text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
राष्ट्रपति पुटिनलाई एउटा प्रश्न सोधेको भोलिपल्ट पत्रकार महिलाको जागिर गयो ! | Nepal Ghatana राष्ट्रपति पुटिनलाई एउटा प्रश्न सोधेको भोलिपल्ट पत्रकार महिलाको जागिर गयो ! प्रकाशित : ९ पुष २०७६, बुधबार १०:४२ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एउटा प्रश्न सोधेको आधारमा रुसी पत्रकार एलिसा यारोभ्स्कायाको सरकारी टीभी च्यानल यमल–रिजनको जागिर गएको छ । राष्ट्रपति पुटिनले हालै आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । त्यसको भोलिपल्ट पत्रकार जागिरबाट बिदा भएकी हुन् । केही रिपोर्टहरुमा जनाइएअनुसार उत्तर पश्चिम साइबेरियाको आर्कटिक यमल क्षेत्रका अधिकारीहरुले उनको प्रश्नलाई लिएर असन्तुष्टि जनाएका थिए । यारोभ्स्कायाले भने आफूले व्यक्तिगत रुपमा राजीनामा दिएको बताएकी छन् । तर, यो घटनाले रुसी शासकहरुलाई जवाफदेही बनाउनका लागि त्यहाँका पत्रकारलाई कति अप्ठेरो अवस्था छ भन्ने देखाएको छ । १९ डिसेम्बरका दिन करिब ३ घण्टा सम्म रुसी राष्ट्रपति पुटिनको पत्रकार सम्मेलन भएको थियो । सोही क्रममा यमल क्षेत्रका पत्रकारलाई माइक्रोफोन हस्तान्तरण गरिएको थियो । एलिसाले माइक्रोफोन लिइन् । यद्यपि सो क्षेत्रबाट अर्का टीभी पत्रकारलाई पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले प्रश्नका लागि रोजेका थिए । उनले आफ्नो क्षेत्रमा विश्वव्यापी उष्णताको प्रसंगमा प्रश्न सोधेकी थिइन् । उनको भनाइ आर्कटिक सी क्षेत्र पग्लिँदै गएको भन्ने प्रसंगमा थियो । स्थानीय पूर्वाधार, रेललगायत बनाइएको तर ओब नदीको पुल निर्माण कार्य भने रोकिएको उनले बताएकी थिइन् । त्यो पुलको मतलब स्थानीय दुई सहर जोड्ने कुरासँग सम्बन्धित रहेको छ । जसले सालेखर्ड र लेबीनांगीलाई जोड्छ । उनले आफ्नो क्षेत्रको गभर्नर डिमित्री आर्कियुखोभले यसलाई वास्तविकतामा परिणत गर्न केही नगरेको मात्रै भनिनन् यो विषय संघीय तहमा पनि कम मात्रै चर्चा हुने गरेको सुनेको पनि जनाइन् । के यसमा संघीय तहको ध्यान जाला भनेर उनले प्रश्न सोधेकी थिइन् । पुटिनले एउटा कुनै निश्चित परियोजनामा संघीय सरकारले ध्यान दिनु उपयुक्त नहुने जवाफ दिएका थिए । तर ओब पुललाई सो क्षेत्रको यातायात पूर्वाधारका लागि महत्वपूर्ण रहेको बारेमा सरकारलाई थाहा भएको र सरकारले ध्यान दिने बताएका थिए । तर, स्थानीय अधिकारी तथा टीभीका हाकिमहरुले उनको प्रश्न र अर्कोलाई दिन खोजेको माइक्रोफोन उनले प्रयोग गरेको भन्ने विषयलाई लिएर असन्तुष्टि जनाएका थिए । त्यही भएर उनले बर्खास्तमा पर्नुभन्दा राजीनामा दिएको हुन सक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । -बीबीसी
2021/01/21 00:55:34
https://www.nepalghatana.com/news/3655/
mC4
नेतृत्वको टकरावले प्राप्त उपलब्धी संकटमा !, Latest breaking news and updates on latest top stories, Video News, national, international, NRN, Gulf News, politics, sports, business, finance, entertainment, photo-gallery and more. Nepali News from Nepal and All over the Countries. नेतृत्वको टकरावले प्राप्त उपलब्धी संकटमा ! डिसी नेपाल , १७ अषाढ २०७६ नेपालमा सबै जसो राजनीतिक दलमा यतिबेला नेतृत्वबीच टकराव देखिएको छ। मुलुकमा गणतन्त्र स्थापना भएर संघीयतामा गइसकेपछि पनि संविधान पूर्णरुपमा कार्यान्वयन हुन नसक्नु र संविधानले व्यवस्था गरेअनुसार संवैधानिक निकायले संविधानसम्मत काम गर्न नसक्नु, संविधानले दिएको जिम्मेवारी संवैधानिक निकायले पूरा गर्न नसक्नुको कारण सबै जसो राजनीतिक दलमा देखिएको नेतृत्वको टकराव हो। सत्ताधारी पार्टीको नेतृत्वमा रहेका अध्यक्षद्वयको टकराव जुन प्रकारले देखिएको छ, त्यसलाई हेर्दा र प्रतिपक्ष नेपाली कांग्रेसको नेतृत्वको टकराव हेर्दा यो संविधान कार्यान्वयन हुन नदिने र संविधानलाई असफल बनाउने खेल चलिरहेको त होइन भन्ने आशंका देखिएको छ। दुई तिहाइ बहुमतको सरकार यसअघि २०१५ सालमा पनि अफाप सिद्ध भयो। र, अहिले २०७५ सालमा पनि नफाप्ने हो कि भन्ने आशंका पैदा भएको छ। एकथरी राजा बिना मुलुकको संरचनागत रुपमै स्थायित्व नहुने रहेछ र सांस्कृति रुपमा नै भएपनि धर्म सापेक्ष हिन्दू राज्य र राजसंस्थाको आवश्यकता रहेछ भन्न थालेका छन्। यसरी हेर्दा धर्म चाँहि आउँछ, राजा आउँदैन वा धर्म र राजा दुवै आउँछन् भनेर अड्कल काट्न थालिएको छ। कांग्रेस त्यतिबेला मात्र आउँछ, जतिबेला उ संगठित बन्छ। आम जनताले भरोसा गर्न र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विश्वास गर्न योग्य हुनलाई अब यो एजेण्डामा कांग्रेसले वहश चलाउन ढिला गर्नु हुँदैन। नेपालको सन्दर्भमा नेपालका मित्रराष्ट्रले पनि नेपालमा स्थायित्व चाहेका छन् र त्यसकालागि हिन्दू राज्य र सांस्कृतिक राजा चाहिन्छ भन्न थालेको चर्चा सुनिन्छ। संविधान कार्यान्वयन नहुनु, नेताहरुमा पद र शक्तिका लागि लुछाचुँडी, आफू र आफ्नाका लागि मात्र कमाउ भन्ने नेताहरुको व्यवहारबाट जनता आक्रान्त छन्, त्यसको मुख्य कारण राजनीतिक दलमा देखिएको नेतृत्वको टवराव हो। यो टकरावका कारण संविधान कार्यान्वयन हुन सकेको छैन र राजनीतिमा अर्को परिवर्तन हुन सक्ने आशंका देखिन थालेको छ। यतिबेला नेपाली जनता र विदेशी मित्र राष्ट्रको नजरपनि नेपाली कांग्रेसतर्फ नै केन्द्रित छ। नेपाली कांग्रेसका सभापतिले अब गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्तै गरी त्याग देखाउने बेला आएको छ। उहाँले अब ऐतिहासिक हुने अवसर प्राप्त गर्नु भएको छ। नेतृत्व उपयुक्त जायज व्यक्तिमा हस्तान्तरण गर्नुपर्छ। होइन, यो भन्दा अगाडि बढ्ने हो भने ऐतिहासिक बन्नुस्। नहिच्किचाइकन सनातन हिन्दु राज्यको एजेण्डा र अधिकारविहीन राजाको एजेण्डा बोक्नुपर्छ। त्यसो भयो भने मात्र उहाँको अर्को काम पनि बाँकी रहेछ भन्ने देखिन्छ र पुष्टि पनि हुन्छ। होइन भने नेतृत्व हस्तान्तरण गर्न अब ढिला गर्नु हुँदैन। नेपाली कांग्र्रेसले आगामी दिनमा संविधान संशोधन, आम जनतालाई सुशासन दिन र लोकतन्त्रको संरक्षण, संवद्र्धन र प्रत्याभूति आम जनतालाई गराउन अगाडि बढ्नुपर्छ। यसको लागि अहिलेको जस्तो न आफूले गर्ने न बाटो छोड्ने पारा नेतृत्वले त्याग्नुपर्छ । नेतृत्व आफ्नो भविष्यको कार्यदिशामा स्पष्ट हुनुपर्छ साँच्चै भन्दा अहिले कांग्रेस एजेण्डाविहीन छ। सडकमा उठ्ने झिनामसिना कुरालाई बोकेर त्यसैलाई एजेण्डाको रुप दिने प्रयास भएको देखिएको छ। किनकि यी कुराहरु आज उठ्छन् र एक महिनामै शान्त हुन्छन्। त्यस्ता कुराको पछि लागेर कांग्रेस कहिलेसम्म टिक्ने? आज कांग्रेसले एउटा कुरालाई आफ्नो एजेण्डाको रुपमा बोकिरहेको हुन्छ। एक महिनापछि त्यो विषय पूरै बेपत्ता भएर अर्को विषयमा कांग्रेसले वकालत गरिरहेको देखिन्छ। यसो हुनुको मुख्य कारण कांग्रेससँग दीर्घकालीन ठोस एजेण्डा नहुनु नै हो। अधिकारविहीन राजसंस्था र धर्म सापेक्षता कांग्रेसको लागि अहिले ठोस एजेण्डा हुन सक्छ तर यस विषयमा कांग्रेस प्रस्ट हुनुपर्छ। खहरेको भेलजस्तै एक्कासी 'भाइरल' भएका विषयमा हाम्फालेर एकैछिन होहल्ला गरेर फेरि सामसुम हुने कांग्रेसको शैलीले यसको अस्तित्व नै खतरामा परेको छ। यस्ता झिनामसिना भाइरल विषयलाई छोडेर देशको नेतृत्व लिने हिसाबले ठोस एजेण्डा बोकेर कांग्रेस अगाडि बढ्नु जरुरी छ। नेपाली कांग्रेस त्यतिबेला मात्र आउँछ, जतिबेला उ संगठित बन्छ। आम जनताले भरोसा गर्न र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विश्वास गर्न योग्य हुनलाई अब यो एजेण्डामा कांग्रेसले वहश चलाउन ढिला गर्नु हुँदैन। त्यसकालागि सबैले विश्वास गर्न सक्ने नेतृत्व आवश्यक छ। त्यसकालागि अब कांग्रेस सच्चिनुपर्छ, त्यसको सुरुवात अब नेतृत्वबाट सुरु हुनुपर्छ। सभापतिले त्याग देखाएर त्यसको सुरुवात गर्नुपर्छ। संघीय संरचना अनुरुप प्रादेशिक, स्थानीय कांग्रेस गठन हुनुपर्छ । केन्द्रको कांग्रेस बलियो हुनुपर्छ।
2019/07/21 09:22:11
http://www.dcnepal.com/leadership
mC4
लण्डनः गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको 'रेजनल हेल्थ टिम एण्ड देअर रोल्स' विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो धारणा राखेका छन् । उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताएका हुन् । कार्यक्रममा बोल्दै डा। नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताए । खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उनले उल्लेख गरे ।आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिए । त्यसैगरी डा.एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताए । उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा. भुपेश खड्का( अमेरिका), डा. रमेश खोजु (युके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा.एलिनी पोख्रेल(पोल्याण), डा. सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राखेका थिए । त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राखेका थिए ।उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा.संजिव सापकोटा र डा. कुश श्रेष्ठले गरेका थिए । महामारीमा पनि आफूहरु सक्रिय भएर निर्डर रुपमा संक्रमितहरुको हेरचाह गरेको उल्लेख गरे । त्यस्तै संक्रमितहरुको मनोबल बढाउन समेत आफूहरुले सक्रिय भूमिका निर्वाह गरको उनिहरुको धारणा थियो ।महामारीसँग जुध्न थुप्रै चुनौती रहे पनि चुनौतीका बीच आफूहरुले सक्दो रुपमा सहयोग पुर्याएको उनिहरुले उल्लेख गरे । कार्यक्रममा नेपाल नर्सिङ एशोसिएसनकी अध्यक्ष मनाकुमारी राइ, अन्जु बञ्जाडे (युएसए), डा.तारा शाह, दुर्गालक्ष्मी श्रेष्ठ, सरस्वती शाह, सुन्दरी लामा, गंगा खनाल, लिलानाथ पाण्डे, सावित्रि रानाभाट, मनिता मालाकार (अस्ट्रेलिया), विनोद विकास सिम्खडा, कल्पना घिमिरे, लगायतले आफ्नो धारणा राखेका थिए । एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले समेत आफ्नो धारणा राखेका छन् । पसुन्ना कडेलले संचालन गरेकोे उक्त कार्यक्रममा २० भन्दा बढी मुलुकमा रहेका १ सयभन्दा बढी नर्सहरुको उपस्थिति थियो । त्यस्तै अन्य विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको समेत उल्लेख्य उपस्थिति थियो ।
2020/10/21 08:20:40
https://pradeshportal.com/news/10153
mC4
