्कृतिहरूको समयसम्म रहेको छ, जहाँ अक्रोटिरीको ग्रीसको सान्तोरीनीमा उत्खनन गर्दा निश्चित संरचनाहरूमा स्पष्ट परिभाषित कोठाहरू देखा पर्दछन्। | 2021/07/31 09:22:24 | https://ne.real-estate.net.in/search/category,69/country,IN | mC4 |
Nagarik News - सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया
शुक्रबार, ११ जेठ २०७५, ०५ : ३०
सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया
बुधबार, ०२ फागुन २०७४, ०८ : ०१ | प्रेम चुनारा
दार्चुला – निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।
सरकारी लगानीमा निर्माण भएको यो आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाकै पहलमा झन्डै दुई दशकअघि निर्माण प्रक्रिया थालिएको थियो । भौगोलिक जटिलता, बन्द हडताल, प्राकृतिक प्रकोप, भ्रष्टाचारका आरोपप्रत्यारोप, ठेकेदारको लापरबाही, अनुगमन तथा नियमनमा बेवास्ता लगायत कारण आयोजनाबाट करिब सात वर्ष ढिलो विद्युत् उत्पादन भएको छ।
सुरु लागत साढे आठ अर्ब अनुमान गरिएकामा आयोजना पूरा हुँदासम्म करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ । अन्तिम लागत अझै तयार नभएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । उनका अनुसार ठेकेदारका दाबी, भेरियसन, अन्य खर्चलगायत शीर्षक पुँजीकरण गरेपछि वास्तविक लागत आउँछ । यसको अर्थ आयोजनाको अन्तिम लागत थपिने देखिन्छ । महँगो भएपनि विद्युत् उत्पादन भएपछि आयोजनाको सबै लागत गौण मानिएका छन्।
चमेलिया सुदूरपश्चिममा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजना निर्माणसँगै स्थानीयले विद्युत् उपभोग गर्ने आधार फराकिलो भएको छ । यसलाई लागतसँगमात्र जोडेर गरिएका विभिन्न विश्लेषण हेर्दा, भौतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षको विकास केलाउँदा यो लागत चमेलियाको मात्रै नभई यस क्षेत्रमा सञ्चालित सबै आयोजनाका लागि सहायक बन्न पुगेको छ।
आयोजना निर्माणको सफलतासँगै यसका लागि निर्माण भएका पूर्वाधारले चमेलिया प्रदेश ७ कै विद्युतीय हब बन्न सफल भएको प्रमुख अजय दाहालले बताए । 'चमेलियाले सुदूर पश्चिमको ऊर्जा क्षेत्रको कोशेढुंगा बन्न सफल भएको छ,' उनले भने, '१३२ केभी क्षमताको बलाच–अत्तरिया एक सय ३१ किमि प्रसारण लाइन निर्माण हुँदा र आयोजना स्थलमा निर्माण भएको सबस्टेसनबाट यस क्षेत्रमा उत्पादित सबै विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न मिल्ने छ ।'
आयोजनाले तयार पारेको प्रसारण लाइन लगायत भौतिक संरचना उपयोग गरी अपि हाइड्रो पावर कम्पनी (८.५ मेवा) सञ्चालनमा आइसकेको छ भने माथिल्लो चमेलिया (८५ मेवा), मध्यचमेलिया (१६ मेवा) र कलिंगा गाड (६५ मेवा), छत्तिगाड (२५ मेवा) जस्ता अन्य कतिपय आयोजना निर्माण सुरु हुने क्रममा रहेका छन् । यही लाइनमा करिब दुई सय मेगावाट विद्युत जोडिने र यी मध्ये ८० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
चमेलियाकै कारण दार्चुलाको नौगाड गाउँपालिका–४ मा निजी क्षेत्रबाट निर्माणाधीन अपर नौगाडले अप्रिलबाट विद्युत् उत्पादन गर्ने भएको छ । अपी पावर कम्पनीले आठ मेघावाट क्षमताको अपर नौगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत्् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । आयोजना स्थलसम्म सडकको पहुँच पुगेको र नेपाल विद्युत् प्राधिकरणले चमेलियाको बलाचसम्म प्रसारण लाइन निर्माण गरिसकेकाले छोटो समयमै विद्युत् उत्पादन गर्न सहज भएको उक्त कम्पनीले जनाएको छ।
आयोजनासँगै विकास पनि ल्यायो
करिब दई दशकअघि चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु हुँदा यो क्षेत्र विकासमा समेत धैरै पछाडि रहेको थियो । विकासका पूर्वाधार अभावमा रहेको यस क्षेत्रमा आयोजना आगमनसँगै विकास पनि भित्रिएको छ।
विकट पहाडी क्षेत्र दार्चुला र बैतडीको सीमावर्ती आयोजना स्थलमा सबै भौतिक संरचना, सडक पहुँच, सत्तरोन्नति, विद्युत्, पुलपुलेसा चमेलियाले नै निर्माण भएको आयोजनाले जनाएको छ । 'आयोजना स्थलसम्म सडक र त्यसमा पर्ने पुल स्वयं आयोजनाले निर्माण गरेको हो,' आयेजना प्रमुख दहालले भने, 'यस क्षेत्रमा चमेलियाकै पहलमा विद्युतीकरण भएको छ।'
चमेलियाले केवल विद्युत् उत्पादन मात्रै नभई यस क्षेत्रको समग्र ऊर्जा क्षेत्र तथा विकासमा सहयोग पुगेको उनको भनाइ छ । 'आयोजना लागत बढी भयो मात्रै भनिए पनि सरकारले आयोजनामार्फत यहाँको विकासका लागि लगानी गरेको सावित हुनेछ,' दहालले भने, 'यो आयोजना यस क्षेत्रको नियमित आम्दानीको स्रोत बनेको छ र यसैबाट पनि यस क्षेत्रको विकासमा टेवा पुग्ने छ।'
वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली
आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड रुपैयाँ आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन् । सुदूरपश्चिमको विकासमा जलविद्युत् र ऊर्जा विकासको प्रचुर सम्भावना रहेको र आवश्यक लगानी भिœयाउन सके विद्युत् उत्पादनमार्फत यस क्षेत्रलाई ऊर्जा, पर्यटनमा सबैभन्दा सम्पन्न क्षेत्र बनाउन सकिने छ।
'जलविद्युत्को विकासका साथै यस क्षेत्रको आर्थिक र पूर्वाधारका लागि चमेलिया आयोजना सँचालनले विद्युत् उत्पादनमा कोशेढुंगा सावित हुन सक्छ,' उनले भने, 'जलविद्युत्को विकासले यस क्षेत्रको मुहार फेर्ने छ ।' अहिले यसै क्षेत्रमा आधा दर्जन विद्युत् आयोजना भित्रिनु पनि चमेलियाकै लगानी रहेको आयोजनाको दाबी छ।
सुदूरपश्चिम तथा अहिलेको प्रदेश नं. ७ जलविद्युत् क्षेत्रमा घनी रहेकामा चमेलियाले यस क्षेत्रको विकासको ढोका खोलेको शनिबार उद्घाटनका क्रममा यहाँ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उद्घोष गरेका थिए। | 2018/05/25 11:20:59 | https://www.nagariknews.com/news/37807/ | mC4 |
Tamang Samaj|Tamang|Tamang News|Portal – पुष्पा बस्नेत बनिन् सिएनएन सुपर हिराे
Dec 12, 2016 admin Dont Miss, Local News
नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् ।अमेरिकी टेलिभिजन सिएनएनले 'सिएनएन हिरो' अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड अायाेजना गरेकाे हाे। साेमबार भएकाे अवार्ड घाेषणा कार्यक्रममा उपाधिसँगै पुष्पालार्इ ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएकाे जनाइएकाे छ। सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए। सुपर हिरोका लागि नेपालकी बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए।
उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्। उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ। | 2017/06/29 07:20:14 | http://www.tamangsamaj.com/nepal/localnews/1570/%E0%A4%AA%E0%A5%81%E0%A4%B7%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A8%E0%A5%87%E0%A4%A4-%E0%A4%AC%E0%A4%A8%E0%A4%BF%E0%A4%A8%E0%A5%8D-%E0%A4%B8%E0%A4%BF%E0%A4%8F%E0%A4%A8 | mC4 |
काेरोना महामारीः घरमा बस्नेलाई ९ सुझाव ! | Makalukhabar.com
काेरोना महामारीः घरमा बस्नेलाई ९ सुझाव !
चैत्र ९, काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । हालसम्म नेपालमा यसको कुनै लक्षण नदेखिए तापनि भविष्यमा निम्तन सक्ने जटिलताका लागि राज्यसँगै नागरिक आफैँ पनि सचेत र जिम्मेवार हुनु आवश्यक छ ।
संक्रमण फैलिएका देशहरुले अभ्यास गरेको सबैभन्दा प्रभावकारी उपाय भनेको 'सेल्फ आईसोलेसेन वा क्वारेन्टान' मा बस्ने हो । यो भनेको आफूलाई घर वा कोठामा राखेर संक्रमणको पहुँचभन्दा बाहिर रहने अभ्यास हो । यो रोग अरुबाट सर्ने रोग हो । अरुको सम्पर्कमै नआएको खण्डमा आफूलाई सुरक्षित राख्न सकिन्छ भन्ने मान्यता छ । तर, एक्लै आफूलाई बन्द कोठा वा घरमा राख्दा मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अर्को नकारात्मक पक्ष छ । यसमा केही सावधानी अपनाउने हो भने यो अवस्थाबाट पनि छुटकारा पाउन सकिन्छ । त्यसका लागि हामी यी कुरामा ध्यान दिन सक्छौँ ।
१. धेरैदिन एक्लै एकै ठाउँमा बस्दा हामीलाई आफ्नो दैनिकी या दिनचर्याले सताउन सक्छ । कार्यालयमा जाने, मानिसहरुसँग भेटघाट गर्ने, साथीहरुसँग रमाइलो गर्ने वा अन्य कुनै नियमित काम गर्ने बानी परिसकेको हुन्छ । यस्तो अवस्थामा लामो समय एक्लै बस्दा मन र मस्तिष्कमा अनावश्यक कुराहरु खेल्न सक्छन् । त्यसो हुन नदिन फोन वा इन्टरनेटको माध्यमबाट साथी वा परिवारका सदस्यसँत नियमित कुराकानी गर्ने, विभिन्न पुस्तकहरु पढ्ने, फिल्म हेर्ने गर्नुपर्छ ।
यसो गर्दा हाम्रो ध्यान अन्तै मोडिन्छ र दिमागमा नकारात्मक कुराहरु खेल्न पाउँदैन । अझ उपयोगी पुस्तकले त मोटिभेसनको कामसमेत गर्छ । अथवा, आफूलाई अन्य सिर्जनात्मक काममा लगाउन पनि सकिन्छ ।
२. बिहानभरी सुतेर तपाई १२ बजे उठ्नुहुन्छ र भोक लागेपछि जंक फुड वा जे सहज र छिटो हुन्छ त्यहि खाना खाने गर्नुहुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ । सकेसम्म बासी खानेकुरा पनि नखानुहोस् । यसले गर्दा ग्यास्टिक या अन्य स्वास्थ्य समस्या निम्तने सम्भावना रहन्छ ।
त्यसैले कति बजे उठ्ने, खाना कति बजे खाने, पढ्ने कुन समयमा, इन्टरनेट कतिबेला चलाउने, फिल्म हेर्ने वा अन्य काम गर्ने र सुत्ने कतिबेला भनेर दैनिक रुटिङ बनाउनुहोस् । सोहीअनुसार आफूलाई दैनिकीमा ढाल्नुहोस् । त्यसपछि तपाईंलाई यही समय र अवस्था प्रिय लाग्न थाल्छ ।
३. व्यायाम र ध्यान अर्को महत्वपूर्ण पक्ष हो । शारीरिक स्वास्थ्यसँग मानसिक स्वास्थ्य पनि जोडिएको हुनाले सकेसम्म आफूलाई चलायमान बनाउनु आवश्यक छ । त्यस्तै, ध्यान गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ भने विकार तथा नकारात्मक भावहरु हराउँछन् । नकारात्मक कुराहरु सोच्नु या खेलाउनु मानसिक स्वास्थ्यका लागि निकै घातक हुन सक्छ । संगीत सुन्दै तपाईं नाच्न पनि सक्नुहुन्छ ।
तपाईंको आफ्नो जीवन हो यो समयलाई सकेजति इन्जोय गर्नुहोस् । यो समय भनेको अस्तब्यस्त जीवनलाई व्यवस्थित बनाउने अवसर पनि हो, यसलाई खेर नफाल्नुहोस् ।
४. प्रकृतिसँग रमाउनु अर्को उत्तम उपाय हो । सम्भव छ भने बगैंचा या बालकुनीमा बसेर त्यहाँको प्राकृतिक सुन्दरतालाई ग्रहण गर्नुपर्छ । या, आफ्नो घर वा कोठाबाट देखिने बाहिरी दृश्यलाई नियालेर रम्न सकिन्छ ।
कुनै रुख वा मन्दिरको सुन्दरता, खोला या हिमाल–पहाडको मनमोहकता, खेतबारी, विभिन्न प्रकारका घरहरु या अन्य कलात्मक चीज, बस्तु या स्थानलाई महसुस गरेर रमाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं झ्यालबाट आउने स्वच्छ हावा पनि ग्रहण गरिरहनु भएको हुन्छ ।
५. तपाईंलाई कुनै कुरामा रुची या प्यासन छ तर, समय अभाव वा अन्य कारणले त्यो काम पुरा गर्न सक्नुभएको छैन भने यो समयलाई अवसरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । जस्तै, गिटार बजाउन सिक्न, अभिनय सिक्न वा कुनै ब्लग वा आलेख लेख्न प्रयास गर्न सकिन्छ । आफ्नो दैनिकीलाई डायरीमा टिपेर आजभन्दा भोलि कसरी अझ राम्रो र व्यवस्थित बनाउने भन्नेबारे सोच्नुभयो भने झन् राम्रो ।
६. जतिबेला पनि कोरोना भाइरसको प्रभावबारे समाचारहरु नपढ्नुहोस् । कोरोनाको बारेमा मात्र अपडेट हुन खोज्दा र दिमागमा यही चीजलाई बसाउँदा मनोटोनस हुन सक्छ । फेरि झूटा र अतिरञ्जित गर्ने समाचारहरु पनि आइरहेका हुन्छन् ।
त्यसैले आधिकारीक संचारमाध्यमले प्रकाशन, प्रसारण गरेका समाचारहरुलाई मात्र विश्वास गर्नुपर्छ । कोरोनाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे दिइएका सूचनाहरु ग्रहण गरेर व्यवहारमा लागू गर्नुपर्छ । तपाईं घरमा सुरक्षित हुनुहन्छ भन्ने सोच्नुहोस् र आशा गर्नुहोस् अरु पनि सुरक्षित हुनुहुन्छ ।
७. सबैभन्दा महत्वपूर्ण कुरा तपाईंले यो समयलाई आफ्नो आजादीको रुपमा लिन सक्नुपर्छ । सधैभरको दौडधूप र संघर्षबाट केही दिन बिश्राप लिने समय पाउनुभएको छ । यो समयमा तपाईंले आफू र आफ्नो जीवनलाई बुझ्न सक्नुहुन्छ । यो समयलाई सही सदूपयोग गरेर फलदायी काममा लगाउन सक्नुहुन्छ ।
तपाईं लेखक वा कलाकार हुनुहुन्छ भने आफ्नो विगतका कामबारे समिक्षा गरेर कमी–कमजोरी पहिल्याउँदै आगामी दिनको योजना बनाउनु सक्नुहुन्छ । जस्तै, कलाकारले आफ्नो पुराना अभिनयहरु हेरेर आनन्द लिने र राम्रा–नराम्रा पक्ष केलाउने, लेखकले आफ्नो पुस्तक पढेर आत्म समिक्षा गर्ने, राम्रा–नराम्रा कुरा केलाउने गर्न सक्छ ।
८. पुराना फोटोहरु हेर्दा पनि रिफ्रेसमेन्ट हुन्छ । फोन, ल्यापटकमा राखिएका होउन् या एल्बममा । त्यस्तै, आफूलाई मन पर्ने कपडाहरु एक ठाउँमा राख्ने, ती कपडाहरु कहाँ र कसरी किनेको हो सम्झने, आफूले बाल्यकालमा लगाएका कपडाहरु सम्झने गर्नु आफूलाई भुलाउने अर्को उपाय हो । आफ्नो कोठाको व्यवस्थापन गर्ने, साजसज्जा नयाँ तरिकाबाट गर्नेबारे योजना बनाउने गर्दा पनि रचनात्मक कार्य हुन्छ ।
प्रेमी, प्रेमिका या सथीभाइससँगका रमाइला क्षणहरु याद गर्ने गर्दा राम्रा पुराना यादहरुले जिन्दगीमा फेरि ताजकी थपिदिन्छ । आफ्नो कमी–कमजोरी केलाउने अवसर प्राप्त हुन्छ । अघि बढ्न उत्प्रेरणा मिल्छ ।
९. त्यसैगरी हामीले खानामा पनि विशेष ध्यान दिनुपर्छ । घरमा बसेर जंक फुड खाँदै फिल्म हर्ने वा इन्टरनेट चलाउनेमात्र गर्नु हुँदैन । यसो गर्दा तपाईंको स्वास्थ्य बिग्रन सक्छ । र, तपाईंलाई अस्पतालसम्म पुग्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था आयो भने तपाईं आइसोलेसनमा बसेको कुनै काम नभन । फलफूलहरु खाने, ताजा खाने कुराहरु खाने गर्नुपर्छ । घरमा छैन भने बजारबाट अनलाइनमा मगाउन पनि सकिन्छ ।
र, अन्त्यमा डाक्टर, स्वास्थ्यकर्मीको सल्लाह–सुझावलाई ग्रहण गर्नुपर्छ । कुनै समस्या भए तत्काल आफ्नो समस्याबारे फो सम्पर्क गरेर कसैलाई सेयर गर्न वा सिधै अस्पतालमा कुरा राख्न सकिन्छ । सानो समस्या पनि हामी आत्तिन सक्छौँ, यसो गर्दा आफ्नो समस्याबारे प्रष्ट हुन्छ । अवस्थाअनुसार द्धरेलु उपचार विधिहरु पनि अपनाउन सकिन्छ ।
(सुझावकर्ता कृष्ण आचार्य उपन्यास 'अप्रिल फुल' का लेखक तथा पत्रकार हुन्)
चैत्र १०, काठमाडौं । अहिले नेपालको अवस्था जस्तो छ, १५–२० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्द गरेको थियो । मानिसलाई काम नपरी बाहिर ननिस्कन भनेको थियो । साबुनपानीले हात धुन, मास्क लगाउन भनेको थियो ।भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो । तर, अहिले हामीले कोरो... जारी राख्नुहोस...
पटकपटक फुट र जुटको श्रृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकिकृत भएको छ। नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत मुल्य मान्यताको जगमा खडा भएको राप्रपाको एकिकरण पश्चात स्वभावतः सामान्य भएपनि केही तरंगहरु देखा परेका छन्। एकताको पृष्ठभूमि तथा भविष्यको संभावनावारे थुप्रै आशंका र आकलनहरु दे... जारी राख्नुहोस...
काेराेना भाइरस संक्रमणः अस्पताल तथा क्लिनिकमा सकभर नजाऔं
अहिले मौसमी रुघाखोकी फैलिएको छ | रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, सिंगान आउने, नाक बन्द हुने लगायतका लक्षण मौसमी रुघाखोकीका लक्षण हुन् | मौसमी रुघाखोकीलाई खासै उपचारको आबश्यकता हुँदैन | झोलिलो खाना खाने, ज्वरो आउँदा सिटामोल खाने, रुघाखोकीको सामान्य औषधि खाने तथा घरमै बस्ने गरेमा यो फ्लु ४-५ दिन... जारी राख्नुहोस...
बेनी आक्रमणका साक्षी भन्छन्– 'स्थानीय अझै त्रसित छन्'
चैत्र ७, काठमाडौं । २०६० सालको चैत्र ७ गते राति करिब साढे १० बजेतिर बेनी बजारमा भिषण युद्ध चल्यो । बम–बारुद पड्किएको आवाजहरु सुनिन थाल्यो । राति करिब ९ बजेतिर नामको अगाडि कम्रेड लगाएर गरिएका सम्बोधनहरु सुनिन थालेका थिए । मेरो घरको कोठाबाट त्यो आवाज सुनिन्थ्यो । आक्रमण हुने लक्षण देखेपछि मैले आफूले क... जारी राख्नुहोस...
अभिभावक थरीथरीकाः कसैलाई सन्तान प्यारो, कसैलाई परीक्षा !
चैत्र ६, काठमाडौं । दुई–चार हप्ता अघिसम्म एसईई परीक्षा तोकिएकै समयमा 'एनि हाऊ, सञ्चालन गराऊँ' भन्ने पक्षमा थियो सरकार । हिजो (बुधबार) दिउँसोसम्म पनि सरकारको निर्णय थियो– 'विश्वविद्यालय, क्याम्पस, विद्यालय सबै तत्काल बन्द गर्ने, एसईई यथावत् !' सो निर्णय लगतै अभिभावक, शिक्षक शिक्षिका, शिक्षाविद् लगायत... जारी राख्नुहोस...
घण्टी नबजाई आएको संकटबाट बच्न सबैको सहकार्य आवश्यक
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म करिब आठ हजार मानिसको ज्यान गइसकेको छ । १ सय ६५ बढी देशमा पुगिसकेको कोरोनाबाट २ लाख १९ हजार ३ सय ८५ जना संक्रमित भएको बिहीबार बिहानसम्मको तथ्याङ्कले देखाउँछ । छिमेकी मुलुक चीनबाट फैलिएको भाइरस हाम्रो देशको अर्काे ठूलो छिमेकी देश... जारी राख्नुहोस...
अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले कडिकडाउपूर्वक सम्राटले बोलाएको बताए । डण्डामिस त्यसबेलाका ठूला ज्ञानी सन्त थिए... जारी राख्नुहोस... | 2020/03/28 14:38:51 | http://makalukhabar.com/news/875530 | mC4 |
राजासँग जोडिएको बीपीको घाँटी : के अझै सान्दर्भिक छ ?