घरमै बसेर विदेशमा व्यापार- गण्डकी - कान्तिपुर समाचार अहिले उनको पसल देखेर आउनेभन्दा चार गुणा बढी विदेशबाटै अर्डर हुने गर्छ । सात जनालाई रोजगारीसमेत दिएकी छन् । सातामा डेढ लाखदेखि तीन लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको उनले बताइन् । आफैले मेहनत गरेकाले कम्तीमा २० देखि ३० प्रतिशत नाफा निकाल्न सकेको उनको भनाइ छ । यो पेशाबाट सिजन गयो भनेर कहिले पनि खाली हात बस्नु नपरेको उनको अनुभव छ । प्रकाशित : माघ १४, २०७६ ०९:३७
2020/04/09 04:16:34
https://ekantipur.com/pradesh-4/2020/01/28/158018356317436620.html
mC4
» १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट ४४ खेलाडी छनोट २८ श्रावण २०७६, मंगलवार १४:४४ २८ साउन, कञ्चनपुर । सन् १९८४ पछि तेस्रो पटक नेपालमा आगामी मंसिरमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भइरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी यतिबेला विभिन्न क्षेत्रमा छरिएर बन्द प्रशिक्षणमा व्यस्त छन् । सुदूरपश्चिमबाट तेक्वान्दो खेलमा एक महिला बन्द प्रशिक्षणमा छिन् । बक्सिङबाट एक महिला-एक पुरुष, ब्याडमिन्टनमा एक पुरुष, भारोत्तलनमा दुई पुरुष खेलाडी सागको बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले जानकारी दिए । त्यसैगरी उसुबाट दुई महिला-दुई पुरुष, हक्कीमा सात पुरुष, तीन महिला, कबड्डीमा चार महिला दुई पुरुष, ह्याण्डबलमा एक महिला-एक पुरुष, कुस्तीमा आठ महिला दुई पुरुष र कराँतेमा दुई महिला र छ पुरुष खेलाडी बन्द प्रशिक्षणमा रहेको निर्देशक सिंहले बताए । '१३औँ सागमा सुदूरपश्चिमका कुस्ती खेलाडीले नेपाललाई पदक दिलाउनेमा बढी आशावादी हुने ठाउँ छ,' निर्देशक सिंहले भने, 'साग हुनु एक-डेढ महीनाअघि फेरि अन्तिम छनौट हुन्छ । साग हुनुअघि अन्तिम छनौटमा पास हुने खेलाडी सागमा सहभागी हुन पाउनेछन ।' गत चैतमा भएको बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्ती खेलमा सुदूरपश्चिम प्रदेशले महिलातर्फ १० मध्ये ६ स्वर्ण जितेको थियो । यहाँबाट छनौटमा परेका खेलाडी काठमाडौँ, हेटौंडालगायत विभिन्न स्थानमा बन्द प्रशिक्षणमा रहेको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले बताए । यसअघि आठौँदेखि १२औँ सागसम्म तेक्वान्दोमा चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी दीपक विष्ट सुदूरपश्चिमकै हुन् । 'सुदूरपश्चिम खेलकूदको उर्वरभूमि नै हो,' अध्यक्ष शाहीले भने, 'भौतिक पूर्वाधार र खेलाडीको मनोबल बढाउने खालका कार्यक्रम यहाँ हुन सक्यो भने प्रतिभावान् खेलाडी जन्माउन सकिन्छ ।' केही समय कञ्चनपुरमा सागको महिला कुस्तीको टोलीले बन्द प्रशिक्षण गरेकोमा हाल हेटौंडा सारिएको छ । त्यसैगरी कञ्चनपुरका बक्सिङ प्रशिक्षक तथा ओलम्पियन डम्बरदत्त भट्ट यतिबेला ललितपुरको सातदोबाटोमा बक्सिङको बन्द प्रशिक्षणमा व्यस्त छन् । 'सागको शुरुआत नै नेपालबाट भएको हो,' ओलम्पियन भट्टले भने, 'बक्सिङको बन्द प्रशिक्षणमा खेलाडी मिहिनेतसाथ प्रशिक्षणमा व्यस्त छन् ।'
2019/10/22 06:27:47
https://www.bulletinnepal.com/archives/34648
mC4
काठमाडौ । विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठको उपचार गर्नुपर्ने दिन एकदमै नजिक छ । अबपनि ढिलाई भयो भने हामी उहाँलाई पाउँन सक्दैनौँ की भन्ने चिन्ता छ । यसैले संसार भरीबाट आर्थिक सहयोग गरिरहेकाहरुले समेत अपिल गरिरहेका छन् । मैले त सहयोग गरे नी तपाई बाँकी हुनुहुन्छ की ? भन्दै सबैलाई आग्रह गरिरहेका छन् । यही बेला उहाँकी आमालेपनि सबैलाई अब अति कम समय भएकाले सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सहयोग संकलन हुने प्रक्रिया अहिलेपनि जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोनाको आमाले जानकारी गराउनुभएको छ । सियोनाका लागि २५ करोडजति उपचार खर्च लाग्दछ । यसको उपचार अमेरिकामा मात्र सम्भव छ । उहाँले छोरीको उपचारका लागि अमेरिका लिएर गइसक्नुभएको छ । सियोनाकी आमा नर्स र बाब डाक्टर हुनुहुन्छ । सामाजिक संजालमा लाइभ गर्दै उहाले आफ्नो छोरीलाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागि २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ । सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६–५–२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ । सियोना नेपाल मा हुदा देखि नै धेरै स्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि आइसियू मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै संघर्ष गर्दै आएको छ ।अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ । नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा । र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।
2021/06/23 13:55:15
https://www.janaboli.com/post/320141
mC4
एमसीसीमा नेकपा लचिलो « रिपोर्टर्स नेपाल काठमाडौं, १३ पुस । सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी संसद्बाट पारित गर्ने संकेत गरेको छ। पार्टी स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले केन्द्रीय नेताहरूलाई जारी 'गोप्य अन्तरपार्टी निर्देशन– ३' मा एमसीसीप्रति लचक देखिएको हो। सर्कुलरमा छलफल र प्राप्त तथ्यले 'एमसीसी' इन्डो प्यासिफिक रणनीतिको अधीनस्थ छैन भन्ने देखाएको उल्लेख छ। निर्देशनमा भनिएको छ, 'एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छ कि छैन रु र एमसीसीअन्तर्गतको ५०० ५० करोड अमेरिकी डलर हुनुपर्नेमा निर्देशनमा अंक गलत लेखिएको छ० अमेरिकी डलर बराबरको अनुदान सहयोग नेपालले लिन हुन्छ कि हँुदैन, भन्ने विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भयो। प्राप्त तथ्यले एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छैन भन्ने देखाएको छ। तथापि बैठकले समग्र पक्ष बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सचिवालयलाई दिएको छ।' अध्यक्षद्वयले १० पुसमा हस्ताक्षर गरेको सर्कुलेसन शनिबार नेताहरूलाई जारी गरिएको हो। स्थायी समिति बैठकमा नेताहरूले एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिकै अंग हो–होइन स्पष्ट पारिनुपर्ने र अमेरिकी सैन्य गठबन्धनको अधीनस्थ भए स्वीकार गर्न नहुने विषयमा चर्को बहस गरेका थिए। सरकारमा रहेका नेताहरू एमसीसी पारित गर्ने पक्षमा र अन्य केही नेता विपक्षमा थिए। स्थायी समितिले यस सम्बन्धमा निर्णय लिन नसकेपछि पार्टीले सचिवालयलाई जिम्मेवारी दिएको थियो। नेता भीम रावलले बैठकमा अपानिमा उल्लेख भएअनुसार तथ्यले अधीनस्थ नदेखाएको भन्ने ढंगले निषकर्ष ननिकलिएको बताए। उनले बैठकमा एमसीसी इन्डो प्यासिफिककै अंग भएको र यसलाई पारित गर्न नहुने भन्दै चर्को आलोचना गरेका थिए। 'अहिलेसम्म प्राप्त तथ्यले एमसीसी इन्डो प्यासिफिकको अधीनस्थ छैन भनेर उहाँहरू अध्यक्षद्वयले कसरी भन्न सक्नुभयो, त्यसरी स्थायी कमिटीमा छलफल भएकै होइन,' रावलले अन्नपूर्णसँग भने, 'बैठकमा प्रधानमन्त्रीले यसबारे सचिवालय बैठकमा छलफल गर्ने र त्यसपछि निर्णय गर्ने सारांश सुनाउनुभएको हो।' परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भने बैठकमा एमसीसी इन्डो प्यासिफिक रणनीतिभन्दा अलग र धेरै अगाडिदेखि नेपालले पहल गर्दै आएको विषय भएको बताएका थिए। सन् २००२ मा जर्ज बुसले घोषणा गरेको र २००४ मा अमेरिकी कंग्रेसले स्थापना गरेको एमसीसीबाट सहयोग पाउन नेपालले सन् २००८ देखि पहल गर्दै आएको थियो।
2021/11/29 18:09:43
https://www.reportersnepal.com/2019/12/381059
mC4
अति विपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई राहात — Breaking News, Headlines & Multimedia अति विपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई राहात सुमित्रा शाहीजेठ २, २०७७जुम्ला, जेठ १ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत दृष्टिविहिन, ह्रीलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्त व्यक्तिलाईहरुलाई २५ केजीको मनसुली चामल, तीन केजी दाल, २,२ लिटर तेल, २ पोका नून र आठ चक्की सानो डिटोल सावुन बितरण गरिएको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जनाएको छ । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अनुसार पातारासीमा १३ जना, चन्दननाथमा १४ जना, तातोपानीमा ३ जना, सिञ्जामा एक जना र तिलाका १ जनालाई राहात दिईएको छ । सवालता परियोजना सुपरभाईजर गंगा देवानका अनुसार खाना अभाव भएका ति व्यक्तिहरुको तथ्यांक संकलन गरि स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो । अति आवश्यक व्यक्तिलाई राहात दिएपछि सानो भएपनि राहात गुणस्तरीय र राम्रो भएकोले पातारासी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर बुढाले धन्यवाद व्यक्त गर्नुभयो । सवैभन्दा बिपन्न अपाङ्गता भएका छन् । उनिहरुको अवस्था लकडाउनमा मात्रै नभई जहिले पनि आर्थिक अभाव हुने हुन्छ तर यो वेला झन समस्या भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ । अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्यांक संकलन गरेर राहात र जिविकोपार्जनमा सहयोग पुरयाउनुपर्नेमा जोड दिनुभयो । राहात पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । चन्दननाथ नगरपालिका ९ का पशुपति शाहीले खुशी व्यक्त गर्नुभयो ।
2022/05/23 20:59:39
https://corepati.com/archives/1963
mC4
ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आग्रह « रिपोर्टर्स नेपाल ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आग्रह प्रकाशित मिति : 2021 December 26, 8:06 am काठमाडौं, पुस ११ । आज प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारेर आजको दिनलाई यसै बर्षदेखि राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना संदेश जारी गर्दै ज्येष्ठ नागरिक प्रति सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् । जेष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीद्वारा जारी संदेशमा जोड दिइएको छ । त्यस्तै, प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको दाईत्व रहेको संदेशमा उल्लेख गरेका छन् ।
2022/06/25 10:12:56
https://www.reportersnepal.com/2021/12/627229
mC4
भारतमा योजना बनाएर नेपालमा डकैती , सात जना पक्राउ - Arunkhabar.com प्रकाशित : १२ भाद्र २०७६, बिहीबार १७:२७ विराटनगर, १२ भदौ । भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ । उनीहरु विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर नेपाल छिरेको खुलेको छ । यो गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर पनि पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपिओ पनि नियन्त्रणमा लिइएको छ । एसपी अधिकारीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना यही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारी नेत्रृत्वको टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो । प्रहरीका अनुसार उनीहरु पछिल्लो पटक भदौ ९ गते सोमबार बिहान ८ बजे जोगवनी नाका हुँदै नेपाल छिरेको पत्ता लागेको छ । चार दिनको भन्सार तिरेर त्यही स्कोरपिओमा उनीहरु नेपाल छिरेको एसपी अधिकारीले बताउनु भयो । पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उहाँले दिनु भयो । पछिल्लो पटक मंगलबार बिहान साढे ३ बजे सटर फुटाएर विराटनगर महानगरपालिका–७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट छ लाख रुपैयाँ र कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट पनि सटर फुटाएर चार लाख ९५ हजार रुपैयाँ डकैती गरेको उहाँको भनाइ छ । त्यस अघि गत साउन २३ गते बिहान विराटनगर–२ शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउस नामक किराना पसलबाट सटर फुटाएर चार लाख तथा सटर फुटाएरै पञ्चकन्या ट्रेड लिंकबाट पाँच लाख ९५ हजार रुपैयाँ डकैती गरेको एसपी अधिकारीको भनाइ छ । डकैतीको पछिल्लो घटनामा प्राप्त सिसी टिभी फुजेटबाट उनीलाई पक्राउ गर्न सकिएको उहाँले बताउनु भयो । पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका सातवटा मोबाइल सेट, १२ जार आठ सय ५० नेपाली र ११ हजार चार सय १० भारतीय रुपैयाँ, स्कोरपिओ गाडी, एउटा नेपाली र नौवटा भारतीय सिमकार्ड, फलाम काट्न प्रयोग हुने कटर मेसिन, कम्ब्याट पेन्ट र हाफपेन्ट दुईवटा, सातवटा गाम्छा, दुईवटा तन्ना र दुईवटा तौलिया र चारवटा झोला बरामद भएको छ । पक्राउ परेका सबै जनालाई प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताउनु भयो । उहाँका अनुसार यही समूहमा रहेका भारत मधुवनीकै मोहम्मद कलाम पक्राउ परेका बेला स्कोरपिओ गाडीमा भेटिएनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका कलाम नेपालमा डकैती गर्ने घटनाको मुख्य योजनाकार हुन् । यो समूहले सुरक्षित, अँध्यारो, मानविय चहलपहल कम हुने स्थान तथा पैसा हुने सम्भावना भएको पसल वा व्यापारिक प्रतिष्ठानलाई लक्षित गरेर डकैतीको योजना बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नयाँ मुलुकी अपराध संहिता २०७४ ले तीन जना भन्दा बढी मिलेर गरेको चोरीलाई डकैती मानेको छ । यसमा पाँचदेखि १० वर्षसम्म कैद वा १० हजारदेखि एक लाखसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
2021/10/23 02:11:56
https://www.arunkhabar.com/details/16163.html
mC4
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णयप्रति एमालेको निन्दा – सुनौलो अनलाइन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णयप्रति एमालेको निन्दा सुजन काफ्ले२० श्रावण २०७८, बुधबार १४:३२ काठमाडौं । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको निन्दा गर्दै सच्याउन माग गरेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गर्नुभएको हो । ३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरू, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात भएको एमालेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । करिब १४ महिनाको अवधिमा आयोगले मुलुकका ७४७ पालिकाहरुसँग सम्झौता गरेको र यस अवधिमा २ लाख ४७ हजार ९ सय ६० दलित र सुकुम्बासीहरू तथा ९ लाख२२ हजार ८ सय १ अव्यवस्थित बसोबासीहरुले विवरण फारम भरिसकेको एमालेले विज्ञप्तिमा उल्लेख छ । सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो चोट पुगेको भन्दै वर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको यो कदमले पुष्टि गरेको एमालेले टीप्पणी गरेको छ । ज्ञवालीको विज्ञप्तिमा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीहरुका हक र हितप्रति पार्टी सधैंभरि सजग र संवेदनशील रहेको स्पष्ट पारिएको छ । सरकारले हिजो मात्र मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो ।
2021/12/06 23:47:11
https://sunauloonline.com/2021/08/04/68831.html
mC4
एनआरएनएको चुनाव गराउन कुमार पन्त असफल, विधानविपरीत भागबन्डा लगाउँदै – PrawasKhabar एनआरएनएको चुनाव गराउन कुमार पन्त असफल, विधानविपरीत भागबन्डा लगाउँदै २०७८ मंसिर २९ गते २३:५२ काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ। संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरेकाे हो। यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको जनाएको छ । त्यस्तै, वर्तमान समस्या समाधानका लागि चार सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि भन्दै चार सदस्यीय समिति गठन गरेका छन् । श्रोतका अनुसार बिधान बमोजिम चुनाव गराउन असफल भएपछि पन्तले गैर-कानुनी बाटो अपनाएका हुन्। पन्तले एक/एक वर्ष नेतृत्व सुम्पिनेगरी भागबन्डा गर्न लागेको श्रोतको दाबी छ। यसका लागि विधान परिमार्जन गर्ने समेत उनले तयारी थालेका छन्। भागबन्डाको भने अध्यक्षका प्रत्यासी डा‍ बद्री केसी र रविना थापाको समूहले बिरोध गरेका छन् । सहमतीका नाममा विधानविपरीत हुने कुनै कार्यमा आफ्नो समर्थन नरहने उनीहरुले अडान कसेका छन्। अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको उल्लेख छ । सबै पक्षसँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ । समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डिबी क्षेत्री छन्।
2022/06/30 19:24:52
https://www.prawaskhabar.com/2021/12/15/8596/
mC4
सरकारले कोरोना भाइरसको जोखिमलाई गम्भीरताका साथ लिनुपर्छ: सांसद नेपाली – Karnalisandesh सरकारले कोरोना भाइरसको जोखिमलाई गम्भीरताका साथ लिनुपर्छ: सांसद नेपाली प्रकाशित मितिः २१ चैत्र २०७६, शुक्रबार १७:५२ April 3, 2020 काठमाडौँ। नेपाली कांग्रेसकी नेता तथा वागमती प्रदेशकी सांसद कल्पना नेपालीले कोरोना भाइरसको जोखिमलाई गम्भीरताका साथ लिन सरकारलाई सुझाव दिएकी छन्। कर्णाली सन्देशसँगको कुराकानीमा सांसद नेपालीले पछिल्लो समय सरकारका कामकारबाहीका बारेमा विभिन्न प्रश्न उठेकाले आफू आलोचनात्मक रुपमा प्रस्तुत भएको जानकारी दिइन। उनले भनिन्, 'यो संकटको बेला हो। आलोचना गर्ने बेला होईन। हेरक नागरिकले सरकारलाई यस्तो बेलामा साथ दिनुपर्छ। सरकार नागरिकहरुको अभिभावक हो। तर, यति हुँदाहुँदै पनि सरकारका कामकारबाहीमाथि प्रश्न उठि रहँदा एउटा जनप्रतिनिधिका नाताले महामारीको बेलामा स्वास्थ्य सामग्री खरिदमा गरिएको कमिशनको खेलले सरकारको चरित्रलाई उधाङ्गो पारेको कुरालाई लुकाउन मिल्दैन।' उनले अगाडि भनिन्, 'संघीय सरकार र प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्नुपर्छ। कोरोनोको सम्भावित जोखिमलाई दृष्टिगत गरेर आवश्यक तयारीलाई तीव्र पार्नुपर्छ। सामाजिक रुपमा सञ्चार माध्ययमले उठाएका प्रश्नहरुको उचित र तथ्यगत जवाफ दिनुपर्छ। महामारीमा मालामाल बन्ने तत्वहरुदेखि सरकार सचेत भएर कोरोना रोकथाममा केन्द्रीत हुनुपर्छ। जोसुकै मन्त्रीले गल्ति गरेका छन् भने आवश्यक कारबाही गर्नुपर्छ। खरिद गरिएका सामग्रीहरु परिक्षण गर्न योग्य नभएको कुराहरु आइराखेका छन्। यसले हाम्रो मुलुकलाई आजको इटाली बनाउन सक्छ। त्यसैले सरकारले यस महामारीलाई चुनौतीका रुपमा लिनुपर्छ।' साथै उनले वागमती प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र लकडाउनको समयमा प्रदेशका जनतालाई पर्ने गएको असहजतामा सहयोगी बन्न आग्रह गरिन्। उनले अगाडि भनिन, 'हामी जनप्रतिधिहरु पनि महामारीमा लकडाउनमा छौं। तर, जनतालाई परेको खण्डमा हामीलाई सम्झिनु होला। हामी सक्दो सहयोग गर्नेछौं। हामी सिंगोदेशका नागरिकलाई परिरहेको दुःखमा सहयोगी बन्न चाहन्छौं। त्यसैमाथि नुवाकोटी जनताका जनप्रतिनिधि भएका कारण झन् नजिक छौं। साथमै छौं भन्ने कुरा जानकारी गराउँदछौं।' उनले अगाडि भनिन्, 'लकडाउन हाम्रै लागि हो। कोरोना मान्छेबाट मान्छेलाई सर्ने सरुवा रोग भएका कराण यसका बच्न सरकार, सञ्चारमाध्यय र विश्व स्वास्थ्य संगठनले तय गरेका र अपनाइएका उपाएहरुलाई हामीले प्रयोग गर्नुपर्छ। लकडाउनले यसले गरिखाने वर्गलाई प्रभावित तुल्याएको छ। यस्मा प्रदेश सरकारले राहत र सहयोगीको भूमिका खेल्नुपर्छ। महामारी र संकटमा सरकारले जनताको दुःखमा अभिभावकको भूमिका खेल्नबाट कुनै पनि कसर बाँकी राख्नु हुँदैन।'
2021/10/20 11:11:04
https://karnalisandesh.com/2020/04/6127/
mC4
प्रदेशको विकास र समृद्धिका लागी सरकार ठोष योजनाका साथ अघि बढिरहेको भन्दै उहाँले आम यूवाहरुलाई आयआर्जनमा जोड्न लागिएको उहाँले बताउनुभयो । ‘हामी बेरोजगारी हटाउने दिशातर्फ उन्मुख छौँ’, उहाँले भन्नुभयो ।
2021-03-05T07:42:52Z
https://thahaonline.com/3934/
OSCAR-2109
#नेपाली कांग्रेस, | Suvadin ! #नेपाली कांग्रेस, नेकपाको 'आक्रमण' विरुद्ध कांग्रेसले आन्दोलित काठमाडौं । नेपाली कांग्रेस बाँके जिल्ला सभापितसहित नेता कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले आन्दोलित बनेको छ । आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उक्त घटनाको भर्त्सना गर्नुका साथै सशक्त प्रदर्शन गर्ने जनाएको छ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन... Suvadin Media 76 0 आजदेखि कांग्रेसको जागरण अभियान, सभापति देउवा सुनसरी, पौडेल कास्की जाने काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि हुने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर हिमाल, पहाड, तराई-मधेश (हिपतम) नाम दिइएको नेपाली कांग्रेस दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि सरू हुने भएको हो । अभियानको पहिलो दिन... Suvadin Media 125 0 काठमाडौं । पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन्। निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यस...