राजनीतिक स्थिरताका लागि बलियो सरकार निर्माण हुनुपर्छ भन्ने आममतको कारणले होला- गत निर्वाचनपछि दुई तिहाइ बहुमतको सरकार निर्माण हुने वातावरण बन्यो।
तर छोटो समयान्तरमै बलियो सरकारले केही गर्ला भन्ने नागरिक अपेक्षा झन्डै समाप्त भयो। अनावश्यक राजनीतिक ध्रुवीकरण यसको मूल कारण हो। दुई तिहाइ बहुमतसहितको सरकारले भयरहित ढंगले सहमति, सहकार्य र एकताको लागि अग्रसरता देखाउनुपर्ने हो। तर त्यसो हुन सकेन र सकिराखेको छैन।
'राष्ट्रिय शक्तिहरूबीचको बलियो एकताले मात्र बाह्य हस्तक्षेप रोकिन्छ र राष्ट्र स्वाधीन हुन्छ। स्वाधीन राष्ट्रले मात्र आफ्नो राष्ट्रिय स्वार्थलाई सहज रुपमा अगाडि बढाउन सक्छ' भन्ने मान्यता जननायक बीपी कोइरालाको थियो। तर समकालीइन नेतृत्वले त्यसलाई पछ्याउन सकिरहेको छैन। बीपी जयन्तीका सन्दर्भमा उपरोक्त प्रसंगमाथि चर्चा गर्नु आवश्यक देखिन्छ।
बीपी कोइरालाका दुईवटा चर्चित भनाइ 'राजा र मेरो घाँटी जोडिएको छ' र 'पञ्च कांग्रेससँग नतर्स, कांग्रेस पञ्चसँग नझस्क' लाई एउटा पक्षबाट धेरै विवादित बनाउन खोजियो। तर एउटा कोणबाट विचार गर्ने हो भने आज पनि बीपीका उक्त भनाइ सान्दर्भिक छन्। अर्को पक्षसँगको सौहार्दता कायम गर्दै आफ्नो लक्ष्य हासिल गर्ने मार्गमा अग्रसर हुनुपर्छ भन्ने मान्यतको जगमा बीपीका उक्त भनाइहरू आएका थिए।
बीपीको राजनीतिक दर्शनको मर्म नागरिक अधिकार, राष्ट्रियता र आर्थिक सामाजिक समानता थियो। राजनीतिक मर्मका उपरोक्त त्रिवेणीभन्दा बाहिर बीपीले कुनै निर्णय र सम्झौता गरेनन्।
२०३३ सालमा पञ्चायतइतर शक्तिले कुनै संघर्षको उठान गर्न नसकेको, राजासँग संवादसमेत बन्द भएको र दक्षिण एसियाली राजनीतिक षड्यन्त्र र हस्तक्षेपका आधारमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा राष्ट्रियता खतरामा पर्ने र जनपक्षीय राजनीति कमजोर हुने देखेर बीपी कोइराला नेपाल फर्किएका थिए।
'राष्ट्रिय मेलमिलापको नीतिको व्याख्या गर्दै बीपीले 'राष्ट्रियताको सवालमा राजाको र मेरो घाँटी एकै ठाँउमा छ'भने। यो भनाइलाई कम्युनिस्टहरूले अत्यन्त विवादास्पद पनि बनाए। नेपाली मानसिकतालाई नकारात्मक बनाउने प्रयोजनमा बीपीको उपरोक्त कथनलाई नेपालका कम्युनिस्टहरूले बलियो अस्त्र नै बनाए। तर उक्त कथनको मर्म बुझ्ने कोसिस उनीहरूले गरेनन्।
वास्तवमा बीपीको उक्त भनाइले नेपाली राष्ट्रिय एकताको ढोका खोलेको ऐतिहासिक तथ्यलाई उनीहरूले बुझ्न सकेनन्। तर आज उनीहरू पनि क्रमशः राष्ट्रिय एकताको ढोका खोल्ने बीपीको 'मेलमिलाप नीति' र 'राजासँग घाँटी जोडिएको' विश्लेषणसँग बिस्तारै सहमत देखिँदैछन्।
घरेलु शक्तिहरूबीचको प्रतिस्पर्धा भनेको देशलाई समृद्धिको मार्गमा लैजाने कार्यक्रमको प्रतिस्पर्धा हो। नागरिक अधिकार सुनिश्चित गर्ने, सेवासुविधामा समान पहुँच स्थापित गर्ने र सीमान्तकृत नागरिकलाई राज्य सञ्चालन सहभागिताको सुनिश्चितता प्रदान गर्ने प्रतिस्पर्धा हो।
घरेलु प्रक्रियामा हुने प्रतिस्पर्धाको प्रतिक्रियास्वरुप राष्ट्रिय हितका विषयमा पनि राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिन नसक्नु अलोकतान्त्रिक र सर्वसत्तावादी चिन्तन हो। तर बीपीले नेपालको नक्सा नै नरहने अवस्था सिर्जना हुन लाग्दा राजासँग असहज सम्झौतासमेत गरे। 'मलाई थुन्ने र अपदस्थ गर्ने राजा वा राजसंस्थासँग मेलमिलाप गर्दिन' भनेर अड्डी लिएनन्।
'व्यक्तिगत इगो' लाई तिलाञ्जली दिएर राष्ट्रियता र जनपक्षीय राजनीतिक सक्रियताका लागि 'राजासँग घाँटी जोडिएको अभिव्यक्ति दिएर पनि अप्ठ्यारो परिस्थितिमा नेपालका घरेलु शक्तिहरू एकै ठाउँमा उभिन्छन् भन्ने स्पष्ट सन्देश दिन बीपी सफल रहे।
यसबाट पाठ सिकेर घरेलु शक्तिहरूबीचको बलियो एकता निर्माण गर्न आजका राजनीतिक शक्तिहरूले सकिरहेका छैनन्। राष्ट्रिय हितका सवालमा एकै ठाउँ उभिने वातावरण बनाउन सकिरहेका छैनन्। बरु आफ्नो स्वार्थका लागि छिमेकी मुलुकहरूमा बिन्ती चढाउने प्रचलन बढिरहेको छ।
मुलुकको एकता, स्वाभिमान, अखण्डता, सद्भाव आदिलाई बिथोलेर अराजक स्थिति सिर्जना गर्ने संस्कार व्याप्त छ। र, त्यही अराजकताको वातावरणमा राजनीतिक लाभ देख्ने संस्कृति व्याप्त छ। यसले राष्ट्रिय एकतालाई खण्डित गर्ने काम गरेको छ। जबकि अहिलेका मुख्य घरेलु शक्तिहरूका बीचमा न्यूनतम सहमति कायम गरेर संक्रमणकाल अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो।
नेपालको राष्ट्रिय एकताका पक्षमा उभिने प्रण गरियो भने मात्र बीपी जयन्ती मनाउनुको सार्थकता रहनेछ। 'राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ' भन्दै राष्ट्रियताका विषयमा राजालाई गम्भीर हुन प्रेरित गर्ने बीपीको उक्त अभिव्यक्ति अहिले पनि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक छ।
'पञ्चहरू कांग्रेससँग नतर्स, कांग्रेसहरू पञ्चहरूसँग नझस्क' भन्ने बीपीको अर्को चर्चित अभिव्यक्ति हो। यसलाई बीपी पञ्चायतसँग मिल्न लाग्यो भनेर प्रचार नभएको होइन। तर २०३७ सालको जनमत संग्रहपछि बीपीले व्यक्त गरेको उक्त अभिव्यक्तिको अर्थराजनीतिमा विचारलाई व्यक्तिगत झगडाको विषय बनाउनु हुँदैन भन्ने थियो।
जनमत संग्रहमा बहुदल र निर्दलमा भोट हालेको आधारमा जनताको बीचमा कुनै कलह नहोस्, आपसी सौहार्दता र सामाजिक सद्भाव नबिथोलियोस् भन्ने बीपीको अपिल थियो। बहुदलमा वा निर्दलमा भोट हाले पनि नागरिको बीचमा नहोस् भन्ने बीपीको अभिप्राय थियो। 'निरंकुशताको स्रोतमा प्रहार गर्ने हो तर नागरिक नागरिकबीच कलह गर्ने होइन'भन्ने बीपीको स्पष्ट सन्देश थियो।
चाहेको भए त्यतिबेला बीपीले कांग्रेस र पञ्चहरूको बीचमा विद्वेषको आगो सल्काउन सक्थे। राजनीतिक हिंसालाई जन्म दिएर लाभ लिने बाटो रोज्न सक्थे। तर बीपीले त्यसो गरेनन्। राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सद्भाव धेरै ठूलो कुरा हो भन्ने उनको दृढ मत थियो।
अहिले मुलुक संविधानको कार्यान्वयन र संघीयताको उचित व्यवस्थापनको महत्त्वपूर्ण घडीमा उभिएको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउनुको विकल्प छैन। राष्ट्रिय एकतालाई कमजोर पारेर र सामाजिक सद्भावलाई नजरअन्दाज गरेर अगाडि बढ्ने हो भने माथि उल्लिखित दायित्व निर्वाह गर्न सम्भव हुने छैन। र, समकालीन राजनैतिक नेतृत्व पूर्ण रुपमा असफल सिद्ध हुनेछ।
बीपी जयन्ती मनाइरहँदा उनका कालजयी विचार र सन्देशलाई ग्रहण गर्दै राष्ट्रियता, सामाजिक सद्भाव र स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर निर्णयमा पुग्न वर्तमान राजनीतिक नेतृत्वलार्ई प्रेरणा प्राप्त होस् भन्ने कामना गरौं।
आलेखको प्रारम्भमा उल्लेख गरेजस्तै वर्तमान संकट सम्बोधनका लागि बीपीका विचार सहयोगी हुन सक्ने कुरा सबैले मनन गर्न बुझ्न आवश्यक छ। यस्तो आवश्यकता बीपीका अनुयायीहरूलाई मात्र होइन, वर्तमान सत्ताधारीहरूलाई समेत उत्तिकै छ। श्रद्धेय बीपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि ! | 2020/03/31 09:14:43 | https://www.nepalsamaya.com/news/17165 | mC4 |
हात्तीको आक्रमणबाट दम्पती घाइते – Sourya Online
सौर्य अनलाइन २०७६ चैत १३ गते १४:३३ मा प्रकाशित
सिन्धुली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् ।
उनीहरूलाई उपचारको लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए । घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरूलाई सुँढले तानेर फाल्दा घाइते भएका हुन् । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै, हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए ।
विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरू दोहोरो त्रासमा रहेको उनले जानकारी दिए । | 2020/05/30 07:34:45 | https://www.souryaonline.com/2020/03/296649.html | mC4 |
काठमाडौं । सत्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् ।
नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । | 2022-12-07T08:01:01Z | https://khelpati.com/muay-thai/39571 | OSCAR-2301 |
लुटेरा – Online Khabar
कोरोनाको पहिलो लहरमा बुवा बिते, दोस्रो लहरमा छोरा
१७ पुस, काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा […]
७ असार, काठमाडौं । काठमाडौंको मुलपानीमा लुटेरा र प्रहरीबीच मुठभेड भएको छ । महानगरीय अपराध महाशाखाको टोली र लुटेरा खुँडे भनिने अमरबहादुर तामाङबीच मुठभेड भएको हो । प्रहरी टोलीमाथि तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार तामाङको खुट्टामा गोली लागेको छ […]
स्वयम्भूबाट ८२ लाख लुटेको आरोपमा ७ पक्राउ
२६ वैशाख, काठमाडौं । गत वैशाख ७ गते स्वयम्भू पहेँलो गुम्बाबाट ८२ लाख लुटेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जनकपुरका बिशाल साहसँग रहेको ८२ लाख नगद लुटेर फरार भएका मध्ये सात जनालाई महानगरीय प्रहरी बृत स्वयम्भूको टोलीले पक्राउ गरेको हो । साहले आफु लुटिएपछि केहि दिनपछि मात्र प्रहरीलाई जानकारी गराएका थिए । […] | 2021/05/17 21:36:16 | https://www.onlinekhabar.com/trend/%E0%A4%B2%E0%A5%81%E0%A4%9F%E0%A5%87%E0%A4%B0%E0%A4%BE | mC4 |
समाजवाद उन्मुख बजेट ल्याइने तयारी – उज्यालो नेपाल Ujayaalo
समाजवाद उन्मुख बजेट ल्याइने तयारी
May 15, 2018 उज्यालो नेपालLeave a Comment on समाजवाद उन्मुख बजेट ल्याइने तयारी
काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) का सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै उनले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने जानकारी दिएका हुन् ।
मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गरे ।अर्थमन्त्री खतिवडाले भने , 'निर्वाचनपछिको तीन तहको सरकार भएकाले वित्तीय संघीयता कार्यान्वयनका लागि आसन्न बजेटले इच्छाशक्ति बढाउनेछ, यसमा सांसदहरुको सहयोग आवश्यक पर्छ ।'
बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिएका थिए ।राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ३ गते ११ बजे बस्नेछ । रासस | 2018/05/20 10:12:06 | http://ujayaalonepal.com/?p=16583 | mC4 |
कोराना भाईरस बाट बच्न जन चेतना तथा नि शुल्क माक्स बितरण कार्यत्रमको सुरुवात | Jana Sarokar Dainik
रौतहट ७ चैत्र । नेपाली कांग्रेसका तत्कालिन सभापति एवम पूर्वप्रधानमन्त्री युग पुरुष गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा नेपाली काग्रँस रौतहट क्षेत्र नं. ४ ले सर्बसाधारणलाई जन चेतना तथा मास्क वितरण कार्यत्रमको सुरुवातगरेको छ । बिश्व भरी माहामारीको रुपमा फैलिएको नेभेल कोरोना भाइरसको संक्रमण बाट जोगाउन नेपाली काग्रेस क्षेत्रनम्बर ४ ले यो अभियान थालेको हो । कारोना भाईरसको त्रास बढीरहेका बेला बजारमा भएको मास्कको अभावलाई मध्यनजर गर्दै नेपाली काग्रेसले मास्क वितरण गरेको हो । कोरोना भाईरसबाट आफू पनि बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान अन्तर्गत चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा मास्क वितरण कार्यक्रम सुभारम्भ गरेको क्षेत्र नं. ४ प्रदेश क का क्षेत्रीय संयोजक नरेश लामीछानेले जानकारी दिनु भयो ।
नेपाली काग्रेसका महासमिति सदस्य मुकेश गिरिले राष्ट्रनै संकट र सन्त्रासपूर्ण अबस्थामा रहेको बेला सर्बसाधारण लाई मास्क बितरण गरेको बताउनु भयो । नागरिक सचेतना बढाउन थालिएको यो अभियानमा सर्बसाधारण लाई साबुन पानीले हातधुन लगाई मास्कको प्रयोग गर्न सिकाइएको हो ।
नेपाली काग्रेस चन्द्रपुर नगर समिति सचिब नीलहरी कोईरालाले वर्तमान अवस्थामा गिरिजावावुको सहमती, सहकार्य र एकताको अवधारणलाई सवैले अनुसरण गर्न सके कोरोनाको महामारीबाट जोगिन सकिने बताउनुभयो । यस्तो अवस्थामा सत्तापक्ष, प्रतिपक्ष लगायत सम्पुर्ण दल र नागरिकको एउटै स्वर र भावना हुनु आवश्यक रहेको नेपाली काग्रेस क्षेत्रनम्बर ४ को प्रदेश क का संयोजक नरेश लामिछानेलले बताउनु भयो । सो कार्यक्रममा नेपाली काग्रेस संग आस्था राख्ने नेता, कार्यकर्ताको बाक्लो उपश्थितीमा राजमार्गमा चल्ने सबारी साधनमा यात्रारत यात्रु सहित सर्बसाधारण लाई यो अभियानमा सहभागि गराइएको हो । यो अभियान क्षेत्र भरीनै संचालन गरिने नेपाली काग्रेसका नेता बिनोद गुप्तले बताउनु भयो । | 2022/01/24 10:09:48 | https://janasarokardainik.com/2020/03/21/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AD%E0%A4%BE%E0%A4%88%E0%A4%B0%E0%A4%B8-%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%A8-%E0%A4%9C%E0%A4%A8-%E0%A4%9A/ | mC4 |
सलह धपाउन ढ्याङ्ग्रो ठटाए, राँको बाले, विषादी हाले :: Setopati
सलह रोक्न विषादी हाल्ने तयारी गरिँदै। तस्बिर स्रोत: चन्द्रकान्त चौधरी
बारा, पर्सा हुँदै शनिबार नेपाल छिरेको सलह त्यसै दिन मकवानपुर, गढी गाउँपालिकाको एउटा वडामा देखिएको थियो।
चर्को आवाज निकाले सलह भाग्छ भनेर वडा नम्बर ७ का बासिन्दाले ढ्याङ्ग्रो ठटाएका थिए। दोस्रो दिन उनीहरूले मकै बालीमा विषादी छरे भने सोमबार राँको बालेर हिँडे।
'विषादी हाल्ने, ढ्याङ्ग्रो ठटाउने र राँको बाल्ने गरेपछि बल्ल वडा नम्बर ७ मा सलहको प्रकोप कम देखिएको छ,' गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले भने, 'त्यहीँबाट उडेर अन्य वडामा गएजस्तो लाग्छ।'
पहिलो दिन वडा नम्बर ७ मा देखिएको झुण्ड करिब १० लाखको संख्यामा रहेको उनले जानकारी दिए।
उनका अनुसार सलहले उक्त वडाको झन्डै १० प्रतिशत मकैबालीमा क्षति पुर्याएको छ। यसले मकैको पात र घोगाको टुप्पो खाइदिएको उनले बताए। 'हामीले देख्नेबित्तिकै धपाने उपाय नगरेको भए मकै बाली सखाप पार्थ्यो,' उनले भने।
गाउँपालिका अध्यक्ष विदुर हुमागाईंका अनुसार ७ नम्बर वडाबाट सुरू भएको सलह प्रकोप सोमबारसम्म १, ५, २ र ८ नम्बर वडामा फैलिएको छ। गाउँपालिकाले सलह संकलन गर्नेलाई प्रतिकिलो सय रूपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। यसबारे सबै वडालाई जानकारी गराइसकेको छ।
गढी गाउँपालिकामा सलह पसेपछि पालिकाका कृषि प्राविधिकलाई प्रदेशको कृषि मन्त्रालय बोलाएर छलफल गरेको चितवन, कृषि ज्ञान केन्द्र प्रमुख राजन ढकालले बताए।
'हामीले प्राविधिकलाई आइतबार प्रदेश मन्त्रालय हेटौंडा बोलाएका थियौं, कसरी व्यवस्थापन गर्ने भनेर सिकाएर पठाएका छौं,' उनले भने।
उनका अनुसार सुरूमै रासायनिक विषादी प्रयोग नगरी ढ्याङ्ग्रो बजाउने र राँको बाल्ने उपाय अपनाउनुपर्छ। त्यसरी व्यवस्थापन हुन सकेन भने विषादी प्रयोग गर्ने भनिएको छ। विषादी आवश्यक परे ज्ञान केन्द्रले सहयोग गर्ने उनले बताए। | 2021/04/22 10:44:07 | https://www.setopati.com/kinmel/agriculture/210149 | mC4 |
बसाइँसराइले रित्तिदै गाउँघर : हराउँदै गयो गाउँलेपन, झाडी भए आङ्गन र पिँढी Setokhari ::. News Portal
शनिबार, जेठ ७, २०७९ ०२:०५:०४
बसाइँसराइले रित्तिदै गाउँघर : हराउँदै गयो गाउँलेपन, झाडी भए आङ्गन र पिँढी
सेतोखरी 2078-12-15
गलेश्वर १५ चैत्र : ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।
चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मगरजातीको बाहुल्यता रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।
गुजुम्म परेको बस्तीमा रहेका एकसय बढी घरमध्ये दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आङ्गन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ । दर्मिजा मात्रै होइन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।
सङ्घीयताको मर्मअनुसार विकेन्द्रिकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर, पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।
विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–४ का वडासदस्यसमेत रहनुभएका दर्मिजाका अगुवा धनबहादुर गर्बुजाले बताए ।
विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३।६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
'बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ', उनले भने । उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताए ।
पूर्वप्रमुख सापकोटाले भनेजस्तै जिल्लाका ६ वटै स्थानीय तहमा समेत विसं २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ । तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कुल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए ।
'पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्', उनले भने, 'घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।'
सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको पूर्वक्याम्पस प्रमुख थापाको भनाइ छ ।
बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमासमेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तुसमेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ । 'यूवा विदेशमा छन, अशक्त वृद्धवृद्धाको सेवा गर्नेकोसमेत कमी छ', बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष हीराबहादुर थापाले भने ।
उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजना सञ्चालन गरेपनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताए । बसाइँसराइका कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएकोसमेत जनप्रतिनिधिको भनाइ छ । विसं २०६८ को जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजा अनुसार एक लाख सात हजार ३७२ जना रहेको छ ।
एक दशक अघिसम्म म्याग्दीका गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्थ्यो । दसैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसी भइली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो । कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो ।
कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा तिजु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो । तर, आजभोलि ती सबै कुरा इतिहास बनेका छन् । -रासस | 2022/05/20 20:20:04 | https://www.setokhari.com/detail/10062 | mC4 |
प्रेस संगठन कपिलवस्तुले महासंघको अध्यक्षमा हरि अधिकारीलाई उम्मेद्वार बनायो « Mayadevi Online News Portal
प्रेस संगठन कपिलवस्तुले महासंघको अध्यक्षमा हरि अधिकारीलाई उम्मेद्वार बनायो
प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलवार १७:५७
प्रेस संगठन नेपाल कपिलवस्तुले हरि अधिकारीको नेतृत्वमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा जाने तयारी गरेको छ ।
प्रेस संगठन कपिलवस्तुको चारनम्बरमा बसेको वैठकले महासंघको नेतृत्वमा अधिकारीलाई पठाउने सर्वसम्मत निर्णय गरेको छ । आसन्न महासंघको निर्वाचनका सम्बन्धका आवश्यक तयारी गर्दै प्रेस संगठन कपिलवस्तुले अध्यक्ष पदमा अधिकारीलाई अघि सारेको हो ।
महासंघको आगामी नेतृत्व अधिकारीको अध्यक्षतामा सर्वसम्मत चयन गर्न पनि संगठनले अपील गरेको छ । महासंघको तीन कार्यकाल विभिन्न पदमा रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका अधिकारीलाई सर्वसम्मत अध्यक्ष बनाउन पनि प्रेस सम्बद्ध सवै संगठनलाई आग्रह गरिएको प्रदेश इन्चार्ज विकास बन्जाडेले जानकारी दिनुभयो । महासंघ सवैको साझा संस्था भएकाले सवै संगठनको प्रतिनिधित्व हुनुपर्ने पनि संगठनको ठहर रहेको छ ।
प्रेस संगठनका जिल्ला संयोजक डिलाराम भुसालको अध्यक्षतामा बसेको वैठकमा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) जिल्ला अध्यक्ष विष्णु पन्थी, सचिव रामचन्द्र शाह, प्रदेश इन्चार्ज विकास बन्जाडे, केन्द्रिय सदस्य मनिष कार्की, जिल्ला सचिवालय सदस्य सरोज खनाल, प्रचार विभाग प्रमुख बसन्त गिरी लगाएतले सक्षम र अनुभवी व्यक्तिलाई महासंघको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिएका थिए । | 2021/03/09 10:11:26 | https://www.mayadevionline.com/2021/02/86696 | mC4 |
ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय – Nepaliko Aawaj
ओलीले सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय
प्रकाशित मिति: बुधबार, मंसिर ०४, २०७६ | १५:३१:३१
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुंगो लगाएको छ ।
"अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएको छ", पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
बैठकले पार्टी अध्यक्षद्वयको मर्यादाक्रम भने पुरानै कायम गरेको छ । पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्तरुपमा गर्ने निर्णय भएको छ तर बैठकको सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्नेछन् ।
अध्यक्षद्वयबीचको आपसी सल्लाहमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ । बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए । | 2022/05/23 10:29:11 | https://www.nepalikoaawaj.com/2019/11/6215/ | mC4 |
मुख्यमन्त्रीले बाँडे देशकै पहिलो पेन्सनधारी किसानहरूलाई पेन्सन : भने- 2025 सालमा सिक्किमलाई खाद्यन्न उत्पादनमा स्वनिर्भर बनाउनुपर्छ - खबरम्यागजिन
Homeमुख्य समाचारमुख्यमन्त्रीले बाँडे देशकै पहिलो पेन्सनधारी किसानहरूलाई पेन्सन : भने- 2025 सालमा सिक्किमलाई खाद्यन्न उत्पादनमा स्वनिर्भर बनाउनुपर्छ
मुख्यमन्त्रीले बाँडे देशकै पहिलो पेन्सनधारी किसानहरूलाई पेन्सन : भने- 2025 सालमा सिक्किमलाई खाद्यन्न उत्पादनमा स्वनिर्भर बनाउनुपर्छ
November 23, 2018 खबरम्यागजिन प्रतिनिधि मुख्य समाचार 0
गान्तोक,23 नोभेम्बर
सिक्किम सरकारले आजदेखि राज्यका 50 वर्ष नाघेका कृषकहरूलाई पेन्सन दिन शुरु गरेको छ। रानीपुल नजिक सरमसा उद्यानमा राज्य स्तरीय पञ्चायत तथा उत्पादक सम्मेलन आयोजन गरेर मुख्यमन्त्रीले कृषकहरूलाई अगस्तदेखि अहिलेसम्म चार महिनाको कृषि पेन्सनको टोकन हस्तान्तरण गरे। कृषि पेन्सन शुुरु गर्ने सिक्किम पहिलो राज्य बनेको छ। मुख्यमन्त्रीले पहिलो चरणमा राज्यका 17 हजार नोकरीविहीन परिवारका युवाहरूलाई नोकरी प्रदान गर्ने पनि बताए। यसअघि, मुख्यमन्त्रीले 15 हजार युवाहरूलाई राज्य सरकारले आगामी दिसम्बर महिनाभित्र सरकारी नोकरी दिने घोषणा गरेका थिए।
"यो सम्मेलन अति महत्वपूर्ण छ। अन्य सामान्य सम्मेलन जस्तो प्रकारले यसलाई लिनुहुँदैन",मुख्यमन्त्रीले आफ्नो सम्बोधनको शुरुमै कार्यक्रमको ओज बताए। उनी रानीपुलनजिक सरमसा उद्यानमा राज्यभरिका पञ्चायत तथा कृषकहरूलाई सम्बोधन गर्दैथिए। स्वत्वबोध नहुनु राज्यका जनताको ठूलो समस्या भएको बताउँदै मुख्यमन्त्री चामलिङले भने,"प्रजातन्त्रको पहिलो शर्त जिम्मेवारी लिनु हो। सबैले सिक्किमको मालिक भएर सोचिदिनुपर्छ।" विश्वमा धानको खेती पहिलोपल्ट सिक्किममा भएको दाबी गर्दै सिक्किमले नै अहिले विश्वलाई जैविक अवधारणा दिएको उनले बताए। "विश्वले गर्न नसकेको काम सिक्किमले गरेर देखाएको छ।
भविष्यमा यो एउटा ठूलो इतिहास र दसी हुनेछ। यो विश्वकै लागि उदाहरण हो",चामलिङले भने। कृषि पेन्सन शुरु गर्ने सिक्किम विश्वकै पहिलो राज्य भएको जिकिर गर्दै मुख्यमन्त्रीले भने,"कृषि पेशालाई यो ठूलो सम्मान हो। विश्वको पहिलो दिगो उद्योग कृषि हो, त्यसमा पनि जैविक कृषि त सर्वोच्च उद्योग हो। नयाँ पुस्ताले अब उद्यमी भएर यस दिशामा कदम हाल्नुपर्छ।" जैविक कृषिबिना अबको संसार बाँच्न नसक्ने पनि उनले बताए। राज्यमा बढ्दो पर्यटनको भार वहन गर्न सबै घरलाई होमस्टे बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। गुणस्तरीय र उत्पादक कृषकलाई वर्षेनि 1 करोड़ रुपियाँ पुरस्कार दिने पनि मुख्यमन्त्रीले दोहोर्याए।
राज्यका खाली जमिनलाई एग्रो-फरेष्टी बनाउन आह्वान गर्दै यसदिशामा आगामी 15 दिनभित्रमा एउटा प्रस्ताव आफूलाई बुझाउन मुख्यमन्त्रीले वन विभागलाई निर्देश दिए। जैविक खेतीको प्रवर्धनको लागि प्रत्येक ग्राम पञ्चायत वार्डमा दुईजना अर्गानिक फार्मिङ एसिस्टेन्ट (जैविक कृषि सहायक) र एकजना मार्केटिङ सहायक (बजारीकरण सहायक) नियुक्ति गर्ने मुख्यमन्त्रीले घोषणा गरे। सिक्किममा पुष्पखेतीका सम्भावनाहरूबारे पनि मुख्यमन्त्रीले केही परिकल्पना अघि सारे। 2025 सम्म सिक्किमलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा राज्य सरकारले काम गरिरहेको उनले बताए। "2020 भित्र सिक्किमलाई दूध र सागसब्जीमा आत्मनिर्भर बनाइनेछ",मुख्यमन्त्रीले सरकारको लक्ष्य सुनाए। भविष्यमा विश्वलाई नै जैविक बिउ-बिजन आपूर्ति गर्ने लाइन लिएर काम गर्न उनले कृषि विभागलाई आह्वान गरे। "ढिलोछिटो विश्वले जैविक खेती अप्नाउनैपर्छ।
हामी एड्भान्स स्थितिमा छौं। विश्वलाई नै हामी जैविक बिउ-बिजन आपूर्ति गर्न सक्छौं। सिक्किमका जैविक बिरुवाहरू 'हट केक' जस्तै बिक्री हुनेछन्",कृषकहरूलाई यसतर्फ काम गर्न आह्वान जनाउँदै मुख्यमन्त्रीले भने। यस्ता योजनाबारे 15 दिनभित्र एउटा प्रस्ताव बुझाउन उनले कृषि विभागलाई निर्देशन दिए। यसैगरी, वन विभागअन्तर्गत गुराँस, सुनाखरी जस्ता फूलहरूका सम्पूर्ण प्रजाति सिक्किममा ल्याएर रोप्न अनि विश्वभरिका पुष्पविद्लाई सिक्किमतर्फ आकर्षित गर्ने जस्ता परिकल्पना लिएर प्रस्ताव बुझाउन मुख्यमन्त्रीले वन विभागलाई निर्देश दिए। राज्यको विकासमा विशेष योगदान दिन उनले युवाहरूलाई अपील गरे।
"सरकारले सहयोग मात्र गर्ने हो, राज्यका युवाहरूले आफ्नो इतिहास आफै बनाउनुपर्छ। विगत 24 वर्षमा हामीले सिक्किममा नयाँ इतिहास र परम्पराको निर्माण गर्ने प्रयास चलाइरहेका छौं। अबको पालो राज्यका युवाहरूको हो",चामलिङले भने। 24 वर्षदेखि सिक्किमको रिमोट कण्ट्रोल जनताको हातमा रहेको उल्लेख गर्दै उनले भने,"शान्ति र सुरक्षा सबैभन्दा महँगो कुरा हो। यसको सुरक्षा गर्ने जिम्मेवारी जनताको हो।" केन्द्र सरकारले लिम्बू-तामाङ सीट आरक्षण दिएन भने पनि एसडीएफ पार्टीको तर्फबाट यी दुई समुदायलाई पाँचवटा सीट दिने घोषणा उनले दोहोर्याए।
यस अवसरमा मुख्यमन्त्रीले केही महत्वपूर्ण घोषणाहरू पनि गरे। बाँझो जमिनको मूलभूत रूपान्तरण गर्न, पुष्प खेतीको एकीकृत काम गर्न, जैविक बिउ-बिरुवाको उत्पादनलाई बढ़ावा दिन अनि कृषि आत्मनिर्भरतालाई अघि बढ़ाउन उनले राज्यवासीलाई आह्वान गरे। पहिलो चरणमा 17 हजारलाई सरकारी नोकरी दिने अनि यो 'नोकरीविहीन परिवार' यसको रोस्टर (मानक) हुने मुख्यमन्त्रीले घोषणा गरे। यसैगरी, पाँच वर्षभन्दा अधिक समयदेखि एडहक र मस्टर रोलमा काम गरिरहेका कर्मचारीहरूलाई स्थायी गर्ने पनि उनले बताए।
एडहक शिक्षक तथा प्राध्यापकहरूका सम्बन्धमा भने मुख्यमन्त्रीले केन्द्र सरकारका नियमहरूले राज्यको हात बाँधेको अवस्थाबारे पनि स्पष्ट पारे। केन्द्रका नियम मान्नुपर्ने हुनाले राज्य सरकारले कानून र विधिअनुसार नै चल्नुपर्ने बाध्यतातर्फ इंगित गर्दै उनले एडहक शिक्षकहरूले वास्तविकता सम्झेर अनि कानुनी प्रावधान र व्यवधानलाई बुझेर सामाजिक सञ्जालतिर मन्तव्य गर्नुपर्ने सुझाए। "विश्वले आज हामीलाई हेरिरहेको छ। व्यक्तिगत भड़ास निकाल्दा दुनियाँमा हाम्रो छवि बिग्रिन्छ। सानो कुरामा रिसाएर ठूलो कुरा गुमाउनु हुँदैन",उनले आग्रह गरे। यद्यपि युजीसीको योग्यता मानक आफूमा विकास नगर्दासम्म कुनै पनि एडहक शिक्षक वा प्राध्यापकलाई नोकरीबाट ननिकाल्ने अनि उनीहरूले चाहेको खण्डमा अन्य विभागमा आवेदन गर्न सक्ने वा 'नोकरीविहीन परिवार' भएमा त्यसबाट पनि आवेदन गर्न सक्ने लचिलो प्रावधान पनि मुख्यमन्त्रीले सँगसँगै सुझाए।
यस अवसरमा विद्यार्थीहरूले राखेका माग चरणबद्ध रूपमा पूरा गरिदिने मुख्यमन्त्रीले आश्वासन दिए। दिसम्बरमा विशेष विधानसभा सत्र डाकेर अनुपूरक माग ल्याई जनताका मागहरू पूरा गरिदिने मुख्यमन्त्रीले घोषणा गरे। यसैगरी, एसएनटीदेखि सोकेथाङ अस्पतालसम्म चारवटा एसएनटी बस जनवरीदेखि निःशुल्क सञ्चालनमा ल्याउने मुख्यमन्त्रीले घोषणा गरे। सोकेथाङ अस्पतालको विशेषता प्रस्टाउँदै उनले भने,"देशको कुनै सरकारले बनाएको यति ठूलो अस्पताल यो पहिलो हो।
जनवरीदेखि यहीं अपरेशन होस् भन्ने मेरो चाहना छ। बाहिर तथा अन्य अस्पतालमा काम गरिरहेका राज्यका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरूलाई यो अस्पताल जिम्मा लिइदिनुहोस् भनेर आग्रह गर्न मैले भोलि मिन्तोकगाङमा उनीहरूसँग बैठक डाकेको छु।" जनवरीमा जनता मेला हुने विषयमा प्रकाश पार्दै आवश्यकमन्द मानिसलाई मात्र घर दिनुपर्ने उनले सुझाए। "2014 मा जस्तो मनपरी घर आवण्टन गर्नु हुँदैन। नेता, विधायक, मन्त्री र पञ्चायतहरूले आफ्नो मान्छे चेप्नु हुँदैन। जरुरतमन्द मानिसहरूलाई मात्र सरकारको सहुलियत पुग्नुपर्छ",मुख्यमन्त्रीले भने। उनले 'आफ्नो गाउँ आफै राम्रो बनाऊँ' भन्ने नारा पनि दिए। यस अवसरमा सिक्किम वन विभागले मुख्यमन्त्रीलाई संवर्धना जनाएको थियो।
यसअघि, ग्रामीण प्रबन्धन तथा विकास विभागका सचिव सीएस राव र कृषि विभागका सचिव खोरलो भोटियाले विभागीय योजनाहरूबारे प्रकाश पार्दै मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा सिक्किमले गरेका सर्वाङ्गीन विकासका विभिन्न पक्षहरूबारे अवगत गराएका थिए। कार्यक्रममा पञ्चायत, उद्यम, प्रगतिशील कृषि आदि क्षेत्रका प्रतिनिधिहरूले पनि आ-आफ्ना अनुभव र सुझाउहरू पेश गरे। यस अवसरमा मुख्यमन्त्रीका बाहुलीबाट अन्य सहुलियतका टोकनहरू पनि लाभार्थीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मन्त्रीगण, विधायकगणलगायत राज्यका वरिष्ठ अधिकारी र प्रगतिशील कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो। | 2020/07/14 21:03:37 | https://khabarmagazine.com/archives/25791 | mC4 |
खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्छु : पर्यटनमन्त्री
Sun, May 24, 2020 at 10:42pm
खलङ्गा, २८ साउन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जुम्लाको सिञ्जा गाउँपालिकामा निर्माण हुन लागेको खस सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।
सङ्ग्रहालय रारा, फोक्सुण्डोलाई केन्द्रविन्दु बनाइ निर्माण गर्न थालिएको छ । यसभित्र संस्कृति, इतिहास, परम्परागत औजार र मूर्ति राखिनेछ । सङ्ग्रहालयका लागि स्थानीयले चार हजार वर्गमिटर जग्गा उपलब्ध गराएका छन् । सङ्ग्रहालयभित्र स्याउ बगैँचा, मष्टदेवताको मन्दिर, पर्यटनमैत्री शौचालय, परम्परागत पञ्चदेवल, अत्याधुनिक हल र भित्रै सिँचाइ नहरको डीपीआर बनेको छ ।
डीपीआरमा सङ्ग्रहालयको आफ्नै गजुर राखिनेछ । पर्यटकीय सांस्कृतिक धरोहर बन्नेमा दुई मत नरहेको सांसद महतले बताउनुभयो । रु १३ करोड ८९ लाख २५ हजार ४०३ सङ्ग्रहालय बन्ने भएको हो । | 2020/05/24 22:42:49 | https://www.aahakhabar.com/news/31025 | mC4 |
बारा र पार्साका हावाहुरी पीडितलाई राष्ट्रबैंकको सहयोग | eAdarsha.com
बारा र पार्साका हावाहुरी पीडितलाई राष्ट्रबैंकको सहयोग
पोखरा,२८ चैत । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल राष्ट्र बैंकले ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरी ७५ लाखको चेक राष्ट्रिय वाणिज्य बैंक लि. संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका हुन् । यही चैत्र १७ गते बारा र पार्सामा हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सहयोग प्रदान कार्यक्रममा सम्पन्न भएको थियो । | 2022/05/17 10:53:31 | https://www.eadarsha.com/nep/73205/ | mC4 |
नेपाल एक-अर्को छिमेकीविरुद्ध कार्ड खेल्ने पक्षमा छैन: प्रधानमन्त्री ओली | My News Nepal
नेपाल एक-अर्को छिमेकीविरुद्ध कार्ड खेल्ने पक्षमा छैन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने जिकिर गरेका छन् । 'यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,' उनले भने ।
चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्ट पारेका छन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
पुर्खाको त्याग र बलिदानबाट बनेको राष्ट्रलाई समुन्न बनाउने दायित्व हाम्रै काँधमा छः राष्ट्रपति भण्डारी | 2021/01/16 10:51:18 | https://mynewsnepal.com/13572/ | mC4 |
२०७७ पुस २ गते, बिहीवार, १७ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, तृतीया तिथि, उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर।
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग नजुट्न सक्छ। लक्ष्यअनुसार समयकाे उपयोग गर्न नसकिएला। सन्तान वा अनुयायीको सहयोगले लाभ दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न समय पर्खनुपर्ला। व्याहारिक अलमलले अध्ययनमा बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ।
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। आमाको माध्यमबाट केही काम बनाउन सकिनेछ।
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता प्राप्त हुनेछ।
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। सरकारी कामकाजमा अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। कामका लागि धाउनेहरूबाट भने अलि सजग रहनुपर्ला।
सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा समस्या पर्नेछ। नियमित आम्दानीसमेत रोकिन सक्छ। सरसापटमा खर्चनुपर्दा आजको लाभांश सुरक्षित नहुन सक्छ। आम्दानीका स्रोत सबल देखिए पनि अर्थ अभाव हुनेछ। आम्दानी कम भए पनि नयाँ काम गर्ने अवसर जुट्नेछ। केही लगानी परे पनि दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ। | 2021/01/28 04:13:10 | https://durbartimes.com/aajko-raashiphl-35/ | mC4 |
अफगानिस्तानमा कोरोना महामारीसँगै बम बिस्फोट, १७ को मृत्यु – Namaste Dainik
July 31, 2020 July 31, 2020 NamastedainikLeave a Comment on अफगानिस्तानमा कोरोना महामारीसँगै बम बिस्फोट, १७ को मृत्यु
कोरोना महामारीले सिंगो विश्व यतिबेला आक्रान्त छ । विश्वभर १ करोड ७४ लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसक्दा अफगानिस्तानमा ३६ हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । अफगानिस्तानमा एक हजारभन्दा धेरैको कोरोनाकै कारण ज्यान पनि गइरहेको छ । तर, महामारीका बाबजुदयहाँ बम बिस्फोट रोकिएको छैन । अफगानिस्तानको लोगर प्रान्तमा बिहीबार राति कारमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा १७ मानिसको ज्यान गएको छ । विद्रोही संगठन तालिवानले इद पर्वको पूर्वसन्ध्यामा युद्धविराम घोषणा गरेकै बेला यो शक्तिशाली बिस्फोट भएको हो । तालिवानले आक्रमणमा आफ्नो संलग्नता अस्विकार गरेको छ भने अर्को विद्रोही संगठन इस्लामिक स्टेटले कुनै टिप्पणी गरेको छैन । लोगर प्रान्तस्थित गर्भनरका प्रवक्ता डिदर लेवाङका अनुसार आत्मघाती बम हमलाकारीले यो बिस्फोट गराएको अनुमान गरिएको छ । गर्भनरको कार्यालय नजिक बिस्फोटको घटना भएको हो, जहाँ इदका लागि मानिसहरु किनमेल गर्न व्यस्त थिए ।
यो बिस्फोट मानिसहरुको भीडभाड भइरहेको स्थानमै भएको थियो ।'आतंकवादीहरुले फेरि एकपटक इद अल अदाको रात बिस्फोट गराएका छन् र हाम्रा जनताहरुको हत्या गरेका छन्,' आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने । तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यस आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । तालिवान र अफगान सरकारले शुक्रबार इदको पहिलो दिनदेखि सुरु हुनेगरी तीन दिने युद्धविराम घोषणा गरेका छन् ।
तालिवानसँग सम्झौता भएर स्थायी शान्ति हुने आशा पनि अफगानिस्तानमा गरिएको छ, तर कैदीबन्दी साटासाट गर्ने विषयमा कुरा मिलिरहेको छैन । यसअघि सरकारले आफ्ना १ हजार सुरक्षाकर्मीको रिहाई गर्नका लागि ५ हजार तालिवानी कैदी रिहा गर्ने सहमति भएको थियो । अफगान सरकारले ४ हजार ४ सयभन्दा धेरै तालिवानी कैदी रिहा गरिसकेको छ, यता तालिवानी प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म १ हजार ५ जना सरकारी सुरक्षाकर्मी अहिलेसम्म रिहा भइसकेका छन् । | 2020/11/25 05:43:11 | http://namastedainik.com/8015/ | mC4 |
प्रकोप कोषमा राहात संकलन - Saptakoshionline
प्रकोप कोषमा राहात संकलन
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ समय: ६:४९:३९
धनकुटा । अहिले बिश्वभर फैलिएको भाईरस संक्रमणबाट देश आक्रान्त बनेको छ । यस समयमा गरिएको लकडाउनका कारण स्थानीयहरु मारमा परेका छन् ।
दैनिक ज्यालादारी, गरेर खाने, असहायलगायतका स्थानीयहरुलाई भने लकडाउनका कारण हातमुख जोड्न समेत समस्या भएको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै शहिदभुमि गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएर राहात वितरण गर्दै आएको छ ।
शहिदभुमि गाउँपालिकामा विभिन्न संघ संस्था, ब्याक्ति र स्थानीय तहका कर्मचारीहरुबाट स्थानीय प्रकोप ब्यावस्थापन कोषमा जिन्सि सहित नगद सहयोग संकलन जारी रहेको छ ।
नोबल कोरोना भाईरस कोभिड १९ को संक्रमणको रोकथामकालागि गाउँपालिकाले तयार गरेको स्थानीय प्रकोप ब्यावस्थापन कोषमा पुन राहात वितरणकालागि सिटिजन ईन्टरनेश्नल बैंकले २५ हजारको चेक हस्तान्तरण गरेको छ ।
यसैगरी शहिदभुमि गाउँपालिकामा रहनु भएका कर्मचारीहरुले आफ्नो मासिक तलब बापतको प्रत्येक कर्मचारीले तीन दिन बराबरको एकलाख ९ हजार ४२१ रुपैयाँ ६१ पैसा र तीन हजार चारसय ८२ रुपैयाँ ८० पैसा रकम सहयोगकालागि चेक हस्तान्तरण गर्नुभएको छ ।
यसका अलवा जिवन बिकास बैङ्ग हिले, हिलेका उद्योगि ब्यावसायि सिताराम श्रेष्ठले पाँचसय केजि नुनका साथै अन्य संघ संस्थाले नगद जिन्सि उपलब्ध गराएर सहयोग गर्नु भएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।
स्थानीय तहको आफ्नै बजेटबाट प्रत्येक वडामा तीन लाख पठाएर पनि राहात वितरण गरिरहेको र स्थानीय तहमा उपलब्ध भएको राहात सहयोगले भाईरस संक्रमणबाट बच्न र बचाउन केहि हदसम्म राहात पुग्ने अध्यक्षले बताउनु भयो ।
श्हिदभुमि गाउँपालिका वडा नम्वर ६ मा क्वारेन्टाईन स्थापना गरिएको छ । सबैको सहयोगले कोभिड रोग नियन्त्रण र रोकथाम गर्न सहज भएकोले सहयोगि हातहरुलाई स्वागत गर्दै आगामि दिनमा सहयोगि संघ संस्था र ब्याक्तिहरुलाई सम्मान पत्रले सम्मान गर्ने योजना समेत रहेको चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राईले बताउनु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई, स्थानीय तह र बैङ्गका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
बृक्षारोपण गर्दै २५ औं स्थपना दिवस मनाईयो
धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघको २५ औ स्थापना दिवस तथा रजत जयन्ति आज धनकुटामा वृक्षा रोपण गरि मनाईएको छ । सामुदा... | 2020/06/03 09:13:58 | http://saptakoshionline.com/52888/ | mC4 |
भैरहवामा पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु - Sabal Post
भैरहवामा पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु
भैरहवा, मंसिर २० । औद्योगिक तथा पर्यटकीय नगर सिद्धार्थनगरमा ७ औँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आज देखि शुरु भएको छ । आज मंसिर २० गते देखि पुस १ गते सम्म भैरहवाको अञ्चलपुरमा लाग्ने उक्त मेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । उहाँले लामो इतिहास कालखण्ड पार गरेको सिद्धार्थ उद्योग वाणिज्य संघले विकासका लागि पनि फड्को मारेको बताउँदै कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी विकासको गुरुयोजना बनाए अगाडि बढ्नु अवश्यक रहेको बताउँनुभयो । मुलुकमा संक्रमणकालको अन्त्य भएकोले विकासका काममा ढिलासुस्ति गर्ने र गुणस्तरहीन कार्य गर्नेलाई अब सरकार चुप लागेर नबस्ने उहाँको भनाइ छ । सरकार दुई तिहाइ बहुमतको भएकोले कसैको हल्लाका पछि लागेर सरकार ढल्ने हो कि भन्ने सङ्का उपसङ्का नगर्न आग्रह गर्दै प्रदेशको राजधानी भौतिक पूर्वाधारका हिसाबले रुपन्देही नै उपयुक्त हुने धारणा राख्नुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ का सांसद् घनश्याम भूसालले अहिलेको सरकार दुई तिहाइको रहेकोले विकासका काम गर्न सरकार खुट्टा कमाउन नहुने बताउँदै बहुमतको सरकारले सर्वसाधारणका छोरा छोरी बेरोजगार नहुने गरि कार्य योजना ल्याएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
रुपन्देही उत्पादन र विकासका दृष्टिले मुलुककै मेरुदण्डको रुपमा विकास भएकोले पर्यटनको विकासका लागि राज्यले ध्यान दिनु पर्ने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका युवानेता बालकृष्ण खाँडले बताउँनुभयो । अहिलेको सरकार दुईतिहाईको भएकाले ठूलो भरोसा गरेकोले जनताको माग पूरा गर्ने तर्फ सरकारले ध्यान पु¥याउनु पर्छ खाँड भन्नुभयो । उहाँले लाक्षणिक रुपमा सरकारलाई भन्नुभयो, "राणाहरुको हातमा सबै शासन सत्ता हुँदा हुँदै पनि पतन हुन परेको र पञ्चायत र ज्ञानेन्द्रको शासनलाई जनताले बाहिर उछिट्याएका छन् ।रुपन्देही क्षेत्र नं. ४ का सांसद् प्रमोद यादवले पर्यटनको विकासका लागि पर्यटकलाई बस्ने बासस्थानको लागि होटल व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने बताउँदै नेपाल कृषि प्रधान देश भएकोले यहाँका किसानलाई समय अनुसारको बिउ र मलखाद उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताउनुभयो ।त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले अहिले सम्मकै ठूलो सरकार र जनताले भरोसा गरेको सरकाले जनताको आशालाई निरासामा बदल्ने गरेको बताउँदै कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई न्याय दिनुको सट्टा दोषीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउनुभयो । अहिलेको वहालवाला सरकाले गैर न्यायिक कार्य गरे जनता चुपलागेर नबस्ने पूर्वमन्त्री बोहोराले बताउनुभयो ।
नेपालका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले राज्यले लगानी गर्ने र लगानीको सुरक्षाको ग्यारेन्टी गरे निजी क्षेत्र अगाडि बढ्न सक्ने बताउनुभयो ।सरकारले लुम्बिनीको नामबाट मागेर खाने भाँडो बनाएको र देशलाई भ्रष्टाचार तर्फ उन्मुख भएको रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सदस्य सन्तोष पाण्डेले बताउनुभयो । दुईतिहाईको सरकार भएकोले अहिले पनि विपक्षी पार्टीले काम गर्न दिएनन् भन्ने आरोप लगाएर अहिलेको सरकार उम्कन नपाउने बताउनुभयो ।उद्योग र पर्यटन विकासलाई समेट्दै सरकार अगाडि बढ्नु पर्ने बताउँदै लुम्बिनीको गुरुयोजना ३ वर्षमा पूरा हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय अवधेश कुमार त्रिपाठीले बताउनुभयो । भैरहवाको मेलाले औद्योगिक, सामाजिक र धार्मिक क्षेत्रको पहिचान गराउने सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । व्यवसायीले गरे लगानीको सुरक्षाको व्यवस्था सरकारले गरे निजी क्षेत्र लगानी गर्न सधै तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारीले बताउनुभयो ।विविध झाँकी र याली सहित शुरु भएको कार्यक्रम सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव नेत्रप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
याली सम्मान
सिद्धार्थ उद्योग वाणिज्य संघले उत्कृष्ट हुने झाकीहरुको लागि सम्मानको व्यवस्था गरेको थियो । विभिन्न झाँकीहरु मध्ये रुपन्देही लीलाराम न्यौपाने मावि प्रथम, मुनलाइट आवासीय मावि द्वितीय, काशी नोबेल एकेडमी तृतीय र जेसिज स्कुल सान्त्वना भएका छन् ।
चित्रकला प्रतियोगिता सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सवको अवसर पारेर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताबाट मोर्डन पब्लिक स्कुल भैरहवाका आकाश अधिकारी प्रथम, अमरज्योतिकी छात्रा रीया नेपाल द्वितीय, साइग्लोबल एकेडमीका सञ्जय बराइली तृतीय, रुपन्देही लीलाराम न्यौपाने मा.वि.की अनु महतो र काशीनोबेल एकेडमीका सिद्धान्त श्रेष्ठ सान्त्वना भएका थिए ।
त्यस्तै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रुपन्देही लीलाराम न्यौपाने माविकी महिमा बस्नेत प्रथम, काशी नोबेल एकेडमीकी अनुसा पन्थी द्वितीय र भैरहवा नमुना माविकी प्रशंसा भण्डारी तृतीय भएका थिए । भने आयुषा ज्ञवाली र अमृत केसी सान्त्वना भएका थिए ।याली अफ प्रसनालिटि सम्मान
त्यस्तै ¥याली अफ प्रसनालिटिमा १० जना उत्कृष्ट भएका छन् । उत्कृष्ट हुनेमा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य कुमार सारु मगर, थारु समाजका गोपाल थारु, मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्रा शुभम मिश्रा, दरखसवा आमा समूहकी बीना क्षेत्री, नेवा खल सिद्धार्थनगरका राजुनारायण श्रेष्ठ, हेवेन्ली गार्डेन स्कुलकी रचना क्षेत्री, सिद्धार्थ जेसिजका कमल भण्डारी, गोलीगढ आमा समूहकी मीना जिसी, ब्रमकुमारी विश्व विद्यालयका भूपेन्द्र अधिकारी र गुरुङ राष्ट्रिय परिषद्की इन्द्रा गुरुङ रहेको ¥याली संयोजक विजय पाण्डेल जानकारी दिनुभयो । | 2020/12/05 17:15:30 | https://sabalpost.com/archives/13438 | mC4 |
बैद्य माओवादी र विप्लव नेकपाको आयोजनामा जनयुद्व दिवस | जनमनको विचार पलपलको समाचार Navadristi.com
बैद्य माओवादी र विप्लव नेकपाको आयोजनामा जनयुद्व दिवस
स्याङजा, २, फाल्गुन । नेकपा (क्रान्तिकारी माओवादी) र बिप्लब नेकपाको संयुक्त आयोजनमा स्याङजामा अन्र्तक्रिया कार्यक्रम गरी २५ औं जनयुद्व दिवस मनाइएको छ ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सल्लाहकार इन्द्रधोज गुरुङले देशमा उत्पीडित, अधिकारविहिन जनसमुदायको न्यायको निम्ति र आमुलपरिवर्तनका लागि जनयुद्धको उद्घोषको दिन भएको बताए । गुरुङले तातकालिन जनयुद्वको नेतृत्वले सहिद अपाङ्ग, घाइते, बेपत्ता योद्धा र परिवारजन र आम जनसमुदायको सपनामाथि कुठाराघात गर्दै क्रान्तिलाई विर्सजनवादको भाषमा लगेको भन्दै आक्रोष व्यक्त गरे ।
नेता गुरुङले जनताको अधिकारका लागि सङ्र्घष गरेको पार्टीलाई प्रतिवन्ध लगाउने, विदेशीको हितकानिम्ती राष्ट्र हित बिपरित गलत सझौता गर्ने र नेपाली भु–भागबाट हटाएको नक्सा प्रयोग गर्ने नक्कली कम्युनिष्टको लज्जा र आत्मसर्पणको पराकाष्ठा भएको बताए । गुरुङ्ले अब देशभक्तहरु र क्रान्तिकारी शक्तिहरु छरिएर नभई एकताबद्द भई संघर्षमा जानुको विकल्प नभएको बताउँदै जनयुद्व र जनआन्दोलनका महान सहिदहरुप्रति श्रद्धाञ्जली सहित घाईते वेपत्ताका परिवारजनप्रति सहानुभूति प्रकट गरे ।
कार्यक्रममा बिप्लाब नेकपा का जिल्ला इन्चार्ज 'आक्रोश' ले देश र जनताका दैनिकीका समस्याहरु हल गर्न क्रान्ति गर्दै जाने र क्रानितबाट नै समस्याको हल गर्न सकिने बताए । उनले प्रतिक्रियावादी यथास्थितीवादी सरकारका विरुद्ध लचिलो नभई कसिलो झापड नदिएसम्म दुईतिहाईको रास्ट्रघात र जनघात हटाउन नसकिने बताए ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य खुमती गुरुङले क्रान्तिकारी शक्ति र राष्ट्रवादी शक्ति एक भई संघर्ष गर्नुको विकल्प नरेको बताईन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) स्याङ्जा सेक्रेटरी तिलक अधिकारीले आमूल परिवर्तनको लक्ष्य र उद्देश्य बोकी पार्टीको सात प्रतिबद्धता र तत्कालीन सरकारलाई ४१ बुदे माग राखी बुझाएको ज्ञापनपत्रको स्मरण गर्नुपर्ने समय आएको बताए ।
उनले अधिकार बिहिन जनताको मुक्तिका लागि निरन्तर संघर्षशिल बन्दै महान सहिदहरुको उच्च सम्मानका साथै सहिदहरुले छाडेको सपना पुरा गर्दै, अपांग, घाइते, बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गरे । साथै उनले प्रतिक्रियावादी, अवसरवादी घेरातोड्दै नयाँ जनवादी क्रान्ति पूरा गर्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने बताए ।
अधिकारीले समाजवाद हुँदै साम्यवादी समाजको उद्देश्य पूरा गर्न बिदेशी दलालिकरण, आत्मसमर्पणवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी अबसरवाद र नवसम्सोधनवादका विरुद्ध दृढतापुर्बक लड्दै क्रान्तिकारी आन्दोलनलाई उत्कर्षमा पुर्याउनुपर्ने बताए । | 2020/09/18 07:23:43 | https://navadristi.com/archives/35206 | mC4 |
असोज १२ .
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमण विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गएकाे वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताउनुभयो । उहाँले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गर्नुभयो । | 2018/12/16 22:39:38 | http://radiosanobheri.com/newsdetails.php?id=405 | mC4 |
डिजिटल उद्यमशीलताको प्रवर्द्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा जोड – Aarthik Dainik
गृहपृष्ठ ∕ बिबिध ∕ डिजिटल उद्यमशीलताको प्रवर्द्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा जोड
डिजिटल उद्यमशीलताको प्रवर्द्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा जोड
आर्थिक दैनिक पुस ८, २०७७ ११:४६
नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकोले यसको प्रवद्र्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरूले जोड दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार संयुक्तरूपमा आयोजना गरेको 'नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण' विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन् ।
मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शुल्क र युवाहरूको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ । प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरूको उच्च वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको छ । खासगरी निजी र सार्वजनिक क्षेत्रहरू असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा यस्ता किसिमका केही व्यवसायहरू असफल हुन सक्ने भए पनि भविष्यमा उनीहरूले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रूपमा उदाउन सक्ने उल्लेख गरिएको थियो । क्षेत्रीय र विश्वव्यापीरूपमै पनि यस्ता उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना पनि रहेको सहभागीहरूको बुझाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याहरूको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भीर भएर लाग्ने बताए । उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवर्द्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए । आयोगले १५औं पञ्चवर्षीय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उनले बताए ।
नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भए पनि आर्थिक र कानुनी चुनौतीलाई समाधान गरेर अनुकूल वातावरण बनाउन आवश्यक रहेको बताए । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमनभन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताए । उद्यमशीलताका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनले बताए । नेपालमा उद्यमशीलताका लागि विदेशी पुँजी ल्याउने विषयमा केही छलफल भए पनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पूरा गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।
कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए । तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरू नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुनसक्ने अवसर रहेको उनले बताए । वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन् । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिस्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए । विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्नेगरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाइ थियो ।
विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पुँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाइले निकै समस्या पारेको बताइन् । कार्यक्रममा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरूको आवश्यकतालाई पनि सहभागीहरूले जोड दिए । डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरूको माग उनीहरूले गरे । परम्परागत रूपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो । | 2021/02/26 06:54:55 | https://www.aarthikdainik.com/other/28139/ | mC4 |
जनकपुरधाम । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए । | 2021-12-06T23:24:24Z | https://sudarshankhabar.com/archives/5018 | OSCAR-2201 |
चामल भारतको, ब्रान्ड नेपाली | NiD - News
Kantipur, LilawallabhGhimire, 8th April 2017, Biratnagar
पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लामा जिरा मसिनो धान उत्पादन घटदो छ । 'हाम्रोमा जिरा मसिनो धानको उत्पादन छैन भन्दा पनि हुन्छ,' क्षेत्रीय कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र उप्रेतीले भने, 'यो धानको उत्पादन कम र रोग बढी लाग्ने भएकाले किसानले खेती गर्न नै छाडे ।
झापा, मोरङ र सुनसरीलगायतका तराईका जिल्लामा रन्जितपछि बाँसा धानको उत्पादन हुने गर्छ । त्यसपछि राधा १२ उत्पादन हुने गरेको छ । यो धान चिउरा र भुजियाका लागि बढी प्रयोग हुन्छ । नयाँ खुख्या ३ जातको धान पनि पछिल्लो समय किसानको रोजाइमा पर्न थालेको क्षेत्रीय कृषि कार्यालयले जनाएको छ । यसका लागि कम सिँचाइ भए पनि हुने हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । सोना मन्सुली अर्को यस क्षेत्रमा उत्पादन हुने धानको जात हो । पछिल्लो समय मन्सुलीको धानको उत्पादन ज्यादै कम हुँदै गएको छ ।
पूर्व क्षेत्रमा मात्र यस वर्ष ४ लाख ४६ हजार हेक्टर जमिनमा धान खेती गरीएको थियो । यसपटक १६ लाख १२ हजार टन धान उत्पादन भएको क्षेत्रीय कृषि विकास कार्यालयले जनाएको छ । त्यसमध्ये ५ प्रतिशतभन्दा कम मात्र जिरा मसिनो धान उत्पादन भएको उप्रेतीले बताए । ८ वर्ष पहिलासम्म यो क्षेत्रमा हुने धान उत्पादनको ५० प्रतिशत मन्सुली धान थियो । रोग लाग्नुका साथै उत्पादनसमेत कम हुने हुँदा अहिले आएर ५ प्रतिशत भन्दा तल झरेको हो ।
नेपाली बजारको कुल हिस्साको ४० प्रतिशतभन्दा बढी भारतीय चामलले ओगटेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादव जिरा मसिनो धान सरकारले उत्पादनका लागि सिफारिस गरेको जात नभएको बताउँछन् । पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा करिब १४ अर्ब रुपैया बराबरको चामल आयात भएको छ । | 2021/11/29 10:59:36 | https://nepalindata.com/ne/%E0%A4%9A%E0%A4%BE%E0%A4%AE%E0%A4%B2-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A1-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80/ | mC4 |
world news(world news)
कोरोना भाईरस: विश्वव्यापी स्वास्थ्य संकट एजेन्सी,जनवरी ३० । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई स्वास्थ्य सम्बन्धी विश्वव्यापी संकटको अवस्था भनी घोषणा गरेको छ । जेनेभामा जारी सो संगठनको बैठकले चीनबाट सुरु भै विश्वका अन्य देशमा पनि फैलँदै गएको यो भाइरसको सक्रमणले पारेको प्रभावका कारण यसलाई विश्वव्यापी स्वास्थ्य संकट भनी घोषणा गरेको हो । डब्लुएचओका महानिर्देशक टेड्रोस...
फ्लोरिडामा गोली चल्यो,तीनको मृत्यु,पाँच घाइते एजेन्सी,नोभेम्वर २ । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको राजधानी शहर तालाहासीमा आज साँझ भएको गोली काण्डको घटनामा गोली प्रहार गर्नेसहित तीन जनाको मृत्यु भएको छ । शुक्रवार साँझ स्थानीय एक योगा स्टूडियोमा भएको गोलीकाण्डमा दुई जना मारिए भने कम्तीमा पनि अन्य पाँच जना घाइते भएका छन् । घटनामा गोलीकाण्ड मच्चाउने व्यक्तिले आफैंलाई प्रहार गर्दा...
अमेरिकी सिनेटर जोन म्याकेनको निधन एजेन्सी,अगष्ट २५ । अमेरिकाको एक वरिष्ठ सिनेटर जोन म्याकेनको निधन भएको छ । भियतनाम युद्धका बेला विमान चालक रहेका उनी पांच वर्षसम्म युद्धबन्दीको रुपमा जेल जीवन बिताउने 'वार हिरो'को रुपमा सम्मानित छन् । रिपब्लिकन नेता म्याकेनको ८१ वर्षको उमेरमा आज निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । एरिजोना राज्यबाट अमेरिकाको माथिल्लो सदन...
अमेरिकीहरु स्वतन्त्रता दिवस मनाउदै एजेन्सी,जुलाई ४ । आज अमेरिकीहरु आफ्नो स्वतन्त्रताको २४२ औं वर्षगांठ मनाउदैछन् । यसलाई फोर्थ अफ जुलाईको नामले पनि अमेरिकीहरुले सम्बोधन गर्छन् । आजको यो स्वतन्त्रता दिवसको दिनलाई अमेरिकीहरुले गर्वका साथ हर्ष,उल्लासका साथ मनाउछन् । घरघरमा राष्ट्रिय झण्डा राख्ने,आ आफ्नो सवारीमा झण्डा राखेर फरफराउने,आतिशवाजी गर्ने लगायतका गतिविधि गरेर...
अमेरिकाको स्कूलमा फेरि गोलीकाण्ड,कम्तीमा आठ जनाको मृत्यु टेक्सास,अमेरिका,मे १८ । टेक्सासको ह्युस्टनस्थित एक विद्यालयमा आज फेरि गोलीकाण्डको अर्को घटना भएको छ । यो घटनामा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । घटनामा अन्य केही घाइते भएका छन् । ह्युस्टनस्थित सान्ता फे हाइस्कूलमा आज बिहान स्थानीय समय अनुसार करीब आठ बजे भएको गोलीकाण्डको यो घटनामा मारिने मध्ये केही विद्यार्थी र विद्यालयका कर्मचारी...
आप्रवासीमाथि थप कडाई गर्दै अमेरिकी अध्यागमन एजेन्सी,जनवरी १० । अमेरिकी अध्यागमन अधिकारीहरु यहाँ रहेका कागजपत्रविहीन अन्य देशका नागरिकप्रति कडा रबैया अपनाउन थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासन विद्यमान अमेरिकी आप्रवास नीति संशोधन गरी नयाँ नीति बनाउने गृहकार्यमा जुटिरहेका बेला अध्यागमन सुरक्षा अधिकारीहरु आप्रवासी कार्यरत निकायहरुमा सोधखोज गर्न...
मेक्सिकोमा ७.१ रेक्टरकाे भुकम्प,१४० जनाकाे मृत्यु एजेन्सी,सेप्टेम्वर १९ । मेक्सिकाेमा शक्तिशाली भुकम्प जाँदा कम्तीमा पनि १४० जनाको मृत्यु भएको छ । मृतकहरुको संख्या बढ्न सक्ने अन्तर्रराष्ट्रिय समाचार एजेन्सीहरुको अनुमान छ । दशक अघि गएकाे शक्तिशाली भुकम्प दिवसकाे दिन मेक्सिकाेमा भुकम्प गएकाे खण्डमा कसरी सुरक्षित रहने भन्ने बारेमा मानिसहरू ठुलाे संख्यामा भेला भएर छलफल गरिरहेकाे...
यस्तो छ, आँधी प्रभावितको कथा वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकी भूगोलमा यो शताव्दिको ठूलो आँधीको संज्ञा पाएको वाढी र आँधीको कारणले जनजीवन अस्तव्यस्त भएको छ । लाखौ मानिसहरु घरवार विहीन भएका छन भने अर्वों डलरको क्षति भएको छ । यसैवीच फलोरिडाका गभर्नर रिक स्कटले घर फर्किनु अगाडि स्थानीय अधिकारीहरुसँग समन्वय गर्न सार्वजनिक अपिल गरेका छन् । यसैवीच अझैपनि हजारौ...
इर्मा आँधीको वितण्डा एजेन्सी,सेप्टेम्वर ८ । दशककै शक्तिशाली मानिएको सामुद्रिक आँधी इर्मा आजदेखि उत्तर अमेरिकातर्फ बढ्दैछ । क्यारेबियन सामुद्रिक तटबाट सुरु भएको यो आँधीमा परी हालसम्म १८ जना भन्दा बढीको मृत्यु भैसकेको छ भने लाखौँ जनता प्रभावित भएका छन् । उत्तर पूर्वी क्यारेबियन प्रायद्वीपमा यसको बढी असर परेको छ । बर्मुडा,एङ्गुला,अमेरिकी भर्जिन प�...
मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा मेक्सिको सिटी, सेप्टेम्वर ८ ।अमेरिकासँग सीमा जोडिएको मेक्सिकोमा बिहीबार अबेरराति गएको भुकम्पमा परि १६ जनाको निधन भएको छ । स्थानीय प्रकोप नियन्त्रण विभागका अधिकारीलाई उधृत गर्दै एजेन्सीहरुले जनाए अनुसार ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मेक्सिकोको दक्षिण भेग नराम्ररी प्रभावित भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था...
आप्रवासीप्रति अनुदार राष्ट्रपति एजेन्सी,सेप्टेम्वर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै अनुदार देखिन्छन् । राष्ट्रपति पदको चुनावको बेला उनको यो छबी निकै चर्चामा थियो । अमेरिका आफैंमा एक आप्रवासीको मुलुक हो । घुमन्ते आप्रवासी क्रिष्टोफर कोलम्बसले नै अमेरिका पत्ता लगाएको इतिहास सबैले पढेकै छन् । अहिले पनि अमेरिकालाई चिनाउनका लागि आप्रवासीहरुले...
तहसनहस जनजीवन टेक्सास,अमेरिका,अगष्ट २६ । हार्भी नामको सामुद्रिक आँधीबेरीका कारण अमेरिकाको दक्षिणी राज्य टेक्सासका कतिपय शहरको जनजीवन नराम्ररी प्रभावित भएको छ । शुक्रवारबाट भारी वर्षा र हुरीसहित शुरु भएको आँधीका कारण सामुद्रिक तटमा रहेका कतिपय शहरको जनजीवन तहसनहस हुन पुगेको छ । आँधीका कारण अमेरिकामा आपूर्ति हुने ग्याँस(पेट्रोल) को एक प्रमूख प्रशोधन...