2020/02/20 17:02:34
https://suvadin.com/tags/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20%E0%A4%95%E0%A4%BE%E0%A4%82%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8,
mC4
दुईदिनमा २०२ जनालाई कोरोनाविरुद्धको खोप – KarnaliPost Daily दुईदिनमा २०२ जनालाई कोरोनाविरुद्धको खोप १६ माघ २०७७, शुक्रबार ०८:४३ February 1, 2021 by Karnali Post Daily जुम्ला ः जुम्लामा दुईदिनमा २ सय २ जनालाई कोरोनविरुद्धको खोप लगाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको खोप केन्द्रमा माघ १४ र १५ गते गरी २ सय २ जनालाई खोप लगाएको हो । स्वास्थ्यकर्मी र सरसफाईकर्मी गरी २ सय २ जनालाई खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो । उहाँले भन्नुभयो खोप लगाउनेमा ८९ जना र १ सय ११३ जना पुरुष रहेका छन् । गाउँ तथा नगरपालिकामा खोप केन्द्र स्थापना गरी आज शुक्रबारदेखि हिमा, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा खोप सञ्चालन भईरहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । कनकासुन्दरी, पातारासी र सिंजा गाउँपालिका माघ १७ गते र तिला र तातोपानी गाउँपालिका माघ १८ गते कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । चन्दननाथ नगरपालिका ५१० जना, पातारासी ११५ जना, गुठीचौर ८४ जना, कनकासुन्दरी १५२ जना, सिंजा १०० जना, हिमा १४३ जना, तिला ११८ जना, तातोपानी गाउँपालिका ११४ जना र ६३ थना थप गरी १ हजार ४ सय जना खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा ११ हजार २ सय ६५ जनाको कोरोना आरटीपीसीआर परीक्षण भएको छ । जसमा ४६६ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टी भएको ४६२ जनालाई निको भईरहेको र अझैँ ४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कम्प्यूटर अपरेटर हरिकृष्ण महतले बताउनुभयो ।
2021/10/28 02:47:14
https://karnalipostdaily.com/archives/8257
mC4
Marganugami Daily Breaking Headline1 Headline2 Main News Samaj Socity स्थानीय Marganugamidaily प्रकाशित समय 8:46:00 AM सिरहा, ८ जेठ । सिरहाको अर्नमा गाउँपालिकामा शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै १२ बजेतिर सुतेपछि दुवैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार राति १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख ३ बजेतिर हत्याको घटना गाउँभरि फैलिसकेको हुनाले साढे २ बजेको आसपासमा त्यो घटना भएको हुनसक्छ । घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । 'घटना भएको छ, हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ ।' प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ । Breaking Headline1 Headline2 राजनीति स्थानीय Marganugamidaily प्रकाशित समय 7:40:00 AM जनकपुरधाम, ५ जेठ । मधेश प्रदेशको प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा लडेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका हुन् । कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका छन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका छन् । कुशवाहा दोस्रो नम्बरमै सीमित भएका हुन् । गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका थिए ।
2022/05/27 12:58:17
https://www.marganugami.com/
mC4
नेपाल-अमेरिका भिड्दै : को कति बलियो ? - Himalayan Kangaroo Posted by Himalayan Kangaroo | २५ असार २०७२, शुक्रबार ११:३७ | काठमाडौ । विश्वकप टि-२० क्रिकेटमा छनोट हुनका लागि नेपालले आज छनोट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ । नेपाली समयानुसार साँझ ७ बजे हुने खेलमा नेपाल अमेरिकालाई पराजित गर्दै विजयी सुरूवात गर्ने तयारीमा छ । यी दुवैबीच टि-२० को प्रतिष्पर्धा अहिलेसम्म भएको छैन् । तरपनि नेपालका लागि अमेरिका चिरपरिचित प्रतिद्धन्दी भने हो । अन्य क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकामाथी हावी हुँदै आएको छ र आजको खेलमा पनि हावी हुने सम्भावना रहेको छ । अमेरिकाका प्रमुख ब्याटस्म्यान तथा विकेटकिपर स्टेभन टेलरको अनुपस्थितिका कारण अमेरिकी टोली केही कमजोर भएको छ भने क्रिकेटको विवादका कारण पनि अमेरिकी क्रिकेट केही समययता खस्किएकाले नेपाल अमेरिकालाई पराजित गर्न सक्नेमा आशावादी छ । यता नेपालको पनि अवस्था पछिल्लो समयमा त्यति राम्रो भने देखीएको छैन् । विषेशगरी ब्याटिङमा नेपालको कमजोरी रहेका कारण पनि यसलाई थप सुधार्नुपर्ने देखिन्छ । तर, नेपालको ब्याटिङमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरले जस्तो सुकै अवस्थामा पनि खेल्न सक्ने भएकाले नेपालको ब्याटिङ केही आशालाग्दो छ । यस्तै, सुवास खकुरेल, प्रदिप ऐरी, सागर पुनले राम्रो प्रदर्शन गर्न नसकेपनि ब्याटिङ क्षमता भने कमजोर छैन् । तरपनि, नेपालको तुलनामा अमेरिका केही कमजोर नै देखिन्छ । पछिल्लो समय आईसीसीले अमेरिकाको क्रिकेट बोर्डलाई निलम्बन गरेपनि छनोटमा भने भाग लिन दिएको अवस्थालाई मात्र हेर्ने हो भने पनि अमेरिकी क्रिकेट खेलाडीको मनोबल कमजोर रहेको अनुमान पनि गर्न सकिन्छ । यसले पनि नेपाललाई फाइदा नै पुर्याउने छ । तर, अमेरिकाको यु-१९ का पूर्वकप्तान सिब वसियत र नयाँ खेलाडी अलेक्स आम्सटरडमले भने टेलरको अभावलाई खड्किन नदिने अनुमान गरिएको छ । यस्तै, कप्तान मोहम्मद घोष र बलर जमालीको प्रदर्शन नेपालका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यस्तै, नेपालको प्रमुख हतियारको रूपमा रहेको स्पिन बलिङले आयरल्याण्ड र नेदरल्याण्डमा त्यति राम्रो प्रभाव पार्न नसक्ने भएपनि शक्ति गौचन र बसन्त रेग्मीको बलिङ अनुभवले नेपाललाई कमजोर बन्न दिने छैन् । साथै, तिब्र गतिका बलरहरू सोमपाल कामी, करन केसी, जितेन्द्र मुखिया र अभिनाश कर्णको बलिङले नेपाललाई बलियो साथ दिनेछ । दुवैको केही कमीकमजोरी तथा सबल पक्षलाई हेर्ने हो भने नेपाल नै बलियो अवस्थामा देखिन्छ र आजको खेलमा अमेरिकामाथी नेपाल नै हावी हुने देखिन्छ ।
2020/01/26 08:19:01
http://himalayankangaroo.com/19017.html
mC4
फागुन–२०।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई विकास निर्माणका काममा केन्द्रित हुन निर्देशन दिनु भएको छ। संसद भवन नयाँ बानेश्वरमा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा ओलीले विकास निर्माणका कामलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयो।ओलीले एमाले र माओवादी दुई पार्टीबीच छिट्टै एकता हुने भन्दै सहकार्य गर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राविधिक रुपमा अहिले एमाले र माओवादी फरक देखिए पनि निकट भविष्यमा पार्टि एकता हुने बताउनु भयो।बैठकमा सांसदहरुलाई संसदमा खेल्नुपर्ने भूमिका, सांसदको गरिमा र भूमिकालगायतका विषयमा प्रशिक्षण दिइएको छ।दुई पार्टीका सांसदहरुबीच समान धारण बनाउन र काम गर्ने शैलीमा एकरुपता ल्याउन दुई दलको संयुक्त बैठक गरेर प्रशिक्षण दिइएको हो।पार्टी एकताको घोषणा गरिसकेका एमाले र माओेवादीका तर्फबाट सांसद बनेकाहरुको संयुक्त बैठक पहिलो पटक बसेको हो।
OSCAR-2019
अमेरिकाको टेक्ससमा प्रमोदको हंगामा संगै धुर्मुस र सुन्तलीले मच्चाए धुम - Enepalese.com इनेप्लिज २०७१ चैत २९ गते २०:०३ मा प्रकाशित नेपाली समाज टेक्सासको (NST) आयोजनामा 'नयाँ वर्ष २०७२' को शुभ उपलक्ष्यमा हिजो साँझ, एप्रिल ११ शनिवारका दिन टेक्ससको ड्यालासमा "नयाँ वर्ष २०७२ सांस्कृतिक साँझ" भव्य कार्यक्रमको आयोजना गरियो। नेपाली समाज टेक्ससका महासचिव विजयराज भट्टराईले औपचारिक सुरुवात गर्नु भएको उक्त कार्यक्रमको समन्वय तथा आगामी सञ्चालन भने बुद्धि रेग्मीले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिनुभयो। सधैको कार्यक्रम भन्दा पूर्णत भिन्न ढंगले प्रस्तुत गरिएको नेपाली समाज द्वारा आयोजित यस कार्यक्रम दर्शकको सन्तुस्टीका दृष्टिकोणले अति नै मनोरन्जनात्मक भए पनि ७५० सिट क्षमता भएको हलमा झन्डै ९०० भन्दा बढी दर्शकको उपस्थितिले काठमाडौँको साझा बसको याद दिलाई रहेको धेरैले महसुस गरेका थिए। कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति नरहेको हुँदा अतिथि कलाकारको मात्र प्रस्तुति राम्ररी बगेको थियो। कलाकारहरू सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), पशुपति शर्मा (लोक गायक), प्रमोद खरेल ( गायक) , तथा गायिका संगीता थापा मगर को कुनै प्रस्तुतिमा कुनै एक दर्शकले खोट लगाएको पनि पाएन हिमालय खबरले। गायक खरेलको हंगामा गीत सँगै दर्शकको हंगामा समाल्नको लागि आयोजक लाई हम्मे हम्मे परेको थियो भने धुर्मुस र सुन्तली प्रस्तुतिले नेपाली राष्ट्रियता र देश प्रेम सँगसँगै मनोरञ्जन प्रदान गर्न सफल भएका थिए I गायक गायिका शर्मा र थापाले आफ्नो केही चर्चित लोकगीतहरु गाएर उपस्थित सबै दर्सकहरु नचाउने सफल भएको थिए I कार्यक्रमको अन्तमा सम्पूर्ण अतिथि कलाकारहरुलाई नेपाली गीत सङ्गीत लाई चिनाउन खेलेको अहम भूमिकाको प्रंशशा गर्दै सम्मान पत्र प्रदान गरियो। सम्मान पत्र समाजका अध्यक्ष भुवन आचार्यले प्रदान गर्नु भएको थियो। टेक्सास ड्यालासको अर्विंग ग्रान्ड फिनाले हलमा गरिएको कार्यक्रम साँझ ७:०० बजे सुरु गर्ने तयारी आयोजकहरु बाट गरिए पनि हिजै मात्र टेक्सास कै ह्युस्टनमा कार्यक्रम सकी कलाकार ड्यालास आएर अर्को कार्यक्रम गर्ने तयारीका क्रममा ढिलाइ भई कार्यक्रम झन्डै ८:०० बजे मात्र सुरु भई राती १२:०० मा समापन भएको थियो आज आइतबार साझ टेक्सास राजधानी अस्टिनमा हुँदैछ I
2021/12/06 11:48:49
https://www.enepalese.com/2015/04/15886.html
mC4
पोस्टमार्टम रिपोर्टले भन्यो– बलात्कारपछि बालिका श्रीयाको हत्या २o७५ असोज १० बुधबार| प्रकाशित o४:१६:o७ पोखरा– पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै उनको पोस्टमार्टम गरिएको थियो। रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको हो। 'पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखियो,' चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले जानकारी भने। बिस्कुट किन्न जाँदा... तर, भोलिपल्ट मंगलबार बिहानै श्रीया घर नजिकै मृत अवस्थमा फेला पर्छिन्। पोखराको कोदीमा क्षतविक्षत अवस्थामा फेला परेको शव वरिपरिका ढुंगामा समेत रगत लागेको भेटिन्छ।
2019/03/25 23:59:14
http://nepallive.com/story/32998
mC4
नेपालको दोस्रो संविधानसभाका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनले नेपाली जनतालाई एकपटक फेरि मतदान.. (यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित.. लाइबेरियाको अनुभवले के देखाउँछ भने टिआररि प्रक्रिया कसरी लैजाने भन्ने विषयमा कुनै दुविधा रहनु हुँदैन..