अमेरिकामा यस्तो देखियो सूर्य ग्रहण बाल्टिमोर,अमेरिका,अगष्ट २१ । अमेरिकामा आज विरलै देख्न पाइने पूर्ण सूर्य ग्रहण देखिएको छ । सन् १९१८ पछि आज ९९ वर्षको अन्तरालमा पहिलोपटक यसरी दिउँसै पूर्ण सूर्यग्रहण देखिएको हो । यो सूर्य ग्रहण हेर्नका लागि अमेरिकीहरु खुला पार्कमा जम्मा भएका थिए। अमेरिकी हवाई तथा अन्तरिक्ष केन्द्र नासाले आजको सूर्य ग्रहणको प्रतक्ष्य प्रसारण समेत गरेको...
अमेरिकामा खग्रास सूर्यग्रहण राजेन्द्र खनाल भर्जिनिया,अमेरिका,अगष्ट २० । अमेरिकामा भोलि साेमबार खग्रास सूर्यग्रहण लाग्दैछ । यो दिन भाद्रकृष्ण पक्षको कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन हो । यो ग्रहण सन् १९७९ पछिको सबैभन्दा भयानक मानिएको छ । अमेरिकाकाे पश्चिम वासिङ्टन (सियाटल) देखि पूर्वसम्म नै बीच भागबाट सूर्य ग्रहणले छुने हुँदा धेरै स्थानमा केही समयका...
सगुनको दोस्रो चरणको शेयर निष्काशन लण्डन,अगष्ट २० । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्काशनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निष्काशनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट/ डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था मिलाएको... | 2020/11/25 13:43:42 | https://globenepal.com/tag/world-news | mC4 |
धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उनले सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सो स्कुटर खरिद गर्दा उनले लक्की ड्र कुपनमार्फत् मोटरसाइकल उपहार पाएकी हुन् । धरान–७ की पूजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटी खरिद गरेकी थिइन् । उनले उपहार पाएपछि श्रीमान निश्चल पलिखेलाई लिएर सो मोटरसाइकल लिएर फर्किएकी छिन् ।
अटो प्यालेसका प्रोप्राइटर दुर्गा भुजेलले २ लाख ६३ हजार ९ सय रुपैयाँको स्कुटर खरिद गर्दा उनले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएको जानकारी दिए । यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्नेमध्येको एक हो ।
‘दशैं आयो, उमङग छायो’ अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत् उनले मोटरसाइकल उपहार पाएकी हुन् । प्यालेसका सञ्चालक भुजेलले नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत् हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने बताए ।
त्यसैअन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा स्कुटर खरिद गरेकी उनले मोटरसाइकल उपहार पाएकी थिइन् । उनले मोटरसाइकल समेत जित्दा हर्षित बनेको प्रतिक्रिया दिइन् । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेलगायत अन्य पत्रकारहरुले पनि बधाई दिँदै चाबी हस्तान्तरण गरिएको थियो ।
स्रोतः हाम्रो कोशी आवाज
Posted in समाचार
Prevदशैंका लागि काठमाडौंमा सहुलियतमा खसीबोकाको बिक्री शुरु…
Nextदशैमा स्वादिलो खशिको माशु बनाउने तरिका (भिडियो सहित)
सम्वन्धित पोस्ट
बैंकमा पैसा छ ? त्यसो भए यो हे;र्नुहोस, खातामा राखेको ४ लाख म:ध्येरातमा यसरी कसले झि;क्यो ? (भिडियो सहित)
आजै सचेत रहौं… यसकारण बिग्रन्छ तपाइको मिर्गौला । वेवास्ता नगरौं
आज के भयो एक्कासी हर्क साम्पाङलाई डाँ’को छाडेर रोए ,भन्छन् “देशको निम्ती मर्न पाइयोस” (भिडियो सहित)
मलेसियाबाट यी नेपाली युवाले आफ्नो जीवन बचाई दिन गरे सहयोगको अपिल-हेर्नुहोस् (भिडियो सहित)
प्रतिकृया दिनुहोस्
Popular Posts
डिभोर्स पछि पहि,लोपटक मिडि,यामा आएकी प्रतिभाले रुँदै बखतलाई यति सम्म भनिन्, (भिडियो हेर्नुस्) (6457)
महान श्रीमान बिनोद र अनिता खड्काको अभिनयमा पहिलो भिडियोले सबैलाई रु,हायो (भिडियो सहित) (4474)
मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएका क्याप्टेन विजय लामाले पोखे यस्तो दु:ख..भावुक हुदै यसो भन्छन् (3935)
बिना लाइसेन्स गाडी चलाउँदा आउनसक्छ यस्तो विप, त्ति ! जुन देवकुमारलाई आइपर्यो, उनले यस्तो होला भन्ने कहिले सोचेका थिएनन्.. … (3818)
रहिनन् भारती , बलिउड अभिनेता सोनुले भाबुक हुदै लेखे यस्तो स्टाटस्.. मेरो मुटुमा तिम्रा लागी खास ठाउँ रहनेछ.. (भिडियो) (3636)
निशा घिमिरेको नेपाली गीतमा मात्र हैन भोजपुरी गीतमा समेत दमदार अभिनय-हेर्नुहोस् (भिडियो सहित) (3399)
प्यान्टको गोजिमै पढ्कियो ओप्पो मोवाइल , दुवै खुट्टामा गम्भिर चोट , घटनाबारे यस्तो भन्छन यी युवा (भिडियो सहित) (3361)
थीर कोइरालाले अन्जु पन्तसँग लिएको त्यो अन्त, रवार्ता; जतिबेला उनी मनोजकी श्रीमती थिइन अनि थीरसंग अन,जान (हेर्नुस भिडियो सहित) (3348)
धेरै फि; ल्ममा श्रीकृष्ण श्रेष्ठको आमा बनेकी लक्ष्मी गिरीले श्वेता खड्कालाई यस्तो भनिन्। श्रीकृष्ण सुटिूङमै बिरा, मी हु,न्थे (भिडियो हेर्नुस) (3347)
निमोनियाले ज्यानै जान सक्छ, यी हुन निमोनियाका लक्षणहरू , कुन अवस्थामा डाक्टरको सम्पर्कमा जाने त? (3339)
Latest Update
सम्हाल्न सकिनन् आफुलाई, रुदै रुदै यसरी बिदा भईन कल्पना (हेर्नुस भिडियो)
घेराबन्दीमा बालेन शाहलाई पारियो, स्वतन्त्रहरु अब सबै एक हुनुपर्छ भन्दै हर्क साम्पाङले लेखे यस्तो स्टाटस् | 2022-12-03T15:42:58Z | https://news.apnepal.com/archives/2921 | OSCAR-2301 |
"सरकार लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्नु पर्यो" – कांग्रेस सभापति देउवा – BRTNepal
बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२३ मा प्रकाशित
कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले संविधानको सफलताका लागि सबैको अपनत्व रहनु जरुरी रहने उल्लेख गर्दै संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जपनि आवश्यक रहेको बताउनुभएको छ ।
सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको र तीन तहको निर्वाचन गराएर आफ्नो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको समरण गनुृभएको छ । तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप देउवाले लगाउनुभएको छ ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास सभापति देउवाले लिनुभएको छ । लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न उहाँले सरकारलाई अपिल समेत गर्नुभएको छ । | 2020/10/21 05:17:23 | https://www.brtnepal.com/2020/09/19/122106.html | mC4 |
चितवनमा गर्मी बढेसँगै तीन रोगको खतरा – Makalukhabar.com
चितवनमा गर्मी बढेसँगै तीन रोगको खतरा
भरतपुर, चैत १ । चितवनमा गर्मी बढेसँगै तीन रोगको बढी खतरा रहन्छ । डेंगु, चिकेनगुनिया र स्क्रबटाइफसको खतरा चितवनमा वर्सेनि हुन्छ ।
'चितवनमा गर्मी बढेसँगै तीन रोग बढी देखिन्छ, अब गर्मी लाग्यो यी रोगहरु देखिन सक्छन्' जिल्ला जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, 'खास गरी गर्मी बढेसँगै यहाँ डेंगु, स्क्रबटाइफस र चिकेनगुनियाको खतरा बढी हुन्छ । यी तीन रोगप्रति सबै सजग हुन जरुरी छ ।'
'चितवन देशकै मध्येभागमा छ, यहाँ देशभरका मानिसहरुका आउनेजाने क्रम बढी हुन्छ, त्यसैले पनि यहाँ विभिन्न नयाँनयाँ रोगहरु देखिन्छन्' जनस्वास्थ्य कार्यालयका फोकल पर्सन अनुप अधिकारीले भने, 'भरतपुर मेडिकल सिटीमात्र नभई रोगको सिटी बन्दै गएको छ ।'
चितवनमा वर्सेनि डेंगु रोगीहरु बढ्दै गएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको छ । ०७२/०७३ मा चितवनमा ८५ जनामा डुेंगु देखिएको थियो, जसमा एकजनाको ज्यान गएको थियो । ०७३/०७४ मा ६८७ जनामा डेंगु देखियो, जुन वर्ष एक जनाको मृत्यु भयो । यो आर्थिक वर्ष यता ५७ जनामा डेंगु भेटिएको थियो । यही वर्ष डेंगुबाट एकको मृत्यु भयो ।
चितवनमा ०७२/७३ मा ३३ जनालाई स्क्रबटाइफस देखिएको थियो । जसमा १ जनाको मृत्यु भयो । ०७३/७४ मा स्क्रबटाइफसको संक्रमण ५०९ जनालाई देखियो । जसमा ४ जनाको मृत्यु भयो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केशीका अनुसार यो आर्थिक वर्ष यता ३७२ जनामा स्क्रबटाइफसको संक्रमण भेटिएको थियो । जसमा ७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा २ जना चितवनका थिए ।
'स्क्रबटाइफस पुरुषमा भन्दा महिलामा बढी देखिएको छ' भेक्टर कन्ट्रोल निरीक्षक केशीले भने, 'महिलाहरु करेसाबारीमा र मलखादहरुमा काम बढी गर्ने हुनाले उनीहरु नै स्क्रबटाइफसबाट बढी संक्रमित रहेका छन् ।' उनका अनुसार डेंगु, चिकेनगुनिया र स्क्रबटाइफसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
चिकेनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ । चिकेनगुनिया सार्ने लामखुट्टे टायर, गमलाको सफा पानीमा बस्छ । 'डेंगु र चिकेनगुनियामा खासै फरक छैन, सार्ने लामुखट्टे पनि एकै हुन्' निरीक्षक केसीले भने ।
'वर्सेनि कीटको अभाव हुन्छ'
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा स्क्रबटाइफस, डेंगु र चिकेनगुनिया परीक्षण गर्न कीटको अभाव वर्सेनि भइरहेको छ । 'हामीसँग पर्याप्त कीट कहिल्यै भएन, एकदम सीमित मात्रामा आउने गरेको छ' जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, 'रोगको सिजन सुरु भयो, अहिले पनि परीक्षण गर्ने कीटको अभाव छ ।' कीट माग गर्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्र पठाए पनि पर्याप्त नआएको प्रमुख झाले बताए ।
यी सबैको मुख्य लक्षण भनेको ज्वरो हो । त्यसैले पनि ज्वरोलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् । 'चितवन देशकै मध्येभागमा रहेको छ, सबै ठाउँका मान्छेको यस जिल्लामा आउजाउ हुन्छ, त्यसैले पनि यो जिल्लामा रोगको जोखिम बढ्दो छ' जनस्वास्थ्य प्रमुख झाले भने । | 2021/07/27 16:03:59 | https://www.makalukhabar.com/2017/05/51392/ | mC4 |
सरोजको साहसले विश्वभर चिनियो नेपाल | OnlinePatrika.com - News of Nepal, latest and breaking news from Nepal
सरोजको साहसले विश्वभर चिनियो नेपाल
काठमाडौँ, कार्तिक १७ । भिजिट माल्दिभ्सद्वारा आयोजित एक मिनेटको छोटो भिडियो डकुमेन्ट्री प्रतिष्पर्धामा 'स्कुवा डाइभिङ' गरेर नेपाली युवा सरोज सापकोटा हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल भएका छन् ।
लाङटाङका अधिकांश हिमाल र सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका सापकोटाले धेरै पटक स्काइ डाइभिङ गरिसकेका छन् । यो भिडियो बनाउन उनले ठूलो जोखिम मोलेका थिए । | 2018/02/19 17:25:06 | http://onlinepatrika.com/113262/ | mC4 |
विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यी लगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् । उद्योग, वाणिज्य...
के हो इम्बोस्ड नम्बर प्लेट ? खासगरी सवारीसाधनलाई व्यवस्थित गर्न अत्याधुनिक प्रविधिको प्रयोग मार्फत नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो । धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रक्रियालाई पनि इम्बोस्ड नम्बर प्लेट भनिन्छ । हाल सवारीसाधनमा प्रचलनमा...
हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ । नेपाली बजारमा विभिन्नआकार, प्रकारका हेल्मेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेल्मेटको छनोट गर्छन् । हेल्मेट...
कुर्था जयनगर रेलमार्गमा तयारी पूरा भए पनि कानूनको अभावका कारण रेल सेवा शुरु भएको छैन । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । उनले कानून बनेपछि तुरुन्त नै...
विश्वव्यापी चर्चित दक्षिण कोरियाको किया कर्पोरेसनले सोनेट ७ सीटर सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो वर्ष सार्वजनिक गरिएका सोनेटको सफलता पछि उक्त भर्जनलाई ७ सीटरमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको हो । कम्पनीले आधिकारिक रुपमा ७ सीटर किया सोनेट...
महिन्द्रा कम्पनीले विहीबार ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै ग्लोबल एसयूवी प्रोजेक्टका नाममा डब्लू ६०१ कोड नाम राखेको थियो । ल्याटेस्ट एसयूवी महिन्द्रा एक्सयूभी ७०० सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त एसयूभी सन् २०२२ को अन्त्यसम्ममा बजारमा ल्याउनेगरि तयारी...
नेपालमा पाइने ५ कम्पनीका सस्ता बाइक
प्रत्येक व्यक्तिले क्षमता अनुसारको सावरी चढिरहेका हुन्छन् । नेपालमा आर्थिक अवस्था तथा भूवनावट हेरी विभिन्न कम्पनीले विभिन्न मोडेलका मोटरसाइकल बेचिरहेका छन् । नेपालमा बजाज, हिरो, होन्डा, टिभिएस, यामाहा ब्रान्डका दुइ पाङ्ग्रे सवारी साधनले अधिकांस बजार ओगतेका छ । नेपालमा बढी... | 2022/06/27 07:57:06 | https://eautonepal.com/category/%E0%A4%85%E0%A4%9F%E0%A5%8B-%E0%A4%B0%E0%A5%8B%E0%A4%9A%E0%A4%95/ | mC4 |
अहिले सम्म नेपाली विकिपीडियामा ३२,०९१ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।
नेपाली बिकिमा सम्पादन गर्नु भएकोमा धन्यबाद ....यसै प्रकार नै निरन्तर सम्पादन गर्नु होला कुरा गर्ने बिप्लब आनन्द १३:११, १९ मे २०१४ (युटिसी(UTC))
सन्देशको लागि धन्यवाद[सम्पादन गर्ने]
मेटाएको लेख[सम्पादन गर्ने]
विकिपिडियाको माया[सम्पादन गर्ने]
समाग्री सम्प्रेशण[सम्पादन गर्ने]
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ००:५५, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
आदरणीय बिजय पोख्रेलज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
आदरणीय बिजय पोख्रेल नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
समर्थन को लागि[सम्पादन गर्ने]
बिजय पोख्रेल सर मलाई यहाँ समर्थन गरिदिनु होला। समर्थनको लागि # {{समर्थन}}-~~~~ लेख्नु होला र यो तस्बिरलाई मुख्य चित्रमा हाल्न यसको बारेमा जानकारी दिनु होला। विकी लभ्स अर्थमा पनि यस्ता तस्विरहरुका साथ भाग लिनु होला। - बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४५, ९ अप्रिल २०१५ (युटिसी(UTC)) | 2022/05/28 23:43:47 | https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A4%AF_%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B2 | mC4 |
प्रधानमन्त्री कार्यालयभित्रै नियमविपरीत ठेक्का ! – Online Khabar
२०७५ फागुन १९ गते ७:२२ मा प्रकाशित
१९ फागुन, काठमाडौं । आजका पत्रिकाहरुमा वाम नेता भरतमोहन अधिकारीको निधनको समाचार प्रमुख हेडलाइन बनेका छन् । त्यसबाहेक अन्य फरक समाचारलाई पनि पत्रिकाहरुले महत्वका पहिलो पृष्ठमा स्थान दिएका छन् ।
गोरखापत्र दैनिकमा रक्सौल-काठमाडौं रेल सञ्चालनका लागि दुई वटा मार्ग प्रस्ताव गरिएको समाचार छ । तर, कुन-कुन मार्ग हुन् भन्ने कुरा गोरखापत्रले खुलाएको छैन । समाचारमा यतिमात्र लेखिएको छ, 'अध्ययनअनुसार एउटा मार्ग छोटो छ भने अर्को माग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।'
भारतको कोकर्ण रेलवे कर्पोरेसनले रक्सौल-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेर दुईवटा विकल्प पेश गरेको हो । छोटो दुरीको रेलमार्ग निर्माण चुनौतीपूर्ण छ । छोटो दुरीमा उकालो र ओरालो बढी हुनसक्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ । र त्यो अलि जोखिम पनि हुन सक्ने छ । त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने रेल विमागका महानिर्देशक बलराम मिश्रले गोरखापत्रसँग भनेका छन् ।
नेपालको कृषिक्षेत्र बहुराष्ट्रिय कम्पनीको हातमा !
कारोबार दैनिकले समग्र कृषि क्षेत्रलाई बहुराष्ट्रिय कम्पनीको हातमा सुम्पिने विधेयक सरकारले संसदमा पेश गरेको समाचार साथ छापेको छ । समाचारमा लेखिएअनुसार 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५' जस्ताको तस्तै पास भएमा आयातित कृषि उपजमात्र नभई सिधै बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ नै ल्याएर यहीँ उत्पादन गर्न पाउने छन् ।
कारोबारले चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रको योजना अलपत्र परेको विषयलाई मुख्य समाचार बनाएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको क्षेत्रलाई तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले २०७३ फागुन ३ गते औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । कालिका नगरपालिकाका वडा नं. ३, ७ र ८ का १ हजार ७ सय ४१ बिघा जमिन ओगट्ने औद्योगिक क्षेत्रको लागत २५ अर्ब छ ।
वन मिचेर ढुंगाखानी
कान्तिपुर दैनिकले 'वन मिचेर ढुंगाखानी' शीर्षकमा मुख्य समाचार छापेको छ । यो समाचार धादिङको धुनिबेसी नगरपालिकाको हो । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको वन क्षेत्र मिचेर धुनिबेसी नगरपालिका-१ छत्रेदेउरालीमा वर्षौंदेखि कानुनविपरित रोडाढुंगा र चुनढुंगा खानी सञ्चालन भइरहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार वन क्षेत्र मिचेर सञ्चालन भइरहेका खानी बन्द गर्न निकुञ्जले निर्देशन दिए पनि अटेर गरिएको छ ।
सिंहदरबारभित्रै नियमविपरीत ठेक्का !
'अलबिदा अधिकारी' शीर्षकमा नेता भरतमोहन अधिकारीको निधनको समाचारलाई मुख्य प्राथमिकताका साथ छापेको नागरिक दैनिकले सिंहदरबारभित्रै सरकारले नियमविपरीत ठेक्का दिन लागेको विषयको खुलासा गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाउन लागेको 'वार रुम'मा राख्ने भिडियो 'कन्फरेन्सिङ सिस्टम' खरिदका लागि नियमविपरित ठेक्का दिने तयारी गरेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, 'खरिदका लागि प्रस्ताव पेस गर्ने कम्पनीले राखेका कागजातमाथि छानबिन तथा मूल्यांकन नगरी शास्त्र नेटवर्क सोलुसन इन्क प्रालिलाई ठेक्का दिने तयारी भएको छ । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गल अली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कम्प्युटर इन्जिनियर हरिप्रसाद पोख्रेलको मिलेमतोमा शास्त्रलाई सिस्टम खरिदको जिम्मा दिने तयारी गरिएको स्रोतले बतायो ।'
सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रिय स्वार्थमा विमती
अन्नपूर्ण पोष्ट दैनिकले सत्ता पक्ष र प्रतिपक्षबीच स्वार्थ मिलेका र नमिलेका विषय खोतलेको छ । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच राष्ट्रिय स्वार्थमा विमती रहे पनि दलीय स्वार्थका विषयमा भने विमती नदेखिएको समाचारमा उल्लेख छ ।
सत्तापक्ष र प्रतिपक्षबीच वाइडबडी घोटाला प्रकरण, अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो, द्वन्द्वकालीन मुद्दा, मौलिक हकसम्बन्धी कानुन निर्माण र राजदूतको फिर्ता र थमौतीका विषयमा स्वार्थ मिलेको छ । यसैगरी संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष बिना निर्णय, विदेश नीतिमा मतभिन्नता, भेनेजुएला प्रकरण र निर्मला हत्या प्रकरणमा टकराव रहेको समाचारको सार छ ।
अन्नपूर्णले नेताहरुको गुटबन्दीका कारण प्रमुख प्रतिपक्षी कांग्रेसले छाया सरकार गठन गर्न नसकेको विषयलाई पनि उठाएको छ । | 2022/01/22 23:33:06 | https://www.onlinekhabar.com/2019/03/746705 | mC4 |
पोखरा स्पोर्ट्स अवार्ड :'वर्ष उत्कृष्ट खेलाडी' बने नवीन र पार्वती – CentralKhabar – No 1 Online News Portal from Nepal
सेन्ट्रल डेस्क प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २२:३२
पोखरामा आज साँझ सम्पन्न 'पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड'मा पुरुषतर्र्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ 'वर्ष उत्कृष्ट खेलाडी' घोषित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा पर्नुभएका फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल हुनुभएको समारोहमा घोषणा गरिएको थियो । रसाइलीले उपाधिसहित रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । उहाँले १३ औँ सागमा स्वर्ण पदक जित्नुभएको थियो ।
यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पारी उत्कृष्ट घोषित हुँदै रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । गुरुङ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँले पनि १३ औँ सागमा स्वर्ण पदक हात पार्नुभएको थियो । वर्ष उदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले जित्न सफल हुनुभयो । मनोनयनमा पर्नुभएका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल हुनुभएको हो । लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल हुनुभएको थियो । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकुरीले हात पार्न सफल हुनुभयो ।
उहाँले पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल हुनुभएको हो । मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्णसहित १० पदक जितेको थियो । वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड कास्की जिल्ला आर्चरी सङ्घले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड, २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत हुनुभयो । हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो । पूर्वफुटबल खेलाडी एवं जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभयो ।
उहाँलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो । अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उहाँले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो । अघिल्लो वर्षसमेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६/७७ दुई वर्षलाई जोडेर संयुक्तरूपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ । खेलाडीको दुई वर्षको प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिएको र उत्कृष्ट खेलाडी छनोट गरिएको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो । | 2021/07/28 14:18:09 | https://centralkhabar.com/archives/4962 | mC4 |
बागलुङ । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले केही वर्षमा कृषिवस्तु आयात रोक्ने बताएका छन् । स्थिर सरकार मार्फत कृषि व्यवसायबाट समृद्ध मुलुक निर्माण गरिने योजना अनुसार सरकारले आयात प्रतिस्थापनको नीति लिएको बताएका हुन् ।
प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले वैदेशिक रोजगारीमा हिँडेका युवालाई एकैपटक फर्काएर भन्दा उत्पादन बढाएर आर्कषित बनाउने योजना रहेको उनले सुनाए। ‘हामी एकैवर्षमा सबैलाई रोक्छौं भनेर सम्भव देख्दैनौं’ खनालले भने, ‘कम्तीमा १० वर्षभित्र पलायन दर न्यून बनाउने हो, त्यसका लागि यही उत्पादन र बजराको व्यवस्था गर्नु हो।’
सरकारले तत्कालका लागि दूध, चामल र गहुँमा आत्मनिर्भर बनाउने, तरकारी निर्यातमुखी बनाउने र युवालाई स्वदेशमा रोजगारी दिने योजना बनाएको बताए। गत निर्वाचनमा दिएका नारा पुरा गर्न १० बर्ष लाग्ने उनको भनाइ छ।
भूमि व्यवस्थामा सबै भन्दा धेरै कठिनाई रहेको भन्दै उनले सहकारी मार्फत युवालाई रोजगारीमा ल्याउने, भूमिको चक्लाबन्दीबाट उत्पादन बढाउने काममा नीति बनाईरहेको समेत मन्त्री खनालले प्रष्ट पारेका थिए। कान्तिपुर | OSCAR-2019 |
||
एकमहिने स्वस्थानी व्रतको साङ्गे आज, साँखुको माधवनारायण व्रत पनि पूरा हुँदै | Tungoon
काठमाडौं । माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ।
माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ। देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ।
समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ। अक्षता, बेलीपुष्प, जनै, पान, रोटी, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ।
यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको 'स्वस्थानी व्रत माहत्म्य' पाठ गर्ने परम्परा रहेको पुराणविद् प्रियंवदा काफ्लेले बताइन्। महिना दिन घरघरमा वाचन गरिएको नेपाली र नेवारी भाषाको स्वस्थानी व्रतकथा पनि बुधबार नै पूरा गरिँदै छ। काठमाडौंको उत्तरपूर्व साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि सम्पन्न हुँदैछन्। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्वहरू पनि माघ शुक्ल पूर्णिमामै सम्पन्न हुन्छन्।
स्वस्थानीको कथा सनातन धर्मावलम्बीहरूको पौराणिक कथामध्ये नेपालीहरूको निजी विशेषता भएको कथा हो। व्रतकथा नेपाली तीर्थस्थललाई नै महत्त्व दिइएको छ। किराँतेश्वर, गौरीघाट, मृगस्थली, गोकर्ण, लावण्यदेश, वागमती, शालीनदीजस्ता तीर्थस्थलको उल्लेख र महिमा बताइएको छ। त्यसैले पनि विशेषगरी काठमाडौं उपत्यकामा यो व्रतको महत्त्व भएको बुझिन्छ। | 2021/02/25 21:34:52 | https://tungoon.com/2019/02/19/13475/ | mC4 |
राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ माघ २३ मंगलबार | १५:२४
काठमाडौँ, २३ माघ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले २ नम्बरको प्रादेशिक सरकारमा आलोपालो गर्ने प्रस्ताव संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ। सरकार गठनका विषयमा मंगलबारबाट औपचारिक छलफल सुरु गरेका दुई मधेसकेन्द्रित दलको बैठकमा राजपाले यस्तो प्रस्ताव गरेको हो। प्रदेशसभामा दुवै दलको हैसियत केही सिटले मात्र तल(माथि रहेकाले प्रदेश सरकारको नेतृत्व समेत आलोपालो रुपमा गर्ने प्रस्ताव राजपा अध्यक्ष मण्डलका नेताहरुले राखेका थिए।
फोरम अध्यक्ष उपेन्द्र यादवले आलोपालो सरकार गठन गर्ने राजपाको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए। चुनाव अगाडि भएको सहमति अनुसार पहिलो बन्ने दलले मुख्यमन्त्री र दोस्रो दलले सभामुख लगायतको पद बाँडफाँट गर्नुपर्ने धारणा यादवले राखेका थिए।
'यसअघि नै आलोपालोको प्रस्तावमा मैले नाइँ भनिसकेको छु, सरकारको नेतृत्व बाँडफाँट गर्ने विषयमा सहमति हुन सक्दैन', यादवले नेपाल लाइभसँग भने।
राजपाले पार्टीभित्र छलफल गरेर अघि बढ्ने प्रस्ताव गरेपछि जनकपुरमा मंगलबार बसेको दुई दलको बैठक निष्कर्षविहीन भएको थियो। निर्वाचन भएको झन्डै दुई महिनापछि दुई
मधेसकेन्द्रित दल प्रदेश नम्बर २ को सरकार गठनमा औपचारिक छलफलमा जुटेका हुन्।
सरकार गठनका लागि राजपाले यसअघि राख्दै आएको छलफलको प्रस्तावलाई फोरमले टार्दै आएको थियो।
फोरमले आइतबार रातिसम्म प्रदेश कमिटीको बैठक बसेर लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको थियो। प्रदेश २ को प्रादेशिक सरकारको नेतृत्वमा फोरमको दाबी छ। | 2018/11/17 21:19:01 | http://risingkhabar.com/news/single/18180 | mC4 |
कोण सभालाई राष्ट्रय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीले सम्बोधन गर्दै देशको सीमा रक्षा र जनताको सुरक्षा गर्न ओली सरकार असक्षम भएको आरोप लगाउनुभयो । जनता कोरोना भाइरसको प्रवाह नगरी देशको सीमा रक्षाको लागि सडकमा उत्रिसकेको भन्दै अब यो आन्दोलनलाई जनताले निरन्तर अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
कोणसभालाई नेकपा (मसाल)का प्रतिनिधि पुर्ण बहादुर शाही र राजमो दैलेख जिल्ला अध्यक्ष अम्बर बहादुर नेपालीले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का जिल्ला अध्यक्ष शिव आचार्यले गर्नुभएको थियो ।
चट्टानसहितको पहिरोले गत वर्ष बडिगाड खोला थुनिर ताल बन्यो। ढोरपाटन-२ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो। ताल फुटाएर निकास दिन अढाई महिनाजति उनले प्रयास गरे।
केही उपाय लागेन। बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि ताललाई पर्यटकीय गन्तव्य बनाउन लागे। हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो। थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे। आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो। अन्य किराना, चनाचटपटको व्यापार बढ्दो थियो। तर, पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना ताल फुटेपछि चकनाचुर भएको छ।
स्थानीयवासी सुरुमा ताल सुकाउन लागेका थिए। जनप्रतिनिधि र अरूको कुरा सुनेपछि उनीहरूको सोच परिवर्तन भएको थियो। ‘तत्काल फुटाउने सम्भावना नदेखिएपछि यसलाई आम्दानीको स्रोत बनाउने सोच बनायौं’, स्थानीय चूडाबहादुर कुमालले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा र सपना पलाउँदै थियो। तर, प्रकृतिले हामीमाथि पटक-पटक अन्याय गर्यो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिल शिरीषले लेखेका छन् ।
न्यायमा पहुँच अभिवृद्धिका लागि विपन्न, असहाय र असक्षम वर्गका व्यक्ति पहिचान गर्ने आधारहरू 2072 | NID - Resources
१. सेयर बजार वास्तवमा भन्दा जुवा घर हुँदै होईन। यो एउटा लगानीगर्ने क्षेत्र हो । त्यसैलेयो क्षेत्रलाई कौडाको खाल जस्तो सोच्नु निकै गलत हुन्छ । २१औ शताब्दीकोसेयर बजारमा अथाह ज्ञान चाहिन्छ । त्यसैले बजारबाट कमाउने कुरा भन्दा पहिले बजारलाई सिक्न तल्लिन हुनुहोस । बजारको साईकल,कम्पनी छान्ने तरिका , बजारलाई असर पार्ने खबर हरु , आदि । यी कुराकोज्ञान बाट लगानी कर्ता उत्तानो परेर फस्ने सम्भावना धेरै कम हुन्छ ।यस्ता कुराको ज्ञानले बजारमा छिर्न र निस्कने समयसिकाउछ , बलिया कम्पनी छान्न सिकाउछ । हामी ६५००को ब्ल्याक लेभल लगेर कसै बाट कुनै कम्पनीको भित्री सुचना लिन खोज्छौ तर ५०००-१००००का सेयर तालिम लग्न हामि हिच्किचाउछौ । सर्वप्रथम ज्ञाननै महत्त्वपूर्ण कुरो हो ।
२. हामी धेरै जसो लगानी कर्ता हरु एकै प्रकारका कम्पनीहरु धेरै किन्छौ । धेरै जसोलगानी कर्ता हरु पाेर्टफाेलियाे व्यवस्थापन तर्फ लाग्दैनौ । तर सेयरबजारमा यो एउटा गलतरणनीति हो । सेयरबजारमा लगानी गरिसके पछि आफू सङ्ग विभिन्न क्षेत्रका सेयर हुनुपर्छ । जसले गर्दाकुनै एक क्षेत्रमा सामन्यघटने वेभ सुरुभो भने त्यसले आफुलाई ठुलो असर गर्दैन । पाेर्टफाेलियाे व्यवस्थापनलेरिस्क मिनिमाईजेसन गर्ने कार्य गर्छ ।
३. हामी मिडिया प्रती निकै विस्वास गर्छौ त्यो गल्ती कुरा हो मिडियाका कुरासबै सहि हुदैनन । मिडियाका विभिन्नस्वार्थ हुन्छ्न । यो यहाँमात्र नभएर सन्सारका धेरै सेयर बजारको समस्या हो । मिडियाबाटवच्न सर्वप्रथम आफ्नो ज्ञान वृद्धि गर्नुहोस । तपाईमा बजारसम्बन्धि राम्रो ज्ञान छ भने तपाईंमिडिया त के सरकारकाकेही वेक्त्तीको कुरालाई पनि विस्वास गर्नु हुन्न किनकी तपाईं कन्क्लुजनमा पुगेपछि तपाईलाई केहीले पनि फरक पार्दैन । मिडियाले खेल्नेभनेको त्यो बेला हो जब लगानीकर्ता बजारका केहि तत्त्व सङ्ग अनविग्य छन । आफुलाईथाहा छैन मिडियाले भनेपछि त पत्ताउन भन्नेकुराले बजार लाई तल माथी लग्नेकाम गर्छ । | 2021-03-09T09:52:34Z | https://www.thenepaltop.com/news/179206 | OSCAR-2109 |
प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
आजको बैठकको शून्य समयमा उनीप्हरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गरे ।
सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न माग गरे ।
आफ्नो धारणा राख्नेमा अञ्जना बिसङ्खे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, उमा रेग्मी, कलिला खातुन, खगराज अधिकारी, गणेश पहाडी, गोपालबहादुर बम, गङ्गा चौधरी, घनश्याम खतिवडा, झपटबहादुर रावललगायत थिए । | 2021/02/24 20:12:00 | https://nepalipatra.com/news/petrol/8160 | mC4 |
बेपत्ता छानविन तथा सत्य निरूपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित – Kantipur Hotline
काठमाडौँ वैशाख १२, व्यवस्थापिका–संसदको आजको बैठकले बेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, २०७० लाई संशोधनसहित बहुमतले पारित गरेको छ । प्रस्तुत विधेयकको नाम 'बेपत्ता भएका' भन्ने शब्दको सट्टा 'बेपत्ता पारिएका' शब्द राखी संशोधनसहित पारित गरिएको हो ।
कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यले व्यवस्थापिका–संसदको आजको बैठकमा उक्त विधेयकमा दफावार छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा ९माओवादी०ले राखेको संयुक्त संशोधन प्रस्तावलाई समेटेर सो विधेयक पारित गरिएको हो । कतिपय संशोधनकर्ताले मन्त्रीको जवाफपछि संशोधन फिर्ता लिनुभएको थियो भने बाँकी संशोधन प्रस्तावलाई भने बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।
संशोधनसहित पारित भएको विधेयकमा द्वन्द्वकालीन मुद्दा निरूपणका लागि विशेष अदालत गठन गर्ने, पीडितलाई कुनै सुविधा, सहुलियत प्रदान गर्ने वा अन्य उपयुक्त व्यवस्था गर्ने सम्बन्धमा सिफारिस गर्नुअघि पीडित वा उनको परिवारको इच्छा वा माग बुझी उनीहरूका प्राथमिकताका आधारमा सिफारिस गर्ने, पीडितको सम्पत्ति कब्जा वा जफत भएका कारण हुन गएको वास्तविक क्षति यकिन गरी आयोगले नेपाल सरकारबाट पीडितलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने सिफारिस गर्ने कुरा समेटिएको छ ।
क्षमादानका लागि कुनै निवेदन पर्न आएमा आयोगले त्यस्तो पीडकलाई क्षमादान गर्ने सम्बन्धमा पीडितको सहमति, असहमति र घटना गाम्र्भीयतासमेत विचार गरी निर्णय गर्नुपर्ने, मुद्दा चलाउने निर्णय भएमा सम्बन्धित सरकारी वकिलले सो पीडकमाथि विशेष अदालतमा मुद्दा चलाउनुपर्ने र नेपाल सरकारले सशस्त्र द्वन्द्वका क्रममा दोषी देखिएका पीडकमाथि आयोगको सिफारिसको आधारमा मुद्दा दायर गरी कारबाही किनारा गर्न विशेष अदालत गठन गरिनेछ भन्ने संशोधनमा उल्लेख गरिएको छ ।
पीडितलाई तोकिएबमोजिम परिचयपत्र उपलब्ध गराउन, प्रचलित कानुनबमोजिम जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र द्वन्द्वका क्रममा घटेका घटनामाथि विभिन्न अदालत वा निकायमा दायर भएका मुद्दाको छानबिन आयोगले गर्ने, सशस्त्र द्वन्द्वका क्रममा घटेका घटनामाथि विभिन्न निकायमा उजुरी दायर भई त्यस्ता निकायबाट अनुसन्धान भइरहेका उजुरीको छानबिन आयोगले गर्ने र कुनै घटना सशस्त्र द्वन्द्वका क्रममा घटेको हो÷होइन भन्ने विषयमा विवाद भएमा त्यसको निर्णय आयोगले गर्ने संशोधनमा समेटिएको छ ।
सो विधेयकका ११९ बुँदामाथि १८ वटा संशोधन प्रस्तुत भएका थिए । तीमध्ये नौ वटा संशोधन फिर्ता भएको थियो । दुईवटालाई सर्वसम्मति र बाँकीलाई बहुमतले अस्वीकृत गरेको थियो ।
सो क्रममा सभासद्हरूले उक्त विधेयकमाथि उठाएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री आचार्यले लामो समयपछि विधेयक आएकाले यसबारेमा प्रशस्त मतमतान्तर आएका छन् भन्नुभयो । यसबारेका प्रश्न र आशङ्का स्वाभाविक भएकाले आएका विचारलाई उच्च सम्मानका साथ विधेयकले सम्बोधन गरेको बताउनुभयो ।
थुप्रै सुझाव र मत ग्रहण गरेर धेरै प्रक्रिया पारी विधेयक निर्माणको काम जनाउँदै मन्त्री आचार्यले यसको कार्यान्वयनमा थुप्रै चुनौती छ भन्नेमा सरकार सजग रहेको स्पष्ट गर्नुभयो । विधेयकको शीर्षक, महान्यायाधिवक्तालाई मुद्दा चलाउन दिने वा नदिने अधिकार, आयोग समावेशी बनाउने, मधेस आन्दोलनलगायतका आन्दोलनलाई यसैमा समेट्नुपर्छ भन्ने जस्ता कुराहरू छलफलका क्रममा उठेको भएपनि मन्त्री आचार्यले जघन्य मानवअधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर दण्डहीनता अन्त गरी दीर्घकालीन मेलमिलाप कायम गरिनुपर्छ भन्नेमा सरकार सचेत, सहमत र सर्तक छ भन्नुभयो ।
विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, सर्वोच्च अदालतको आदेश अनुसार नै विधेयक आएको बताउँदै मन्त्री आचार्यले सशस्त्र द्वन्द्वका क्रममा घटेको घटनालाई सम्बोधन गर्ने यसको अभिप्राय भएको बताउनुभयो । सरकारले स्वीकार गर्नेसम्मका सबै संशोधन स्वीकार गरेको जनाउँदै अन्य सशोधन फिर्ता लिन बैठकमा संशोधनकर्तालाई मन्त्री आचार्यले आग्रह गर्नुभएको थियो । व्यवस्थापिका–संसदको अर्को बैठक वैशाख १६ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ । | 2022/07/06 03:34:31 | https://www.kantipurhotline.com/2014/04/%E0%A4%AC%E0%A5%87%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%9B%E0%A4%BE%E0%A4%A8%E0%A4%B5%E0%A4%BF%E0%A4%A8-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%A8/ | mC4 |
पश्चिमा मुलुकलाई चीनको चेतावनी –हङकङबारे दखल दिए आँखा निकाल्दिन्छौं – Online Khabar
२०७७ मंसिर ५ गते १८:१० मा प्रकाशित
५ मंसिर, काठमाडौं । चीनले पश्चिमा मुलुकहरुलाई हङकङको विषयमा धेरै दखल नदिन कडा चेतावनी दिएको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र बेलायतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै चीनसँग हङकङको संसदबाट हटाइएका चार सांसदलाई पुनर्बहालीको माग गरेका थियो । यस विषयमा जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले 'फाइभ आइज' समूहमा आबद्ध मुलुकहरुलाई यस्तो चेतावनी दिएका हुन् । उक्त पाँच मुलुकको समूहलाई 'फाइभ आइज' पनि भनिन्छ । यी मुलुकहरुले एकआपसमा आफ्नो गोप्य जानकारी साटासाट गर्दै आएका छन् । यो समूहको गठन शीतयुद्धको क्रममा गरिएको थियो । सुरुवातमा सोभियत संघ र उसका सहयोगीमाथि नजर राख्न निर्माण गरिएको थियो ।
अहिले सोही समूहले हङकङको विषयमा उठाएको आवाजबारे जवाफ दिँदै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले भनेका छन् – चिनियाँहरु आफू कहिले पनि समस्या सृजना गर्दैनन् तर आफ्नो बाटोमा कोही आउँछ भने उनीहरुसँग डराउँदैनन् । आँखा ५ होस्, १० होस् वा जतिसुकै होस्, चीनको सार्वभौमिकता, सुरक्षा र विकासमा समस्या उत्पन्न हुने गर्छ भने सावधान ! आँखा निकालिन सक्छ ।
लिचियानले हङकङको मुद्दामा बाहिरी मुलुकले औंला उठाउनु अन्तर्राष्ट्रिय नियम र आधारभूत अन्तर्राष्ट्रिय सम्बन्धको अवधारणाको उल्लंघन भएको बताए । गत साता चीनले हङकङको विषयमा एक प्रस्ताव पारित गरेको थियो । जसको आधारमा राष्ट्रिय सुरक्षाका लागि जोखिम भएका नेताहरुलाई हङकङको सरकारले संसदबाट हटाउन सक्छन् । त्यसैको आधारमा हङकङले चार प्रजातान्त्रिक पक्षधर सांसदहरुलाई हटाएको थियो । यससँगै 'फाइभ आइज' समूहले चीनलाई आफ्नो निर्णय सच्याउन अपिल गर्दै विज्ञप्ति जारी गरेको थियो । | 2020/12/01 10:51:05 | https://www.onlinekhabar.com/2020/11/910494 | mC4 |
कपिलवस्तुको हैजा नियन्त्रणमा नआएपछि खोप ल्याउने तयारीमा सरकार – Nepal Views
कपिलवस्तुको हैजा नियन्त्रणमा नआएपछि खोप ल्याउने तयारीमा सरकार
कपिलवस्तुमा हैजाको प्रकोपसँगै बिरामी बढेपछि अस्पताल बाहिर राखेर उपचार गरिँदै। तस्वीर : बीबीसी
काठमाडौं। लामो समयदेखि कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले हैजाविरुद्ध दुई लाख ५२ हजार डोज खोप ल्याउने भएको छ।
ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप 'ओरल कललेर भ्याक्सिन' प्राप्तिका लागि गरेको प्रयास सफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताए। ''कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन समय लागिहरेकाले विश्व स्वास्थ्य संगठनको करेला सचिवालयसँग खोपका लागि पहल गरेका थियौं र उनीहरूले ग्लोबल स्टक पाइलमा रहने हैजाको खोप 'ओरल कललेर भ्याक्सिन' २ लाख ५२ हजार ३६३ डोज खोप पठाउने भएका छन्," उनले जानकारी दिए।
उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका जोखिमयुक्त क्षेत्रहरू निर्धारण गरेर वितरण गरिने मन्त्रालयले जनाएको छ।
कपिलवस्तुमा फैलिएको हैजा स्वास्थ्यसँग मात्र नजोडिएर जीवनशैलीसँग पनि जोडिएकाले नियन्त्रणमा आउन समय लागिरहेको सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताए। भने, ''कपिलवस्तुमा झाडापखालाबाट सुरु भएको समस्या अहिले हैजामा परिणत भएको छ, त्यहाँ पानीमा मात्र नभएर शैचालयको पनि समस्या छ र जीवनशैलीसँग पनि जोडिएकाले राम्रैसँग व्यवस्थापन गर्नुपर्ने देखिएको छ।"
खोप आउने पक्का भइसकेको र आएलगत्तै लगाइने उनले बताए। १८ असोजदेखि फैलिएको झाडापखालाबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १३ सय १४ जनामा समस्या देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १३ सय ८ जना निको भइसकेका र ६ जना उपचाररत छन्। | 2022/01/19 11:39:39 | https://www.nepalviews.com/2021/11/05/14082/ | mC4 |
ओमकार टाइम्स त्रिदेशीय लिंकरोड जोगबनी–किमाथांका १४ किमी बाँकी – OMKARTIMES
त्रिदेशीय लिंकरोड जोगबनी–किमाथांका १४ किमी बाँकी
खाँदबारी : प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनी–किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए ।
किमाथांका– चेपुवा –हटिया, –मकालु गापा– चिचिला गापा– खाँदबारी नपा– धर्मादेवी नपा– धनकुटा महालक्ष्मी नपा– पाख्रीबास नपा– धनकुटा नपा– शहीदभूमि नपा– भेडेटार– सुनसरी धरान– इटहरी विराटनगर हुँदै जोगवनी नाकासम्मको दूरी ३९० किलोमिटर छ । सो सडक चीन र भारत जोडिने छोटो सडक हुने छ ।
त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको छ । विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले किमाथांका–जोगवनी सडक खण्डको भीर फुटाउने जिम्मा सेनालाई दिइएको कोशी सडक आयोजना प्रमुख श्रेष्ठले बताए ।
त्यस क्षेत्रमा ठूल्ठूला चट्टान भएका सडक निर्माणको प्रक्रिया सेनाले अघि बढाएको छ । भीर फुटाउनका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । खाँदबारी–किमाथांका १६२ किमी साधारण मार्ग निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी उत्तर–दक्षिण कोशी सडक आयोजनाले पाएको छ ।
सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा रु तीन अर्ब खर्च भइसकेको छ । उत्तर दक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी–किमाथांका सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ ।
आयोजनाले भोटखोला गाउँपालिका–४ को वरुण र मकालु गाउँपालिकाका विभिन्न स्थानमा आधा दर्जन पक्की पुलको काम भइरहेको सडक आयोजना प्रमुख श्रेष्ठले बताए । सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेका छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलाबासी अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् ।
उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्डखण्ड ठेक्का लगाइएको छ । समयमै काम सकिए किमाथांका चीनसँग जोडिने अन्य ६ नाकाभन्दा सहज हुनेछ । अहिले उत्तर–दक्षिण कोशी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमी छ । खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमी सडक निर्माण भएको हो ।
आयोजनाले हटियाबाट हाङ्दाक खोलासम्म २१ किमीको काम पनि गरिरहेको छ । सो मार्गमा १० किमी निर्माण भइसकेको आयोजनाले जनाएको छ । किमाथांकाबाट छुमसुरतर्फ पनि ढुङ्गे गोप्तासम्म १४ किमी कच्ची सडक निर्माण भइसकेको छ । सो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ । रासस | 2020/08/11 01:05:41 | https://www.omkartimes.com/archives/21974 | mC4 |
नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध जनस्तरमा झनै बलियो « News24 : Premium News Channel
नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध जनस्तरमा झनै बलियो
काठमाण्डौ । नेपाल र दक्षिण कोरियाको सम्बन्ध निकै पुरानो मानिन्छ । कुनै बेला द्वन्द्वको शिकार बनेको कोरियालाई नेपालले सहयोग गर्ने गरेको दृष्टान्त छ ।
वितेको ३५/४० वर्षपछि अहिले कोरिया सम्पन्न मुलुकतर्फ उन्मुख मात्र छैन नेपालका विभिन्न क्षेत्रमा सहयोग पु¥याउने मुलुक मध्ये एक बनेको छ । यही सन्दर्भमा काठमाडौंको टोखामा एक कार्यक्रम आयोजना गरि नेपाल–कोरिया सम्बन्धको इतिहासलाई स्मरण गरियो ।
नेपाल र दक्षिण कोरियाको सम्वन्ध सरकारीस्तरमा मात्र नभएर जनस्तरमा समेत रहेको छ । कैंयौ नेपाली युवा कोरियामा रोजगारीका सिलसिलामा जाने गरेका छन् । आज भन्दा करिब ४० वर्ष अघि कोरियाको समस्यामा नेपालको साथ रहँदै आएको थियो । काठमाडौंको टोखामा सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागीहरुले दुई सम्बन्धलाई अझ मजवुद बनाउनुपर्नेमा जोड दिए ।
स्थानीय भगवती क्लबको आयोजनामा भएको कार्यक्रममा कोरियाको द पेसेफिक एसिया सोसाइटीका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा क्लबका सल्लाहकार मनिष जोशीले नेपाल र कोरियाबीचको सम्बन्ध ऐतिहासिक भएको बताउँनुभयो ।कार्यक्रममा परम्परागत संस्कृति जोगाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली र कोरियाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा टोखाको चण्डेश्वरी माध्यामिक विद्यालयका मेधावी विद्यार्थीलाई सम्मान गरिएको थियो । तीन जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो | 2018/06/24 01:00:13 | http://www.news24nepal.tv/2017/07/17/162382 | mC4 |
डा. वासुदेव पाण्डेको सल्लाहः कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट - Health Aawaj - a health news portal in Nepal
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. वासुदेव पाण्डेको सल्लाहः कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट
डा. वासुदेव पाण्डेको सल्लाहः कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट
डा. वासुदेव पाण्डे मंगलबार, २०७६ मंसीर ३ गते, १२:३० मा प्रकाशित
कुनै पनि व्यक्ति स्वस्थ्य हुनको निमित्त उसलाई स्वस्थ्य खानासँगसँगै सरसफाइको पनि विशेष आवश्यकता पर्दछ । खाना जतिसुकै ताजा भएतापनि व्यक्तिको सरसफाइको कमी नै उसको शरीरमा देखा पर्न सक्ने विभिन्न रोग तथा समस्याहरुको मुख्य जड बन्न सक्छ । त्यसैले व्यक्तिले आफ्नो खानपिन सँगसँगै सरसफाइमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा हालसम्म लगभग ५१ वटा जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिसकेको छ । तर, विडम्बना हालसम्म पनि दिसाको माध्यमबाट सर्ने सामान्य मानिने विभिन्न रोगहरुबाट कैयौं व्यक्तिहरु संक्रमित समेत भइराखेका छन्।
त्यस्ता व्यक्तिहरुमा दिसाकै कारण झाडापखाला, हैजा, रगतमासी, जुका, वान्ता, फुड पोइजन, टाइफाइड तथा हेपटाइटिस ए र ईजस्ता सानादेखि ठूला रोगसमेत देखा पर्ने गरेको पाइन्छ । यस अर्थमा हामीले के बुझ्नुपर्छ भने खुल्ला रुपमा दिसा बस्दा मात्र नभई सरसफाइका कमीका कारण पनि व्यक्तिमा समस्याहरु देखा पर्दछन् ।
पानीको मुहान नजिकै शौचालय भएमा
शौच गरेर आएपछि हात राम्ररी नधोएमा
सरसफाइको कमी भएमा
कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट
माथि उल्लेखित विभिन्न कारणहरुले हाम्रो शरीरमा पानी तथा हावाको माध्यमबाट दिसाका किटाणुहरु प्रवेश गर्दछ । शौच गरेर आएर राम्ररी हात नधोएर होस् वा पानीको माध्यमबाट । जुनसुकै माध्यमबाट भएपनि किटाणु हाम्रो शरीरमा प्रवेश गर्दा गरेपछि यसले विभिन्न किसिमका सानादेखि ठूलासम्मका रोगहरु निम्त्याउने गर्दछ । तसर्थ, यी समस्याहरुबाट बच्नको निम्ति हामीले विशेषगरी निम्न उपायहरु अपनाउनु पर्दछ : | 2022/06/25 04:02:52 | https://www.healthaawaj.com/primary-health/6396/ | mC4 |
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टोली विवाद मिलाउन नेपाल आउँदै
काठमाडौं, १२ माघ । नेपाली क्रिकेटको विवाद समाधानको प्रयास गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टोली शनिबार नेपाल आउने भएको छ ।
आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा नेतृत्वको टोलीले पर्सि सल्लाहकार समितिसँग छलफल गर्ने कार्यक्रम छ । देशभित्रैबाट विवाद समाधानको पहल गर्न आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाए पनि समितिले प्रभावकारी काम गर्न सकेको छैन ।
समितिकै अग्रसरतामा क्यानको नयाँ विधान मस्यौदा गरिए पनि एउटा पक्षले विधानमा मनोमानी संशोधन गरेपछि आईसीसीले यसलाई मानेको छैन । आईसीसीले निलम्बित क्यान पुनर्गठन गर्न चित्तबुझ्दो कारण र आधार पेश गर्न दिएको मध्य डिसेम्बरसम्मको समय यसै सकिएको छ ।
फेब्रुअरीमा आईसीसीको बोर्ड बैठक बस्ने भएकोले विवाद समाधानको अन्तिम प्रयास गर्न टोली काठमाडौं आउन लागेको हो । यो भ्रमणमा समेत सहमति नजुटे फेब्रुअरीको बैठकबाट क्यानको सदस्यता नै खारेज गर्नेसम्मको विकल्प आईसीसी टोलीले खुला राखेको चेतावनी यसअघि नै दिईसकेको छ । | 2020/09/28 20:57:16 | https://www.sajhapost.com/2018/01/26/101261.html | mC4 |
पहिरोमा परेर तीन वर्षीय बालकसहित ११ जनाको मृ,त्यु, एकै परिवारका पाँच जनाले गु,माए ज्या,न:: Mero Desh
पहिरोमा परेर तीन वर्षीय बालकसहित ११ जनाको मृ,त्यु, एकै परिवारका पाँच जनाले गु,माए ज्या,न
Published on: १९ भाद्र २०७८, शनिबार ०८:१६
अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालि का र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्या लय पर्वतका डिएसपी शिवराज बुढाथोकीका अनुसार पहिरोले
कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ मृ,त्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडे ल र ९ वर्षीय विनोद पौडेल छन् ।
त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृ,त्यु भएको छ ।
डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्या,न गएको छ ।
त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूल माया थापाको पनि मृ,,त्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानका री दिए ।
निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्या`न गुमाउनु परेको बुढाथोकी बताउँछन् ।
वर्षाका का,,रण मध्यपहाडी लोकमार्गको पर्वत आमबो टदेखि कुश्मा बजारसम्मको सडक अवरु'द्ध छ । यो क्षेत्र मा बिहीबार रातिदेखि परेको अविरल वर्षाका का'रण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढा थोकीले जानकारी दिए ।
उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ ।
पहिरोका का,रण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट वि,,च्छेद छन् । न्युज कारखाना | 2021/10/17 00:05:22 | https://merodeshnews.com/30579/ | mC4 |
भक्तपुर अभियानको उज्यालो शुभारम्भ - Sagarmatha Online News Portal
भक्तपुर अभियानको उज्यालो शुभारम्भ
ठिमी । भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आउनुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले 'उज्यालो भक्तपुर अभियान'को शुभारम्भ गरेको छ ।
सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गरेको हो । सो अवसरमा उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुआत भएको बताए ।
उहाँले भने, "विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महीनासम्म लागेका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पु¥याएकामा धन्यवाद भन्न चाहन्छु ।"
भक्तपुरको गुण्डु 'मर्निङवाक' गर्नेमात्र नभई अबका दिनमा 'इभिनिङवाक' गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उहाँले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताए। उहाँले भने, "केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ।"
भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान सुरु भई विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने भनाइ राखे ।
कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट सुरु भएको बताए । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताए । उहाँले बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताए । | 2021/01/18 07:02:55 | https://www.sagarmathaonline.com/49645/2019/08/13/ | mC4 |
अर्थ Archives - Page 2 of 3 - Khaptad Aawaz
बझाङ धनगडी उडान तालिका सार्बजनिक , भाडादर भने महंगो भएको गुनासो
बझाङ ः बझाङमा मंगलबार देखि नियमित हवाइ सेवा सञ्चालन गर्न कार्यतालिका सार्बजनिक भएको छ । हप्ता दुई दिन बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको बताइएको छ । धनगढीबाट बझाङको भाडा दर भने ५ हजार ४८ रुपैंया कायम गरिएको छ । समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते नि...
प्रधानमन्त्री ओलीले नचाहेरै निरन्तरता पाएनन् कुलमानले
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन भयो । सरकारले कुलमान घिसिङलाई निरन्तरता नदिंदा प्राधिकरण निर्देशकविहीन भएको हो । उनको कार्यकाल सकिनुअघि सामाजिक सञ्चालमा सर्वसाधारणले पुर्ननियुक्ति हुनुपर्ने भन्दै अभियान चलाएका थिए । तर सरकारले उनको पुर्ननियुक्ति गर्नुपर्छ भनेर एक साता मन्त्रिपरि...
चाडपर्व नजिकिँदा पनि बढ्न सकेन आर्थिक गतिविधि
काठमाडौं । मुख्य व्यवसाय गर्ने बेलामा पनि कर्जा लगानी हुन नसक्दा बैंकहरु चिन्तित बनेका छन् । विगतको वर्षमा हेर्ने हो भने आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंकहरुले कुल व्यवसायको ३०-४० प्रतिशत व्यवसाय गर्ने गरेका थिए । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासको दुई महिना बितिसक्दा पनि बैंकहरुको लगानी असार मसान्तको भन्दा बढ्न...
तीन भाइ इञ्जिनियरले शुरु गरे व्यवसायिक 'ड्रयागन फ्रुट' खेती
दार्चुलाको नौगाड गाउँपालिका–६ मलानमा पहिलो पटक व्यवसायिक ड्रयागन फ्रुट खेती शुरु गरिएको छ । कृषि विज्ञ महेन्द्र सिह धामी, आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामीको संयुक्त लगानिमा सिउँडी प्रजातीको ड्रयागन फ्रुट खेती शुरु गरिएको हो । ग्रिन ल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर यहाँका युवाले पहिलो पट...
कोरोना महारी : गरिबलाई धौ धौ, सरकारी कार्यालय विदा भएपनि कर्मचारी तलबमा ३५ अर्ब खर्च
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको खर्च भन्दा आम्दानी बढी रहेको छ । कोरोना महामारी नियन्त्रणका नाममा निषेधाज्ञा गरिएको अवस्था भएपनि सरकारको राजश्व संकलन भने खर्च भन्दा बढी नै रहेको पाइएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७को साउन देखि भदौ २२ सम्ममा सरकारको खर्च भन्दा आम्दानी बढी रहेको प...
बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँम...
बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...
बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर
बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीक...
काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग
काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् । ...