OSCAR-2019
निरन्तर घट्दै सेयर बजार, २५ सय अंकको बिन्दुमा झर्‍यो | Ratopati नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ । बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५०७ रुपैयाँ पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको छ ।
2022/01/22 15:08:23
https://ratopati.com/story/209367/2021/12/2/nepse-
mC4
शिक्षक र अभिभावक सिर्जनशिल हुनु आवश्यक छ- प्रकाशचन्द्र गिरी – Peacepokhara.com शिक्षा शब्द संस्कृत भाषाको" शिक्षा " धातुबाट आएको मानिन्छ । जस्को अर्थ सिकाउनु हुन्छ ।अङ्ग्रेजीमा शिक्षाको पर्याबाची शब्द Eduation हो । Eduation शब्द लेिटन Eduatio बाट भएको देखिन्छ । जस्को अर्थ विकसित गर्नु वा अगुवाई गर्नु हो । उप्युक्त शाब्दिक अर्थहरुले शिक्षाको तात्पर्य ब्याक्ती मा अन्तर्निहित शक्ति तथा गुणहरुलाई अगाडि बढाउनु, विकसित गराउनु भन्ने बुझाउँदछ । बालकले आफ्नो घरका सदस्यहरु , साथीहरू तथा विभिन्न ब्यक्तिहरुबाट हर समय हर ठाउँमा केही न केही सिकिरहेको हुन्छ । ब्यक्तिले आफ्नो जीवनकालमा जे जति सिकाइ वा अनुभव गर्दछ ती सबै शिक्षा अन्तर्गत पर्दछ्न । यिनै सिकाइ र अनुभवको आधारमा उ बिस्तारै आफ्नो बाताबरण र परिस्थितिहरुसङ्ग जुद्धै अघि बढीरहन्छ र समस्याको समाधान गर्न सिक्दछ । त्यसैले शिक्षालाई एक यस्तो प्रक्रिया मान्नुपर्छ जस्ले ब्यक्तिको जन्मजात गुण र शक्तिलाई विकसित गर्नमा सहायता पुर्याउद्छ । यसरी एउटा बिद्यालयमा शिक्षण गर्दै गर्दा बालबालिका को अन्तर्नि्हित क्षमताको बिकास मात्र नभै शिक्षक तथा अभिभावकहरुको पनि सिर्जनात्मक सिप र जीवनकालका कलाहरुलाई प्रयोग गर्ने केन्द्र बन्नुपर्छ । शिक्षक , विद्यार्थी र अभिभावक को सम्बन्ध जति बलियो हुन्छ त्यति शैक्षिक प्रगति हुन्छ । कतिपय शैक्षिक संस्था हरु मा शिक्षकको सिर्जनात्मक कलालाई निर्बाध रूपमा प्रयोग गर्न नमिल्ने बातावरण भएको हुन्छ ।जति बढी शिक्षक र अभिभावकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो कला र सिप हरुलाई एउटा शैक्षिक संस्थाले प्रयोग गर्न र प्रस्फुटन गराउनमा भुमिका खेल्छन् त्यति नै बढी विद्यार्थी को अन्तर्नि्हित क्षमताको बिकाश हुन्छ । कतिपय शैक्षिक संस्थाहरु छन जुन आफ्नो भौतिक पर्खाललाई मात्र फराकिलो बनाउनेतर्फ केन्द्रित छन तर विद्यार्थीको शैक्षिक दायरालाई फराकिलो वनाउन लागि परेका छैनन् । आज नेपालको स्कूलहरुमा यो कुराले प्रश्रय पाइ रहेको छ । जव की शिक्षाको गुणस्तरलाई देश काल परिवेश अनुसार फराकिलो वनाउँनु पर्नेमा स्कूलको पर्खाललाई फराकिलो पार्नमा नै समय वर्वाद गरिरहेका हुन्छन् । कतिपय शैक्षिक संस्थाहरुमा अभिभावकहरुको भुमिका लगभग शुन्य नै हुन्छ तर तिनै अभिभावक जो विभिन्न क्षेत्रमा योग्य छ्न तिनीहरुलाई बिद्यालयको स्रोत ब्यक्तिको रूपमा क्रियाशिल बनाउन सक्यो भने त्यो बिद्यालयमा विद्यार्थीको सिपको बिकाश हुन्छ । साथै कुनै एउटा शिक्षकले जुन नयाँ तथा रचनात्मक कार्यक्रम गर्दछ भने निर्बाधरूपमा संचालन गर्ने बातावरण सरोकारवाला र प्रशासनले अनुमति दिनुपर्दछ । कतिपय संस्थामा शिक्षक पनि एउटा मेसिन जस्तो गरि काम गर्नु पर्ने बाध्यता छ र यो गलत संस्कारलाई हामीले तोडनुपर्छ ।आजका शिक्षकहरु र अभिभावकहरु पनि विभिन्न बिधामा अगाडि बढनुपर्ने बेला आएको छ ।तब मात्र विद्यार्थीको सिर्जनात्मक र रचनात्मक कलाको बिकास हुन्छ ।
2019/02/20 15:40:41
http://peacepokhara.com/prakashgiri/
mC4
जो सुटिङमा घाइते भए | Filmy Bahar जो सुटिङमा घाइते भए मुम्बई(एजेन्सी) । हामीलाई फिल्म हेर्न जति मजा लाग्छ, त्यो फिल्म बनाउन फिल्म युनिटलाई उत्तिकै मेहनत गर्नुपर्छ । यहाँसम्मकी सुटिङमा राम्रो काम गर्ने क्रममा कतिपय कलाकारहरु घाइतेसमेत भएका छन् । अभिनेता अक्षय कुमार आफ्नो सबै स्टन्ट आफैं गर्न रुचाउछन् । यहीकारण उनी कैयौंपटक स्टन्ट गरिरहँदा घाइते पनि भएका छन् । एक यस्तै घटना अक्षयले फिल्म 'सिंह इज ब्लिङ'को सुटिङमा भोग्नुपर्यो । फिल्ममा अक्षय एक फायर रिंगबाट जानुपर्ने थियो । तर यो स्टन्टको समयमा उनको खुट्टामा आगोले पोलेको थियो । तर आगोलाई नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना हुन पाएन । अभिनेत्री परिणीति चोपडा चाँडै नै ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिकमा देखिँदैछिन् । यद्यपि यो फिल्मको सुटिङका क्रममा उनले कैयौं पटक घाइते हुनुपर्यो । उनले नियमित रुपमा एक चिकित्सकको निगरानीमा फिजियोथेरापी नै गर्नुपर्यो । फिल्म 'कुली नम्बर २'को सुटिङका समयमा गोवामा अभिनेता वरुण धवन घाइते भएका थिए । त्यो घाइते हुँदाको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । फिल्म 'मलंग'को समयमा पानीमा सुटिङ भइरहँदा एक दृश्यमा अभिनेत्री दिशा पटानी घाइते भइन् । तर पनि उनले आफूलाई फिट बनाएर सुटिङ सुचारु गरिन् । उनले नडराई पानी मुनी र समुन्द्रको लहरमा खतरनाक स्टन्ट दिएकी थिइन् । फिल्म 'पद्यावत'को सुटिङका समयमा अभिनेता रणवीर सिंह घाइते भएका थिए । एक दृश्यको सुटिङका क्रममा उनको टाउकोमा चोट लागेको थियो । जसको फोटो तथा भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।
2020/12/03 16:55:07
https://www.filmybahar.com/18672/
mC4
चलचित्र छायांकनको अनुमति पर्खदै चलचित्रकर्मी - NepalTimes चलचित्र छायांकनको अनुमति पर्खदै चलचित्रकर्मी २७ कात्तिक, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए । सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उनले बताए । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए ।
2021/05/07 07:05:31
https://nepaltimes.net/%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%9B%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%82%E0%A4%95%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A4%A4%E0%A4%BF/
mC4
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो बर्ष बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको जनाएको छ । चिकित्सकले वृद्धवृद्धा तथा बालबालिका जाडो मौसमले बढी प्रभावित हुने भएकाले उनीहरुलाई जाडोबाट बचाउन सुझाव दिएका छन् ।
OSCAR-2019
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा परेका विवादास्पद नायव उपरीक्षक (डीएसपी) सनञ्जिव शर्मा दासलाई निलम्बन गरिने भएको छ । पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरेसमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप खेप्दै आएका डीएसपी शर्मालाई एसपी बढुवा सिफारिसमा भएको गल्ती सच्याउँदै निलम्बन गरिन लागिएको हो । मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका शर्मालाई बढुवा समितिले एसपीमा बढुवा सिफारिस गरेपछि चर्को विरोध भइरहेको छ । कारबाही भोग्नुपर्ने डीएसपी शर्मालाई सरकारले पुरस्कार स्वरुप एसपीमा बढुवा सिफारिस गरेको भन्दै सञ्चार माध्यमले चर्को आलोचना गरेपछि गृहमन्त्री जनार्दन शर्माले यसबारे चासो दिएका हुन् । उनले डीएसपी शर्मालाई एसपीमा सिफारिस त्रुटिपूर्ण भन्दै तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।
OSCAR-2019
अर्थ « Janata Samachar 'उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकता दिनुपर्छ' काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकर्ण बिष्टले आगामी वर्षको बजेटमा 'परम्परागत सप्तरंगी विशेषताको झलक' आइरहेको बताउनु भएको छ । पूर्व मन्त्री बिष्टले प्रतिनिधिसभाको बजेटबारे सोमबारको 'बजेट कोरोना नियन्त्रणमै केन्द्रित हुनुपर्छ' काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अहिलेको बजेट पूर्ण रुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्ने बताउनु भएको छ । कांग्रेस नेता बडुले प्रतिनिधिसभाको सोमबारको बजेटबारे छलफलमा बजेट तत्कालिन 'पर्यटन लथालिङ्ग छ, स्वास्थ्य र कृषिको अवस्था के हुने हो ?' काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाव दिनुभएको छ । सरकारले कोरोना प्रभावित क्षेत्रलाई समेटेर बजेट ल्याउने तयारी गरिरहेका बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश काठमाडौं । आर्थिक वर्ष २०७७, ०७८ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता संसदमा आइतबार प्रस्तुत गर्नुभएको हो । अर्थमन्त्री नगरपालिकाको राहत : साताको २ दिन रोजगारी, तुुरुन्तै ज्याला भक्तपुर । चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गरेको छ । नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई नगरपालिकाले रोजगारी दिन कामदारका लागि भित्रै आवास, लकडाउनमै खुले उद्योग अनिल तिवारी बारा । लकडाउनका कारण बन्द रहेका पथलैया वीरगन्ज औद्योगिक करिडोरका केही उद्योग संचाालनमा हुन थालेका छन् । सरकारको निर्णय अनुसार कोरना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने न्यूनतम पूर्वाधार तोकियो गहुंँको मूल्य, क्वीन्टलको कति ? रुपन्देही । तिलोत्तमा नगरपालिकाले गहुंँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । किसानले लागत अनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो गरिरहँदा नगरपालिकाले गहुंको मूल्य तोकेको हो । नगरपालिकाले गहुँको न्यूनतम लकडाउनको ४७ दिनपछि उत्पादन क्षेत्र सुचारु हुँदै काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ४७ दिन नाघ्दै गर्दा मुलुकको उत्पादन क्षेत्र सुचारु हुन थालेको छ । चैत ११ गतेबाट जारी लकडाउन जेठ ५ गतेसम्म व्यवसायीसँग सापटी मागेर गाउँपालिकाले बाँढ्यो भत्ता दैलेख । गुराँस गाउँपालिकाले स्थानीय व्यवसायीसँग सापटी मागेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्न देशमा लकडाउन जारी रहेको समयमा समस्यामा रहेका राउटेहरुलाई गाउँपालिकाले सामाजिक