२ सय बिघामा पोखरी निर्माण हुँदै
जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ।नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण सुरू गरी दुई चरणको काम सम्पन्न गरेको हो। पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकु... | 2021/09/27 23:16:24 | https://khaptadawaz.com/?cat=11&paged=2 | mC4 |
बर्दी र राजनीति – Sourya Online
बर्दी र राजनीति
सौर्य अनलाइन २०६८ फागुन १५ गते २:४५ मा प्रकाशित
दाङ जिल्लाको ट्राफिक प्रहरीमा कार्यरत नौजनाले दज्र्यानी चिह्नसहित बर्दी खोलेर विरोध जनाएको विषयले चर्चा पाएको छ । हेलमेट नलगाई मोटरसाइकल चलाउने व्यक्तिलाई ट्राफिक नियमको परिधिभित्र रहेर कारबाही गर्न खोज्दा उल्टै ट्राफिक प्रहरीले माफी माग्नुपर्ने अवस्था आएका कारण उनीहरूले त्यसो गरेका हुन् । सवारी चालकलाई ट्राफिक नियम पालना गर्न लगाउने दायित्व प्रहरीकै हो । त्यही दायित्व पूरा गर्न उसलाई राज्यले खटाएको यथार्थ बिर्सन मिल्दैन । जोसुकै भए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकले अपराधअनुसारको सजाय भोग्नैपर्छ उन्मुक्ति पाउनु हुदैन ।
दाङ जिल्लाका ट्राफिक प्रहरीले एमाले निकट युवासङ्घका घोराही नगर कमिटी सदस्य गणेश नेपालीलाई ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक नियमको परिधिभित्र रहेर कारबाही गर्न खोजेको थियो । तर, एमाले नजिक युवाको जमात आएर सडक जाम ग¥यो । प्रहरी प्रशासनलाई धम्क्यायो । अर्थात्, कानुन नमान्ने घोषणा ग¥यो । र, कानुनको पालना गराउनेहरूलाई माफी माग्न लगायो । यस घटनाले नियम पालना नगर्ने त्यो युवा जमातलाई मात्र होइन, सिङ्गो एमाले पार्टी नै बद्नाम हुन पुग्यो ।
नियम, कानुनको उल्लङ्घन गर्दै सुशासनको बर्खिलापमा लाग्ने कार्यकर्ता भएको पार्टीले मुलुकमा कानुनी राज्य स्थापना गर्न सक्दैन । यस घटनालाई एमालेले पनि गम्भीरतापूर्वक लिएर कानुनको उल्लङ्घन गर्ने कार्यकर्ताहरूलाई नसियत दिनुपर्छ । अन्यथा, यस्ता उद्दण्ड कार्यले कानुनी राज्यको अवधारणालाई विस्थापित गर्नेछ र कुनै पार्टीमा सङ्गठित भएकै नाताले अपराध गरे पनि उन्मुक्ति पाउने परिपाटीको विकास हुनेछ ।
एमालेका युवाहरूले जे गरे त्यसलाई माफी दिन सकिन्न । तर, बर्दी लगाएको ट्राफिक प्रहरीले कार्यालय परिसरमै दज्र्यानी चिह्न र बर्दी खोलेर विरोध जनाउनु पनि प्रशंसनीय काम होइन । प्रहरीमा 'चेन अफ कमान्ड' हुन्छ । प्रहरी अनुशासनमा प्रतिबद्ध र कर्तव्यनिष्ठ हुनुपर्छ । अन्यथा, त्यो सङ्गठनको प्रभावकारिता रहदैन । आवेगमा आएर बर्दी खोल्ने ट्राफिक प्रहरीले पनि नियम र कानुनको उल्लङ्घन गरेका छन् । यस्ता कार्यले प्रहरी सङ्गठनलाई नै प्रदूषित र कलङ्कित बनाउछ ।
एमालेका युवा र ट्राफिक प्रहरी दुवैका हर्कत नैतिक र कानुनी दुवै दृष्टिले अक्षम्य हुन् । दुवै समूहले गरेको अपराधअनुसारको सजाय पाउनुपर्छ र यस्ता घटना दोहोरिन नदिन राज्य सदैव सजग रहनुपर्छ । | 2021/09/17 04:52:55 | https://www.souryaonline.com/2012/02/1439.html | mC4 |
मकवानपुरमा रहेको वार्म नेष्ट फाउण्डेशनले कोरोनाबाट बच्नको लागि प्रहरीलाई माक्स,सेनिटाइजर र ग्लोप्स सहयोग सामाग्री उपलब्ध गराएको छ । आज वार्म नेष्ट फाउण्डेशनका सचिव रिजन सापकोटाको टोलि जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपति नगर र प्रहरी चौकी चौकीटोलमा पुगी करिब १२
सय थान माक्स, १५ सय पिस ग्लोप्स र ५० थान सेनिटाइजर सहयोग गरेका हुन् । जसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ७ सय पिस माक्स,२० पिस सेनिटाईजर,१ हजार पिस ग्लोप्स सहयोग गरेको हो भने इलाका प्रहरी कार्यालय पशुपति नगरलाई ३ सय माक्स,२० थान सेनिटाइजर,५ सय पिस ग्लोप्स सहयोग गरेको बताउनु भयो । त्यस्तै प्रहरी चौकी चौकीटोललाई २० पिस माक्स, सेनिटाइजर १० पिस सहयोग गरेको सचिव सापकोटाले बताउनु भयो ।
कोरोनाको महामारिमा २४ घन्टा निरन्तर नागरिकको सुरक्षामा खटिने प्रहरीहरुको मनोबल उच्च बनाउने र कोरोना संक्रमणबाट जोगिनको लागि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेको सचिव सापकोटाले बताउनु भयो । हामीले प्रदान गरेको मास्क प्रयाप्त नभएपनि यसले समाजमा अरुलाई पनि यो अभियानमा लाग्न पे्ररित गर्ने बताउनु भयो । कोरोनाको महामारीमा राष्ट्रसेवक प्रहरीलाई स्वास्थ सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अझै स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने संस्थाका आर्थिक विभाग प्रमुख कमल देव गुप्ताले बताउनु भयो ।
सो सामाग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर डिएसपी इन्द्र बहादुर रानाले मास्क सहयोग गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले सो मास्क प्रहरी तथा नागरिकलाई समेत सचेताका साथ वितरण गरिने जानकारी दिनुभयो । कोभिड १९ को जोखिम झन् बढ्दै गएको भन्दै उहाँले सबैको सहयोगमा मात्रै जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
यस्तै इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रमुख देवराज काफ्लेले अति नै आवश्यकता रहेको भन्दै सहयोगी दातालाई धन्यवाद दिनु भयो । उहाँले ंबाहिरी जिल्लाबाट प्रवेश गर्ने नाका नै यहि ठाउँबाट भएको भन्दै कार्यालय अगाडि हातधुने मेसिन र सेनिटाइजर मेसिनको आवश्यता रहेको बताउनु भयो । त्यस्ता सहयोगी दाताहरुको खोजीमा रहेको समते बताउनु भयो । वार्म नेष्ट फाउण्डेशनका प्रमुख बलराम विश्वकर्माको पहलमा सो सामाग्री सहयोग गरेको हो । सो कार्यक्रममा हेटौँडा उपमहानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबरका सम्पादक रुपक कालिराज लगायतको सहभागिता रहेको थियो । | 2020/09/18 12:56:34 | https://hajurkokhabar.com/news/%E0%A4%AE%E0%A4%95%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%9F-%E0%A4%AB%E0%A4%BE%E0%A4%89%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B8--%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BF%E0%A4%9F%E0%A4%BE%E0%A4%87%E0%A4%9C%E0%A4%B0-%E0%A4%B0-%E0%A4%97%E0%A5%8D%E0%A4%B2%E0%A5%8B%E0%A4%AA%E0%A5%8D%E0%A4%B8-%E0%A4%B8%E0%A4%B9%E0%A4%AF%E0%A5%8B%E0%A4%97 | mC4 |
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन - सिम्रिक खबर
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२।२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।RSS | 2021/01/17 14:51:53 | https://simrikkhabar.com/gold-price/ | mC4 |
निजगढमा विमानस्थल निर्माण गर्न सर्वोच्चको रोकपछि कांग्रेस नेता गुरुङका तीन विकल्प – Dcnepal
प्रकाशित : २०७९ जेठ १४ गते ८:४५
काठमाडौं। सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन्। उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये कुनै न कुनैमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै 'ड्राई पोर्ट' पनि निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्।
पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका–१, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन्। त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ।
दोस्रो विकल्पको रूपमा जिल्लाकै बर्दिबास नगरपालिका– ३, ४, ५, १० र ११ मा पर्ने केही जङ्गल क्षेत्र र केही खाली जग्गाजमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्गाहा नगरपालिका– १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायमा स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन्।
यसका लागि सबै मिलेर गम्भीरतापुर्वक पहल गर्न उनको आग्रह छ। बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएको हो। | 2022/07/03 05:29:21 | https://www.dcnepal.com/2022/05/365088/ | mC4 |
संकटमा परेका महिलालाई पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी « Arthabazar.com
संकटमा परेका महिलालाई पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी
प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १८:००
काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नु पर्ने बताएकी छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग "कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका" विषयमा गरेको भर्चुअल कार्यक्रममा उनले यस्तो भनेकी हुन् ।
मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गरेकी थिइन् । "महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ," उनले भनिन् ।
कार्यक्रममा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताइन । उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको उल्लेख गरेकी थिइन् ।
यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन् । उनले कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरेक िथिइन् ।
यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । उनले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताए । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उनले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए।
सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । | 2021/06/16 21:05:46 | https://www.arthabazar.com/51423 | mC4 |
प्रकाशित : २०७७ भदौ २० गते २०:२६
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाकका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । इतर समूहको शनिबार भएको भर्चुअल बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ ।
बैडकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी थिए ।
नेता केसीका अनुसार गत विहीबारको भर्चअल बैठकद्वारा गठित तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमाथि नेताहरुले धारणा राखेका थियो । केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्रि पाण्डे सम्मेलित समितिले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारे रणनीतिक प्रतिवेदन बनाएको थियो ।
सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष आक्रोशति बनेको छ । अहिलेसम्म देउवाले ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसकेको अवस्था छ ।
जसमा केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तर्क्रिया गर्ने, पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले र अन्तिममा आमरण अनशन बस्ने कार्यक्रम थियो । त्यसलाई थप विस्तृत रुप दिएर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको केसीले बताए ।
उनले भने, 'सिंगो पार्टी एक भएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यो कुरा पार्टी सभापतिले पनि सोच्नु भयो र निर्णय सच्याउन चाहनुहुन्छ भने सच्याउने समय पनि होस भनेर एक हप्ताको समय छुट्याइएको छ । उहाँ वार्ता गर्न चाहनुहुन्छ भने वार्ताद्वारा यो समस्या समाधान बाटो पनि निकालौ भन्ने हाम्रो मनसाय छ । होइन मैले जे गरेको छु त्यही ठीक हो भन्ने हो भने हामी चरणबद्ध रुपको कार्यक्रममा जान्छौँ ।'
यस्तै बैठकमा भएको छलफलबारे घिमिरेले भने, 'नेताहरुबाट दबाब कार्यक्रमको मोडालिटीबारे सुझावहरु आए । तर कार्यक्रम केही परिमार्जन भएको छैन । त्यो भित्रका विषय वस्तुमा कतिपय जिल्लामा भएका विभिन्न घटनाहरु थप्नुपर्ने भएको छ । त्यसलाई तीन दिनभित्र अन्तिम रुप दिएपछि पार्टी कार्यालयमा दर्ता हुनेछ । अनि एक हप्ताको अल्टिमेटमसहित त्यो सर्वाजनिक गरिन्छ । त्यो सात दिनभित्र हामीहरुले देशभर अन्तरक्रिया गरिसक्ने सहमति भएको छ ।'
त्योबीचमा पनि सभापतिले निर्णय नसच्याए सुरुमा धर्नामा उत्रिने उनले बताए । उनले भने, 'यसबाट पनि सभापतिले दबाब महसुस गर्नु भएन भने धर्ना दिने रिले अनशन बस्ने र त्यसपछि आमरण अनशनसम्म पुग्ने कुरा भएको छ ।'
सामूहिक राजीनामा जिम्मा दिन आज पनि सुझाव
उनले भने, 'सामूहिक राजीनामा दिन हामीले पहिले पनि सुझावका दिएका थियौँ । अहिले पनि हाम्रो कुरा कायमै छ । त्यो सुझाव नेताहरुले आज पनि दिनुभएको छ । सभापतिले दबाब महसुस गर्नका लागि सामूहिक राजीनामा दिनुपर्ने कुरामा हाम्रो जोड छ । नेताहरु पनि सकारात्मक नै हुनुहुन्छ । यसको निर्णय भने उहाँहरु आफैले गर्नुपर्छ भनेका छौँ ।'
नेताहरुबाट सामूहिक राजीनामाको सुझाव आएको भन्दै त्यसबारे तयारी भइरहेको नेता केसीले बताए । 'साथीहरुको सुझाव आएको छ । यस विषय हामी थप छलफल गरेर यसबारे निर्णय लिन्छौँ । सामूहिक राजीनामासम्म जानुपर्ने हुन्छ भने पनि जान तयार नै छौँ,' केसीले भने,
घिमिरेले भने, 'सिटौलाजीलाई पनि जोड्ने प्रयास भइरहेको छ । उहाँल पहिला हामीले तयार पारेको प्रतिवेदन अध्ययन गर्छु भन्नुभएको छ । त्यसपछि म आफू निर्णय दिन्छु भन्नुभएको छ ।'
बैठकमा थापाले सभापतिबाट भएका बदमासीविरुद्ध सबै एक ठाउँमा आएर सभापतिलाई दबाब पुग्ने गरी अगाडि बढ्नुपर्ने बताएका थिए । थापाले भने,'सभापतिले हाम्रो विरोधलाई कम आक्नुभएको छ । स्थिति भयावह छ । सबै एकै ठाउँमा आएर दबाब महसुस हुनेगरी जानुपर्छ ।'
विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारे थापा, पौडेल र चौधरी पहिलो पकट पौडेल समूहको छलफलमा सहभागी भएका हुन् ।
यसअघि सिटौलाले देउवाको निर्णयमा मौन समर्थन जनाएपछि उनीहरु खुलेर आउन सकेको अवस्था थिएन । तर थापा र पौडेलले देउवाको कदमको सुरु देखिनै विरोध गर्दै आएका थिए । | 2021/11/30 18:15:07 | https://www.nawalpurtimes.com/2020/09/05/26453/ | mC4 |
हिमाल खबरपत्रिका | कर्णालीका छोरीलाई महीनाको रु.५००
कर्णालीका छोरीलाई महीनाको रु.५००
कालिकोट खाँडाचक्र गाउँपालिकामा 'ब्याङ्क खाता छोरीको, सुरक्षा जीवनभरीको' कार्यक्रम उद्घाटनका दिन आफ्ना छोरीहरुको खाता खोल्दै अभिभावक ।
कर्णाली प्रदेशमा १ साउन २०७६ पछि जन्मिएका छोरीहरूको नाममा ब्याङ्क खाता खोल्न लगाएर सरकारले नै मासिक पैसा राखिदिने व्यवस्था गरेको छ । १ पुसमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर १ र २ का जानकी परियार र जमुना सुनारको नाममा खोलिएको ब्याङ्क खातामा पैसा राखिदिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो कार्यक्रमको उद्घाटन गरेका छन् । यसले छोरा र छोरीबीचको विभेद हट्ने, बालविवाह नहुने र छोरीहरूले कम्तीमा माध्यमिक शिक्षा उत्तीर्ण गर्न पाउनेछन् भन्ने विश्वास सरकारको छ ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयले जारी गरेको यो कार्यविधि अनुसार छोरी जन्मिएको पहिलो महीनामा रु.१००० र त्यसपछि २० वर्षसम्म मासिक रु.५०० राखिनेछ । प्रदेश सरकारको चालु आवमा यस कार्यक्रमका लागि सरकारले रु.७ करोड विनियोजन गरेको छ । पहिलो किस्ता बापत रु.३ करोड ८४ लाख पठाइसकेको छ । जस अनुसार सुर्खेत जिल्लाका ९ स्थानीय तहले रु.८ लाख, सल्यान, रुकुम पश्चिम, दैलेख, जाजरकोटका ३४ स्थानीय तहले रु.६ लाख र डोल्पा, जुम्ला, कालिकोट, मुगु र हुम्लाका ३६ स्थानीय तहले रु.३ लाखका दरले पाएका छन् । कार्यविधिले उक्त रकम सम्बन्धित स्थानीय तहले स्थानीय सरकारको खाता भएको ब्याङ्कमा छोरीको नाममा खाता खोलेपछि जन्मदर्ताका आधारमा जम्मा गरिदिनुपर्ने भनेको छ ।
१ साउन २०७६ वा त्यसपछि कर्णाली प्रदेशमा जन्मिएका छोरीहरू २० वर्ष पुग्दा उनीहरूको खातामा सावाँ नै रु.१ लाख २० हजार ५०० हुनेछ । कार्यविधिले ब्याङ्कमा जम्मा भएको रकमको ब्याज पनि सोही खातामा राख्नुपर्ने भनेको छ । सो रकम ब्याङ्कले अधिकतम मुनाफा हुने ठाउँमा लगानी गरी त्यसबाट प्राप्त ब्याज पनि सोही खातामा जम्मा गरिदिंदा झण्डै त्यसको दोब्बर हुने आकलन सरकारको छ । वैकल्पिक स्याहारमा रहेको भए संरक्षकत्व दिने संस्था वा व्यक्तिलाई अभिभावक मानेर खाता खोलिदिने प्रावधान कार्यविधिमा छ ।
कार्यविधि अनुसार ब्याङ्कमा जम्मा भएको रकम उनीहरू २० वर्ष पूरा भएपछि र माध्यमिक तह उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेपछि मात्र पाइन्छ । उनीहरूले बीचमै पढाइ छोडेमा वा २० वर्षभन्दा कम उमेरमा बिहे गरेमा पनि सो रकम पाइने छैन । विशेष अवस्था जस्तै, खातावाला छोरीको मृत्यु भएमा, कडा रोग लागे वा गम्भीर प्रकृतिको अपाङ्गता भएमा, अभिभावक वा संरक्षकको मृत्यु भई आर्थिक कठिनाइका कारणले विद्यालय शिक्षालाई निरन्तरता दिन वा पूरा गर्न नसक्दा भने रकम निकाल्न पाइन्छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल भन्छन्, "अहिले १ साउनपछि जन्मिएका छोरीहरूको लागि कार्यक्रम ल्याइयो, अब महिला तथा बालिका÷किशोरी लक्षित अन्य कार्यक्रम पनि ल्याउने तयारी सरकारले गरिरहेको छ ।" | 2020/06/05 21:35:53 | http://nepalihimal.com/article/17871 | mC4 |
एन आई सी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा - Aathikbazarnews.com एन आई सी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा -
ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो ।
बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गर्नुभयो । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । | 2022/07/02 05:44:13 | https://aarthikbazarnews.com/2019/09/12/32383/ | mC4 |
सोमबार, जेठ ३१ २०७८ १०:४८ AM
बिमा कम्पनीहरूबीचको तीव्र प्रतिस्पर्धाले व्यवसाय आफूतिर तान्न अनेकन हत्कण्डा अपनाउन थालिएको छ । प्रतिस्पर्धा आफैंमा राम्रो भए पनि जायज/नाजायज माग पूरा गरिदिएर बिमालेख आफ्नो कम्पनीमा जारी गराउन पछिल्लो समय कम्पनीहरू मरिमेटर लागेका छन् । खासगरी ठूला कर्पोरेट घरानाका हुन् वा बैंक तथा वित्तीय संस्थासँग मिलोमतो गरेर होस बिमा कम्पनीहरू आफ्नो व्यापार बढेको देखाउन हरदम क्रियाशील देखिएका छन् ।
बिमालेख बिक्रीबाट कम्पनीलाई फाइदा वा घाटा के हुन्छ त्यसको लेखाजोखा नगरिकनै उधारोमा बिमालेख जारी गर्ने, बिभिन्न किसिमका सहुलियतहरू उपलब्ध गराउने र कमिसन फिर्ता दिनेजस्ता हत्कण्डा अपनाएर बिमा कम्पनीहरूले व्यवसाय हात पार्ने रणनीति अंगालिरहेका छन् । त्यसका लागि सम्बन्धी घरानाका वा बैंक तथा वित्तीय संस्थाका कुन कर्मचारीलाई के सुविधा दिएर आफूतिर व्यवसाय ल्याउन सकिन्छ त्यसको लेखाजोखा गर्नमै निर्जीवन बिमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू लागिरहेका छन् ।
उनीहरूले आवश्यकताअनुसार कतिपय क्षेत्रमा बिमा अभिकर्ता र मार्केटिङ प्रमुखलाई समेत अख्तियारी दिएर व्यवसाय बढाउन लक्ष्य (टार्गेट) दिने गरेकाले उनीहरूले पनि आफ्नो टार्गेट पूरा गर्न हुने/नहुने सबै काम गरेर व्यवसाय बढाउन उद्यत भइरहेका छन् ।
पछिल्लो समय निर्जीवन बिमा कम्पनीहरूका एजेन्टहरू घर, कार्यालय र कम्पनीमा बिमा गराउन भन्दै पुग्ने गरेका मात्रै छैनन्, उनीहरूले अहिले बिमा गरिरहेको कम्पनीको भन्दा राम्रो सेवा सुविधा दिने आश्वासन पनि बाँडिरहेका छन् । उपभोक्ताका हिसावले जुन राम्रो कुरा पनि हो । तर, भविष्यमा जोखिम बहन गर्ने क्षमता र कम्पनीले व्यवसाय लिइसकेपछि गर्ने व्यवहार ननियाल्ने हो भने उपभोक्ताले दुःख मात्रै पाउँदैनन्, कतिपय बेला ठूलो क्षति पनि बेहोर्नुपर्छ ।
तीनवटा नयाँ निर्जीवन बिमा कम्पनीले बजार प्रवेश गरेसँगै पुराना कम्पनीलेसमेत आफ्नो व्यवसायमा धावा बोलेको महसुस गरिरहेका छन् । हाल २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । आफूकहाँ बिमा नगरेको भए पनि बिमा कम्पनीहरूले कस्को बिमा कहाँ गरेको छ ? उनीहरूको सकिने अवधि, पाइरहेको विभिन्न सेवा सुविधाजस्ता कुराको जानकारी लिएर आफूकहाँ व्यवसाय ल्याउन निकै प्रयासहरू गरेको पाइन्छ ।
प्रतिस्पर्धा आफैंमा राम्रो भए पनि जायज/नाजायज माग पूरा गरिदिएर बिमालेख आफ्नो कम्पनीमा जारी गराउन पछिल्लो समय कम्पनीहरू मरिमेटर लागेका छन् । खासगरी ठूला कर्पोरेट घरानाका हुन् वा बैंक तथा वित्तीय संस्थासँग मिलोमतो गरेर होस बिमा कम्पनीहरू आफ्नो व्यापार बढेको देखाउन हरदम क्रियाशील देखिएका छन् ।
बिमा व्यवसाय विश्वासको एउटा आधार पनि हो । बिमा गरिसकेपछि कथंकदाति दुघर्टना भयो र दाबी भुक्तानी लिनुपर्यो भने कहाँ सजिलो हुन्छ भनेर सबैले हेरेकै हुन्छन् । चिनेजानेका व्यक्ति बिमा कम्पनीमा भएमा केही सजिलो गरी दाबी भुक्तानी पाइन्छ भन्ने बुझाइ धेरैको छ । पछिल्लो पटक ठूला कम्पनीहरूले उधारोमा समेत बिमा गर्ने सुविधा लिँदा कम्पनीहरू थप जोखिममा धकेलिएका छन् ।
विश्वासमा परेर ठूलाबडा र हुनेखाने पक्षहरूको बिमा नगद नलिइ पछि लिने सर्तमा बिमा गरिदिने र त्यस्तो बिमाको क्षति भएमा बिमाशुल्क भुक्तानी गर्ने नभए नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । यसले बिमा बजारलाई नराम्रोसँग गाँजेको छ ।
होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष एवम् एयरपोर्ट होटलका सञ्चालक विनायक शाह बिमा कम्पनीहरू धेरै भएकाले आफ्नोमा बिमा गरिदिन भनेर धेरै एजेण्टहरू आउने गरेको बताउँछन् । बिमा गराउँदा धेरै चिनेजानेको आधारमा कम्पनी छनौट गर्ने गरिएको शाहको भनाइ छ ।
निर्जीवन बिमामा मानिसहरूले स्वेच्छिक रूपमा बिमा गर्ने प्रचलन अत्यन्तै कम छ । अझ दाबी भुक्तानीमा बिमा कम्पनीहरूले गर्ने ढिलासुस्ती र क्षतिअनुरूपको भुक्तानीमा विभिन्न बखेडाहरू झेलेका कतिपय मानिसहरू बिमाका विषयमा सकारात्मकभन्दा नकारात्मक धारणा फैलाउन उद्यत भएको पाइन्छ । यस्तो बेला बिमा कम्पनीहरूलाई बिमा व्यवसाय बढाउन कम्ती कठिन छैन ।
कतिपय क्षेत्रमा सरकारले अनिवार्य बिमा गराएकाले बिमा कम्पनीहरूले राहतको महसुस गरेका भने छन् । अहिले पनि निर्देशित बिमाकै कारण निर्जीवन बिमा व्यवसाय चलिरहेको छभन्दा अत्युक्ति हुँदैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा अनिवार्य बिमा गराउनुपर्छ । सवारीसाधनको कर तिर्दा अनिवार्य रूपमा तेस्रो पक्ष बिमा गराउनुपर्छ । अर्कोतिर बाली बिमाका अवधारणाहरू विस्तारै फक्रिँदै गएका छन् । यसले केही क्षेत्र बिमाका लागि उर्वरसमेत बनिरहेको छ । तर, स्वविवेकले मानिसहरू बिमा गराउँ भन्ने भावना भने अझै पाइँदैन ।
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील बल्लभ पन्त निर्जीवन बिमा कम्पनीहरूमा व्यवसाय खोसाखोस साधारण प्रक्रिया भएको बताउँछन् । 'व्यावसायिक तानातानभन्दा पनि बिजनेस लिने क्रममा के गरिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ,' पन्तले भने, 'सेवा दिएर व्यवसाय तानेको छ कि अन्य प्रलोभन देखाएर खोसिएको छ भन्ने हेर्नुपर्छ । व्यवसाय खोसिने कम्पनीले खोसेर लैजानेको भन्दा स्तरीय सेवा दिनसके भविष्यमा फेरि राम्रो हुन्छ ।'
पछिल्लो समय बिमा कम्पनीहरू बिमा नयाँ क्षेत्रहरूको खोजी गर्नेभन्दा पनि भइरहेकै क्षेत्रबाट आफ्नो कम्पनीमा कसरी व्यवसाय ल्याउने भन्नेमा धेरै बिमा कम्पनीको ध्यान गएको छ । यसले सीमित क्षेत्रमा बिमा कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ र यसैलाई पुराना कम्पनीहरूले व्यवसाय खोसाखोसको अवस्था रहेको भनेर व्याख्यासमेत गर्ने गरेका छन् ।
निर्जीवन बिमा गर्दा लिने बिमाशुल्कका बारेमा नियामक बिमा समितिले विभिन्न मापदण्डहरू निर्धारण गरिदिएको पनि छ । तर, बिमा कम्पनीहरूले कागजमा समितिका मापदण्डहरू पालना गर्ने र अन्य वैकल्पिक उपाय प्रयोग गरी व्यवसाय आफ्नो पक्षमा तान्न बिमा कम्पनी सक्रिय भइरहेका छन् ।
बिमा कम्पनीहरूको पुँजी वृद्धि भएसँगै कम्पनीका सञ्चालकहरूले व्यवस्थापनलाई पहिलेको भन्दा प्रतिफल नघटाउने गरी काम गर्न दबाब दिइरहेका छन् । सञ्चालकले लाभांशको अनुपात नघटाउन दबाब दिँदै गर्दा टार्गेटअनुसार व्यवसाय बढाउने क्रममा बजारमा कतिपय बेला जायज/नाजायज भएको हुनसक्ने आशंका बिमा कम्पनीका सीईओहरूको छ ।
अजोड इन्स्योरेन्स कम्पनीका सीईओ कुमारबहादुर खत्रीले तीव्र प्रतिस्पर्धाले माहोल बिग्रँदै जाँदा यदाकदा व्यवसाय खोसाखोसको अवस्थामा पुगेको टिप्पणीहरू सुन्नमा आएको बताउँछन् । 'प्रतिस्पर्धी बजारमा एउटा कम्पनीमा गरिरहेको बिमा अर्कोमा जाने बित्तिकै ठूलै चलखेल गरेर लगेको हुनसक्छ भनेर आशंका गर्नु स्वाभाविक हो,' सीईओ खत्रीले भने, 'नेपालमा अनिवार्य रूपमा निर्देशन गरिएका बिमालेख (पोलिसी) बाहेक अन्य पोलिसी खासै धेरै बिक्दैनन् । यसले गर्दा बिमा कम्पनीहरूबीच बजार खोसाखोसको अवस्थामा पुगेको छ ।'
उता, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भने कतिपय कम्पनीहरूले आफ्नो सीमाभन्दा बढी बिमाशुल्क (प्रिमियम) लिन खोजेपछि अर्कोमा सर्ने गरिएको बताउँछन् । 'बिमा कम्पनीको टार्गेट नपुगेसम्म प्रिमियम तोकिएको भन्दा कम लिने गर्छन् र धेरै व्यवसायीहरू त्यही कम्पनीमा रहन्छन्, अध्यक्ष सिंहले भने 'तर, कम्पनीको टार्गेट पूरा भएपछि यो वा त्यो बहानामा प्रिमियम बढाउन थालेपछि अर्को कम्पनीमा स्विफ्ट गर्ने गर्छन् ।'
सामान्यतया परियोजनाहरूमा बिमा गराउँदा भने बोलकबोल गर्नुपर्ने हुन्छ । यस्तो बेला जसले बढी सुविधा दिन्छ, त्यो कम्पनीले पाउनु अन्यथा होइन । तर, त्यहाँ पनि परियोजना प्रमुखको मिलोमतोमा काम हुने गरेको भुक्तभोगीहरूको अनुभव छ । त्यस्तै अवस्था छ, निजी परियोजनाहरूमा पनि । परियोजनाका मुख्य व्यवस्थापकहरूले आफूलाई फाइदा हुने गरी निर्णय गर्ने हुँदा बिमा कम्पनीहरूले ठूलो मूल्य तिरेर भए पनि बिमालेख बिक्री गर्ने गर्छ ।
एउटा परियोजनाको बिमालेख घाटा बेहोरेरै लिन सके त्यसैलाई भजाएर अन्य आयोजनाहरू हात पार्न सहज हुने बिमा कम्पनीहरूको दाबी छ । त्यही भएर बिमा कम्पनीहरूले नाम चलेका ठूला परियोजना, एअरलाइन्स, यातायात क्षेत्रका कम्पनीहरूलाई आफ्नो पक्षमा पार्न ठूलै कसरत गर्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी गर्नुअघि सबै ऋणको बिमा अनिवार्य गरेको छ । यसका लागि साधारणतया बैंकहरूले नै बिमा कम्पनी छनौट गरेर राखेको हुन्छ । सामान्यतया ऋणीहरूले आफूले मन लागेको कम्पनीमा बिमा गर्छु भन्न पाइँदैन । व्यवस्थापकीय हैसियतमा रहेकाहरूको मिलोमतोमा यस्तो सम्भव भएको हो ।
ऋणीहरूलाई बिमाको चक्करमा परेर बस्नुभन्दा बैंक तथा वित्तीय संस्थाले जे भन्छ, त्यही मानिदिने प्रवृत्ति छ । त्यति मात्रै होइन वित्तीय संस्थाहरूले आफ्नो ऋणको हिस्सा बराबर मात्रै बिमा गर्ने गर्छ । यसले सम्बन्धित ऋणी सम्पूर्ण सम्पत्तिको बिमाबाट बेखबर हुन्छ । भवितव्य कुनै दुर्घटना भएमा बिमा कम्पनीले बैंकले अघि सारेको बिमा कागजलाई देखाएर क्षति दिने÷नदिने निर्णय गर्छ । यस्तो समस्याबाट धेरै ऋणीहरू जुनसुकै बेला जोखिममा पर्न सक्ने डर छ ।
उता, बिमा कम्पनीहरूले आफ्नो पक्षमा व्यवसाय हात पार्न प्रिमियमनै छुट दिने गरेको व्यवसायीहरू बताउँछन् । अर्कोतिर आफंैले पाएको व्यवसायलाई पनि अर्को अमुक अभिकर्ता खडा गरेर बिमित कम्पनीलाई अभिकर्ता कमिसन उपलब्ध गराउने प्रवृत्ति पनि अधिक छ । बिमा कम्पनीका सीमित कर्मचारी तथा सम्बन्धित बिमितहरूको मिलोमतोमा ठूलो रकमको वैधानिक कारोबार बिमा कम्पनीको विपक्षमा भइरहेको हुन्छ । यसले एकातिर कम्पनीको व्यवसाय देखाउन पाइन्छ भने अर्कोतिर व्यक्तिगत फाइदा पनि हुन्छ ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने निर्जीवन बिमा बिजनेस एकबाट अर्कोमा सर्नुलाई सामान्य मान्छन् । प्रतिस्पर्धी बजारमा एकको बिजनेस अर्कोले लिनु आश्चर्यको विषय होइन' पौडेलले भने, 'तर, कुनै खराब नियत राखिएको छ भने कारबाही योग्य हुन्छ ।' खराब नियत भनेको के हो भन्ने आफैंमा बहसको विषय हो । यद्यपि बिमा कम्पनीहरूले गलत अभ्यास गरेको भन्दै बेलाबखत बिमा समितिमा उजुरीहरू पर्ने गरेका पनि छन् । त्यसलाई समितिले विभिन्न निर्देशन र परिपत्रमार्फत सच्याउने कोसिस पनि गरेको हुन्छ ।
कम्पनीहरूलाई नाफा कमाउन निकै कठिन छ । अर्कोतर्फ नाफा घट्ला बढ्ला तर, व्यवसाय बढ्यो भनेर व्यवस्थापनले सञ्चालक समितिलाई आश्वस्त पार्नुपर्ने दायित्व उत्तिकै छ । सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री भने सानो बजारमा प्रतिस्पर्धा स्वाभाविक भए पनि अस्वस्थ प्रतिस्पर्धाले बिमा बजारमै नकारात्मक धारणाहरू विकसित हुन सक्ने औंल्याउँछन् ।
'खासगरी नयाँ कम्पनीहरू बजारमा आएसँगै प्रतिस्पर्धा बढेको र बिजनेस तान्न होडबाजी देखिएको छ,' क्षेत्रीले भने, 'ग्राहकलाई क्षणिक फाइदा भए पनि दाबी भुक्तानीमा समस्या आउनसक्छ । यसले बजारमा नकारात्मक असर पर्ने भएकाले स्वस्थ्य प्रतिस्पर्धाको बाटो लाग्नु सबैका लागि हितकर हुन्छ ।'
हेली एभरेष्टका प्रवन्ध निर्देशक फुरग्याल्जे शेर्पाले बिमा कम्पनीले दिने सेवा सुविधाको आधारमा बेला–बेलामा परिवर्तन गर्ने गरिएको बताए । 'एभियसन क्षेत्रमा बढीनै जोखिम हुने भएकाले जोखिम मोल्न सक्ने कम्पनीको योग्यता र क्षमतालाई हेरेर बिमा गर्ने गरिन्छ,' शेर्पाले भने, 'कुनै बेला भने बिमा कम्पनीहरूले बेचिरहेको बिमालेखमा बिमाशुल्क बढाउँदा बिमा कम्पनी परिवर्तन गर्नुपर्ने बाध्यता आइलाग्छ ।'
अस्वस्थ प्रतिस्पर्धाले बिमा कम्पनीहरूले सस्तो बिमाशुल्कमा बिमा गरिदिँदा जोखिमको हस्तान्तरण पनि कमजोर पुनर्बिमा कम्पनीमा गर्नुपर्ने हुन्छ । कमजोर पुनर्बिमा कम्पनी यसले जोखिम थेग्ने क्षमता पनि कम राख्छ । बिमाशुल्क कटौतीबाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरका मान्यतालाई आधार मानेर आवश्यक निर्देशिका तयार गर्नु आवश्यक छ ।
कम्पनीहरू मर्यादित भएर बस्न नसक्नु अहिलेका लागि सबैभन्दा ठूलो चुनौती देखेका पन्त पुनर्बिमा कम्पनीहरूले नेपालको बिमा उद्योगलाई पत्याउन सक्ने आधार तयार गर्नुपर्नेमा जोड दिन्छन् । 'पुनर्बिमा कम्पनीहरूले पत्याएनन् भने निर्जीवन बिमा व्यवसायलाई निरन्तरता दिन सकिँदैन,' पन्तले भने । | 2021/06/14 05:03:42 | https://capitalnepal.com/news/1106167354 | mC4 |
विज्ञहरू कहिलेसम्म बिकिरहने ? - Parichay Network
विज्ञहरू कहिलेसम्म बिकिरहने ?
परिचय नेटवर्क द्वारा १३ श्रावण २०७७, मंगलवार १६:०२ मा प्रकाशित
प्रधानमन्त्री स्वयं विविध विषयमा विज्ञ भएको देशमा विज्ञ र विज्ञताका बारेमा लेख्नु त्यति सजिलो छैन । एक हिसाबले यो कार्य मूर्खता नै हो । तर यस्ता विषयमा लेख्दा मूर्ख मात्र होइन महामूर्ख बन्न पनि ज्यान तयार छ । चुनावमा आफ्नो प्रतिस्पर्धी उम्मेदवारभन्दा झिनो मत बढी ल्याएर प्रतिनिधि चुनिनाासाथ बहुविषयको ज्ञाता हुँ भन्ने भ्रम नेपाली राजनीतिको नेतृत्वले जुन दिनसम्म पालेर राख्छ, त्यो दिनसम्म विज्ञता मर्छ र विज्ञ भनाउँदाहरू कौडीको मोलमा बिकिरहेका हुन्छन् ।
हचुवाका भरमा निर्णय गर्ने, कार्यान्वयनमा ढिलाइ गर्ने र काम बिगार्ने । सरसर्ती हेर्ने हो भने नेपालमा सरकारी कामको तौरतरिका यही हो । यही तौरतरिकाको विरोध गर्दै थुप्रैपटक देशमा व्यवस्था परिवर्तनका आन्दोलनहरू भए । कतिले बलिदानी दिए, कति अपाङ्ग बनेर थला परिरहे । व्यवस्था पटकपटक परिवर्तन भए तर जनताको अवस्था भने एकपटक पनि परिवर्तन भएन । हरेक आन्दोलनले जनतालाई थप ऋणको भार बोकाइरह्यो । थप अस्तव्यस्त तुल्याइरह्यो र सुकोमल जीवनलाई चिमोटिरह्यो र चिथोरिरह्यो । जनता आन्दोलनका चह¥याएका घाउमा मल्हमपट्टी लगाइरहेछन् तर राज्यव्यवस्था भने खाटो बस्नै लागेका घाउ कोट्याउँदै नुनचुक छर्न व्यस्त छ ।
हरेकसरकारले हरेक वर्ष नीति बनाइरहे । राष्ट्रिय योजना आयोगले पञ्चवर्षीय योजना निर्माण गरिरह्यो । तर जनताका तहमा ती नीति तथा कार्यक्रमको सकारात्मक प्रभाव भने कहिल्यै महसुस गर्न पाइएन । सरकार परिवर्तनसँगै विज्ञ परिवर्तन, विज्ञको परिवर्तनसँगै सत्यतथ्य नै परिवर्तन हुँदै आए । सारमा यही देखिन्छ । राजनीतिक आस्थाका आधारमा विज्ञ परविर्तन हुनु र विज्ञ परिवर्तनसँगै विज्ञता परिवर्तन हुनु समग्र राष्ट्रको विकासका लागि दुर्भाग्यपूर्ण छ ।
राज्यले नियुक्त गर्ने विज्ञले विज्ञताको दुरुपयोग गरे कि राज्यले नै विज्ञको दुरुपयोग ग¥यो भन्ने कुरा निकै संवेदनशील कुरा हो । विज्ञसमूहले अनुसन्धानबाट प्राप्त कुरा समेटी प्रतिवेदन सरकारसमक्ष पेस गर्छन् । त्यसरी सुझावसहित प्राप्त प्रतिवेदन मन्त्रालय वा विभागमा थन्किन्छन् । कतिपय ठाउँमा त त्यसलाई हेरिँदा पनि हेरिन्न । कतै भने त्यस्ता प्रतिवेदनलाई आधार मान्ने तर त्यसका मूल आधारलाई त्यसबाट झिकेर आफ्नो इच्छाअनुसारका बुँदाहरू त्यसमा थप्ने काम हुँदै आएका पाइन्छन् ।
देश संघीयतामा प्रवेश गरिसकेको यो अवस्थामा संघीय सरकारभन्दा पनि प्रदेश सरकारहरू नीति निर्माणका कार्यमा बढी व्यस्त छन् । कानुन निर्माणका क्रमले तीव्रता लिँदै छन् । गण्डकी प्रदेश सरकार यतिबेला प्रादेशिक निर्माण गर्दै छ । विधेयकका मस्यौदा तयार पार्ने कार्यमा प्रदेशस्तरमा विभिन्न विज्ञका समूह सहभागी हुँदै आएका छन् । विज्ञका अनुसन्धानसहितका सुझावलाई नजरअन्दाज गर्ने कार्यमा प्रदेशका सरकार पनि केन्द्रकै सरकारको सिको गर्दै आएको छ । संघीय गणतन्त्रको संस्थागत विकासका लागि यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने निश्चित छ ।
हचुवाका भरमा निर्णय गर्ने, कार्यान्वयनमा ढिलाइ गर्ने र काम बिगार्ने । सरसर्ती हेर्ने हो भने नेपालमा सरकारी कामको तौरतरिका यही हो । यही तौरतरिकाको विरोध गर्दै थुप्रैपटक देशमा व्यवस्था परिवर्तनका आन्दोलनहरू भए । कतिले बलिदानी दिए, कति अपाङ्ग बनेर थला परिरहे । व्यवस्था पटकपटक परिवर्तन भए तर जनताको अवस्था भने एकपटक पनि परिवर्तन भएन । हरेक आन्दोलनले जनतालाई थप ऋणको भार बोकाइरह्यो । थप अस्तव्यस्त तुल्याइरह्यो र सुकोमल जीवनलाई चिमोटिरह्यो र चिथोरिरह्यो ।
प्रदेश सरकारले अगाडि सारेको योजनामध्येको गण्डकी विश्वविद्यालय स्थापना गर्ने योजनाकै कुरा गरौँ । यसबारेमा पोखरामा धेरै गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सम्पन्न भए । यसको जिम्मेवारी पाएको समितिले विश्वविद्यालयको सम्भाव्यता र औचित्यबारेमा अनुसन्धान र छलफलबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस ग¥यो । यसकै जगमा गण्डकी विश्वविद्यालय स्थापना विधेयक पास भयो । अहिले यसको कुलपति समेत नियुक्ति भइसकेको अवस्था छ । गण्डकी प्रदेशका सम्भावनालाई केन्द्रमा राखेर पर्यटन, आयुर्वेद लगायतका विषयलाई केन्द्रमा राखेर विश्वविद्यालय सञ्चालन गर्ने सुझाव समितिले पेस गरेको थियो । भर्खरै नियुक्त भएका कुलपतिले समितिको सुझावलाई कुल्चेर मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरे । यो घोषणाबाट अध्ययन समूहका सदस्य अचम्मित भएका छन् । मेडिकल कलेज सञ्चालन नगर्ने स्पष्ट सुझाव पेस गर्दागर्दै त्यसलाई लत्याएर कुलपति अगाडि बढ्दा विवाद सिर्जना हुने सङ्केत देखिएको छ । अरू जे भए पनि अध्ययन समितिमा समावेश विज्ञसमूहको अनुसन्धान र कर्मको ठाडो अवमूल्यन गर्ने कार्य यहाँ भएको छ । यस आलेखमा उठाउन खोजिएको मुख्य विषय नै यही हो । विज्ञलाई काममा लगाउने तर सुझाव कार्यान्वयन गर्ने कार्यमा उपल्ला निकायको मनोमानी किन हुन्छ ? संघीय गण्तन्त्रमा देश आइसक्दा पनि
यो रोग किन ज्यूँका त्यूँ छ ?
विज्ञको ज्ञानमाठि ठाडो प्रहार भएको अर्को सन्दर्भ पनि छ । गण्डकी प्रदेशमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बारेमा त्यसको विधेयक मस्यौदा गर्न एक विज्ञ समूह तयार भयो । त्यसले लामो समयसम्म सरोकारवालासँग छलफल र अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुझायो । अहिले विधेयक विधायन समितिमा छलफलका क्रममा छ । छिट्टै कानुन बन्दै गरेको यो विधेयकमा मस्यौदा समितिको प्रतिवेदनले मुख्य ठानेका कुराहरू नै हटाइएको कुरा बाहिर आएको छ । प्रतिष्ठानको नियुक्ति प्रक्रिया, स्वायत्तता लगायतका महŒवपूर्ण बुँदाहरू नै परिवर्तन गरी सरकारनियन्त्रित बनाई कानुन निर्माण हुँदै गरेको भन्दै त्यसको विरोध सुरु भएको छ । यसमा स्वयं विधेयक मस्यौदा निर्माण समितिका विज्ञहरूकै असन्तुष्टि आइरहेको छ ।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । विविध क्षेत्रमा विज्ञहरूलाई खटाउने तर उनीहरूको अथक अनुसन्धान र विज्ञताबाट आएका सुझावलाई लत्याउने क्रम तीव्र छ । विज्ञलाई काममा खटाएर यो खालको अपमान गर्ने हो भने सरकारका मन्त्री र केही प्रशासनिक कर्मचारीले नै सोझै विधेयक निर्माण गरे भैहाल्यो । विज्ञ समिति निर्माणको नाटक किन मञ्चन गरेको ?हैन कानुन निर्माणजस्तो संवेदनशील विषयमा विज्ञको ज्ञान आवश्यक हुन्छ भने उनीहरूले पेश गरेका मुख्य कुरालाई नै हटाउने धृष्टता किन गरेको ? सरकारसँग यी प्रश्नको जवाफ माग्नुपर्ने बेला भएको छ ।
हामीकहाँ कानुन बन्ने तर त्यसको प्रभावकारी कार्यान्वयन नहुने प्रमुख कारण नै यही हो । अनुसन्धानबाट प्राप्त प्रतिवेदनका सुझावलाई आत्मसात् गर्दै नीति निर्माण गर्ने हो भने त्यसको कार्यान्वयन पक्ष सधैँ प्रभावकारी हुन्छ । अन्यथा यसको प्रभावकारिता क्षीण भएर जान्छ । बजेट निर्माणका क्रममा अनुसन्धान नगरी हचुवाका भरमा बजेट छुट्याएकाले नेपालमा विकास बजेट कहिल्यै पनि आधाभन्दा बढी खर्च हुन सकेको अवस्था छैन । नेता र नेताका आउरेबाउरेका विचारका आधारमा नीति र कार्यक्रम तय हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण जनता र सिङ्गो देशको विकासमा पर्दै आएको छ ।
देश केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय व्यवस्थामा आइपुग्दा पनि हामीले पुरानै सोचले सरकार चलाउन खोज्यौँ भने संघीयताको आयु छोटिँदै जान्छ । प्रदेश सरकारले कानुन निर्माणपूर्व अनुसन्धानका लागि जुन समूह निर्माण ग¥यो, त्यसप्रति पूर्ण विश्वास हुनु प¥यो । अथवा जसको विज्ञतामाथि विश्वास लाग्छ, उसैलाई नियुक्त गर्नुप¥यो । तर नियुक्त गरिसकेपछि उक्त समूहको कार्यलाई पूर्णतः स्वीकार गरी लागु गर्न दत्तचित्त हुनुपर्छ । हामीकहाँ भने विज्ञको विज्ञतालाई प्रयोग गर्नका लागि मात्र प्रयोग गर्ने परिपाटी बसालियो । बिडम्बना के भने पञ्चायती शासनकालमा विज्ञको विज्ञतालाई जुन मूल्य प्रदान गरिन्थ्यो, प्रजातन्त्र पुनस्र्थापनापछि लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आउँदा त्यसको पूर्ण अवमूल्यन गर्ने क्रम झनै बढ्दै गयो ।
राजनीतिक नेतृत्वले यदाकदा अनुसन्धानका काम दिने र त्यसवापत् थोरै 'पत्रम् पुष्पम्' गरेकै भरमा विज्ञहरू बिक्ने हो र आफ्नो बौद्धिक कसरत र अनुसन्धानबाट प्राप्त तथ्यको अवमूल्यन टुलुटुलु हेरेरै बस्ने हो भने समाजको समृद्धि सम्भव छैन । विज्ञहरूलाई पद र पैसाको थोरै प्रलोभनमा राजनीतिक नेतृत्वले फनफनी नचाएको दृश्य छरपस्टै देखिनु लाजको विषय हो । विद्वान् र बुद्धिजीवीहरू लाज पचाएर प्रलोभनमा फस्दै सीमित नेताका गोटी बन्नु दुखद् कुरा हो ।
विज्ञलाईसर्वप्रथम आफैँप्रति र आफ्नो ज्ञानप्रति विश्वास हुन जरुरी छ । यत्ति विश्वास आफैँमाथि गर्ने हो भने कोही पनि विद्वान् र विज्ञहरू पद र पैसाको प्रलोभनमा फस्दैनन् । कुनै अनुसन्धान सम्पन्न गर्नका लागि सरकारी निकायबाट रकम लिइयो भन्दैमा प्रतिवेदन बुझाएपछि चुप बस्नु विज्ञको धर्म होइन । यस प्रकारका अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि त्यसको हुबहु कार्यान्वयन भए नभएको बारेमा सम्बन्धित निकायसँग जानकारी माग्ने हैसियत राख्नुपर्छ विज्ञले । त्यति मात्र होइन त्यसको प्रभावकारिताको पनि मूल्याङ्कन गर्नुपर्छ ता कि आगामी समयमा त्यसलाई अझै प्रभावकारी तुल्याउन नवीन उपायको खोजी गर्न सकियोस् ।
हाम्रा सरकारी निकायमा विज्ञबाट प्राप्त तथ्य तथा सुझावलाई पूर्ण रूपमा बेवास्ता गर्ने संस्कार नै बनेको छ । यो कुसंस्कार चिर्ने काम स्वयं यस्ता कार्यमा संलग्न विज्ञ तथा अनुसन्धानकर्ताकै हो । आफ्नो अनुसन्धानबाट प्राप्त ज्ञानको संरक्षण गर्ने दायित्व स्वयम् विज्ञकै हो । तसर्थ विज्ञले अनुसन्धान थाल्नुपूर्व नै सम्बन्धित निकायसँग त्यसबाट प्राप्त तथ्यको पूर्ण कार्यान्वयनको पूर्वसर्त राख्न सक्नुपर्छ । त्यसको पूर्ण पालना नभएको पाइएमा खबरदारी गर्ने हैसियत पनि राख्नुपर्छ । यति हैसियत नराख्नेले 'विज्ञ' हुँ भन्न कदापि सुहाउँदैन । आफू अनुसन्धानमा संलग्न भएको कार्यबाट प्राप्त तथ्यलाई सम्बन्धित निकायले दुरुस्त कार्यान्वयन नगरेमा अनुसन्धानका क्रममा आफूले लिएको रकम फिर्ता गर्ने साहस विज्ञमा हुनुपर्छ । तब मात्र पैसाले ज्ञान र विज्ञता किन्न सकिन्न र प्रलोभनमा विज्ञलाई फसाउन सकिन्न भन्ने पाठ सबैले सिक्छन् । अनि बल्ल नेतृत्वले विज्ञको कुरा सुन्ने र विज्ञताको सम्मान गर्ने परिपाटी थालनी हुन्छ ।
राजनीतिक दलका नेतृत्वलाई सडकको छाडा साँढेका झैँ मनपर्दी गर्नबाट नियन्त्रण गर्नविज्ञ र तिनीहरूको विज्ञताले मात्र सक्छ । राजनीतिमा लाग्दैमा सबै क्षेत्रको विज्ञ हुँ भन्ने भ्रमबाट राजनीतिकर्मीलाई मुक्त गर्न प्रमाण र तथ्यका आधारमा विज्ञहरूले पेश गर्ने ज्ञानबाट मात्र सम्भव छ राजनीतिकर्मीका गल्तीमा सप्रमाण निर्धक्क बोल्न नसक्नेलाई विज्ञ भनिरहन सकिन्न । राजनीतिक रङका आधारमा प्रमाणित तथ्यलाई पनि तोडमोड गर्दै ठीकलाई बेठीक र बेठीकलाई ठीक भनेर व्याख्या गर्ने पदलोलुप र पैसामुखी कुनै पनि व्यक्तिलाई विज्ञ मानिरहन सकिन्न ।
सिङ्गो देशको व्यवस्था र कार्यप्रणाली धरापमा पर्नुका पछाडि यो देशका विज्ञ र विद्वान् भन्नेहरूकै ठूलो हात छ । विज्ञ नबिक्ने हो र विज्ञता नझुक्ने हो भने राज्यप्रणाली बिग्रन पाउँदैन । राजनीतिक नियुक्तिका लोभमा कुनै अमुक राजनीतिक दलको झण्डा हातमा बोकेर जीवनभरको मिहिनेतबाट आर्जन गरेको ज्ञान, बुद्धि र विवेकलाई बन्धकी राख्ने हरेक व्यक्ति (कथित विज्ञ) ले राज्यव्यवस्था बिगारेको जिम्मेवारी लिनुपर्छ ।
जब विद्वान्हरू नै तथ्यलाई कुल्चँदै राजनीतिक आस्थाका आधारमा पक्ष र विपक्षमा लाग्छन् तब ज्ञान मर्दछ । अनुसन्धान र शोधबाट निसृत तथ्य र सत्य सधैँ छायाँमा पर्छन् । आफ्नो पक्षको राजनीतिक आस्था राख्ने व्यक्तिले अपराध गर्दा पनि त्यसलाई न्याय देख्ने र विपक्षीले जनहितका काम गर्दा पनि घोर अन्याय देख्ने दृष्टिदोष जुन दिनसम्म विज्ञ भनाउँदो समूहमा रहन्छ, त्यो दिनसम्म सभ्यता निर्माण र समृद्धिको यात्रा निरन्तर शिथिल भइरहन्छ । न्याय थला परिरहन्छ ।मानवीय मूल्य मान्यता भग्नावशेषमा परिणत हुन्छन् ।
म विज्ञ हुँ र विद्वान् हुँ भन्नेहरूले छातीमा हात राखेर सोच्नुपर्ने आएको छ । के मेरा कारणले यो देशको कुनै न कुनै प्रणालीमा खिया त लागेन । राज्यप्रणाली धरासायी हुने कार्यमा कहीँ कतै मेरो भूमिका त छैन ? गम्भीरतापूर्वक यति सोचेर आफ्नो विज्ञताको प्रयोग देश परिवर्तनमा गर्ने प्रतिबद्धता प्रत्येक विद्वान्ले गर्न आवश्यक छ । यसो हुन सक्यो भने विज्ञ विक्ने होइन कि विज्ञको विज्ञता बिक्ने क्रमको थालनी हुन्छ । यसले विज्ञको विज्ञतालाई कौडीको मूल्यबाट करोडौँमा उकाल्छ । कसैको स्वार्थका लागि सत्य र तथ्य तोडमोड गर्ने संस्कार अन्त्य हुन्छ । देशमा नाममात्रको नभई साँच्चिकै विज्ञ र विद्वान्को उपस्थिति देख्न पाइन्छ । त्यसपछि बल्ल हामी विधिको शासनको अपेक्षा गर्न सक्छौँ । नेतृत्वले आफू विज्ञ टोपलिने नभई विज्ञलाई खोजेर प्रयोग गर्ने कार्यको थालनी हुन्छ । तब मात्र देश विकासका मौलिक योजना निर्माण हुनेछन् र तिनको सफल कार्यान्वयन हुनेछ । हामी पनि समृद्ध मुलुकका नागरिक बनेर बाँच्न पाउने छौँ । सम्पूर्ण नेपालीलाई यो अवसर प्रदान गर्नका लागि विज्ञले राजनीतिक दल र नेताको दौराको फेरो समाउने काम बन्द गर्न जरुरी छ । राजनीतिक नेतृत्वलाई विचार र सीपको खडेरी हुँदा ज्ञानको एक दर्को पानी बनेर उपस्थित हुने जाँगर विज्ञले चलाउन आवश्यक छ । विज्ञले आफूलाई, आफ्नो ज्ञानलाई र सिङ्गो देशलाई विश्वास गरेको दिन यो देशको व्यवस्था स्वतः परिवर्तन हुनेछ । हामी चाहन्छोँ, संघीय गणतन्त्रमा विज्ञ नबिकून् र उनीहरूको विज्ञता करोडौँ मूल्यमा बिकोस् र राज्य परिवर्तनमा प्रयोगमा आओस् । | 2020/08/13 13:52:55 | https://www.parichaynetwork.com/bigya/ | mC4 |
रंगकर्मी गायिका अञ्जु श्रेष्ठको गायन » VisionSansar News & Entertainment Portal
Home News Entertainment रंगकर्मी गायिका अञ्जु श्रेष्ठको गायन
रंगकर्मी गायिका अञ्जु श्रेष्ठको गायन
–सुस्मिता थापा
लण्डन। बेलायतमा रहेकी गायिका अञ्जु श्रेष्ठको नयाँ गीत जाँदैछु रिलिज भएको छ। पूर्वीनेपालको ओखल्ढुंगामा जन्मेकी र राजविराजमा हुर्केकी गायिका श्रेष्ठको कर्मथलो यतिखेर बेलायत बनेको छ।
यिनै गायिका श्रेष्ठको गीत–रचनामा विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको हो। जसमा सुनिल राईको संगीत रहेको छ। गीतको भिडियो अत्यन्त मार्मिक रहेको छ। जसमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल र नायिका केकी अधिकारीको मन छुने अभिनय रहेको छ।
सानैदेखि गीत–संगीतमा अत्यन्त रुचि राख्ने गायिका श्रेष्ठ बेलायतमा डेन्टल नर्सको रुपमा कार्यरत रहेकी छन्। गीत लेखन तथा गायनको अलावा कथा, कविता लेख्ने र चित्र कोर्ने तथा नृत्य गर्ने गायिका श्रेष्ठमा थप रुचि रहेको पाइएको छ। सन् २०१७ मा आयोजित मिसेस नेपालको प्रतिस्पर्धामा एकल अभिनयमा नाटक प्रस्तुत गरेर प्रतिस्पर्धी १६ जनालाई पछि पार्दै मिसेस ट्यालेन्टको समेत अवार्ड हात पारेकी थिइन्। जसमा गायिका श्रेष्ठको आफ्नै लेखन तथा निर्देशन समेत रहेको थियो।
बेलायतको स्टेजमा श्रेष्ठव्दारा निर्देशित दुई नाटकको सफलतापूर्वक मञ्चन भैसकेको छ। पहिलो पहिलो गायिका श्रेष्ठलगायत मिसेस नेपाल यु के २०१७ को टीमले भक्तपुरमा रहेका मस्तिष्क पछ्याघात भएका बालबालिकाहरुको सहयोगार्थ र दोश्रो एनआरएन–युकेले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका सहयोगार्थ गरिएको ती दुवै नाटक दर्शकहरुले धेरै नै रुचाएको थियो।
सन् १९९३ मा पहिलो पटक हङ्कङमा श्रेष्ठको आफ्नै रचनामा गीत रेकर्ड भएको थियो। आफ्नो श्रीमान र बच्चा हरु बाट सधै सपोर्ट पाएकोले अघि बढ्न सजिलो भएको गायिका श्रेष्ठको भनाई रहेको छ।
आफ्नै रचनामा सन् २००६ मा बेलायत आउनु अघि गायिका श्रेष्ठले एउटा गीति एल्बम पनि सार्बजनिक गरेकी थिइन्। र उनको रचनाको गीत अरु विभिन्न गायक–गायिकाहरुले पनि गाइसकेका छन्। र अझै गाउने क्रम जारिरहेको छ।
र हालै बेलायत मा निर्मित चलचित्र एटीनमा पनि उनको रचनाको एउटा गीत रहेको छ। जुन गीतलाई चलचित्र एटीन हेर्ने सवैले रुचाएका छन्।
सन् २०१५ मा नेपालमा गएको भुइँचालोले दिएको दुःख अनि त्यसले दिएको पीडालाई लिएर बनाइएको नाटक समय दृश्य मा पनि गायिका श्रेष्ठले एक पिडितको जीवन्त अभिनय गरेर सबैको मन जितेकी थिइन्।
Previous articleनेपालको व्युटी क्षेत्रको बेग्लै शान तथा गौरब पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड | 2019/05/21 07:48:56 | https://www.visionsansar.com/32455-2/ | mC4 |
छोरिहरुसंग आफ्नो रोग किन लुकाइन 'चम्सुरी'ले ? – Ramailo Sandesh
काठमाडौं । हाँस्य टेलिश्रृङखला 'मेरी बास्सै'बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल 'चम्सुरी' दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् ।आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पल्पसाले शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराएपछि उनको स्वास्थ्य समस्यावारे सार्वजनिक भएको थियो । दिपाश्रीका अनुसार पाँच वर्षअघि पनि पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर, छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् । उनका दुई छोरी छन् ।
इतिहाँस मै पहिलोपटक हिज सांसद भवनमा घटेको यो अनौठो घटना
बुटवलका मेयरलाई एक सटमा ढालेका युवा पक्राउ, यसकारण हानेका रहेछन मु,'क्का-
यिनै हुने मेयरलाई एक सटमा ढाल्ने युवा
यी नायिकाले सार्वजनिक गरिन आफ्नै नराम्रो भिडियो र फोटो, यसरि हेर्न सकिन्छ भनेर गरिन हेर्न अनुरोध (१५ तस्विर सहित | 2021/09/20 18:15:23 | https://ramailosandesh.com/archives/8713 | mC4 |
शुक्रबारदेखि साफ च्याम्पियनसिप, अलमुताइरीको अग्नि परीक्षा « रिपोर्टर्स नेपाल
प्रकाशित मिति : 2021 September 30, 10:11 pm
असोज १०, काठमाण्डौ । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेल तालिका परिवर्तन गरिएका् छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने कार्यक्रम रहेकोमा परिवर्तन गर्दै पहिलो श्रीलंका र बंगलादेश भिड्ने जानकारी दिएको हो ।
माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने श्रीलंका र बंगलादेशबीको उद्घाटन खेल नेपाली समय अनुसार पौने ५ बजे हुनेछ । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स पौने दश बजे खेल्नेछन् । अन्य खेलहरुको तालिका भने कुनै फेरबदल नभएको साफले जनाएको छ ।
राउन्ड रोविनको अन्तिम दिन असोज २७ गते दिउँसो नेपाल र बंगलादेश तथा राती भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका शीर्ष २ टोलीले असोज ३० गते राती ८ः४५ बजे उपाधिका लागि खेल्नेछन् । नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।
यसैबीच नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन् । मालेमा आज आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् ।
उनले भने–हामी गोर्खाली हौँ । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसंग डराउने छैनौँ ।
कप्तान किरणले नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको र नतिजाका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताए । 'सबै खेल कठिन छ । तर, हामी फाइट गर्ने छौँ । हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ,' उनले भने, 'हामी फाइनल पुग्न चाहान्छौ । जसका लागि हरेक खेल जित्नु पर्छ ।'
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा रहेको नेपालले साफको उपाधि जित्ने लक्ष्य बनाएको छ । अलमुताइरीले नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी लिएदेखि नै साफको उपाधी जित्ने दावी गर्दै आएका छन् । त्यसैले पनि यो प्रतियोगिता उनका लागि अग्नि परीक्षा हो ।
नेपालले अहिलेसम्म साफको उपाधि जित्न सकेको छैन । साफको फाइनल समेत खेलेको छैन ।
माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा विशेष तयारी गरेको थियो । नेपालले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
यसपटक प्रतियोगितामा दक्षिण एसियाका कुल ५ टोलीहरुले सहभागिता जनाउँदै छन् । पाकिस्तान र अफगानिस्तानले भाग नलिएका हुन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । आयोजक माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । दक्षिण एसियामा नेपाल र भुटानले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।। | 2022/07/02 05:08:13 | https://www.reportersnepal.com/2021/09/595119 | mC4 |
पुस्तकको खोल व्यापार
"डन्ट् जज् अ बुक बाइ इट्स कभर । "
एउटा राम्रो पुस्तकलाई त्यसको खोलको आधारमा नहेर्नुस् भन्ने यो उक्ति निकै पुरानो भए पनि अहिलेको बजारमा आवरण बाहेक पुस्तकको चर्चा, विज्ञापन अनि लेखकको उपस्थिति र वैभवले पुस्तकको बजार बनाउँछ ।
आजभोलि विज्ञापनको भाषामा कुन पुस्तक राम्रो कुन नराम्रो देख्ने मायोपिक संस्कार शुरु भएको छ ।
विज्ञापनले अर्कै भाषा बोल्छ, साहित्यमा जुन चीजको सामयिक महत्व छैन वा त्यो अलि बिकाऊ छ भने त्यसले अलि प्रख्य स्वरमा बजार खोज्छ । चलचित्र बन्नु अगि वा त्यसभन्दा केही दशक अगाडि जब छापामा विज्ञापनको स्वरुप देखियो त्यो निकै प्रहास्यक थियो ।
आज विज्ञापन नयाँ स्वर र शैलीमा स्पष्ट हुँदै आएको छ , आज कुनै गाडी बेच्नु पर्यो भने त्यो गाडीको उच्चता वा गुणको चर्चासँगै छेवमा कुनै सुन्दरी स्त्री वा उनको शरीरसित जोडेर भाषाको प्रयोग गरिन्छ । गतवर्षको विज्ञापनको जोडतोडमा कुनै राम्रो कारको विज्ञापन गरिँदा त्यो गाडीको सीट, सीटमा प्रयोग गरिएको छालाको तुलना कुनै सुन्दरी स्त्रीको अनुहार, शरीर वा त्वचासित तुलना गर्दै पाश्र्वभूमिमा लेखिएको पाइन्थ्यो । र, त्यसकारण कार वा सम्पन्नताको प्रतीकसित मोडलको रुपमा महिलाको प्रयोग यसरी बढ्दै आयो । जबकि मानवीय जीवनको शुरुवातमा कुनै महिलाको विवाह कसैसित गरिदिनु पर्दा , त्यो महिलालाई गोरुगाडा वा अन्य सामानसहित उभ्याएर देखाइन्थ्यो जसलाई पूर्वीय मुलुकमा दाइजो वा दहेज बन्न पुग्यो, अरबी मुलुकतिर खुली खुल्हाको परम्परा अझै जारी छ ।
अब यही परम्परा पुस्तक लेखन र प्रकाशन अनि विक्रीवितरणको यो भयावह प्रतिस्पर्धामा पनि देखा परेको छ । आफ्नो मातृभाषा छोडेर अँग्रेजी भाषामा पुस्तक लेख्ने कुनै लेखकलाई पश्चिमीया बजारमा चिनाउन पर्यो भने पश्चिमी जगततिर नाम कमाएका कुनै लेखक, समालोचक वा सम्पादकले उनका वारेमा शक्तिस्वरुपको रुपमा केही पंक्ति लेखेर अघिल्लो पृष्ठमा टाँसिदिने चलन आजकाल व्याप्त छ ।
त्यो टाँस ले लेखको व्वक्तित्व मा एक्कासी चार चाँद लगाइदिने र उनको छवि निरुपण अर्कै स्तरमा हुने परम्परा बढको छ । उदाहरणका लागि अफगानिस्तानका लेखक खालेद हुस्सेनीलाई प्रस्तुत गर्ने इशावेली अल्दानी हुन् वा झुम्पा लाहिरीलाई चिनाउने जोन उपाडाइक् । यिनकै शब्दका आधारमा प्रकाशकले किताब छाप्ने र पाठकले लेखकलाई पुज्ने चलन आजकाल बढ्दो छ ।
यो परम्परा उन्नाइसौँ शताब्दीको शुरुवाततिरबाट देख्न सकिन्छ, भारतवर्षका चर्चित कवि रबीन्द्रनाथ ठाकुर नोबेल पुरस्कार पाउनु अगि पनि कविता लेख्ने र कविता, कथा उपन्यासकै कारण जनस्थानमा स्थापित थिए तर उनको खास्सा परिचय बनिसकेको थिएन, भन्ने बुझिन्छ ।
ठाकुरकै समकालीन लेखक शरत्चन्द्र त्यससमय अत्यधिक चर्चित र प्रशंसित थिए, बँगाली समाजमा । देवदास, शेष प्रश्न, परिणीता का कारण बँगाली पाठकका पाक सामग्री बन्न पुगेका शरत्चन्द्रका पुस्तक बजारमा आउन लागको हल्ला चल्ने वित्तिकै बजारमा लाइन, र हुलदंगा शुरु भइसक्थ्यो ।
यस्तै एउटा पुस्तक प्रकाशन पूर्वसन्ध्यामा यिनको पुस्तक पाइने पसलमा लाठी चार्ज भइरहेको वेला यिनी अर्को सुनसान पसलमा एउटा किताब किन्न घन्टौँ पर्खिरहेका थिए, पसलेको अनुपस्थिति भएर । त्यतिवेला कुनै पाठकले उनलाई प्रेमपूर्वक सोधे, "शरत्बाबु यो के हो ? उहाँ अर्को पसलमा तपाइँको किताब नपाएर मान्छे लाठी खाइरहेका छन् तपाइँ चैँ यहाँ एक्लै ? यो सुनसान पसलमा ?"