2020/05/30 04:59:33
https://www.janatasamachar.com/category/economy/page/7
mC4
पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले 'श्रम रोजगार पत्रकारिता पुरस्कार' स्थापना हरप्रहर संवाददाता बुधबार, आषाढ ०२, २०७८ काठमाडौँ – श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले 'श्रम रोजगार पत्रकारिता पुरस्कार' को स्थापना गरेको छ । यस बर्ष सो पुरस्कारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले साझेदारी गरेको समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । २०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुस्कृत गरिने न्यौपानेले बताए । प्रथम पुरस्कार स्वरूप नगद रु ३० हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु २० हजार सहि प्रमाणपत्र तथा तेश्रो हुनेलाई नगद रु १० हजार सहित प्रमाणपत्र प्रदान गरिने समुहले जनाएको छ । सो प्रतिस्पर्धामा सहभागी हुन ईच्छुक श्रम रोजगार विधामा क्रियाशील सञ्चारकर्मीले तोकिएको समयभित्र कुनैपनि सार्वजनिक सञ्चारमाध्यम (पत्रिपत्रिका, अनलाइन, रेडियो, टिभी) मा नेपाली वा अंग्रेजी भाषामा प्रकाशित वा प्रशारित सामग्री समूहको ललितपुर महानगरपालिका १० स्थित कार्यालय र समूहको इमेल [email protected] मा पठाउनु पर्नेछ । उक्त सामग्री यही असार ३१ गते अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्ने समूहले जनाएको छ । तोकिएको समयावधिपश्चात प्राप्त हुने आवेदनलाई मान्यता नदिइने जनाइएको छ । पुरस्कारका लागि प्राप्त सामग्रीहरूको मूल्यांकनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने र सो समितिमा श्रम आप्रवासनसम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मीलगायत संलग्न रहने अध्यक्ष न्यौपानेले जानकारी दिए । नेपाल वा विश्वको जुनसुकै मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मी यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सिर्जनशील ढंगबाट प्रस्तुत गरिएको हुनुपर्ने समूहले जनाएको छ । उक्त सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतराहरुलाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रक्रिया प्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तुहरू समेटिएको हुनुपर्ने समूहले जनाएको छ ।
2021/07/27 01:45:51
https://harprahar.com/?p=21042
mC4
झापा । आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्- बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् । सरकारको सहयोगसमेत पाएपछि उनीहरू सामूहिक रूपमा व्यवसायिक खेती गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भएपछि विद्यार्थीहरू आफैँ व्यवसायिक रूपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विद्यार्थीले अभ्यास गर्ने क्रममा व्यसायिक रूपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी विपिसा प्याकुरेलले बताइन् । ‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अध्यास पनि गर्नुपर्छ । सरकारले नै प्रविधि र टनेल दिएपछि आफैँ उत्पादनमा लागेका हौँ,’ उनले भनिन्, ‘यसले अध्ययन पनि भयो । हामीलाई आर्थिक रूपमा केही सहज पनि भयो ।’ सिक्ने र गर्ने इच्छा हुँदा विद्यार्थीले समेत सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानीसमेत गर्ने गरी विद्यार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनी बताउँछिन् । झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको बाली विज्ञानअन्तर्गत कक्षा-९ का विद्यार्थी वसन्त दाहालले जानकारी दिए । यसले गर्दा किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हसुने समस्याका बारेमा जानकारी लिन सहज भएको बताएका छन् । विद्यार्थीले चालु आर्थिक वर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका थिए । एक हेक्टर क्षेत्रमा गरेको मकै खेती र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत वर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरेपछि विद्यार्थीहरू खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । ‘विद्यार्थीले सिक्न पनि पाएका छन् । आम्दानी पनि भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सघाउ पुगेको छ ।’ प्रतिक्रिया सम्बन्धित खवर निर्वाचन आयोगमा समावेशीताबारे प्रमुख आयुक्तले भने : मिडियाले पुरुष उम्मेदवारलाई मात्र ‘हेभिवेट’ देख्यो थ्रेसहोल्ड नकटाएको नेकपा एसलाई प्रदेशमा कति सिट ? राप्रपामा समानुपातिकतर्फ कसलाई सांसद बनाउने भन्ने विवाद संसद महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश जबराको निलम्बन फुकुवाविरुद्धको बहसमा कसले के भने ? म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात भर्खरै ट्रेन्डिङ निर्वाचन आयोगमा समावेशीताबारे प्रमुख आयुक्तले भने : मिडियाले पुरुष उम्मेदवारलाई मात्र ‘हेभिवेट’ देख्यो
2022-12-09T20:41:39Z
https://globenepal.com/2022/03/14081
OSCAR-2301
प्रधानन्यायाधीश जबरा जुनसुकै बेला राजीनामा दिने मुडमा ! - PLA Khabar काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जुनसुकै बेला राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी रुष्ट छन् । गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए । हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमा बरिष्ठ अधिवक्तादेखि पूर्व महान्यायाधिवक्तासम्मले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । उनीहरुले प्रधान्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको भन्दै अब एक सेकेण्डपनि पदमा बस्ने अधिकार नभएको धारणा राखेका थिए । सर्वोच्च अदालतनिकट विश्वस्त सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएका छन् । तत्कालिन कानूनमन्त्री अजयशंकर नायकको पालामा उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तीमा पनि दलहरुले भागबण्डाको आधारमा नियुक्ती गरेका थिए । यसमा पनि उनको सुरुदेखि नै गुनासो रहँदै आएको थियो । ८० जनाको नियुक्ती संविधानसम्मत नभएको भनेर सबै पक्षबाट विरोध र आलोचना हुँदापनि सरकारमा बस्नेहरुले त्यतिवेला एकलौटी गरेका थिए । हुन त तत्कालिन मन्त्री नायकले न्यायाधीश नियुक्ती समावेशी र समानुपातिक रहेको दाबी गरेका थिए । खासगरी परिषद सदस्य रहेका सर्वाेच्चका बरिष्ठ न्यायाधीश बैद्यनाथ उपाध्याय र बारका तर्फबाट परिषद् सदस्य रामप्रसाद सिटौलाले नै बहिष्कार गरेको बैठकबाट त्यति ठूलो संख्यामा न्यायाधीश नियुक्ती गरिएको थियो । त्यतिवेला नेपाल बार एशोसिएसनले न्यायाधीश नियुक्तीको विरोध गरेको थियो । बारका अध्यक्ष शेरबहादुर केसीले नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै सच्याउन माग गरेका थिए । परिषदले मध्यरातमा बैठक बसेर न्यायाधीश नियुक्तीको निर्णय गरेपछि त्यसको सर्वत्र बिरोध भएको थियो । त्यतिमात्रै होईन, सर्वोच्च अदालतमा सांसद भैसकेको र पूर्व महान्यायाधिवक्ता भैसकेका व्यक्ति पनि न्यायाधीश बनाईएका छन् । यी सबै प्रकरणले न्यायालयमा राजनीति घुसाउने काम दलहरुले नै गरेको र यसमा सम्पूर्ण दोष दलका शीर्ष नेताहरुलाई जान्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो । खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो । नाताले हमाल चोलेन्द्रका जेठान हुन् । प्रधानमन्त्री देउवाले भने हमाल कांग्रेसकै पूरानो नेता र अन्यायमा परेकोले आफूले मन्त्री बनाएको स्पष्ट पारेका थिए । हमालको नियुक्तीलाई लिएर कानून व्यवसायीहरुले समेत कडा प्रतिक्रिया दिएका थिए । उनीहरुले प्रधान्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने वा उनले राजीनामा दिनुपर्नेमात्रै विकल्प रहेको धारणा राखेका थिए । अधिवक्ता ओमप्रकाश अर्यालले त प्रधानन्यायाधीश जबरालाई अब सर्वोच्च अदालतमा छिर्नै दिन नहुने बताएका थिए । विशेष सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले मन्त्री बन्नुअघि नै आफूसँग जोडेर हमालको बारेमा समाचार आएपछि सरकारका प्रवक्तासमेत रहेका तत्कालिन् कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई बोलाएर हमाललाई मन्त्री नबनाउन सुझाएका थिए । प्रधानन्यायाधीश जबराले आफूसँग जोडेर समाचार आएको भन्दै हमाललाई कुनैपनि हालतमा मन्त्री नबनाउन भनेका थिए । तर, प्रधानमन्त्री देउवाले भने हमाललाई मन्त्री बनाईछाडे । प्रधानन्यायाधीश जबराले आफूले मन्त्री नबनाउन भन्दाभन्दै पनि किन मन्त्री बनाईयो भनेर आश्चर्यमा परेका थिए । कतिसम्म भने हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा प्रधानन्यायाधीशको बचाउ समेत गरेका थिए । तर, आज विहान हमालले पदबाट राजीनामा दिएका छन् । उनले आफूले स्वविवेक प्रयोग गरेर राजीनामा दिएको बताएका छन् । आफ्नो कारण न्यायालयमाथि आँच आउन नदिन राजीनामा दिएको र पद आफ्नो व्यक्तिगत जीवनको लागि केही पनि नभएको उनको प्रतिक्रिया छ ।
2021/10/22 04:02:14
https://plakhabar.com/2021/10/10/20669/
mC4