"म पनि यहाँ किताब किन्न नै आएको हुँ , मित्र । "
तपाइँको किताब त यहाँ पाइन्न नि ... उनले जिस्काए शरत्चन्द्रलाई ।
शरत्चन्द्रले मधुर हाँसोमा भने, म तिनको लागि लेख्छु तर मेरो लागि लेख्ने अरु कोही छ , रबीबाबू ।
यो उत्तरले बजारको त्यो दारुण चित्रलाई दर्शाउँछ जहाँ रबीन्द्रनाथ ठाकुर पाठकका निम्ति अभेग थिए । तिनै रबीन्द्रनाथ ठाकुरलाई नोबेल पुरस्कारको सिँढीसम्म पुर्याउन विलियम् बट्लर यिट्सको भूमिका र पुस्तकको उचित चर्चा कारण बन्न पुग्यो यद्यपि नोबेल पुरस्कार पाउने आठवर्षअगि सम्म पनि उनी पश्चिमी जगत्मा फर्निचर कवि भनेर तिरस्कार गरिएको उनीसँगै मञ्चमा कविता पढ्ने कवि खार्खे लुई बोर्खेस्ले आफ्नो अनुभवमा शेयर गरेका छन् ।
भाषा र भावको भव्यता भए पनि आजकाल कुनै कृतिको भविता या त कुनै समालोचकले या त कुनै स्थापित अखबारको पानाले मात्र पुष्टि गर्न सक्छ । समालोचकको कुनै शक्तिशाली झुन्डले नराम्रो पुस्तकलाई पनि उचालेर पुजनीय र पठनीय बनाइदिने हो भने त्यसले तत्कालै बजार पाउन सक्छ र त्यो बिक्छ पनि । त्यस्ता लेखकलाई पट्ब्वाइलर भन्ने चलन अद्यापि छँदैछ तर त्यसले बनाएको र विगारेको बजारलाई सुधार्न राम्रा लेखक वा स्रष्टालाई वर्षौँ लाग्न सक्छ ।
समालोचक वा पत्रकारले बनाएको कृतिप्रति अवधारणा बाहेक कृतिलाई विगार्ने अर्को पाटो हो, पुरस्कार । पुरस्कार प्रायः विश्व बजारमै पाउनु पर्नेले नपाएर नपाउनु पर्नेले पाएको अनि पाएपछि लेखकको लेखकीय जिन्दगी ध्वस्तन्यस्त भएको पाइन्छ ।
पुरस्कारलाई सदैव पश्चिमीया जगतले तीन शब्दले गुँथेको र भँज्याएको पाइन्छ, मेकिँग, जजिँग र फेकिँग ।
मेकिङ्ग अर्थात् हल्लाको खेती.. पुस्तक आउनु अगि नै लेखक र कृतिका वारेमा व्यापक चर्चा परिचर्चा । पत्रपत्रिकामा पुस्तकको अँशप्रकाशन र तहल्काको तयारी । जजिङ्ग अर्थात् निर्णायक पहल । पुस्तक पुरस्कारका लागि सिफारिश, दलबन्दी सहकार्य, अन्तरक्रिया अनि पुस्तक हस्ताक्षर कार्यक्रम । सम्भव भएसम्मका ठूल्ठूला हल्ला (सबैभन्दा बढी विक्री । पहिलो महिनामै दोस्रो संस्करण । सबैभन्दा बढी कृतिश्व पाउने लेखक ) यस्ता चर्चा परिचर्चाले पाठकको दैनिक जीवनसित यसले व्यर्थमा सरोकार राख्न थाल्छ । लेखक खोजेर पढ्न नसक्ने र आफ्नो अध्ययन अनि रुचिको विषयप्रति अज्ञानता भएका पाठक यही छापा, अखबार र स्रोतब्य माध्यमका भरमा पुस्तकको खोजीमा स्टल तानिन्छन् ।
फेकिङ्ग अर्थात् छल र फलको खेल । पंक्तिकार यसलाई छल र कपटको माध्यमबाट फल अर्थात् फल सम्म पुग्ने अस्त्र ठान्छन् । फेक अर्थात् आधारहीन चर्चा र विवादोत्तेजक विषयका आधारमा पुरस्कार पाइसकेपछि यसले राम्रो लेखकलाई त वर्षौँ पछि धकेल्छ तर त्यसबाहेक पुस्तक संस्कृतिमा रुचि भएका पाठकको बौद्धिकतामा विराम लगाइदिन्छ ।
अहिले नेपाली पाठक पनि यस किसिमका कर्पोरेट संस्कृति र सेन्डिकेटबाट प्रभावित भएका छन् , टीशर्ट, क्याप, वा पुरस्कारको लोगो झुन्डिएको कृतिले लेखकको मानमर्दन एकातिर गरेको छ भने त्यो उँचाइनभएको लेखक पुरस्कारको वैशाखीमा बुँख्याचा भएर ठीँग उभिएको स्पष्ट देखिन्छ, जसलाई पब्लिसिटी स्टन्ट भनिने त्यो रोगले लेखकलाई जीवनकालमै एउटै कृतिले थन्काइदिएको धेरै इतिहास हामी समक्ष छ । झुम्पा लाहिरी र किरण देसाई सँगै अँग्रेजी आख्यान लेखनमा आएकी अरुन्धती रायलाई द गड अफ् स्मल थिँग नामक् उपन्यासले रातारात जुन स्थूलता दियो त्यसलाई तिनी स्वयँले थाम्न सकिनन् र बाँकी जीवन त्यही कृतिको व्याज खाएर विताउनु पर्यो । यद्यपि कुनै नेता, डाँकू, व्यापारी वा प्रशासकका जीवनी वा आत्मकथा पनि यस किसिमले चर्चामा आउने र सेलाउने गरेको प्रशस्त इतिहास हाम्रा सामू अझै पनि छ ।
वर्षौँ साहित्य साधना गरेर, लेखेर पाठकको मनोबलसित इमान्दारी निर्वाह गर्दै आएको एउटा लेखकलाई हराउन कुनै वेश्यावृत्तिको जीवन विताएकी महिला वा कुनै क्यासिनो लुटेका लुटेराको कथाले प्रभाव पार्न सक्छ तर त्यो कृतिको कालान्तरमा प्रभाव र त्यसले पार्ने पाठकीय दुर्दशा प्रति पत्रकार समालोचक सजग हुन जरुरी छ ।
अब अहिलको बजारमा लेखक बाहेक मैदानमा सबै साम, दाम, दण्ड, भेद प्रयोग गरेर प्रकाशक देखा परेको छ । प्रकाशकले पाठकसित लेखकलाई पनि घोड दौडमा दौडाउन थालेका छन् , को लेखक को भन्दा कति अगि कति पछाडि ? यस्ता काउन्टडाउनमा लेखक विस्तारै विस्तारै फँस्न थालेका छन्, लेखकको सम्बन्ध अब टीभी, अखबार, पुस्तक विक्रेता, फोटोग्राफरसित एउटा व्यापारीको जस्तो समन्वयकारी, मिलनसार व्यापारमुखी हुन जरुरी हुँदै गएको छ ।
अब लेखक वा कृतिकार कर्पोरेट जगतको चक्रव्यूहमा फँस्न थालको छ । कर्पोरेट जगत मुख्यतः मुनाफा र बजारको भाषामा सोच्दछ, सामाजिक हित र जनकल्याणकारी भाषामा होइन । कर्पोरेट सेक्टर आफ्नो सामाजिक दायित्वलाई अलिक पनि सावसचेत भएको इतिहास पाइँदैन ।
एउटा पुस्तकको विमोचन पाँचतारे होटलमा हुनु, सबै दलका नेता र सबै च्यानलका क्यामेरा भेला पारेर भीड –(मसफर शो ) देखाएर लेखकप्रियता प्रति पाठकलाई दोधारमा पार्नु अनि पूर्ववर्ती लेखकको इतिहासलाई धज्जी उडाएर नयाँ कीर्तिमान कायम गर्नु, विश्वविद्यालयका डा झुन्ड्याएका प्राध्यापकले एकपटक पढ्नै पर्ने किताब भनिदिएपछि त्यसैको अंशग्रहण गरेर अखबारले हेडलाइन वा कभर अप बनाइनु, अनि पुस्तकको चर्चा परिचर्चाका निम्ति अखबार मा क्रसवर्ड (कोठेपद), प्रश्नोत्तर, वा पुस्तकवार्तामा त्यस्ता प्रसँग बारम्बार दोहोर्यारहनुले लेखक एक सर्जक हुन् कि सेल्सम्यानको नयाँ अवतार, खुट्याउन गाह्रो हुँदै गएको छ ।
सयौँ, हजारौँ वा लाखौँ पटक यसो भनिएको पाइन्छ, डन्ट् जज् अ बुक बाइ इट्स कभर । "
कुनै किताबलाई त्यसको आवरणको सुन्दरताको भरमा निक्र्यौल नगर्नुहोस् भनिए पनि बजारमा सँधै किताब –(गुदी) नभएका आवरणहरुको व्याप्त छन् । अहिले नेपाली पुस्तकका वारेमा पनि त्यसै भनिन थालिएको छ, नेपाली किताब पनि आजकाल खोल त निक्कै राम्रा देखिन थालेका छन् । यस्तै खोलले किताबको क्षमताको निक्र्यौल गर्ने हो भने भोलि हामी किताबको संकलन होइन, खोलको संकलन गर्ने पाठक हुनेछौँ ।
भर्खरै भूँइफूलको देश नामक् पुस्तकको आवरणका वारेमा उपन्यासकार पिटर जे काथकले यस्तो टिप्पणी राखेका थिए, भूँइफूलको देश भनेको यी महिला हो ? ई महिला नै हुन् भने यो कथा के नारीको रुपको वारेमा हो र ? यदि होइन यी महिला लेखक शारदा शर्मा हुन् भने के यिनको आत्मकथा हो र ? "
यस प्रश्नले पाठकीय मनोदशालाई भित्रैदेखि झक्झकाएको देखिन्छ । सलमान रुश्दीको मिड्नाइट्स चिल्ड्रेन वेलायती संस्करण पहिलो पटक सार्वजनिक हुँदा डस्टी ज्याकेट (चित्रविहीन)मा आएको थियो, यसैका कारणले सलमान रुश्दी आज पनि चिनिन्छन् । नेपाली निबन्ध साहित्यमा शिखर चुम्न सफल किताब एब्स्ट्र्याक्ट चिन्तन प्याज मा कुनै चित्र वा कला नै थिएन । ज्याँ पल् सात्र्रको द वर्डस् वा अल्वेयर क्यामूको द स्त्रेन्जर मा कुनै झकिझकाउ नै थिएन । आजसम्म चर्चाको शिखरमा रहेको जे डी स्यालिन्जरको क्याचर इन द राई अझै पनि विना झकिझकाउ बजारमा छाएको देखिन्छ, यसले सदैव किताबको गुण, गरिमा र अस्तित्वलाई कायमै राखेको छ ।
छल, फल र खेलले चर्चामा आएका पुस्तक केही समयपछि इतिहासको गर्तमा यसरी पुरिन्छ, त्यो कुनै किताब थियो भन्ने पनि मान्छेलाइै थाहा हुँदैन । प्रकाशकको दौडमा यसरी लेखक दौड्न थाल्ने हो भने कुनै दिन त्यो प्रकाशकले आफ्नो साइनबोर्ड फेरेको दिन लेखकले फेरि आफ्नो अस्तित्वको अर्को सत्ता खेल्नुपर्ने हुन्छ । बजार र विज्ञापनको भाषामा लेखक यति एक्लो हुन्छ कि कुनै सभा, सेमिनार वा संगोष्ठिमा त्यो लेखकको नाम कसैले लिएमा पनि ऊ झसँग हुनुपर्ने हुन्छ ।
त्यो झसँग हुने लेखक बन्नबाट सुरक्षित हुने एउटै बाटो छ, चकाचौँधको दुनियाबाट टाढा रहेर स्वस्थ साहित्य सिर्जना गर्ने । डेविड म्याक्फेले भनेका छन्, लेखकको दुश्मनको भनेको ठूलो हल्ला खल्ला र चर्चा हो । लेखक एकान्तको सम्प्रति हो ।
लेखक कृतिको भरमा बाँच्ने हो, चर्चामा होइन । राम्रो लेखक एउटै कृतिले जीवन पर्यन्त बाँचकै हुन्छ । पुष्कर शम्सेर रणेको परिवन्दले जसरी चिनिन्छन् भूपीलाई घुम्ने मेचमाथि अन्धो मान्छेले । गुरुप्रसाद मैनालीलाई नासोले चिने जस्तै पारिजातलाई शिरीषको फूल बाहेक अरुले चिनाउनै परको छैन आज पर्यन्त । तर हत्केलामा गन्न नसकिने किताब लेख्ने लेखक सय वर्ष पुगिसक्दा पनि उनका छोरा छोरीले शतवार्षिकी कार्यक्रम गर्दा मात्र चिनिने अवस्था यो समाजमा छ ।
लेखकलाई वंशले होइन, कृतिले बचाउनुपर्छ ।
kishan sangit
Ho yesai gari aahile prakasan bhayeka book haru le pani cover ko bussiness lai nikkai importans diyeko dekhiye ko 6. yo mansikta ra bimar kahile samma jane ho kunni ?
Ktm bata lamjung aauda tapai sanga yo subject ma lamo kura vayo dai, yo trend bastab ma sarai dikka lagdo 6 k. | 2022/01/19 23:38:45 | http://khasskhass.com/new/main.php?action=view_detail&id=1270 | mC4 |
Posted on January 6, 2019 by T NP
काठमाडौं, २२ पुस । 'सरकारी जागिर' अनि 'घुस' शब्द लाग्छ, एक अर्काका पर्याय हुन् । पछिल्लो समय सरकारी जागिरप्रति युवाहरुको आकर्षण बढ्दो छ । किनकि विवाह गर्ने उमेरका छोरी चीलीले हेर्ने भावी श्रीमान सरकारी जागिरे अनि आमा बाबुले खोजेको ज्वाई सरकारी जागिरे, यहिँ कारण पनि हुनु पर्छ सरकारी जागिरप्रति युवाहरुको आकर्षण बढ्नु ।
सरकारी जागिरसंगै मौलदै गएको गएको घुस खाने प्रवृत्तिले हाम्रो नेपाली समाजलाई नराम्ररी गाँजेको छ । के पियन, के खरिदार, सुब्बा, अधिकृत, सचिव सबै घुसखोरी छन् यहाँ । मैले सुने अनुसार लोकसेवा परीक्षाको तयारी कक्षा दिने अधिकृत, सचिवहरुले नै घुस खान सिकाउँछन रे । अनि तिनैका चेलाले लोकसेवामा नाम निकालेपछि घुस नखाने कुरै भएन ।
विवाह गर्नका लागि हेरिने सरकारी जागिरे केटा त्यो पनि उपल्लो तहको अनि घुस खाने प्रवृतिलाई ब्यांगे गर्दै मित्र पाठकले लघुकथा लेखेका छन् , जसलाई हामीले सेतोपाटीबाट साभार गरेर तल प्रस्तुत गरेका छौं –
मेरो भित्री मन बोल्यो आँफैसँग – उठ् केटा उठ् बाहाना बनाएर हिँड्। उनले पनि अरु अफिसर पाउलिन् तैले पनि कम्तिमा यती सानै उमेरदेखि घुस खान पल्केकी केटीबाट छुट्कारा पाउँछस्!
उनले पनि मलाई नकारेको जस्तो आफ्नो निष्कर्ष सुन्दै गर्दा बिदा हुँदै मैले भनेँ, 'हुन्छ बैनी! हजुर आमा बुवाका लागि मात्रै मलाई भेट्न आउनुभएको रहेछ। म त आफ्नै लागि जीवनसाथी खोज्न आ'को थिएँ, हाम्रो गन्तब्य फरक जस्तो लाग्यो, शुभकामना छ तपाईँलाई तपाईंले खोजेको अफिसर कम्तिमा तपाईँ जस्तो घुँस्या नपरोस्।' | 2022/01/28 02:46:50 | https://www.npkhabar24.com/2019/6503/ | mC4 |
आज सुनको मूल्य कति छ हेर्नुहोस्
काठमाडौं, भदौ १३-पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज हिजोको तुलनामा १००० रुपयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य हिजोको तुलनामा रु १००० ले घटेर प्रतितोला रु ७२ हजार ४०० कायम भएको छ। बिहिबार छापावाल सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो। सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७२ हजार १०० तोकिएको छ। त्यस्तै आज स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८८५ रहेको छ। बिहिबार चाँदी प्रतितोला रु ८९५ मा खरीद/बिक्री भएको थियो।
पछिल्लो साउन देखि सुनको मूल्य दैनिक रुपमा बढेको थियो। भदौ महीना लागेपछि पनि सुनको मूल्य लगातार बढिरहेको छ। साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोवार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन। विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५४२.७५ अमेरिकी डलर पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो। अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि बढदै आएको छ। चीन–अमेरिका व्यापार टकराव तथा इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ। सुनको मूल्यमा उतारचढाव देखिएपछि खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ। | 2021/05/17 13:33:37 | http://rusnepal.com/archives/9150 | mC4 |
काठमाडौ : वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ’र्काइएको छ।
उनीहरुले नक्क’ली पी’सीआर रिपो’र्ट लिएको पाइएपछि विमानस्थलबाटै फ’र्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुखएसएसपी राजेशनाथ बास्तोलाले बताए। फर्काइएको यात्रु नेपाली र भारतीय नागरिक हुन्।
उनीहरु एयर अ’रेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए। तर विमानस्थल हेल्थ डेस्कमा चे’कजाँचका क्रममा मंगलबार मात्रै सिल गरिएको सुरिया ल्याबबाट पीसीआर रि’पोर्ट लिएको पाइएपछि फ’र्काइएको हो।
यो ल्याबले स्वा’ब नै नलिई ९ हजार रुपैयाँमा नक्क’ली पीसीआर रि’पोर्ट तयार गर्ने गरेको पाइएको छ। ल्याबका सञ्चालकसहित ८ जनालाई प्र’हरीले पक्रा’उ गरेको छ।
बास्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फ’र्काइएको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।
त्यस्तै आफन्तलाई त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्र’ह गरेको छ । को’रोना सङ्क्र’मण फै’लिएको अहिलेको परिस्थितिमा विमा’नस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई नि’रुत्साहित गरिएको कार्यालयले जनाएको हो ।
अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको जो’खिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापद’ण्ड पालन गर्न पनि स’र्वसाधारणलाई आग्रह गरेको छ ।
विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मि’नल भवन प्रवेश गर्नुपर्ने, से’निटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना
गर्न पनि कार्यालयले अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुले भने अनिवार्य प्रस्थान फारम भर्नुपर्ने र आन्तरिक हवाई यात्रुले आन्तरिक यात्रा फारम भरेर सम्बन्धित वा’युसेवा कम्पनीलाई बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।
२०७८ बैशाख ८, बुधबार १७:५९ गते 1 Minute 837 Views
सम्बन्धित खबर
प्रचण्ड भन्नुहुन्छ – प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर वि’वाद गर्न आवश्यक छैन ।
प्रकाश सपूतलाई सुरक्षा खतरा !
खुलेआम राजनीतिमा आएर प्रतिस्पर्धा गर्न प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौती !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
चर्चित समाचार
ताजा समाचार
भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी
अष्ट्रेलिया जानेबीच बढ्यो डिभोर्स र आत्मह-त्या !
भारतले रोकिदियो नेपाल आउने कोइला !
बधाई ! २१ वर्षमै तीन ओटा विश्व रेकर्ड कायम !
उपराष्ट्रपति भन्नुहुन्छ – शिक्षा–स्वास्थ्य क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेद अन्त्य हुनुपर्छ ।
प्रकाश सपुतलाई माओवादी विद्यार्थी नेताको चेता’वनी- तपाईँको हर्कत हसेर बस्दैनौं ।
युवा आवाज
द्वारा संचालित नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हर पल ताजा समाचार उपलब्ध गराउने छौ । | 2022-12-08T08:53:27Z | https://yuwaaawaj.com/2788/17/ | OSCAR-2301 |
» बाँसपानी हत्याकाण्ड: दश वर्षसम्म पीडितलाई न न्याय न क्षतिपूर्ति
४ पुष २०७६, शुक्रबार १४:१९ प्रकाशित
प्रकाश अधिकारी,सुर्खेत – दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको ज्यान गएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् ।
पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । 'घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नु भन्ने नै थियो', मृतक अमृताका पति रत्नबहादुरले भने, 'उल्टै घटना सामसुम पारियो, दोषीलाई कारवाही त के क्षतिपूर्तिसमेत पाउन सकिएन ।' न्याय र उचित क्षतिपूर्तिको आशामा पीडित परिवारका सदस्य वीरेन्द्रनगर आइपुगेका छन् ।
देवीसराकी छोरी शान्तिले सबैतिरबाट कारवाहीको सिफारिश हुँदासमेत सरकारले दोषी सैनिक कर्मचारीलाई कारवाही गर्न नसकेको बताउनुभयो । शान्तिको आरोप छ, 'सेना र वनरक्षकको टोलीले घेरा हालेर नियन्त्रणमा लिई हत्या गरेको हो, आफ्नै वनमा काउलो टिप्न जाँदा सेनाको गोली खानुप¥यो ।' हालसम्म मृतकका परिवारले रु तीन लाख मात्र पाएको बताएका छन् ।
'हाम्रो आम्दानीको मुख्य स्रोत काउलो थियो, त्यही काउलो लिन गएकी श्रीमती गुमाएँ', रत्नबहादुरले भने, 'राज्यबाटै पीडित भयौँ, अहिले बालबालिकाको बिचल्ली छ, न दोषीलाई कारवाही भयो न क्षतिपूर्ति पाइयो ।' घटनापछि तत्कालीन सरकार, नेपाली सेना र निकुञ्ज कार्यालयले पीडित परिवारलाई रु १० लाख क्षतिपूर्ति तथा दोषी सैनिकलाई कारवाही गर्ने आश्वासन दिएको थियो । पीडित परिवारले सहमतिअनुसार क्षतिपूर्ति र दोषीलाई कारवाही हुनुपर्ने मागसहित पुनः दबाब बढाएका छन् । घटनापछि निकुञ्ज कार्यालयले किरिया खर्च उपलब्ध गराएको थियो ।
उक्त क्षेत्रका कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले पीडित परिवारका सदस्यले चासो नदिएकाले समयमै राहत तथा क्षतिपूर्ति दिलाउन पहल नभएको बताए । उनले त्यतिबेलाको सहमतिका आधारमा क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयसमक्ष पहल गरिसकेको जानकारी दिँदै भने, 'फाइल पेश भइसकेको छ, यो विषयमा मैले पटक–पटक गृहमा पुगेर दबाब पनि दिएको छु ।' रासस | 2022/05/16 22:30:44 | https://a2zsamachar.com/89943/ | mC4 |
निस्सासिएर आमासहित चार छोराको मृत्यु | Nagarik News - Nepal Republic Media
मृतक चार मध्ये तीन जना।
वीरेन्द्रनगर–१० को बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो। प्रहरीले शनिबार राति साढे सात बजेमात्रै घटनाबारे जानकारी पाएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला बालेर सुतेका एक आमासहित चार जना मृत फेला परेको जानकारी दिए। उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो। कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन्। मृतक सोमराज कृष्णका दाईका छोरा हुन्। उनी आएपछि मात्रै घटनास्थल मुचुल्का गर्ने प्रहरी जनाएको छ।
घरका कल्पनाका ससुरा पनि थिए। उनी शनिबार विहानै बृद्धाश्रम गएका थिए। बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनी बुहारी र नातिहरु सुतिराखेको कोठामा गएका थिए। ढोका लगाएको भित्रबाट आवाज नआएपछि उनले प्रहरीलाई खवर गरेका थिए। प्रहरी साढे सात बजेतिर घटनास्थल पुगेको थियो। जनप्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले घरको ढोका फोडेको थियो। 'खाटमुनि कोइला बालेको देखियो, मृतक चारै जनाको मुखमा फिज देखिन्छ,' घटनास्थल पुगेका प्रहरी निरीक्षक कनक शाहीले भने, 'श्रीमान जिल्ला बाहिर भएकाले मृतकको शव नउठाएरै हामी फर्कियौं।' | 2022/07/04 00:12:02 | https://nagariknews.nagariknetwork.com/social-affairs/716541-1642264392.html | mC4 |