इरानमा पत्रकारलाई फाँसी « News of Nepal इरानमा पत्रकारलाई फाँसी तेहरान, (एजेन्सी) इरानका एक पत्रकारलाई विरोध भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिंग एपका माध्यमबाट दंगा भड्काउने कृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सन्चार माध्यमले जनाएको छ । सर्वोच्च अदालतले उनको फाँसीको सजालाई कायम गरेको थियो । फ्रान्समा सरण लिइरहेका जाम कसरी गिरफतार भए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गतबर्ष इराक गए लगत्तै उनलाई गिरफ्तार गरिएको बताइएको छ । जाम अमादन्युज नामक एक सरकार विरोधी लोकप्रिया फोरम चलाउँथे । इरानमा अमादन्युजमा सन् २०१७ र १८ को देशब्यापी विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाइएको थियो । १० लाख भन्दा धेरै फलोअर्स भएको अमादन्युजले मेसेजिंग एप टेलिग्राममा विरोध प्रदर्शनकारीहरुको भिडियो र इरानी अधिकारीहरुका बारेमा कयौं जानकारी साझा गरेको थियो । इरान सरकारले यो नेटवर्कलाई बन्द गराइएको थियो तर पछि यसलाई अर्कै नामबाट सुरु गरियो । सुधारवादी इस्लामिक विज्ञ मोम्मद अलि जामका छोरा रुहोल्लाहलाई इरानमा सबैभन्दा गम्भिर अपराध भ्रष्टाचारको आरोपमा दोषि ठहर्याइएको थियो । यद्यपी मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जाम अनुचित सुनवाइको सिकार भएको जनाएको छ । जहाँ उनलाई जबरजस्ती अपराध स्विकार गराइएको थियो । केही दिन अघि फ्रान्सको विदेश मन्त्रालयले जामको मृत्यको सजायको फैसला इरानमा अभिब्यक्तीको स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि गम्भिर हमला भएको बताएका थिए । सन् २००९ को विवादित राष्ट्रपति चुनावपछि जामलाई इरानमा हिरासतमा लिइएको थियो । तर पछि उनी फ्रान्समा सरण लिन सफल भएका थिए । इरानको रिभोलुसनरी गार्ड कप्र्सले आधुनिक प्रविधि र रचनात्मक तरिकाबाट विदेशी गुप्तचर सेवालाई झुक्याउन सफल भएको र जामलाई गिरफ्तार गरिएको बताएको थियो । जाम फ्रान्स, इजरायल र अमेरिकी गुप्तचर एजेन्सीको सुरक्षा रहेको पनि रिभोलुसनरी गार्डले आरोप लगाएको थियो ।
2021/01/21 04:16:21
https://www.newsofnepal.com/2020/12/12/368395/
mC4
'क्लिनिकल ट्रायल'मा नेपाल पनि सहभागी हुने पत्र पत्रिका प्रकाशित: २०७७-१-२७ गते २८१ पटक हेरिएको कोरोनाभाइरसविरुद्धको उपचारको खोजी गर्नेक्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विभिन्न औषधिहरु प्रयोगको अभियान चलाएको छ ।डब्ल्युएचओले त्यस्तो प्रयोगमा सहभागी हुन नेपाललाई पनि आह्वान गरेको छ । प्रयोगका लागि दक्ष जनशक्ति तथा प्रयोगशालाहरुको अभाव भएकाले नेपाल तेस्रो चरणको प्रयोगमा मात्रै सहभागी हुने भएको छ ।विश्वका १०० भन्दा बढी देशले 'कोभिड–१९' विरुद्ध ऐक्यबद्धता जनाइसकेको 'क्लिनिकल ट्रायल'मा नेपाल पनि सहभागी हुने भएको हो ।यसबाट नेपालमै संक्रमितहरुमा औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको छ । कोरोना महामारीविरुद्ध लड्न तत्काल खोप तथा औषधि नहुँदा संक्रमण नियन्त्रण गर्न विश्वलाई नै चुनौती बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पनि तेस्रो ट्रायल अभियानमा सहभागी गर्न आह्वान गरेको थियो । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम गर्न अनुमति दिइसकेको छ ।विश्वका एक हजार संक्रमित सहभागी हुने उक्त ट्रायलमा डब्लुएचओले अन्य रोगहरुविरुद्ध प्रयोग भइरहेको औषधिको परीक्षण गर्नेछ । जसअन्तर्गत्, इबोला, मलेरिया, एचआईभीलगायत रोगविरुद्ध प्रयोग भइरहेका रेम्डेसिभर, क्लोरोक्विन हाइड्रोअक्साइड, लोपिनाभिर–रिटोनाभिर र लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा औषधिहरु डब्लुएचओले स्वीकृत गरेको छ । परिषद्काअनुसार नेपालमा पहिलो र दोस्रो चरणको ट्रायलका लागि ल्याब तथा दक्ष जनशक्तिको अभाव देखिएकोले पनि तेस्रो चरणको क्लिनिकल ट्रायललाई अपनाउने तयारी गरिएको छ ।तर, जोखिम उत्तिकै हुने भएकोले पनि नेपालमा संक्रमितहरुको स्वीकृत तथा आवश्यक प्रक्रिया पूरा गरेरमात्र अघि बढ्ने परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली बताउँछन् । क्लिनिकल ट्रायल नगरी कुनैपनि औषधि र भ्याक्सिन प्रमाणित गर्न सकिँदैन । त्यसैले पनि डब्लुएचओले कोरोना संक्रमणलाई तत्काल नियन्त्रण गर्न चालेको कदम त्यसमा पनि नेपाललाई सहभागी हुन गरेको आह्वान अवसर पनि हो ।तर, जोखिमलाई मध्यनजर गर्दै बिरामीको बिमा, आवश्यक निर्देशिका तथा प्रक्रिया पूरा गरी अगाडि बढ्न जरुरी देखिन्छ ।इमेजखबर
2021/10/25 18:03:03
https://kamalamaikhabar.com/news/336
mC4
बलात्कारका घटनामा मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद | Nepal Ghatana प्रकाशित : ७ मंसिर २०७७, आईतवार २१:०० बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । उक्त अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई उक्त कैद तथा जरिवानाको व्यवस्था गरिएको हो । "बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गर्न प्रोत्साहन गर्नेलाई कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ", कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाफाङ्फेले भन्नुभयो, "मेलमिलाप गराएमा वा गर्न उत्साहित गरेमा वा दबाब दिएमा दण्ड सजाय गर्ने व्यवस्था गरेका छाँै, बलात्कारमा मिलापत्र गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था छ, सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा थप छ महिना कैद हुनेछ ।" सरकारले स्वीकृत गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कानून बन्ने व्यवस्था छ । समाजमा हिंसा वृद्धि हुँदै गएको हुनाले तत्काल उक्त अध्यादेश ल्याउन परेको मन्त्री तुम्बाफाङ्फेको भनाइ थियो । "समाजमा दिनदिनै बलात्कारजस्ता गम्भीर प्रकृतिको हिंसा बढिरहेको छ, यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि तत्काल अध्यादेशमार्फत यो कानून ल्याइएको हो", उहाँले भन्नुभयो, "कानूनहरु समाजको आवश्यकताअनुसार बेलाबेलामा परिमार्जन गर्न सकिने व्यवस्था छ, सोही अनुसार परिमार्जन गरिएको हो ।" अध्यादेशमा बलात्कारको सजाय बढाइएको छ । अब लागू हुने कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । यसअघिको कानूनमा १२ देखि १४ वर्षसम्म थियो । नयाँ कानूनमा दुई वर्ष बढी सजायको व्यवस्था गरिएको छ । अध्यादेशमा १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ । यसअघिको कानूनमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । नयाँ कानूनमा यो उमेर समूहमा पनि दुई वर्ष सजाय बढाइएको छ । त्यस्तै, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यसअघि यस्तो अपराधमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था थियो । "कैद सजाय बढाउँदैमा यस्ता घटना कम हुन्छ त भन्ने प्रश्न पनि छ", मन्त्री तुम्बाफाङ्फेले भन्नुभयो, "सजाय बढी हुने डरले पनि यस्ता घटनामा कमी हुने विश्वास लिएका छौँ ।" बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट नहुने अध्यादेशमा बलात्कारका घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद छुट नगर्ने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक ऐन–२०६३ मा बलात्कारका घटनामा ज्येष्ठ नागरिकलाई सजाय छुट दिने व्यवस्था थियो । तर अध्यादेशले त्यो व्यवस्थालाई हटाएको छ । "ज्येष्ठ नागरिकले बलात्कार गरेको पुष्टि भई दोषी ठहर भएको अवस्थामा पहिला कैद मिनाह गर्ने व्यवस्था थियो", मन्त्री तुम्बाफाङ्फेले भन्नुभयो, "अहिले बलात्कार गरेको घटनामा दोषी ठहर भएका ज्येष्ठ नागरिकलाई कैद मिनाहा नगर्ने र आजीवन कारावास गर्ने कानूनले व्यवस्था गरेको छ ।"
2021/01/25 13:52:34
https://www.nepalghatana.com/news/26474/
mC4
समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन « The Nepal Top काठमाडौं : कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा 'सहयोगी कक्ष' सञ्चालन गरेको छ । आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताए ।
2021/06/13 05:15:42
https://www.thenepaltop.com/news/7683
mC4
विगत द्वन्दकालको कठिन स्थिति देखि नै हाम्रो पार्टी र आन्दोलन प्रति सहानुभूति राख्ने काठमाण्डौं कोटेश्वरका एक सामान्य व्यवसायि रामहरि श्रेष्ठको हत्याको रहस्यपूर्ण घटनाले हामीलाई निकै दुखित तुल्याएको छ । अझ त्यसमा पनि पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षड्यन्त्रद्वारा उनको मृत्यु हुन गएको तथ्यले हामीलाई स्तब्ध पारेको छ । घटनाक्रमको जानकारी प्राप्त हुने बित्तिकै पार्टीका तर्फबाट समग्र स्थितिको अनुसन्धान र दोषी उपर कानुनी कार्यवाहीको प्रकि्रया अगाडि बढाइएको छ । संस्थागतरुपले पार्टी र जन सेनाको कुनै सम्बन्ध नरहेको यो अपराधिक घटनाको सम्पूर्ण सत्य तथ्य बाहिर ल्याउने गरि अनुसन्धान गर्ने प्रतिबद्धता सहित पार्टीले यस कार्यमा प्रहरी प्रशासनलाई सहयोग गरिरहेको छ । मृतक रामहरि श्रेष्ठका शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै अनुसन्धान राहत र क्षेतिपूर्तिका सबै विषयमा बसेर छलफल गर्न पार्टी तयार रहेको कुरा पनि हामी यहाँ स्प्रष्ट गर्न चाहन्छौं ।
2021-02-24T23:34:15Z
https://www.nepalipublic.com/news-detail/159712
OSCAR-2109
सरकारद्वारा उखुको न्यूनतम खरिद मुल्य निर्धारण यही पौष ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहिवार, पुष १०, २०७६ NB Media Network केशव ढुंगाना, काठमाडौँ, १० पुस । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि उखुको न्यूनतम खरिद मुल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही पौष ७ गते वसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उँखुको न्यूनमत लागत मुल्य, ढुवानी, मुनाफा र अनुदान समेत गरी प्रति क्वीन्टल पाँच सय ३६ रूपैँया ५६ पैसा खरिद मूल्य निर्धाण गर्न स्वीकृति दिईएको बताउनुभयो । यसैगरी बैठकले सुरक्षण मुद्रण सम्वन्धी उपकरणहरू खरिद गर्ने सम्वन्धमा फ्रान्स र जर्मन सरकारवाट प्राप्त प्रस्तावहरू मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सरकार र सरकार (जि टु जी) माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ । सरकारले पहिलो पटक ल्याउन लागेको प्रेसले सवारी चालक अनुमति पत्र, परिचयपत्र, राहदानी तथा विभिन्न प्रमाणपत्रहरूको छपाई गर्न सकिने मन्त्री बास्कोटाले जानकारी दिनुभयो । मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पिआईएस) अनुसार कायम भएको पदनामअनुसार समायोजन पत्र दिन स्वीकृती दिने, साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने, खयरबाट उत्पादित वस्तुको निकासी पैठारी सम्वन्धी सूचित आदेशमा संशोधन गर्ने, सार्वजनिक खरिद नवौं संशोधन नियमावली २०७६ स्वीकृत गर्ने, हातहतियार खरखजना सम्वन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमा गर्न शैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणी अधिकारीलाई नियुक्त गर्ने, नेपाल मेडिकल काउन्सिलको सदस्यमा किशोर विक्रम मल्ल, डा. हरिहर वस्ती, डा. सन्ध्या चापागाई, डा. सुप्रभात श्रेष्ठ, डा. प्रनित पोख्रेल, र रजिष्ट्रारमा डा. कृष्णप्रसाद अधिकारीलाई नियुक्त गर्ने, साईप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्य दुत रामजीवन पञ्जियारको कार्याकाल चार वर्ष थप गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही पौष ७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक: प्रकाशित मिति: बिहिवार, पुष १०, २०७६, ०९:१२:०० मंगलबारदेखि घर बाहिर निस्कन बन्देज राष्ट्रिय परिचय पत्रका लागि कञ्चनपुरमा विवरण दर्ता कार्य सञ्चालन डा. युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः नियुक्त अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाद्वारा राजिनामा दुवै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा मगलवार, फाल्गुन २०, २०७६ NB Media Network अर्थमन्त्री डा. खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण सञ्चार माध्यम निर्भिक, स्वतन्त्र र तटस्थ रहनु पर्ने
2020/04/05 19:47:27
https://www.nepalbodh.com/federal-government/400
mC4
मिर्गौला रोगी भन्छन्– 'यसै मर्ने त होला !'- फिचर - कान्तिपुर समाचार कार्तिक २७, २०७४ दीपक परियार, बिना थापा लेखनाथ (कास्की) — देशलाई चुनाव लागेको छ । पोखरा लेखनाथको भण्डारढिकमा चिया पसल थापेका निलबहादुर थापाको मनमा भने कुनै हर्ष छैन । पृथ्वी राजमार्गको कोत्रे–पोखरा खण्डमा पार्टीका झण्डा फहराउँदै आहोरदोहोर गरेका गाडी हेर्ने ध्याउन्नमा उनी छैनन् । बरु 'फेल' भएका दुवै मिर्गौलाको उपचार खर्च कसरी जुटाउने भन्ने तर्कनाहरुले उनको मनमा ओहोरदोहोर गरिरहन्छन् । स्याङ्जा हरिनास गाउँपालिकामा स्थायी बसोबास भएपनि उनी आदर्शचोकमा बस्न थालेको २ वर्ष भयो । गाउँको पाखो बारी । केही हल खेत । बिना पेन्सनका बुबाआमा । घरको माइलो छोरो उनी १० वर्षअघि साउदी अरब हान्निए । साउदीमा २ वर्ष बसेर दुबई गए । त्यहाँको क्याटरिङ कम्पनीमा काम गर्दागर्दै ०६८ मा उनको दुवै मिर्गौलाले काम गर्न छोड्यो । एक महिना डायलसिस गरेर कम्पनीले उनलाई घर पठाइदियो । ३० वर्षको उमेरमै मृगौला बिग्रिएपछि उनले घरपरिवार सम्झे । श्रीमती र २ छोरीको भविष्य सम्झिए । मन त्यसै विरक्तियो । उनी नेपाल फर्किए । मनमा शान्ति थिएन । तैपनि रोगै पो छैन कि भनेर फेरि जँचाए । चिकित्सकले छिट्टै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिए । त्यतिबेला डायलसिस नि:शुल्क भइसकेको थिएन । विदेशमा अलिअलि कमाएको पैसा डायलसिस र अरु औषधीमुलोमै सकियो । पैसा सकिएपछि अलिअलि ऋणसापट गरे । आफन्तकोमा धाए । केही उपायँ लागिहाल्छ कि भनेर सकेको कोशिष गरे । केहीसीप नलागेपछि तत्कालीन किचनास गाविस कार्यालयबाट 'कागज' बनाए र सहयोग उठाउन हिँडे । गाउँ वरिपरिकाले पनि केही सहयोग त गरे । तर त्यसले पनि मृगौला प्रत्यारोपण गर्ने खर्चको जोहो भएन । उठेको सहयोग डायलसिसमै सकियो । २ वर्षअघि साढुदाईले आदर्शचोकमा चियापसल खोल्न सहयोग गरे । श्रीमती अनीतासँग उनी चियापसल चलाएर बसे । पोहोरदेखि सरकारले डायलसिस र मिर्गौला प्रत्यारोपण नि:शुल्क बनायो । अहिले उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित डायलसिस गर्छन् । मृगौला प्रत्यारोपण नि:शुल्क भएपनि डाक्टरले अरु खर्च ५–७ लाख रुपैयाँ चाहिन्छ भनेका छन् । महिनामा ४ पटक रगत हाल्नुपर्छ । दिनदिनै औषधी खानुपर्छ । चियापसलको आम्दानी उनकै उपचारमा सकिएको छ । '२/४ कप चिया बेचेर के नै हुन्छ र !,' उनी भन्छन्, 'वरिपरिका पसलेले मेरो अवस्था देखेर माया गरेकाले अलिअलि बिक्री हुन्छ ।' उनकी १४ वर्षकी छोरी स्याङ्जाकै घरमा बसेर १० कक्षामा पढ्दैछिन् । ११ वर्षीया कान्छी छोरी मामाघरमा बसेर ६ कक्षामा पढ्छिन् । उनका जेठो दाइ पोखरामा ट्रयाक्टर चलाउँछन् । कान्छो भाइ गाउँमै बेरोजगार छन् । उनले डायलसिस गर्दै बसेको ७ वर्ष भइसक्यो । डाक्टरले उनलाई जतिसक्दो छिटो मिर्गौला फेर्न भनिरहन्छन् । मिर्गौला फेर्न चाहिने ७ लाख रुपैयाँ जुटाउने उपाय उनीसँग छैन । 'कति मिर्गौलारोगी अस्पतालको छतबाट हामफालेर मरे भनेको सुन्छु,' निराश हुँदै उनले भने, 'आफैंलाई अप्ठयारो भएर बस्नुभन्दा मर्नु ठिक भनेर त होला ।' यसरी कहिलेसम्म चल्छ भन्ने उनले ठम्याउन सकेका छैनन् । उनी भन्छन्, 'गाउँको जग्गा बिक्दैन । न ठाउँमा आफ्नो मान्छे छन् । न कसैले सहयोग उठाउने अभियान चलाइदिएका छन् । बाँकी जीवन मैले के गरी कटाउने ?' 'यसै मर्ने त होला,' छेउमा उभिएकी श्रीमतीलाई पुलुक्क हेर्दै उनले भने, 'मर्नु बाहेक के विकल्प छ र ।' उनलाई जसको सरकार आएपनि सबै प्रकारको स्वास्थ्योपचार नि:शुल्क भए जनताले राहत पाउँछन् जस्तो लाग्छ । भन्छन्, 'धनीलाई नभएपनि गरिबको उपचार नि:शुल्क गर्दिए लाउँलाउँ खाउँखाउँ उमेरका छोराछोरीको बिचल्ली हुने थिएन । सहयोगी हातले जनता बैंकमा रहेको मेरो खाता नम्बर ०८६११००४७२६२४०१ मा रकम जम्मा गरेर सहयोग गरिदिनुहुन्छ कि !' प्रकाशित : कार्तिक २७, २०७४ १६:५६ स्वास्थ्यमा काम गर्न यूएनएफसीसीसी र डब्लूएचओवीच सम्झौता कार्तिक २७, २०७४ अब्दुल्लाह मियाँ बोन (जर्मनी) — जलवायु परिवर्तनका कारण सिर्जित स्वास्थ्य समस्या समाधानसम्वन्धी कार्यक्रम सञ्चालनका लागि जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सहकार्य गर्ने भएका छन् । यहाँ जारी यूएनएफसीसीसीको २३ औं सम्मेलन (कोप २३) मा जलवायु परिवर्तनका कारण बढेको तापक्रम वृद्धिका कारण सिर्जित मानवीय स्वास्थ्यमा काम गर्न दुई निकायले आइतबार सम्झौता गरेका हुन् । बढ्दो तापक्रमका कारण पछिल्ला वर्षहरुमा स्वास्थ्यसम्वन्धि महामारी फैलिंदा विकासोन्मुख मुलुककका लाखौं मानिस चपेटामा पर्ने गरेका छन् । स्वास्थ्यसम्वन्धी समस्या समाधानका लागि आवश्यक प्राविधिक र पूर्वाधारको तयारीका लागि तत्पर हुने सम्झौतामा उल्लेख छ । विशेषत: मानवीय स्वास्थ्यलाई ख्यालमा राखेर नया कार्यक्रमहरु तयार गरिनेछ, सम्झौतामा उल्लेख छ । नेपाललगायत अति कम विकसित मुलुकहरुमा पनि बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा नयाँ किसिमका रोगको प्रकोप बढेको विभिन्न अध्ययनहरुले देखाएको छ । दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य पनि महत्वपूर्ण खम्बा भएको स्मरण गर्दै यूएनएफसीसीसी र डब्लूएचओका विशेषज्ञहरुले समस्या झेलिरहेका मुलुकहरुमा आवश्यक सहयोग आदानप्रदान गर्न तत्कालै लागि पर्ने बाचा गरेका छन् । यसअघिका सम्मेलनमा स्वास्थ्यसम्वन्धी समस्या पहिचान भए पनि तीनलाई लक्षित कार्यक्रम तय हुन सकेको थिएन । सम्झौतापछि जलवायु परिवर्तनसम्वन्धि राष्टसंघीय महासन्धिकी कार्यकारी सचिव प्याट्रिसिया इस्पिनोसाले स्वस्थ विश्व र स्वस्थ नागरिकको भविष्यको परिकल्पनालाई यो कार्यक्रमले सार्थकता दिने विश्वास व्यक्त गरेकी छन् । धेरै मानिसहरुले जलवायु परिवर्तनका कारण सिर्जित वातवारणीय र वायु प्रदूषणका साथै स्वच्छ खानेपानीको प्रयोग गर्न पाएका छैनन्, उनले भनेकी छन्, 'खाद्य समस्या र स्वच्छ पिउने पानीको उपलव्धता अहिलेको आवश्यकता हो ।' उनलका अनुसार सन् २०३० देखि सन् २०५० सम्म जलवायु परिवर्तनजन्य समस्या कारण प्रतिवर्ष करिब दुई लाख ५० हजार मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउने अनुमान गरिएको छ । दुई पक्षीय सम्झौतामा जलवायु परिवर्तनबाट सिर्जित समस्यासंग जुध्न क्षमता अभिवृद्धिका साथै स्वास्थ्यजन्य जोखिम न्युनीकरणमा अघि बढ्ने उल्लेख छ । त्यसका लागि राष्ट्रियस्तरमा स्वास्थ्यलाई प्राथमिकता दिएर जलवायु अनुकुलन कार्यक्रम तर्जुमा गरिनेसमेत उल्लेख छ । यस्तै, यूएनएफसीसीसी र डब्लूएचओबीच साना टापु मुलुकले झेलिरहेका स्वास्थ्यसम्वन्धी समस्या समाधानमा पनि काम गर्ने गरी सम्झौता भएको छ ।
2018/02/22 18:25:57
https://www.kantipurdaily.com/feature/2017/11/13/20171113170221.html
mC4
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
0
Edit dataset card